साहित्य

मुक्तीको नारा....

विद्रोहका बग्रेल्ती बाटो
१० वर्षको कठोर भारी
आलस तालस मनहरु
एक कठोर कोठरीमा
थन्किएका बासकहरु
थन्किएका सपनाहरु
पुलुक्क हेर्छु याद आउँछ
बुद्धको शिर,
लाचारीमा चलाएका यि भाँडा
थन्किए कामै नलाग्ने गरि
थन्किए मेरा सपनाहरु
एक कन्टेरमा थन्किए
  
मान्छे मरे
हजारौं मरे
माथिको ठुले म¥यो
तलको साने म¥यो
ठुल्दाइलाई मारे
जंगलमा श्यामेलाइ मारे
खाडलमा धेरैलाई मारे
यता मारे त्यता मारे
मार्नुसम्म मारे
 
रगत धेरैको बग्यो
आभुति धेरैले दिए
सपनाको लागि दिए
परिवर्तनको लागि दिए
केही बाध्य भएर दिए
केही रहरमा दिए
 
अहिले,
दिशाहिन दोबाटोमा
अल्झिएका यात्राहरु
खुट्टा कापेको छ
हात गलेको छ
बीचबाटोमा वेसाहारा मन
भन्छ थुईक्क शिवे !

विश्वासले धोका दियो
एक दशकमा नगलेको गलेँ
आसा सबै कोठीमा थुनियो
बोकेका बन्दुकको मुल्य
लाजिम्पाटमा चुकेछ
मेरो मुल्य चुकेछ
म त निरिह पो भएछु
त म खेलौना पो भएछु 
विगतले नै मलाई गिज्यायो
भन्यो थुइक्क शिवे !
तेरो मुक्तीको नारा कहाँ विलायो ?  
copyright@shibahari
बाध्यता  

सपनीमा कल्पिन्छु
यथार्थमा तड्पिन्छु
बाध्यतामा रमाउँछु
परिपूर्तिमा हराउँछु
सम्पन्नतामा डराउँछु

विवसता मेरो साथी हो
आवश्यकता दैनिकी हो
अभाव मेरो यथार्थता हो
बाध्यता मेरो लक्ष्य हो

आवश्यकताको लप्काहरुमा
सम्पन्नता डराउँछ
बाध्यताको पहिरोमा
चाहाहरु हराउँछ

थोपा–थोपा निचोरेर
सपनाले जिन्दगी भर्नु छ
महँगो श्वास खर्चेर
जिन्दगीलाइ बचाउँनु छ

चाहा त केवल अनुभुति हो
आवश्यकता केवल सिद्धान्त हो
जिवनका दिनहरु जब घट्दै जान्छ
आवश्यकताको गुणा बढ्दै जान्छ
नाङ्गो छातीमा सपना फिजायो
फगतमा वर्षातले बगाईदिन्छ

हो
आसाहरु बगाईदिन्छ,
अभाव थुपारिदिन्छ
परिपूर्ति भाग लाग्छ
अभावको गुणन हुन्छ
जिन्दगी,रहर र सपना
जोडिन्छ तर
प्राप्तिहरुको घटाउ हुन्छ
बस घटाउ हुन्छ
 
अनुभुति
दुनियाँ झुटो बनेको ,
ऐतिहासिक होईन
मान्छे आफ्नो लागि आफैले  
मास्दै =चाहा छैन
सपना देख्छ अनि
सपनाको खोजीमा झॊली बोक्छ
झोलीमा गोली बोक्छ 
  रक्षा नाममा गोली ठोक्छ

विडम्बनाको गोली 
उसको छातिमा बजारिन्छ
चिच्याउँछ तर 
 उसले पुकार्ने समय पुरा छैन
नास हुन्छ,
यसरी एउटा व्यक्ति सकिन्छ यहाँ

आफूलाइ देख्दैन मान्छे 
अरुको नक्कल गर्न खोज्छ
नक्कलकै लागि भौतारिन्छ
मान्छे,पाप कर्म गर्छ
मान्छे भित्रको मान्छे 
 देख्दा दिक्क लाग्छ यहाँ
मान्छे बन्न नसेको 
 देखेर विश्व हाँसिरहेको
मान्छे आफ्नो लागि 
आफैं मासिरहरेको । 
भाग्यलाई भगवान सम्झिएर भाग्नेहरु
आत्मालाई स्वछन्दताको रटान रट्नेहरु
आफैले आफूलाई नस्विकारेको देख्दा
अनुभुति आश्चर्य मान्छ भन्छ
मान्छे आफूलाइ मान्छे भन्न सिक
मान्छेको रुपमा आफूलाइ राख
नत्र भने तिमी भासिने छौं अनि
सपना जस्तो नास भएर नासिने छौं
म बन्न नसकेको म 
तिम्रो आँखा भरिईरह्यो,तिमी रोईरह्यौं 
डाडा पाखा पखेरामा तिमी चाहारिरह्यौं 
मेरो लागि तिमीले धेरै जॊखिम मोल्यौं 
दुख गर् यौं भोलीको आसामा आज कष्ठ भोग्यौं
तर बदलामा केही पाएनौं
एक आमाको लागि छोरा बन्न नसकेको म 
म बन्न नसकेको म । 
 
तिमी मेरो लागि धाईरह्यौं तड्पिरह्यौं 
सम्झिरह्यौं र कल्पिरह्यौं 
भन्थ्यौं साझँमा पनि सम्झें रातमा पनि सम्झे 
अनि विहान पनि मेरै नाम जपें 
धेरै आसा थियो तिमीमा,एउटा सपना बोकेको थियौं तिमी 
तर तिम्रो सपना दिन नसकेको म 
म बन्न नसकेको म 

देश रोहिरह्यो,स्वयम्वु रोयो प
पति रोयो 
बनकाली, लुम्बिनी यि डाँडा पाखा सबै रोए 
यहाँका भोक रोए,यहाँका नाङ्गा रोए 
यहाँका अभाव अत्याचार सबै रोयो 
अत्याचार भोक र लाचार रोक्नलाई भन्यो 
तर यो दुख टुलुटुलु हेरिरहने म 
म बन्न नसकेको म 

