10/17/2012

सम्झनाहरु

 एक जोडी जोगीहरु(पति–पत्नि)पर्यटकलाई बोलाउँदै फोटो सेसन गर्दै थिए । उनीहरु दुबै अंगालोमा बाधिएर पर्यटक अगाडि तेर्सिएका थिए । दुबै पंहेलो भेषमा । लोग्नेचाँहीको लामो लामो देख्दै घिनलाग्दो जटा(कपाल)थियो र अनुहारभरी के के दलेका थिए । स्वास्नीको पनि उस्तै थियो । एक जोडी पर्यटक पछि डिजिट गर्न गाह्रो हुन्छ भने जसोगरी मुश्किलले केही उनीहरुको केही फोटोहरु खिच्दै थिए । दृष्य रोमान्टिक लाग्यो । यो दुई जोडीको फोटो मोहले मेरो मनलाई भने अन्तै उडाईदियो । आज किन किन बसन्तपुर दरबार स्क्वाएरको यो आगँन रोमान्टिक लागिरहेको छ । विगत दुई वर्षको बीचमा हजारौं पटक वसन्तपुरको यो आँगनलाई कुल्चिएर हिडियो होला तर कहिल्यै यसरी न त यहाँ ध्यान दिए न त दिने फुर्सनै पाएँ । आज अलि फुसद भएको यो साँझ यतातिर टहलिदा भिन्न महसुस भईरहेको छ । मान्छेहरु सबै रोमान्टिक मोडमा छन् र म पनि यही मान्छेहरुको भिडमा उभिएर एक सजिव तर निर्जिव वस्तुको रुपमा प्रस्तुत छु । विल्कुल एक रोमान्टिक मोडमा । यहाँ अँगालोमा बाधिएका प्रेम जोडीहरु देखेर दाहा लाग्छ । आफ्नो जिवनको यो यात्राको अर्को पाटोको कल्पना गर्छु र निरासामा एक्लै टोलाउँछु । जोडी बन्नेसंगै हिड्ने विषयमा दुई वर्ष यता एक मिनेट पनि सोचिएन तर यो बसन्तपुरले सोच्न बाध्य बनाईदियो ।  
समय,घटना र परिस्थिती सबै एकै नासका नहुँदा रहेछन् । बाटो,दोबाटो,मान्छे आत्मा र तिनका आसाहरु कहिल्यै हराउँदैनन् न त तिनीहरुलाई छेक्न नै सकिन्छ । एकको प्राप्तिपछि अर्कोको आसा अर्को प्रप्त भएपछि अर्को यो आसा हो र आसाको निरन्तरता । सबै व्यक्तिले बोकेका आसाहरु । मेरो पनि धेरै आसाहरु होलान् । तर सबै व्यक्त गर्नु छैन । मानिस बाँचिरहेको हुन्छन् तर थप बाँच्ने आसा बोकिरहेको हुन्छन् । किनभने उसलाइ धेरै गर्नु छ,कमाउनु छ,सबैभन्दा ठूलो र सबैंले प्रसंसा गर्ने मान्छे हुनु छ । र मलाइ किन नहोस । 
‘ओई श्याम के टोलाएर बसेको यार जाउँ हिड पशुपति मन्दिरतिर’ दरबार पछाडि रहेको मन्दिरमा जान अनुरोध गर्दै कसैले पछाडिबाट धक्का दिएपछि झसंग भएँ ।
‘ओई तँ पो ?’ बद्रीलाई यहाँ देखेपछि एक्कासि झसंग भए । बद्री मेरो पछिल्लो समयमा एकदम मिल्ने साथी भएको छ । अझ ब्रेक अपपछिको दुई वर्ष निरन्तर मेरो साथमा छ । अहिले म लभ पनि उसैलाई गर्छु र सताउने काम पनि उसैलाई गर्छु । कहिलेकाँही समलिंगीमा पनि यस्तो हुँदो रहेछ । एउटा नहुँदा अर्को अपुरोजस्तो । अहिले उ मेरो गलफ्रेडकै रुपमा प्रस्तुत भएको छ । जे पनि उसंगै सल्लाह गर्नुपर्ने केही नयाँ कुरा भए केटाकेटीले पापा भेटेजस्तो फुर्कँदै सुनाई हाल्नुपर्ने । तर आज किन यो यहाँ ? मलाई त केही जानकारी नै थिएन त ।
‘त पनि यहाँ आईछस नि त यार किन हो ? उसलाइ सोधेँ ।
 ‘त्यतिकै बोर लाग्यो यार यसो टहलिन आएको नि । दिउँसो चार पाँच बजेको यो बेला यहाँ टहलिनको लागि एक दम उपयुक्त छ’उसले भन्यो ।
 तर, ‘तलाइ त मैले यहाँ यसरी एक्लै कहिल्यै देखेको थिईन त ?’ उसले साधिहाल्यो ।
‘होईन यार मलाई पनि बोर लागेकोले यहाँ आएको । अफिसमा काम थिएन, घर जाने बाटो पनि यही त्यसैले यहीँ एक छिन अलमलिएको’ मैले भने ।
‘अनि जाउँ न त पशुपति मन्दिरतिर’उसको प्रस्ताव ग¥यो ।
‘होईन मलाई आज यहाँ एक्लै रहन दे न यार केही सोच्नु छ मलाई’
मैले उसको प्रस्ताव अस्विकार गरेपछि उसले बाउन्ठेर जवाफ दियो ।
‘ल ल एक्लै बस के तालको साईको रहेछ । म चाँही हिँडे । मलाई पनि एक्लै घुम्नु छ ।’
‘ल ल फर्किने बेलामा चाँही यहीँ आईज नि ?’
मेरो जवाफ नकुरी उ पर पुगिसकेको थियो । आउन त आइहाल्छ । म देखि–देखि नआउन उसको मनले पनि मान्नुप¥यो नि । मन मनै यस्तै सोचे । फेरी आफैंलाइ लाग्यो मलाई यहाँ आज किन एक्लै बस्नु छ र ? के के न ठूलो काम गर्न लागेको जस्तो बेकारमा रिसायो मात्र । तर मलाई केही सोच्नु थियो । केही सम्झना गर्नु थियो । र जिन्दगीभर यादमा नआउनेगरी ति सम्झनाहरुलाइ उडाउनुथियो । कुनै एक दिन थियो म कसैलाई माया गर्छू भनेर रोएको थिए । यही सम्झना हो फुर्सदको समयमा धेरै दिमागमा आउने र यसैलाई हो मैले आज दिमागमा नआउनेगरी उडाउन खोजेको । त्यो गणेश मन्दिरको पेटीमा बसेर उसको काखमा रोएको आज जस्तो लाग्छ । ‘छि  लाक्षी म कसैलाई माया गर्छू प्रेम गर्छू भनेर पनि रुनु पर्छ ?’ पछि मन हाँसोले उडेको थियो । विगत लामो सयमदेखिको मनमा उनी प्रति बसेको प्रेमको जगलाई एक ढलान हाल्न मैले उनलाई मुखले प्रेम गर्छु भन्नु नै थियो तर मेरो भनाइलाई उनले सिधै अस्वीकार गरेपछि मलाइ रुन आएको थियो । लामो समयदेखि मुटुमा पलाएको मायाको टुसाले जमिन देख्न नपाइ मर्न लागेपछि रुनुको विकल्प पनि थिएन । म रोईदिएँ एउटा बच्चाले जस्तोगरी । उनकै अगाडि, उनकै काखमा । मेरो विगत छ,महिनाको कोसिस र छ महिनाको सपना देखाउनुथियो उनलाइ । तर अब उनको यो भनाइपछि मलाई उनको नजिक हुनु थिएन अरु रुनु थिएन मनमा लाग्यो आज रोकिदिन्छु र रोए पनि । धेरै रोएँ उनले नै रुमाल दिएर आँसु पुछे । पछिसम्म त्यो रुमाल साथमा नै राखे । अहिले पनि मेरो टुसाएको मायाको यो एउटा सम्झना मनमा बोकेर हिडिरेछु । हिड्नु त कहाँ नै थियो र तर जिवनलाई बलजफस्ती हिँडाइरहेछु ।
