1/12/2012

हारेको जिवन कथा


जिवनसंग हारेको मान्छे । जिवन जिउनु र हार्नुमा धेरै फरक छ । जिउनेहरु यहाँ मज्जाले जिएका छन् । हार्नेहरु संधै हारिरहन्छन् । हार्नु आफैंमा नमिठो कुरा हो । हारेपछि आफैंले आफूलाइ कमजोर ठान्छ मानिस । कमजोर मुटुले विगतलाई सम्भfएको छ । विगतकै आसामा वर्तमान जिएको छ ।
घटना मेरो जिवनमा परिवर्तन गर्ने अर्को एउटा मोड भएर आयो । हुन त मानिसलाई जब समस्या पर्छ तब मात्र चेत्ने रैछ । बाढी आएपछि मात्र बाढी आउँछ भन्ने थाहा हुँदो रहेछ । पछिल्लो समयमा मैले मेरो पढाईलाई नै समय दिन थालेको थिए । पढाइ नराम्रो भएमा श्यामले मलाई घृणा गर्ला माया नगर्ला भन्ने लागेको थियो । यो परिस्थितीले पनि मलाई सम्हालिनको लागि ठूलै मद्दत गरेको थियो । मैले मेरो पढाईलाई क्रमसः अगाडि बढाउँदै लगेको थिए । सायद मेरो जिवनमा श्याम नै महत्वपूर्ण भएर आएको कारणले होला । प्रेम भनेको अमुल्य रहेछ । यसले कसैलाई कति छिटो परिवर्तन गर्दछ थाहा नहुँदो रहेछ । हिजोसम्म केही गर्न मन नलाग्ने मलाई केही गरुगरु जस्तो मात्रै लागेको थियो । बेला बेलामा म सानातिना कविता पनि लेख्ने गर्दथे । कविता लेखेर श्यामसंग एकान्तमा भेट भएको समयमा म श्यामलाई सुनाउँथे । उसले तिम्रो कविता राम्रो छ,अतिरिक्त क्रियाकलाप तथा कुनै प्रोगाम भएको समयमा बाचन गर भन्थे । मलाई पनि जाँगर बढ्न थालेको थियो । न भन्दै दशैको समयमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा मैले दशै भन्ने गजल वाचन गरे । साह्रै मज्जाले तालि बज्यो,खुसी लाग्यो । मैले यसरी कहिल्यै मञ्चमा गएर बोलेको थिईन । कताकता डर पनि लागेर आयो । कता कता खुसी लाग्यो धेरै भनूभनू लागेके थियो । पाँच सेरको गजल थियो । मैले चार सेर भनिदिँए । त्यसदिन मलाई धेरै नै आनन्द आयो । पछि क्लासमा साथीहरुले पनि यसले साहित्यमा रुची राखेकी छ भनेर नजिक हुन थाले । यसरी मलाई श्यामले एकाएक परिवर्तन गरिदिएका थिए । उनको मात्र सम्झना आउँन थालेको थियो । केही पढाईमा मन पनि जान थालेको थियो । कता कता उनलाई मात्र भेटिरहँु । अँगालोमा हालिरहुँ जस्तो मात्रै लाग्थ्यो । मैले प्रस्ताव राखेपछि त उनी पनि केही नजिक भएका थिए ।
 बढो रमाईलोसंग मैले कक्षा ९ को जाँच दिएको थिए । रिजल्ट राम्रै आयो पास भईएछ ।   श्यामको संगलले गरेको परिवर्तनको असर कक्षा १० मा पनि प¥यो । धेरै केटा साथीहरुले मलाई प्रेमको प्रस्ताव राखे मैले हुन्न भनिदिए । पढाई अलिगाह्रो थियो अरु कुरा सोच्ने फुर्सद पनि नहुने । पढ्न मन नलागेपनि पाँच भदा बढी ट्युसन र स्कुल हैरानै भईने । हामीले पढाईमा मात्र ध्यान दियौं त्यो समयमा । श्यामले पनि बेला बेलामा भेटेको समयमा पढ्नुपर्दछ मात्र भन्थे । कहिलेकाँही त सिकाउँथे पनि तर उनको सिकाईलाई म बुझ्दै न बुझ्ने । हिसाब पनि कसरी गर्ने कसरी । हामीले बढो मेहनतका साथ पढौं १० कक्षा । टेस्ट परिक्षामा पनि राम्रोसंग पास भईयो । मैले यसरी मेहनत गरेर यो भन्दा अगाडि कहिल्यै पढेकै थिईन ।