देशले साथ माग्यो ः दिन सकिन 
आमाले आभास मागिन ः दिन सकिन 
प्रेमीले प्रेम मागिन ः दिन सकिन 
भोकाले खाना मागे ः दिन सकिन 
नाङ्गाले लाउन मागे ः दिन सकिन 
धेरैले आसा र सहयोग मागे दिन सकिन 
कसैलाई केही दिन नसकेको म 
म बन्न नसकेको म 
 
आफ्नै परिवेशमा हराएको म 
आफ्नै स्वार्थमा डुबेको म 
एउटा अन्धकार भविष्यमा गु_िम्सएको म 
अनि आफैंमा छटपटाएर बसेको म 
मेरै लागि अभाव र हतार डौडिएको म 
अनि मलाई कहाँ आउँछ र अरुको सोच्न ?
अरुमा ध्यान मोड्न नसकेको म 
म बन्न नसकेको म

आमा तिम्रो आसुँमा चिप्लिएको छु म 
याद गर भूमि तिम्रो रुवाईमा रोएको छु म 
तिम्रो प्रेममा पागल भएके छु म 
भोका संगै भोकाएको छु म अनि 
नाङ्गासंगै नाङिगएको छु म 
तिम्रै आसाले बाँचेको छु म 
अनि सोच्दै छु 
म बन्न खोज्दै छु म 
THE END 

 शहर

तिम्रो समसान शहर
गाउँले देख्दा हाँस्छ अरे
सबै भएरनि असाय बनेकाहरु
शहरमै मरि मरि बाच्छ अरे
खै के भो तिम्रो शहर आज
समान दृष्टिमा भिन्न अधर भो
दौडेका अवसानहरु भिडमै नाच्छ अरे
शहरमा,
संस्कृती चाल चलनविनै बाच्छन अरे
गाउले संस्कृतीमा नरमाएकाहरु
सोरथी र दमाको पासमा हास्छन अरे
खै के हो यो दुनिया कसैलाइ थाहा छैन
शहरका भालेनि राती दुई बजे बास्छन अरे ।
 सहि
जिवनमा कुरा नैतिकता कै हुन्छ । नैतिकता जोगाउ नै को लागि मानिसले विभिन्न कृत्य तथा कु कृत्य गर्ने गर्दछन् । तर मेरो जिवनमा पनि एउटा यस्तो नैतिकताको प्रश्न उठ्यो जललाई केही समयमा नै मैले निर्णय गर्नुपर्ने भयो । यो कुनै फुटपाथको कथा होईन यो त मेरो जिवनको भोगाईको यथार्थ हो चरित्र हो अनि चित्रण हो । यस्ता समस्या धेरै नेपाली दिदीवहिनीहरुले सामना गर्नुपरेको छ दोष उसको मात्र होईन उनीहरुको पनि हो तरपनि दोष हो भन्दैमा मानवताको नाताले पनि आफु अगाडि बढ्नुपर्ने अवस्था आँउछ । हुन त यहाँ कतिले आफैंलाई आफूले परिभाषा गरेको मन पर्दैन पनि तर केही कुरा अरुको लागि पनि परिभषामा पार्नु जरुरी देखिएको छ । पेसाले म पत्रकारदुईवर्ष धादिङमा पत्रकारीता गरेपछि म काठमाडौं आए यहाँकै एक दैनकि पत्रिकाआर्थिक दैनिकमाआर्थिक पत्रकारीता गर्न सुरु गरें जुन चैत १५ गते एक वर्ष भएको छ आर्थिक पत्रकारीता काठमाडौंमा सुरु गरेको । पत्रकारीताको शिलशिलामा धेरैको बारेमा लेखियो । धेरैको बारेमा बोलियो अनि धेरैलाई्र बोल्न बाध्य पारियो पनि । धेरैको गुणगान गाईयो यो बीचमा । तर अब गुनगान गाउनेको मात्र गाउनुपर्दछ । बोल्नेको मात्र लेख्नुपर्दछ र गर्नेको मात्र भन्नुपर्दछ मलाई्र लागिरहेको थियो । यिनै कुराहरु सोच्दै म बाटामा हिडिरहेको थिए ।
कुरा २०६७ साल चैत्र महिनाको २ गते विहान ११ बजेतिरको हो । म आफ्नो डेराबाट अफिस आर्थिक दैनिक आउँदै थिए । गाडी घर नजिकैबाट लाग्दैन अलि तल आउनुपर्दछ । बाटोमा जाम त्यस्तै त्यै भएर म फुटपाथमा हिड्दै थिएँ र माथिको कुरा सोच्दै पनि थिए । मेरो बसाई्र डल्लुबाट कालिमाटी टेकु त्रिपुरेश्वर थापाथली हुँदै आउनुपर्दछ कुपन्डोल । म यही रुटबाट हिडिरहेको िथंए मलाई कतिपय साथीहरुले जिस्काउने पनि गर्नुहुन्छ कि म हिड्दामा एकदमै एकोरिएर हिड्छु रे । मेरो मनमा धेरै सोचाई्रहरु आउछन् । बाटामा हिड्दा कस्को लागि हिड्नुपर्ने होर ?  आफैंले आफ्नो तरिकामा हिडे भैहाल्यो नि त्यै भएर म विभिन्न कुरा सोच्दै बाटोमा आफ्नै सुरुमा हिडिरहेको थिए । थापाथली आई्रपुगेपछि मेरो ध्यान कसैले भंग गरिदियो ुसुन्नुस् त ु म झसंग भए । उतातिर हेंरें हेर्दामा अन्दाजी १९ वर्षको देखिने एक जना केटी आफुलाई्र साह्रै निरास बनाएर बाटामा बसिरहेकी रहिछन् । बाटो मै त न भनौं उनको पनि नैतिकताकै कुरा आउँछ उनी थापाथली प्रसुती गृह जाने बाटोको रेलिङमा उभिएर बसेकी रहिछन् । उनको रुपमा धेरै नै राम्रो छ । सुन्दरछिन् उनी । उनको निरासालाई हटाउने हो भने उनीभित्र कुनैपनि कुराको कमि छैन मलाई लाग्छ । हुन त केटीको सुन्दरताले धेरैलाई विगारेको पनि हुन्छ रे ु भन्छन साथीहरु तर मलाई यसको वास्तविकता थाहा छैन । मैले उतैतिर हेरेर भने ुभन्नु नु उनी बोलौ कि नबोलौं जस्तो गरिन निरासामाथि झनै डर थपिएको जस्तो पाए मैले । धेरै समय केही नबोलेपछि ुसरी मलाई्र बोलाउनु भएको होईन कि के हो म त झुक्किएजस्तो छ ।ु मलाई्र अफिस आउनु हतार पनि थियो । नविल बैकका प्रमुख कार्यकारी अधिकृतको अन्तरवार्ताको लागि समय मिलाउनु पर्ने थियो । धेरै समय भएको थियो उहाँलाई्र ढाँटेको तर ३० गते मेरो परिक्षा सकिएपछि मलाई्र केही हलुका अनुभव भएको थियो । म अब व्यस्थ थिई्रन त्यसैले आज चाँही अफिस गएर उहाँलाई्र आफैंले फोन गरेर अन्तरवार्ताको समय मिलाउनु पर्ला । मलाई्र लागिरहेको थियो । सरासर जान लागें उनीले फेरी बोलाईन ुए होईन होईन मैले तपार्यलाई नै बोलाएको ।ु बाटामा हिड्ने केही वटुवाहरुले शंकालु पाराले हेरिरहेका देखेपछि मलाई्र केही अप्ठ्यारो लाग्यो र ुअनि भन्नु न त अलि खरो भएर बोले । तपाँईले एउटा सहयोग गर्नुहुन्छ कि भनेर । ुफेरी यिनले २० रुपैपाँको पेनलाई ८० रुपैयाँमा भिराउने भईन ।ु बाटामा यस्ता धेरै केटीहरु हुन्छन जो मार्केटिङको नाममा २० रुपैयाँमका पाईने कलमलाई पनि विभिन्न बाहानामा ८० रुपैयाँमा बेचिरहेका देखिन्छन् रुप हेर्दा पनि राम्रा केटीहरुलाई नै प्रयोग गरिन्छ यस्तो काममा । मैले यहि सोचे तर उनीमा निरासा किन  ? यही अपवाद विचमा आयो र फेरी उनी नजिकै गए । किनभने अब चाँही मलाई उनीको बारेमा केही रहस्य होला केही सहयोग नै चाहिएको होला भन्ने लागिरहेको थियो यो मन पनि कति छिटो छ । एकै मिनेटमा के के सोच्ने के के । यो सोचाई र बुझाई परिक्षामा पनि चल्यो भने त ठुलै नम्बर आउने थियो नि मलाई लाग्यो । किन तपाईले मलाई्र यतिका समय अलमल्याउनुभयो ।ु तपाईमा केही समस्या छ मैले अनुहारबाटै बुझे भन्नुस न के हो समस्या म सकेसम्म हल गरिदिन्छु ।ु चिनजानजस्तै म नजिकै गएर बोले । उनले भनिन् ुमलाई मेरो बारेमा सबैकुरा सुनाउन केही समय लाग्छ । म अहिले थापाथली प्रसुती गृहबाट आएको । तपाईको केही समय मलाई दिनुस न प्लिजु  ...मलाई्र केही डर पनि भयो कसैले उनलाई्र प्रयोग गरेर मलाई्र फसाउन त लागेको होईन । तर बालै भएन नि थापाथली कुपण्डोल एरिया त मेरो पनि हो नि । विहान ११ बजेदेखि राती ९ बजेसम्म म यही एरियामा त हुन्छु क हाँ लगेर के भन्ने होला र फेरी वास्तविक समस्या रहेछ भने त केही नभएपनि धर्मै होला नि मैले सोचे र भने हुन्छ नि त कति समय लाग्छ । मलाई धेरै समयचाही छैन केही समयको लागि कतै गोप्य ठाउमा जाउ न । यो ठाउँमा अरु साथीहरु पनि आउन सक्छन फेरी सोचाई्र फरक पर्दछ ।ु हुन्छ कतै जाउन न । उनी अलि खुसी देखिईन । मेलै कहाँ जाने सोचे । यस्तो अवस्थामा आफैंले निर्णय गर्नु उचित होला । ुठिकै छ त नजिक पनि छ प्रसुती गृहकै चौरमा जाउ न त ।ु उनले हुन्छ भनिन् म उतै लागे उनी अलि बढी नै आनन्दित देखिईन । एक अपरिचित व्यक्तिगतको सानो चिनजान पछिको यात्रा मलाई साच्चैकै रोमााचक लाग्यो तर यो भन्दा पनि समस्या चाँही के हो ? मलाई छटपटि भयो ।
ुतपाई्रको घर कहाँ हो नि ु बीचमा प्रश्न तेस्र्याईदिए ।
ुनुवाकोट होु
नुवाकोट कुन ठाउँमा
बुधिशंह ।
अनि काडमाडौं आउनुभएको
तिन दिन भयो ।
कहाँ बस्नुहुन्छ
बागबाजार ।
कस्कोमा
होटल ।
अनि काम के थियो काठमाडौं आउनुपर्ने
यहि हो जुन तपाईलाई भन्दै छु ।
हामी प्रसुतीगृहको गेटमा पुग्यौं । यसो हेरेको विहानी घाममा धेरै महिला दिदीहरु बसिरहनु भएको रहेछ । प्रसुती गृह न हो । पुरुषको नाममा एक दुईजना बाहिरका र हस्पिटलका कर्मचारी बाहेक धेरै नभएकोले मलाई अलि अर्ड पनि लाग्यो तर साथमा उनी भएको कारण मलाई कामकै लागि आएको जस्तो पनि हुने भएकोले त्यती धेरै समस्या भएन । हामी सरासर चौरीमा गयौं र एक छेउमा बस्यौं ।
आईपुग्यो त अब त भन्नु खास कुरा के हो
अं अं
उनले भन्ने सुरै नगरेपछि मलाई पनि केही डर लाग्यो । मैले नै कुराको सुभारम्भ गरे । मैले धेरै केटीहरुको केस थाहा पाएको छु । तपाईको पनि कुनै मायाँपि्रतिको कुरा हो मलाई थाहा छ । तर भन्न किन दराईरहनुभएको छ । समस्या हो भने त भन्दा के भो र आखिर म कुरा सुन्नकै लागि यहाँ आईसकें ।
उनले कुराको सुरु गरिन् ………॥(बीच राकिँदै सुरुगरेको कुराको यहाँ बीचमा सान्तता राखिएको छैन । मिडिया रेडियो तथा ब्रोडकास्ट मिडियामा धेरै प्रयोग गर्ने यो साईलेन्स हामीबीचको कुराकानीमा धेरै प्रयोग भएको छ । त्यसलाई्र मैले यहाँ राखेको छैन कारण यसलई अलि छोटो बनाउने उदेश्य हो ।)
कुरा दुई वर्ष अगाडिको हो । मैले एक जना गाउमा सरकारी नोकरीको लागि आउने व्यक्तिलाई मन पराउन थाले । उहाँले मलाई पनि माया गर्नुहुन्थ्यो । यहीकेा आधारमा मैले उहाँलाई विस्वास गरे उहाँलाई आफ्नो जिन्दगी सुम्पे । गाउँको वडा प्रहरी कार्यालयमा उहाँ हुनुहुन्थ्यो बाररम्बार हाम्रो भेट हुन्थ्यो । हामीले एक आपसमा माया गरेको देखेर मलाई गाउँमा साथीहरुले जिस्काउँथे पनि । अनि उहाँले पनि मलाई्र धेरे माया गर्दछु भन्नुहुन्थ्यो । त्यसैको आधारमा पनि म उहाँको लागि बाच्ने गरे उहाँको सबै खुसी पुरा गर्न तयार भए ।
पछिल्लो समयमा उहाँको ड्यटी फेरिएको थियो हामीले दिनमा भेट्न बन्द गरेर रातीमा भेट्ने गरेका थियौं । कतिपय समयमा त म आमाबाबु सुतिसकेपछि उहँलाई्र भेट्न जाने गर्दथे हामीबीच मैले नमान्दा पनि धेरै शारिरिक सम्पर्क भएको छ । अहिले पनि म उहाँसंगै बाच्न चाहन्छु । उहाँकै खुसीको लागि रमाउन चाहन्छु अनि उहाँसंगै मर्न चाहन्छु । (गलाभरी उनले आसु पारिन र आफैंले पुछिन पनि ।)तर उहाँको जागिर परिवर्तन भयो । उहाँको पाँच महिना अगाडि मकवानपुरमा सरुवा भयो । मैले उहालाई भॆट्न कति प्रयास गरें तरसफल भईनउहाँको मोबाईल पनि अफ छ । मलाई उहाँको सरुवा भएकै महिनामा थाहा भयो कि मेरो पेटमा उहाँको बच्चा हुर्किदै रहेछ । मलाई साह्रै समस्या पर् यो । उहाँलाई भेट्न र खोज्नको लागि मैयौ धेरै भोतारिए सर सकिन । अहिले पाँच महिना भयो मेरो पेटमा बच्चा भएको मलाई्र समाजमा मुख देखाउन पनि गाह्रो भएको छ । अहिलेसम्म समाजमा थाहा त छैन तर पनि भविष्यमा यसको प्रभाव पर्ला भन्ने लागेर गर्भपतन गराउन काठमाडौं एक्लै आए । उतै पनि मेडिकलमा गराउन सकिन्थ्यो तर एक कान दुई कान मैदान हुँदै गाउँमा हल्ला होला भनेर मैले त्यसो गरिन । सिधै यता आए । तर मलाई त थाहा नै थिएन गर्भपतन गराउन त श्रीमानको सहि चाहिन्छ रे  ! अब मैले कहाबाट श्रीमान खोजेर ल्याउनु र गर्भपतन गराउनु म साह्रो समस्यामा परे ।
अब धेरै कुरा भन्न परेन मैले कुरा बुझिहाले । अस्तो अवस्थामा तपाईको श्रीमान आएर बच्चा जन्माउन चाहन्छु भन्नुभयो भने तपाई के गर्नुहुन्छ ? 
मलाई अब त्यसको विश्वास ... जब अठ्यारेा पर्दछ । त्यस्तो बेलामा भएन भने त्यो मान्छेको के काम । म उनबाट टाढा हुन चान्छु .  सुरक्षित र सुखी हुन चाहन्छु ।
हस्पिटलमा डाक्टरले के भन्नुभएको छ । तपाईको काम आजै हुन्छ रे ?
त्यो सहि गर्ने मान्छे भयो भने आजै हुन्छ रे ।
मैले अरु कुरा केही नभनिकन सरासर उनलाई लिएर थापाथलीस्थित प्रसुती गृहको गर्भपतनकक्षमा गए त्यहाँ एउटा फर्म भर्नुपर्ने रहेछ । फर्ममा माथितिर अन्य कुराहरु लेखेर अन्त्यमा उनको नाम तथा श्रीमान्को नाम र नागरिकता चाहिने रहेछ । त्यहाँको डाक्टरले उनको नागरिकता हेरे अनि फर्मको तल तिर म श्रीमान् ……………………स्थान थियो । मैले कुनै सुर्ता नमानिकन श्रीमान् लेखेको ठाउमा मेरो नाम लेखें र सहि गरििदंए । त्यहाँको डाक्टरले मेरो पनि नागरिकता मागे । तर मसंग त नागरिकता थिएन । उहाँ नागरिकता नै चाहिन्छ भनेपछि मसंग सरकारी कार्ड नै छ परिचय झल्कने त्यसले हुँदैन र भने । हुन्छ भनेपछि सुचना तथा साचार मन्त्रालयले दिएको पत्रकार प्रेस पास देखाएँ । अन्त्यमा उनको गर्भपतन हुने भयो । उनले मेरो अनुहारमा हेरेर केही समय रोइन । पछि नस्र आएर उनलाई्र गर्भपतन कक्षमा लगिन् म सरासर कुपन्डोल अफिस आए ।
समय
 समय यसैगरी वितिरहन्छ
ईतिहाँस यसैगरी लेखिईरहन्छ
कहिले डाँडामा पुगिन्छ र खोल्सामा झरिन्छ
फेरी उकालो लागिन्छ अनि डाडा खोल्सा
यहि क्रम चहिरहन्छ प्रत्येक पटक डाँडामा पुग्दा 
.एउटा ईतिहाँस बन्छ र खोल्सामा झर्दा त्यो मेटिन्छ
अहिले एउटा ईतिहाँस बनेको छ । यो मेटिनेक्रममा छ
सायद खोल्सामा पुगेपनि त्यो पूर्ण रुपमा मेटिने छ
र फेरी सुरु हुने छ अर्को नयाँ ईतिहाँस बन्न
ईतिहाँस बन्दा महत्वपूर्ण हुन्छ न कि मेटिँदा
मान्छेहरु पनि यसैलाई महत्व दिन्छन् 
त्यै भएर होला सायद ऐले ईतिहाँस महत्वहिन भएको छ
 

सपनाको कथा
सपनासंग सामान्य हेराहेरमात्र भयो किनभने उनीसंगको मेरो लक्ष्य चिनजानको लागि थिएन । यो कुरा उल्लेख गर्दै गर्दा यहाँ अन्य स्वार्थको कुराहरु पनि आउँनसक्छ तरवास्तविकता के हो मलाई थाहा छैन । उनलाई हेरेको एक नजरमा मात्र पनि मैले उनको बारेमा केही धेरै सोचें । कसैलाई सोच्नु र कसैलाई्र मन पराउनु गल्ती होईन मलाई्र लाग्छ समान्य कुरा हो । मन पराउनु भनेको सामान्य र आधारभुत कुरा मात्र पनि हो । मन पराउँदैमा सबैकुरा सुरु हुँदैन मन पराएपछि बल्ल विजारोपण सुरु भएको हुन्छ त्यसबाट विरुवा उम्रन पनि सक्छ र नउम्रन पनि सक्छ । मैले मन पराउँदैमा उनलाई्र पाउँछु भन्ने पनि होईन । तर पनि मेरो लक्ष्य त्यो थिएन आँखा जुध्योमन पर् यो बाँकी रह्यो त मात्र मायाँ बस्नको लागि सायद यो सम्वभ नहुन पनि सक्छ । थाहा छैन मायाँ बस्नको लागि के चाँहिन्छ । म आफैंमा मायाँको शिकार भएको मान्छे कसरी मायाँ गर्नुपर्छ भन्ने पनि विसर्िसके छुं
सपना तिमीसंग भएको रुपको बयान गर्ने शब्द मसंग छैन । तिमी सुन्दर छौं तिमीलाई्र सुन्दरताको बरदान परेको छ । तिम्रो आँखामा भगवानको वरदान छ अनि तिमी भित्रको जिवनलाई मैले नियालेको छु । तिम्रो चेहरामा वरदान छ । तिम्रो रुपमा म हराएको छु अनि तिमीबाट म डराएको पनि छु कहाँको तिम्रो रुप र कहाँको मेरो रुप । जे भएपनि वास्तविकता यो होकि तिमी मेरो मनको कुनामा बसेकी छौं । सपनाहुन त मैले तिमीलाई पनि राम्ररी नजिकबाट चिनेको छैन बुझेको छैन ।
सपना मायाको भूमरी के हो त्यो तिमीलाई मात्र थाहा होला किनभने ममा परेको भुमरी तिम्रो कारणले परेको हो र तिमीले नै त्यसको सुभारम्भ गरेको पनि हौं । म तिमीलाई चाहन्छु र यो मेरो माग हो तरतिम्रो माग मलाई्र पाउनु नहुन पनि सक्छ किनभने म तिमीलाई भेट्न गएको हु र म तिमीभित्र हराएको हु । तिमीले मलाई मन पराएकि होईनौं ।
वास्तममा सपना समय कति महान र बलवान पनि छ । मैले तिमीलाई भेटे समय भन्दा केही समय अगाडि मात्र पनि तिमीलाई भेट्न पाएको भए तिमी मेरी मात्र हुनेथियौं । मैले बुझेको छे त्यो पालो अर्को कसैले उछिनिसक्यो रे । अर्को कसैले तिमीलाई माय गर्दछ र े अनि तिमी पनि उसलार्य नै माया गर्दछौं रे । अब कुरा यहाँ आएर रोकिएको छ । तिमीहरुकोबीचमा म आउनु मेरोमात्र गल्ती हुने छ अनि मेरो वेकारको परिश्रम हुने छ तिमीलाई पाउनको लागि । त्यसैले पनि म केही पर घटेको छु । केही डराएको छु । अबको सम्बन्ध म तिमीसंग भिन्न किसिमले वनाउन चाहन्छु पनि । किनभने प्रेमसम्बन्धको यात्रा यसरी तड्पाउने हुन्छ र म भएको ठाउँमा अर्को कसैले स्थान लियो भने त्यसले सयौं उन्मातहरुको उत्पादन गर्न पनि सक्छ त्यो भन्दा एउटा अमर साथीको नाता भयो भने म तिमीलाई मेरो तर्फबाट सक्नेजति साथ दिन सक्छु तिमीसंग सहकार्य गर्न सक्छु तर सम्बन्ध बनाउन सक्दिन । त्यो बाटोमा जान पनि म चाहन्छ सपना यसमा म के गरुँ त्यो तिम्रो हातमा छ ।
सपना
म विहानै मेरो क्याम्पस नेपाल मानविकी क्याम्पस बागबजारमा थिए । दोस्रो वर्षको पढाई केही समय अगाडिदेखि मात्र सुरु भएको कारण खासै पढाई भएको थिएन । हिमाल मेरो अत्यन्त मिल्ने साथी हुनुहुन्छ तर हामीबीचको कलेजचाँही फरक छ । उहाँले मलाई्र उहाँको कलेजमा आउनु भनेर केही दिन अगाडिदेखि नै बोलाउनु भएको थियो । तरएउटा कलेजको मान्छे अर्को कजेलमा कसरी जानु मलाई अप्ठ्यारो लागिरहेको थियो तर पनि त्यहाँ पनि मेरै कलेजको जस्तै अवस्था त होला नि मैले जाने निर्णय गरे र दोस्रो पि्ररेड क्लास सकेर ताहाचल क्याम्पस तर्फ लागे ।
क्याप्सको गेटमा मैले पूर्व जानकारी गराएअनुसार हिमाल लिन आउनुभएको थियो । हिमालले मलाई कलेजको धेरै साथीहरुसंग चिनजान गराईदिनुभयो । मलाई धेरै युवासाथीहरुसंग चिनजान गर्न मन छ । धरैसंग साथीको सम्बन्ध विस्तार गर्न मन छ अनि धेरै भन्दा धेरै साथीहरुलाई्र नजिकको बनाउन मन छ । त्यसैको लागि पनि मैले ताहचल जाने निर्णय गरेको हुँ । म एक पत्रकार र एक सामाजिक संस्थाको अवधारणाकर्ता पनि यो वाहेक अरु केही पनि होईन तर पनि धेरैसंग चिनजानको रहर जागेर आएको छ । धेरैलाई साथी बनाउन मन लाग्छ । मैले ताहाचल गएर धेरैसाथीहरुसंग चिनजाँन गर्ने मौका पाएहिमालले मलाई यो अवसर उपलब्ध गराईदिनुभएको थियो पनि । ताहाचल कलेजमा सपनासंग पनि भेट भयो । हेराहेर भयो मात्र भयो । कुरा भएन ।
हिमालसंग मेरो पहिला पनि हल्ला कुराकानी भएको थियो जिस्कने क्रममा उहाँले सपनानाम परिवर्तनको कुरा पनि गर्नुभएको थियो । जुन कुरा सपनाको बारेमा मैले उल्लेख गरिसकें । अहिले सपनाकै बारेमा कुरा गर्दै छु । उनकै बारेमा लेख्दै छु पनि । गोरखा घर भएको उनी ताहाचलमा पढ्दै छिन् । उनको बारेमा मलाई यो भन्दा बढी केही जानकारी छैन तरपनि माथिको कथा बनेको छ ।
  -The Story only-
भाषण
देशैदेश भन्दै रचेर भाषण के देश बन्छ र
ठोकेर छाती चर्केर बोली यहाँ के राम्रो भन्छ र
गुफामा बसी महलको गफ के गर्न सुहाउँछ र
सडकमा बसी टायर बाली यहाँ के गुन लाउँछ र


गर्ने नै भए गरेर देखाउ के मुल्य भो बोलीको
दया र मायाँ होईन यहाँ लेउ चिन्ता भोलीको
सिस्नोको घारीमा पसेसी के मुल्य भो पोल्नुको
फेदीमा बसी टुप्पाको गफ अबलाई नबोल्नु भो


डुब्ने नै भए संगै डुब्छ यो डुङ्गा एकै भए
बाँच्ने नै भए संगै बाँच तिमी नेपाल मात्र रहे
सिनोलाई बोकी नखोज अब कहाँ आयो गन्ध भनि
बोल्ने नै भए अब मात्र बोल वच्छ नेपाली बनी


तन र मनमा मिलाई जनमा यो खोली तर्नुपर्छ
गर्ने नै भए पुण्य यो भुमिमा मिलेर गनुपर्छ
बोलीमा एक व्यवहार अर्को के त्यही बन्छ र
ठोकेर छाती चकेर बोली यहाँ के राम्रो भन्छ र
कवता लयमा छ  
जेठ १४ 
कति दिन बन्द भयो भोकै बसे
कति दिन काठमाडौंको शहरमा हिडे
कति दिन बन्द भयो काम विहिन भए
तिम्रै लागि तानातान भयो यहाँ
तिम्रो नाम जेठ १४ भन्दै सबैले पुकारे
बीचमा परे म रोईरहें,मुकदर्शक मात्र भए
तिम्रो नाममा त अर्बौ खर्च भयो रे
मैलाई भने चामल किन्ने पैसा नभएर
भोकै बसे थोरै चामल किने
त्यसमा पनि तिम्रो लागि कर तिरँे
म त एक्लो मान्छे एक्लै बसे
तिमीहरु त ६०१ जना भयौं रे
धेरै खायौं रे बाँडेर खायौं रे
मलाई त मेरो काम नसकेमा
साहुले रातभरी लगाएर काम गर्न भन्थ्यो
तिमीले त तीन वर्षमा पनि काम सकेनौं रे
तर पनि मैले केही भनिन भन्ने आँट पनि गरिन
अब त अति भयो भन जेठ १४ म के गरुँ ?
कति सहँुटुलुटुलु ढुकुटी सकिएको कति हेरुँ ?
मेरो त धैर्यताले काम गर्न छाडिसक्यो
भन जेठ १४ तिम्रो लागि अब म के गरुँ ?
 अध्येरी रात

Visit Nepal And visit shibaharionline !!!
औसीको अध्येरी रातमा म
एक भाडाको घरको छतमा बसेर
आकासको तारा गनिरहेको हुन्छ ॥
गन्दै जान्छु अहं बीचमा मलाई
मेरो दिमाग खुस्कियो कि जस्तो पनि लाग्छ
तर पनि लाखौं तारामा गनिरहेको हुन्छु ॥
तारा गन्दै गर्दा एक्कासी मेरो आँखामा
टाढा आकासमा मलामीको ताँती देखा पर्दछ
त्यो ताँती मेरो नजिकै आईरहेको हुन्छ ।
म अझैं दंग पर्दछु ठूलो हुलको बीचमा
ल्याईएको नाङ्गो लासलाई मैले हेरिरहन्छु
केही नजिक हुँदै आउँदा मलाई
त्यो लास चिनेको भान हुँदै जान्छ
जब मेरो छेवैमा त्यो लास सहितको मलामी आउँछन्
म झसंग हुन्छुअहं सार् है अचम्मित हुन्छु किनभने
त्यो लास मेरो थियो । म आज त्यो त्यही लासलाई
हेरिरहेको छु र भनिरहेको छु मेरो लासलाई जलाउन
यि मलामी किन ढिलो गरिरहेका छन् ……
आखिर मेरो भौतिक शरिर त खरानी न भयो
अब मेरो बाँकी छ त केवल त्यही आत्मा
आत्माको रोजाईमा र आत्माको प्यासमा
नै मेरो काम अगाडि बढिरहेको छ ।
  बाल कथा 
बालकको व्यथा
साने पाटनको एउटा अस्पतालमा टोलाएर बसिरहेकेा छ । उसको मनमा अकेकका ताना तर्कना चलिरहेकेा छ । उ अहिले १० वर्षको भयो । उसलाई आफ्नो आमा बाबाको २ वर्षदेखि अहिले सम्म पत्तो भएको छैन । सानेले आजभन्दा २ वर्ष अगाडीको दशैमा आफ्नो बाबाले लागाईदिएको टिका यसपालीको तिहारसम्म पनि विर्षन सकेको छैन । हो आजभन्दा दुईवर्ष अगाडी उसको बाबाले उसलाई दशैमा टिका लगाईदिएर ठूलो मान्छे बन्नु भनेर दिएको आशिष अघिले पनि सम्झिरहेकेा छ ।
हो। आजधन्दा २ वर्ष अगाडी उसको बाबा आमाले दशैमा सानेलाई टिका लगाई आशिष दिएका थिए । तर…तर उसलाई त्यसपछि के भयो अहिलेसम्म सोच्न सकेको छैन । उसलाई पहिलाका घटना सम्झदाँ काली लाएर आउँछ । उ रुदै र भक्कानिदै भन्ने गर्दछ-ुकुरा २ वर्ष अगाडीको हो त्सबेला भर्खरै दशै सकिएर मेरा आमा बाबा वारीमा कोदो टिप्ने काम गरिहनुभएको थियो । हो हाम्रो बारीमा त्यसबेला क॥कोदो टिप्नेकाम चलेकेा थियो । एकदिन बाबा मलाईपनि कोदो टिप्न सिकाउँदै कोदो टिपीरहने भएको थियो । हो …।बाबाले मलाई कोदो टिप्न सिकाईरहने काम भएको थियो ।अनि त्यही बेला मेरा बाबालई १०-१२ जना नचिनेका मान्छे आएर गोली हान्यो । अहिले मलाई याद छ । ति मान्छेहरु एउटै पोसाकमा रहेका थिए । बाबालाई तिमान्छेले एकपटक गोली हानेपछि बाबा मुर्छा परेर धल्न भयो र अनि ति मान्छेले मेरा आमालाई पनि लछारपछार बनाए र आमाले हारगुहार गर्दापनि छाडेनन् ति मान्छेले । अनि पछि…पछि घाईते बाबालाई तिमान्छेले यसलाई कारवाही गर्नुपर्छ भन्दै अउीहरुले नै बोकेर गए । त्यसपछि ति मान्छेले मेरा बाबालाई कहाँ लगे के गरे कसैलाई पनि पत्तो भएन । हो दादा…॥मेरा बाबाको अझैसम्म पनि पत्तोलागेको छैन । मेरा बाबाले भन्ने गर्नुहुन्थ्यो बाबु अरुको कुभलो कहिल्यै गर्नुहुँदैन । अनि आफु नखाएर पनि अरुलाई दुख परे सहयोग गर्नु पर्छ भन्नुहुन्थ्यो । मेरा बुबा पाचकान्या भन्नेस्कुलमा पठाउनुहुन्थ्यो । म पनि त्यही स्कुलमा कक्षा ४ मा पढ्थे त्यसबेला । बाबाले ति मान्छेलाई लगेपछि मेरा आमा बेहोस भएर धल्लनुभयो पछि गाउँलेले मेरा आमाालई बोकेर हस्पिटल लगेर ब्यूझ्याए । र पनि मेरा आमा मानशिक रोगले गाल्यो आमा जहिले पनि एकनाश टोलाईरहनु हून्थ्यो । त्यखिेर मेरा बाबा हराउनु भएको छ महिना बितेको थियो म खेतमा गोठालो जान्थे ।
हो म त्यसबेला गोठालो जान्थे गोठालो घरबाट पर जंगलमा जानु पर्दथ्यो । एक दिन म गोठालो जाँदै गर्दा बाटामा एउटा भाँडोमा तार बेरेर बनाईएको खेलौना देखे । अनि म खुसी भएर अब यो साथीलाई देखाउँछु भन्ने सोचेर त्यसलाई मैखाएको के थिएँ । त्सपछि के भयो मलाई थाहा भएन र पछि लगभग चार महिना पछि म ब्युझीएजस्तो हुदा यहा नै फेला पारे । र अहिले २ वर्ष पनि बढी भयो म यही उपचार गराईरहेको छु । मलाई मरा बाबाआमा घरमा आउनुभयो वा भएन केही थाहा छैन ।ु हो सानेलाई केही थाहा छैन जब उसले त्यो खेलौना भनेर चलाएको थियो त्यो पड्केर उसको हात लगायत नचल्ने भएको थियो । उ बेहोस भएको थियो र गाउलेले उसलाई हस्पिटल लगेका थिए । पछि उसको आमाको पनि मानशिक रोगका कारण मृत्यु भयो र उसको बाबाको अहिले सम्म अत्तो न पत्तो रहेको छ । यसरी एउटा बालकले आफ्नो अविभावक गुमाएको छ । र उसको बिचल्ली भएको छ । 
लोक कथा 
सुनमायाको चाड
भर्खरै दशै सकिएर तिहार लागेको छ । एउटा गाउँमा सानो झुप्रो घर छ । पहिला त्यहाँ ठूलो घर रहेकेा थियो रे । सुनशान थियो त्यो घरमा जुन घरमा आजभन्दा दुई वर्ष अगाडी दशै र तिहारमा धेरै जना जमघट भएर रमाईलो हुने गर्दथ्यो । हो सानुमायाको घर अहिले पुरुष विहिन बनेको छ । जुन घरमा यसअघि बाबुछोरा गरी तिनजना पुरुष बस्ने गर्दथे । सानुमायाको बुबा जो पहिला नेपाली सुरक्षाकर्मीमा काम गनुहुन्थ्यो आजभन्दा दुईवर्ष अगाडी सम्म । उहाँलाई तत्कालीन अवश्थामा सेनालाई सहयोग गरेकेा भन्दै विद्रोहीले गोली हानी मारीदिएका थिए । पछि त्यसको बदला लिन भन्दै उनको अरु दुई दाजुभाई पनि सेनामा भर्ती भए । जसलाई सो साल तिहारमा सुनमायाले सप्तरङगी टिका लगाई सगुन ख्याएर विदाई गरेकी थिईन । तर…तर उनले टिका र सगुन ख्वाएर पठाएपछि उनको दुई भाई फेरी कहिल्यै फर्केर आएनन् । उनको एक मात्र भाई विनोद विद्रोहीको झडपमा गोली लागी मरेछ भने दाई सानु विद्रोही कै एम्वुसमा परेर पानी पनि खान नपाई मर्नु भएछ । यो सबै कुरा सुनमायाले रुदै भनिन् । उनको घरमा अहिले एउटा बुढी आमा र आमाको साहारा उनीमात्रै छिन । उनलाई दशैको कुनै प्रवाह भएन न त तिहारको नै छ । उनलाई प्रवाह छ त मात्र दुईछाक विहान बेलुका के खाने भन्ने । उनी अरुको घरमा ज्याला गरेर विहान वेलुकीको छाक तार्दै आईरहेकी छिन् ।
उनी रुदै भन्ने गर्छिन-ुआफ्नो त कमै यस्तै रहेछ । अरु वेलामा भन्दा पनि चाडबाडमा बढी परिवार सम्झन्छु ।ुउनलाई बुबाले छाडेपछि पनि र दाजुभाईको निधन भएपछि पनि तत्कालीन अवश्थामा विद्रही भनिएकाहरुले छाडेनन् । उनको बुबाले कमाएको सबै सम्पती अपराधीहरुले नष्ट गरिदिएछन भने उनको ईज्जत पनि लुटेको सुनमायाले सुनाईन् । उनी भक्कानिदै भन्छिन-ु त्यसदिन सम्झँदा कहिले पनि काली लाएर आउछ ।ुउनी आफ्नो आमासँग तिहारको व्यथा यसरी सुनाउँछिन-
पोहोर सालमा सजाय थे मेरो भाईलाई मैले जब
यसपाली त भाई नै गयो कसलाई टिका लाउने अब
आफ्नो त बढ्ने कर्म यमराजले रोकिदियो
मै दिदीको खाली हात भो लडाईँमा भाई मर् यो
हो यो उनको यथार्थ व्यथा हो । तिहार नजिकिदै गए पनि उनको घरमा सयपत्री फुलेको छैन अरुको जस्तो मखमली फुलेकेा छैन । अनि॥अनि अरुको जस्तो खुसी उनको घरमा रहेको छैन । उनको आमा पनि अहिले रोगी भएकी छिन् । त्यो घरमा घर खरले छाईदिने मान्छे पनि छैन अनि त्यो घरमा विरामी परे पनि बोक्ने मान्छे छैन । हो साच्चै पुरुष विहिन बनेको छ त्यो घर सानुमायाँ आफ्ना अघिका कुरा भन्न त के सम्झिन पनि सक्दिनन् । उनको रोदन र सुक्क सुक्कबाट केही बुझ्न सकिने अवश्था पनि थिएन । त्यै पनि उनी पोहोर साल डिलमा सारेको मखमलीको याद आएको र भाईले चाँडै फर्कि आउने बताएको सम्झना गर्दछिन् र यसपाली डिलमा मखमली सुकेकोमा आफ्नो दुख पोख्छिन ः-
कसोगरी मन बुझ्ला मखमली आईलिदिँदा
मुटुमाथी प्यास हानी त्यो भाईले ज्यान दिँदा
सप्तरङगी टिकामा अरुले निधार भर्दा खेरी
दुखी मन खुसी छैन मलाई दुख पर्दाखेरी
हो तिहारमा टिका लगाएर उनको भाईले उनलाई आफु देशको सेवा गरी देश जोगाउने बताएको रहेछ । अनि दाईले पनि आफू छिट्टै देशमा सुधार ल्याई फर्कि आउने बताएका रहेछन् । तर गएको दुई महिना पनि नभई दाईको मृत्युको खबर आएको रहेछ । उनी त्यस बेला देखि राम्ररी सोच्न पनि नसक्ने भएको अनको आमाले रुदै भनिन् । हो यो सबै अरुले दिएको र प्रकृतीले सिकाएको कुरा होईन यो त भाईभाईले सिर्जाएको समस्यो हो भनि सुनमाया चित्त बुझाउँछिन-
तिमीले पायौं कि त भाईको निधार भर्न पनि
आफ्नो भाईको ज्यान गयो देशमा त्याग गर्दा पनि
कति खल्लो कति उराठ यो तिहारमा लागी रा छ
के गरौं त अब हाम्ले न भाई न दाई छ ॥
यसरी सुनमायाले आफ्नो व्यथा पोखिन । तर सुमायाको आमाको पनि रोदनले आकाश छुने छ । उनी आफ्नो लोग्नेले दिएको प्यार कहिल्यै भुल्न नसक्ने बताउँछिन । आफूले लोग्नेलाई छाडि नजाउ भन्दा देश रोएको बेलामा आफू खुसी हुन नसक्ने कुरा बताउँदै पल्टनमा गएको बताउँछिन । पन्टनमा गएर देशको सेवा गर्ने सपना बोकेका उनको लोग्ने गएपछि फर्कन पनि नपाएको सुनमायाँकी आमा बताउँछिन । उनको पनि लोग्ने वितेपछि मानिशक रोगले गालेको बताउछिन ।
हो यसरी देशमा शान्ति आएकोमा उनीहरु अलिकति भने पनि उत्साही त बनेका छन् । तर आफ्नो विचल्ली देख्दा आफैं हतोत्साही बनेका छन् । यसमा सबैले सघाउने वातावरण तय हुने उनको गाउले बताउछन । हो अब गाउँमा एकजुट हुनबाट छेकबार नभएकोले उनकको परिवारलाई सहयोग गर्ने एकसाथ गउँले बताउछन । गाउलेको एउछै स्वर छ ः-
चलन चल्ती कुरीतिलाई यो समाजले फेर्नु पर्छ
सबै दुख कष्ट जान्छन् समान नजर हेर्नु पर्छ
जहाँ जति जे भयो आफ्नो मन बुझाउ सब
देशमा शान्ति आयो भन्छन हुदैन कि दुख अब

कसैको त दिदी गईन कसैको त भाई गयो
यसको सबै कारण थ्यो समाजले गल्ती गर् यो
विग्रेको समाजमा भत्किएको चाला भयो
जे चलेथ्यो कुसासनमा त्यसको सबै नास भयो ॥

 आँप
 हिजो बाटामा एक्लै म हिड्दै गर्दा
तिम्रो बारीमा आँप फलेको देखे
सयौं आसा र भरोसा पालेर
तिम्रो बारीको डिलमा बसेर
सयौं व्यक्तिहरु आपको रुखमा
झटारो र मुढाले हान्दै थिए
त्यहाँ भएका सबैको एउटै लक्ष्य
अनि एउटै उदेश्य थियो
तिम्रो बारीको फलेको आँप खाने
म पनि केही बेर छेउमा बसे र
हेरिरहें ति व्यक्तिहरुको आपको चाहको लागि
तरमलाई छेउ मै देखेर तिमीले पनि
आप खान आयो मलाई तसा्रयो
भन्लाउ तरहोईन किनभने तिमीमा
आप खाने व्यक्ति अरु धेरै नै छन्
तिम्रो दिलको बारीमा मायाँरुपी आप खान
धेरैले आसा गरेका छन् अनि र् याल काटेका छन् ।
मलाई थाहा छ यो बीचमा म आउँदा
मेरो मेरो आसा व्यर्थ हुने छ र
अन्तिमको लाईनमा रहेको मेरो
आँप खाने पालो विरलै आउँने छ ।