विगत लामो समयदेखिसंगै स्टाफको रुपमा उनीसंगै काम गरेको म अफिसबाट छुट्टिने अवस्थामा पुगेको थिएँ । त्यही पलाएको उनीसंगको यो प्रेमको टुसालाई सकेसम्म उमारेर,फुलाएर,फलाएर एक अमर प्राणको विरुवा बनाउने मेरो लक्ष्य थियो । तर उनलाई कुन्नि के–के पुगेन रे मसंग माया गर्न सक्दिनन् रे । यो कुरा सिधैं भनेको थिईन् । मेरो मन र आत्मालाइ नबुझि यसरी अस्वीकार गर्दा मन छिया छिया भयो । मलाई जिवनमा पहिलो पटक कमजोर,लाक्षि र केही गर्न नसक्ने प्राणी रहेको अनुभुति भयो । जति उनको साथमा छंदा रोए त्यो भन्दा धेरै उनको कुरा सम्झेर रोए । तर पुरा रुन नपाउँदै मोबाइलमा एसएमएस आयो ‘आई लभ यु टु मच’ पत्यार लागेन । फेरी ‘रियल्ली’भनेर जवाफ खोजें । ‘एस’उताबाट एसएमएस आयो । मन खुसी भयो तर कता कता यो मलाई माया हो कि मेरो रुवाईको लागि दया हो ? मन मनले प्रश्न गरें । तर,जे भएपनि केही त होला नि , मन केही हुलुका भयो । मलाई यहाँ(काठमाडौं) आउन तयारी गर्नुथियो । उनीसंगको यो घटनापछि मन अमिलो भएको थियो । केही दिन हल्का हुन लागि घर आउने निर्णय गरे । तर घरमा पनि उनको यादले सताउन छोडेन । ति संगै विताएका पलहरु,उनलाइ कार्यालयमा नै अंगालेको पलहरु,मेरो अंगालोलाई स्वीकार गरेको उनको प्रतिक्रिया,एउटा घटनामा मेरो छातीमा टासिन आएको उनको टाउको,उनलाई राती राती उनको घरसम्म पु¥याउन गएको,फकिँदा एक्लै भएर बोर लागेको,उनीसंगै फिल्ड गएको, उनी नहुँदा नरमाइलो मानेको यि सबै सम्झनामा दिमागमा अल्झिइरह्यो । फेरी प्रश्न उठ्यो के यि सबै मेरो मनमा उम्रिका आवेसका टुसाहरु थिए त ? तर होईन । यदि यस्तो थियो भने उनले नकार्दा मलाई किन जीवनदेखि नै यस्तो बोर लाग्थ्यो होला र ? यस्ता सम्झनाले पाँच दिनको मेरो घर बसाई लामो बनाईदियो । उनलाई हेर्न मन लाग्यो,संगै बस्न मन लाग्यो, छुन मन लाग्यो । दुइ जना मात्रै एक्लै बसेर फेरी उसैगरी रुन मन लाग्यो । पाँच दिनको घर बसाईको क्रममा निक्कै उथल पुथल भयो मन । मैले उनलाई क्रमस विर्षने कोसिस गर्दा पनि सकिन । उनी पनि मलाई क्रमस सम्झिने कोसिसमा लागिछन् । धेरै फोन आयो । सुख दुखका धेरै कुराहरु भयो । जिवनको वास्तविकता दुई मनको दुई तर्फी सम्बन्धबाट मात्र थाहाँ हुँदो रहेछ । मलाई लाग्यो अब जिवनको वास्तविक खेल सुरु भयो । अब धेरै पोष्ट नघाएर फाइनल खेलको गोल हान्नुपर्छ । बल पोष्टभित्र छिराउनुपर्छ र दुई जिवनलाइ एक बनाउनुपर्छ ।   
सम्बन्धका डोरीहरु कसिलो र बलियो कहिले हुन्छ त्यो दुई मनको मिलनले देखाउछ । उनीसंगै जिवन विताउनेसंगै बाच्ने,यो त मैले निरन्तर देखेको सपना थियो । यही सपनाले मलाई पढ्न आएको काठमाण्डौमा एक जागिरे बनायो । कमाउन पर्छ भन्ने भावना पैदा गरायो । जिवनको आँधिहुरीसंगै आफ्नो प्रगतीलाई अगाडि बढाउने अठोट थियो ममा । उनीलाई निरन्तर भन्दै गए माया एक स्थानमा हुन्छ, जिवनको प्रगतीलाई रोक्नु हुँदैन । समयमा एकै साथ हुन्छ,एक स्थानमा हुन्छौं । तिमी त्यहाँ बसेर माया गर यहाँ बसेर म एक सुन्दर भविष्यको लागि गोरेटो बनाउने छु । भोली हामी त्यही गोरेटोमा दुई जिवनलाइ एक बनाइ अगाडि बढाउनुपर्दछ । यो मैले हरेक पटक उनको लागि बोलेको शब्दहरु थियो । बोलीमा उनको एक मत थियो तर आसाहरु जहिले पनि धेरै नै हुन्थ्यो कारण उनी केटी थिईन र म केटा । उनको सबै आसाहरुलाई मैले निरासा पार्न पनि हुँदैनथ्यो । सायद यही कारण होला मायाको डोरीहरु मक्किँदै गयो । धमिरा लाग्दै गयो । मेरो मनमा बढेको मायाको जालोहरुमा अड्किएका भुसुनाहरुले जालोलाई च्याट्न थाले । मायाको डोरीको पूर्ण आभास गर्न नपाउँदै डोरी कमजोर भएको अनुभुति भयो । दुईतर्फी माया पलाएको दुई हप्ताको विचमा जिल्ला छोड्नु पर्ने अवस्था,यता आएपछि आफ्नो लागि गर्नुपर्ने संघर्षका कथाहरुले उनलाई विरत्त बनायो होला कारण के हो मलाइ थाहा छैन । तर उनी विस्तारै टाढा हुँदै गईन र दशैसम्म निरन्तर रहेको सम्पर्क विस्तारै ‘सम्पर्क हुन सकेन’ भन्ने धुनमा आएर टाढा भयो । केही नबोली,केही नभनि र केही जानकारी नभई यसरी सुरु भएको सम्पर्क हुन सकेनको धुनले एउटा सपनाको महलबाट सिधा मरुभुमिमा उतारिदियो । केही समस्या हो कि ? उनको अफिसमा पनि फोन गरेर उनलाई खोजें आवाज आयो घरमा गएकी छिन् । उनसको घरमा पनि फोन थियो भन्ने थाहा थियो तर नम्बर थिएन । मोबाइल पनि लाग्थ्यो । तर फोन न उनले गरिन न मैले गर्दा सम्पर्क नै भयो ।
फेरी सुरुमा मनले सम्झेको कुरा मनमा आयो । त्यही बेला मनले भनेको थियो ‘श्याम यो माया होईन दया हो होसियार हो’ अहिले आएर त्यही लाग्यो उनको दया रहेछ । माया र दया नितान्त भिन्न छ । दया कसैको कमजोरीलाई गरिन्छ । माया कसैको आत्मालाइ गरिन्छ । उनले मेरो कमजोरीलाई दया गरिछन् मैले माया गरिन् भनेर मनलाइ फुक्र्याए । र यही बेला निधो गरे अब दयाको पछाडि लागेर मायालाई कमजोर नबनाउँ । भोली जिवनको कुनै मोडमा कुनै माया गर्ने मुटु पाए बाँडौंला नपाए यत्तिकै मर्न दिउँला । बस यत्ति नै काफी भयो ।
 कुनै महिना पछि मोबाइलमा त्यही आवाज आयो त्यसैगरी तर मनले स्वीकार गर्न मानेन । भन्न मन लाग्यो ‘कसैको मायामा खेलेर कसैको मायाँ कमजोर नबनाउ सानू । बरु तिमीलाई म अल्झो लाग्छ भने म बाटो खाली गरिदिन्छु । म तिमीलाइ काँडा होइन एक सुन्दर फुल बनेर देखाउन चाहन्छु तर विश्वास छैन भने भनिदेउ किनभने आत्मालाई लात मारेर मुखले माया भन्नु पवित्रतामाथिको खेलवाड हुने छ । कसैलाइ यो भन्दा ठूलो पिडा केही हुने छैन । माया खेल्ने खेल होईन । यो त विश्वासमा अडिने हो । जबसम्म विश्वास हुन्छ तबसम्म एक स्थानमा रहने हो विना विश्वास डौडिनु भनेको लगाम नलगाइ घोडा कुदाएको जस्तो हुने छ । यतिका दिन विना सम्पर्क हराउनु,नराम्रो हल्ला चल्नु र सम्पर्कका विकल्पहरु हुँदाहुदै मेरो वास्ता हराउनु साँचो माया गरेको भए मनले मान्ने कुरा होईन । तिमीसंग सम्पर्क नहुँदा म कति तड्पिए होला तिमीले मलाइ सम्पर्कको अरु नम्बर प्रयोग गरेर मलाई उपलब्ध गराएनौं’ तर भन्न मन लागेन । किन भन्नु अब ? फेरी मायाको कुरा गरेर उनीबाट अरु दया बटुल्नु थिएन । बोल्न मन लागेन थोरै औपचारिक कुरा गरँे फोन राखिदिए । थप सम्पर्क गर्न न त मैले आवश्यक ठाने न त उनले नै ।
यसरी एउटा लामो सम्बन्धका रेखाहरु मेटिएका थिए । त्यसपछि धेरै आए रोखा कोर्नको लागि, सहकार्य गर्नका लागि तर तयार भईएन,कारण कसैकोमा पनि माया हुन्छ भन्ने लागेन । सबैले मेरो अभाव र असहजतालाइ दया गरेजस्तो,सबै विरानो जस्तो । सबैमा उनैका अनुहार देखियो । अगुल्टाले हानेको कुकुर विजुली चम्कदा पनि डराउन थाल्यो । र त्यसैको परिणाम अहिले बसन्तपुरको यो आगंनमा एक्लै अरुको जोडीको डाहा गर्नु हो जस्तो लाग्यो । सायद अब एक्लै हुन्न होला,मनले यस्तै सोच्यो तर नहुने कसरी ? फेरी पनि एउटा जालझेलमा फसिने हो कि ?समस्याको पोको नहुँदा यस्तो नहुँदा भन्दा हुँदा धेरै हुन्छ । मनले अगाडि बढ्न दिँदैन ।
‘ओई श्यामे त त साँच्चिकै बौलाईस क्यारे यार ?’ उ गएदेखि टोलाएको मलाई उस्तै अवस्थामा देखेर बद्रीले पछाडिबाट धक्क दिँदै बोलायो । म फेरी झसंग भए ।
‘जाउ यार घर’
‘घुम्न पुग्यो र तलाइ ? के हेर्न भएको थिईस पशुपति केटी ?’ मैले पनि जिस्क्याउने निहु पाएको बेला भनिहाले ।
‘होईन यार केटीको त कुरा पनि नगर मलाइ’उसलाइ पनि मलाई जस्तै भएको थियो । किन भनेर सोधेर फेरी उसको मन दुखाउन चाहिन, सबै मलाई नै थाहा थियो ।
‘ल यार छोडिदे यस्ता कुरा जाउँ घर’
घर आईयो । पहिला डायरीमा यो कुरा लेखियो । अनि भाडा माझ्ने,खाना बनाउने नियमित काम सुरु ।
–समाप्त–
डायरीको एउटा घटना पढेर सकियो । अर्को पाना पल्टाउनै लागेको थिएँ । बाहिरबाट कसैले ढोका ढकढक ग¥यो ।
‘को हो हँ’ मैले सोधे ।
‘म श्याम क्या’
लौ बर्बाद । उ सकेसम्म आफ्नो डायरी,मोबाइल,पर्स अरु कसैले नचलाओस भन्ने चाहन्छ । हत्तपत्त डायरी उसको शिरानीमुनी पहिलेकै अवस्थामा राखिदिएँ । ओछ्यान मिलाउँदै ढोका खोले ।
‘ए शिवहरि तिमी पो ? के गर्दै छौं ।’उसको कोठामा म नियमित नै जान्थे । त्यसैले उसले कुनै अप्ठ्यारो मानेन ।
‘यत्तिकै बसिरहेको,भर्खर आएको तपाई पत्रिका पढ्न गएको जस्तो लागेर बसेको’ जवाफ दिए । उ आफ्नो काममा लाग्यो म उसले ल्याएको कान्तिपुर पढ्न थालेँ ।   

       
            

0 comments:

Post a Comment