3/18/2014

बैंकको निक्षेप ११ खर्ब नजिक

कर्जा लगानीमा समस्या कायमै
चालु आर्थिक वर्षमा बैंकहरुको निक्षेपको बृद्धिदर डेढ खर्ब नाघ्ने भएको छ । आर्थिक वर्षको सुरुवात साउनदेखि हालसम्म करिब १ खर्बे निक्षेप बढेपछि यो वर्ष १ सय ५० अर्बको लक्ष्य नाघ्ने देखिएको हो । गत वर्ष वर्षभरीमा १ सय ४० अर्ब निक्षेप बढेको थियो ।  
 नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा ९४ अर्ब ८२ करोडले निक्षेप बढे
को छ ।  आर्थिक वर्ष सुरु हुनु अगाडि बैंकमा १० खर्ब २ अर्ब निक्षेप थियो । यो अनुसार हाल बैंकहरुमा १० खर्ब ९६ अर्ब निक्षेप पुगेको छ । माघमा मात्र  बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन पुसको तुलनामा २१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ  । यो आर्थिक वर्ष सुरु हुनु अगाडि असार मसान्तसम्ममा वाणिज्य बैंकमा १० खर्ब २ अर्ब रुपैयाँ निक्षेप थियो तर आर्थिक वर्ष सुरु भएको ६ महिनामा वाणिज्य बैंकको निक्षेप  पुगेको छ । गत वर्षभरी वाणिज्य बैंकमा १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । गत वर्षभरीमा १ खर्ब २६ अर्ब रुपैयाँले कर्जा बढेपनि चालु आर्थिक वर्षमा कर्जाको बृद्धिदर भने सुस्त छ । केन्द्रीय बैंकले दिएको जानकारी अनुसार यो वर्षको सात महिनामा वाणिज्य बैंकको कर्जा  ९१ अर्ब ३५ करोडले बढेको छ । यो गत वर्षको भन्दा ८ प्रतिशतको बृघि हो । यो तथ्याङक अनुसार हाल वाणिज्य बैंकको कर्जा तथा लगानी ८ खर्ब ३५ अर्ब पुगेको छ । गत असार अन्त्यमा वाणिज्य बैंकको  कर्जा ७ खर्ब ४४ अर्ब रुपैयाँ थियो ।
गत आवमा अन्तिम समयमा निक्षेप उच्च भएको थियो । गत असारमा करिब २० अर्ब निक्षेप एकै महिना थपिएको थियो । आर्थिक वर्षको अन्त्यमा विकास बजेट खर्च बढ्ने तथा बजेटको समापन हुने भएकोले निक्षेपको चाप बढी पर्ने गरेको केन्द्रीय बैंकका अधिकारीहरु बताउँछन् । बैंकमा निक्षेप बढ्ने क्रम हलसम्म जारी रहे पनि कर्जाको बृद्धिदरमा भने समस्या आएको बैकर बताउँछन् । उनीहरुको अनुसार अहिलेपनि वाणिज्य बैंकमा करिब ५० अर्ब रुपैयाँ तत्कालै लगानी गर्नसक्ने अवस्थामा छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको सात महिनाको तथ्याङक अनुसार बैंकहरुको कर्जा र निक्षेप अनुपात करिब ७७ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले यो अनुपात ८० प्रतिशतसम्म पु¥याउन पाउने सुविधा दिएको छ । 
बैंकरहले दिएको जानकारी अनुसार बैंकमा निक्षेप बढ्ने र कर्जा नबढ्ने क्रमले गर्दा सात महिनामा बैंकको निक्षेप र कर्जा दुबैको ब्याजदरमा निकै उतारचढाव आएको छ । ‘बचत खातामा ८ प्रतिशतसम्म ब्याज दिएका बैंकहरुले ४ प्रतिशतमा झारिसकेका छन् । कर्जाको ब्याज पनि यही अनुपातमा घटाईएको छ । तैपनि लगानी बढ्न सकेको छैन ।’एक वाणिज्य बैंकका प्रमुख भन्छन्‘अब निर्वाचन सकिएको र आर्थिक गतिविधीले पनि केही दिशा लिन लागेकोले लगानी वस्तार हुने अनुमान गरिएको छ ।’ केन्द्रीय बैंकले दिएको जानकारी अनुसार बैंकमा निक्षेपको खाता बढेको छ तर ठूलो कर्जा सिमित व्यवसायीको हातमा छ । हाल १ करोड २१ लाख बढी निक्षेप र ८ लाख ८४ हजार कर्जा खाता सञ्चालनमा छन् । 
बैंकरहरुले यो वर्ष समयमै बजेट आएको तथा चाडपर्व र चुनावले बैंकको निक्षेप बढेको बताएका छन् । ‘कर्जा लगानी हुन पाएन निक्षेप आउनेक्रम बढिरह्यो,जसले बैंकलाई रकम व्यवस्थापनको चाप बढ परेको देखिन्छ ।’ति अधिकारीले भने । गत मंसिरमा भएको चुनावमा राजनीतिक गतिविधी बढेको कारण पनि बैंकमा आउने रकम बृद्धि भएको बताईएको छ । सरकारले चुनावको लागि मात्र करिब १६ अर्ब खर्च गरेको थियो । राजनीतिक दल तथा उमेदवारले पनि खर्च गरेको कारण चुनावमा चलायमान रकम बढेको बताईन्छ । यो वर्षको सात महिनामा निक्षेप बढे पनि कर्जाको माग बढ्न नसक्दा बैंकहरुले निक्षेपमा दिने व्याजको दर घटाएका थिए । पछिल्लो समय बैंकले मुद्दती खातामै चारमा ब्याज झारिसकेका छन् । अहिले व्यवसायीहरुले समेत बजारमा लगानीयोग्य रकम निकै रहेको र यसलाई उपर्युक्त वातावरण प्रदान गरे लगानीको माध्ययमबाट बजारमा आउने बताउँछन् । ‘एक बैंकले ९२ करोडको साधारण सेयर जारी गर्दा २४ अर्बको आवेदन पर्छ भने बजारमा पैसा छैन भन्नै मिल्दैन ।’नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी कुसकुमार जोसी भन्छन्‘उपयुक्त वातावरण बनेमा यो रकम नेपालमै लगानी हुन सक्छ ।’ केही समय अगाडि वाणिज्य बैंक सेन्चुरी बैंकले ९२ करोडको साधारण सेयर जारी गर्दा २३ अर्ब बराबरको आवेदन परेको थियो । अर्को रिडि जलविद्युत आयोजनाको ११ करोडको साधारण सेयरमा पनि उच्च आवेदन परेको थियो । 

0 comments:

Post a Comment