सबै कुरा चाहेर मात्र पनि हुँदैन र चाहनु पनि हुँदैन । चाहेको कुरा सबै पाउन पनि नसकिने रहेछ । यहा मानिसहरु संबै आफ्नै चाहना र ईच्छाको लागि कुदिरहेको जस्तो मात्र देख्छु म । सबैलाई  हतार मात्र भएको जस्तो । मलाई त गाउँमा पनि यस्तो लाग्थ्यो तर यो शहरमा आएपछि पनि मैले यस्तै मात्र देखें । सारा स्थान दिग्दारी पूर्ण छ । रमाईलो कहिँ छैन । हुन त रमाईलो हुनको लागि मन पनि रमाउनुपर्दछ भन्छन त्यसै भएर पो हो कि ? समस्याको भुमरीमा परेपछि समाधानको उपाय पनि आउँछ भन्छन् र यो आउन त आउँछ तर धेरै गाह्रो भएर आउँदो रहेछ । मेरो जीन्दगीमा पनि यो एउटा ईतिहाँस बनेको छ । रेकर्ड भएको छ । जिवनको फाईलमा, जिन्दगीको पानामा । म आफ्नै जिवन पढ्छु । यसलाई मैले समय समय पढेर हेर्ने छु । थाहा छैन अबको जिवन कसरी अगाडि बढ्छ । तर पनि मैले मेरै जिवनबाट धेरै कुरा पढ्न पाएको छु । आफ्नै जिवनबाट धेरै कुरा सिकेको छु । सानी छोरी देखि अहिले एक युवती हुँदासम्ममा धेरै पढाई मलाई मेरै जिवनले पढाएको छ । सिकाएको छ । भोगाई आफैँमा तितो हुन्छ र पनि भोग्नु नै पर्ने ।
 हामी नारीहरु आफैलाइ सम्हाल्न सक्दैनौं जसको कारण हामी दुखमा पछौं । आफुसंग भएको उपजलाई हामीले चलाउन जान्दैनौ । कहिले काँही त मलाई यो महिलाअंगहरु मसंग केही नभएको भएपनि हुन्थ्यो भन्ने पनि लाग्छ । बाटोमा कतै फालिदिउँ पनि लाग्छ । बेला न कुबेला दुख दिईरन्छ । प्रत्येक महिना मरेतुल्य हुनुपर्ने, महिनावारीको नाममा आफैंसंग भएको रगत फाल्नुपर्ने । अगाडि पनि ठूलै पहाड बोकेर हिड्नुपर्ने । झिकेर दिनमिल्ने भए ति पछि लाग्ने पिचासुहरुलाई सबै दिउँ जस्तो लाग्छ । ता कि तिनीहरु अब मेरो पछि नलागुन । उनीहरुको चासो पनि मलाई ठूलो अपराध जस्तो लाग्छ । बेला न कुबेला बढी चासो दिन्छन् शहरमा केटाहरु । उनीहरु चासो के को लागि त्यो मलाई राम्रोसंग थाहा छ चासो दिनु कुनै ठूला कुरा होईन सबैले सबैलाई चासो दिन्छन् । तर वेईमान सबैभनदा ठूलो घात हो । यसैमा महिलाहरु हामीहरु मिसिएका छौं ।  एक क्षणमा हुने सुखले मलाई अहिले यो स्थानमा ल्याएको छ । हिडाएको छ । डुलाएको छ अनि हराएको छ । म आफैंलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको छु यो वास्तविकता हो यो यथार्थता हो र यो नै मेरो जिवनको परिकल्पनाभन्दाबाहिरको सत्य हो यसैले मेरो जिवन निखारेको छ । म यही जिवन जिईरहेको छु ।
प्रकासोन्मुक कृति सिरोटोको एक अंश ........................  
A story only

7 comments:

शिवहरि जि वास्तविकतालाइ निकाल्न खोजिएको छ । प्रयास राम्रो छ ।

la ramro cha love kahane .....aani bechod ....ketaharuko habit ,.....

प्रयास धेरै राम्रो छ तर पहाडी र मधेशी का वीचमा दुरी वढाउने खालको लेख लाग्यो
सवै समुदायलाइ अलि हजम पो हदैनकि यसमा पनि सोचर लेखे धेरै राम्रो

मनिष जि धन्यवाद है ……सुझावको लागि

story dherai ramro cha .....bastabiktama aadharit cha ..dherai keta haru yestai garchan maya ma tara sabai hoina ....

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment