संस्मरण


एउटा अद्भुत विश्वासले दोहोर् याएको
गुप्तेश्वर गुफा
शिवहरि खतिवडा
ptoto : hamro Guptishory
ptoto : hamro Guptishory
एउटा मानवीय आस्था र विश्वास बोकेको एउटा प्राकृतिक स्थल हो गुप्तेश्वर गुफा । ठूलो िकंवदन्ती बोकेको गुफाको वरिपरि पुग्दामात्र पनि एउटा प्राकृतिक छटाले मानवतालाई लोभ्याउने गर्दछ । प्रकृती हरियो मात्र होईनप्रकृती सुन्दर बँगैचा मात्र पनि होईनत्यो भन्दा बाहिरको प्रकृती पनि सुन्दर हुन्छ भन्ने उदाहरण पनि हुनसक्छ यो स्थान । ठूलो भीरको बीचमा रहेको सानो गुफा जसलाई ढुङ्गै÷ढुङ्गाले घेरेर राखेको छबाहिर जति सुन्दर छ गुफाको भित्र त्यो भन्दा पनि सुन्दर छ । गुफा बाहिरको सुन्दरताले लोभ्याउनेहरुलाई गुफा भित्रको सुन्दरताले झनै सपनामा नै हराएजस्तो बनाउँछ पनि । यसमा ठूलो जनआस्था र विस्वास लुकेको पनि छ । यसैले त यहाँ प्रत्येक शिवरात्री र हरितालिका तीजको दिनमा हजारौं मानिसहरुलाई दोहोर् याउने गरेको छ ।
धादिङ जिल्लाको कल्लेरी गाउँविकास समिति वडा नं। ९ मा अवस्थित गुफा हो गुप्तेश्वर गुफा । हिन्दुधर्म मान्नेहरुको लागि एउटा आस्थाको केन्द्र पनि हो यो । के महिला के पूरुष यहाँ हिन्दुहरुको आराध्य देव महादेव÷पार्वतीको वासस्थान रहेको जनविस्वासमा विशेष दिन पारेर पूजाआजा गर्ने गरिन्छ । त्यो विशेष दिन शिवरात्री र हरितालिका तीज हो । यो गुफामा तीन पटकसम्म गएर महादेवसको दर्शन गर्नाले पुण्य प्राप्ती हुन्छपाप पखालिन्छ भन्ने जनविस्वास रहेको छ । मध्य भीरमा अवस्थित यो स्थानमा पुग्नको लागि त्यती धेरै सहज नभएपनि गएपछि पुण्य पाई्रन्छ भन्ने आसाले यहाँ धेरैलाई दोहोर् याउने गरेको हो ।

गुफाको प्रकृती अन्य गुफाको भन्दा एकदम फरक छ । मुख्य ढोकाबाट छिर्ने स्थानमा सानो आकार भएको गुफा भित्र फराकिलो छ । करिब २५ फिट अग्लो गुफामा १ घण्टा लगाएर घुम्न सकिन्छ । यो गुफामा थुप्रै जिवहरुको आकृती मिल्नेगरी निर्माण भएको चट्टान देख्न सकिन्छ । गाईहात्तीमानिस लगायत खेतवारीको आकृती यहाँ देख्न सकिने एक अद्भुत आकृती हो ।
गुफाको मुख्य भागमा रहेको महादेवको मुर्ती आकारको चट्टान माथिबाट गाईको थुनजस्तो देखिने चट्टानबाट दुधजस्तै सेतो वस्तु चुहिएको जस्तो पनि देखिन्छ । यसलाई्र महादेवलाई गाईले दुध चढाएको भनेर भन्ने गरिएको छ । गुफाको अर्को चमम्मको पक्ष यो हो कि भित्र जानको लागि जुन ढोकाको प्रयोग गरिएको थियो हामीले फर्कनको लागि सोही स्थानको प्रयोग गर्न नपाईने रहेछ । फर्कनको लागि गुफामा अर्को एउटामा सानो स्थान रहेको रहेछ जहाँ एकजना व्यक्ति छिर्नको लागि पनि गाह्रो पर्ने छ यसको पनि आफ्नै मान्यता रहेको रहेछ । यसमा धर्मात्माहरु सजिलै छिर्ने र पापी मानिसहरु छिर्न नसक्ने भन्ने जनविश्वास रहेको छ सोही अनुसार गुफामा पुगेकाहरु आपुनो ुधर्मु परिक्षण गर्नको लागि सो स्थानबाटै निश्कने प्रयास गर्दछन् ।
परापूर्व कालमा महादेव विरत्तिएर हिडेको र सो स्थानमा आएर सोही गुफामा बसेपछि नकिस्किएको भन्ने एक किसिमको जनविस्वास रहेको छ भने सतिदेवी मरेपछि बौलाएर हिडेका महादेव सो स्थानमा आएपछि मन सान्त गर्नको लागि गुफामा बसेको िकंवदन्ती पनि रहेको स्थानीय सेयरबहादुर नगरकोटीले बताए । उनले धेरै रमणिय स्थल भएको भएपनि प्रचारमा भने कन्जुस्याई भएको भन्दै गुनासो पनि गरे ।
यहाँबाट धादिङको जिल्लाको गणेश हिमाल हिमश्रृखलादेखि महाभारतको चुरेपर्वतसम्मको अवलोकन गर्न सकिन्छ धादिङ जिल्लाको प्राय स्थानहरुको साथै अन्य डाडाहरुको अवलोकलनको लागि यो स्थान वरदान नै सावित हुन पनि सक्छ । राजधानीबाट नजिकैको दुरीमा रहेको कारण पनि यहाँ जानको लागि त्यति धेरै समय खर्चिनु पर्देन । राजधानीवाट करिब दुई दिन यात्रामा को समय छुट्ट्याईयो भने हामी सजिलै घुमेर फर्कन पनि सक्छौं । राजधानीको कलंकीबाट सवारी छुटेपछि करिब ५६ किलोमिटरको सवारी यात्रा पश्चात हामी २ घण्टाको पैदलयात्रामा प्रकृतीको दृष्यावलोकन गर्दै सो स्थानमा पुग्न सक्छौं । सारिरीक रुपमा समस्या हुनेको लागि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी र पुरानो सदरमुकाम सुनौलाबजार हुँदै सवारीमा सो स्थानमै पुग्न पनि सकिन्छ । वास बस्नुपरेमा सो स्थानबाट करिब ३० मिनेटमा पुगिने सुनौलाबजारमा होटल तथा जलको सुविधा पनि छ । यसको कारण पर्यटकलाई्र पनि खासै समस्या नहुने देखिएको छ । छोटो समयको यात्रा तय गर्नेको लागि एकै दिनमा समेत राजधानी फर्कन सकिने भएको कारण एक पटक सबैको लागि पुग्नै पर्ने स्थान हुन सक्छ यो गुफा ।
थौरे खर्चमा पनि हामी गुफामा पुगेर फर्कन सक्छौं । बस्नको लागि होमस्टेको विकास भैरहेको कारण त्यहाँको स्थानीयसंस्कृतीसंग घुलमिलको लागि पनि सजिलो हुने छ ।
अहिले सो स्थानमा स्थानीय खानाको साथै अन्य परिकार समेत पाईने होटलको किवास भइरहेको छ । जिल्लाको पुरानो सदरमुकाम भनेर चिनिने सुनौलाबजारमा रहेको होटलहरुमा खाना र बस्नको लागि व्यवस्था गरिएको छ । यो बाहेक स्थानीयहरुको आत्मिक सत्कारमा हामीले होमस्टेमा रमाउन पनि सक्छौं । जसको लागि कुनै शुल्क निर्धारण गरिएको छैन । गुप्तेश्वरी गुफामा पुग्नको लागि हामीले आफ्नै सवारी भएमा प्रतिव्यक्ति २ हजारदेखि २५ सय रुपैयाँको खर्चमा पुग्न सकिन्छ । सार्वजनिक सवारी प्रयोग गर्नुपरेमा ३ हजार रुपैयाँसम्मको व्यक्तिगत खर्चले हामीले दुईदिनेको गुफाभ्रमण कार्यक्रम सकेर राजधानी फर्कन सक्छौं ।
सो स्थानमा पुगेकाले गणेश हिमाल हिमश्रृखलाको दृष्यावलोकनको साथै जिल्लाको प्रसिद्ध मन्दिर भैरवी मन्दिरको भ्रमण पनि गर्न सक्छन् । तत्कालिन राजा पृथ्वीनाराण शाहको समयमा स्थापना गरिएको भनिएको यो मन्दिर जिल्लाकै दोस्रो उच्च स्थानमा रहेको छ । यहाँबाट जिल्लाको ७० प्रतिशत स्थानको अवलोकलन गर्न सकिन्छ भने गणेश हिमालको दृष्य सिधा कैद गर्न सकिन्छ ।
रमाईलो जलयात्रा
हुन त यो सबैलाई नौलो नहुन पनि सक्छ । सबैको सवालको विषयमा पनि नहुन सक्छ र सबैलाई रोचक पनि नहुन सक्छ । तर मेरो जीवनमा भने केही केही प्रभाव यही विषयले पारेको छ । कुरा २०६७ साउन २६ गतेको हो सगै काम गर्ने साथीले बाग्मतीमा र् यापिुटङ प्रतियोगिता हुँदै छ त्यो पनि मिडियाको त्यसमा तपाईपनि जाने हो की भनी सोध्नु भयो । मैले सोचे जीन्दगीमा पहिलो पटक र् याफ्टिमा जान पाउँदा किन नजाने त । मैले जाने भनेर निर्णय गरे र २८ गते शुक्रबार मेरो अफिस विदा पनि थियो । हामी अफिसको गाडी लिएर एक दिनको र् याफ्टिङ यात्राको लागि सुन्दरीजलको बाटो लाग्यौं । बाटो साँधुरो रहेछ गाडी ठूला ठूला गुड्ने चावहीलको बाटो हुँदै हामी त्यसतर्फ लाग्यौं । ६ जनाको टोलीमा गएको हामीलाई अप्ठेरो बाटो काट्न कुनै समय लागेन कारण थियो साथीहरुको रमाईलो गफ र जोक । रमाईलो गर्दै हामी सुन्दरीजलसम्म पुग्यौं तर मेरो मनमा कताकता शंका पनि भयो कि बाग्मतीको पानीमा र् याफ्टिङ केही पो हुने हो कि । बाग्मतीको दुर्गती सबैलाई थाहा छंदै छ । तर कुरा त्यस्तो हैन रहेछ । सुन्दरीजल जहाँको पानी अहिले राजधानीबासीले पिईरहेका छन् सो स्थानमा सोचेको भन्दा पनि सफा पानी रहेछ । हामीले रिभर र् याफ्टिङ एसोसियशनलाई धन्यवाद दिनै पर्दछ जसले यो सबैको चाँजो पाजो मिलाएको थियो । हामी त्याहाँ पुगेपछि हामीसंगै अन्य साथीहरु पनि पुगिसकेका रहेछन् र् याफ्टिङ सूरु हुने बेलामा १९ वटा मिडियाका साथीहरुको जमघट भयो सुन्दरीजलमा । २२ वटा मिडियाका साथीहरुको सहभागिता हुने भनिएपनि कतिपय मिडियाका साथीहरुलाई सुन्दरीजल भन्ने थाहा नभएर शाली नदीमा पुग्नु भएछ । जे भएपनि केन्द्रिय रिपोर्टर सार्थीहरु सबैजना मिलेर रमाईलो र् याफ्टिङ गर् र्यौ जसमा रेडियो कान्तिरका साथीहरुले प्रथम स्थान जमाउनु भयो भने टुरिजम् टाईमका साथीहरु दोस्रो हुनुभयो । उता एभिन्युज टेलिभिजन र हिमालयन टेलिभिजनका साथीहरुले तृतीय स्थान जमाउन सफल हुनुभयो । हाम्रो भने सबैजना र् याफ्टिङमा नयाँ साथीहरु थियौैं त्यसैको कारण पनि खासै प्रतियोगितामा अगाडि आउन सकिएन तररमाईलो चाँही असाध्यै भयो । जलयात्राको पहिलो अनुभवमा साथीहरु पानीमा डुबे पनि कोही डुंगा मुनी पनि पसे बाग्मतीमा डुङगाबाट डुबियो भने ईज्जतै जान्छ भन्ने साथी आफै झन्डै सिलटिम्मुर खानु भएको थिएन । त्यतीखेर त सार् है दुख लागेको थियो तर बाहिर आएपछि आफंैमा हाँसो पनि उठ्यो बाग्मतीको पानीमा र् याटिङ साँच्चे रमाईलो भयो र गोकर्णमा सम्म करिब ७ किलोमिटर र् याफ्टिङ सकेर हामी आफ्नो स्थानमा फर्कियौं ।
यि त भए रमाईलोका कुरा तर यहाँ यो भन्दा पनि ठूलो कुरा आयोजकको छ । नेपालको सगरमाथा सान हो भने बाग्मतीलाई नेपालको जालको रुपमा हामीले लिनुपर्दछ र त्यही सन्देशको लागि हामीले यो कार्यक्रमको आयोजना गरेका हौं भनेर आयोजक भन्दै थिए । साँच्चै यसैगरी सबैले बाग्मती सफा गर्न आफ्नो स्थानबाट सहयोग गर्ने हो भने सुन्दरीजलबाट थापाथलीसम्मै र् याफ्टिङको संभावना हुने थियो ।

विद्युत कम्पनी  सर्वसाधरणले बुझेका हुँदैनन्  ः पौडेल 


पछिल्लो समयमा वाणिज्य बैंकहरुमा निक्षेप आउनेक्रम घटेको छ । अघिल्ला दुई हप्तामा मात्र वाणिज्य बैंकबाट करिब ६ अर्ब निक्षेप बाहिरियो भने गत हप्ता करिब एक वर्ष निक्षेप थपिएको छ । यही समयमा नेपाल राष्ट्र बैंकले ल्याएको केही नीतिले पनि बैकिङ क्षेत्रलाई असर पारेको बैकरहरुले विश्लेषण गर्दे आइरहेका छन् । गत वर्षको वार्षिक कारोबारमा देशको वाणिज्य बैंकहरुले आफ्नो नाफा करिब १३ प्रतिशत बढाएका छन् । कतिपय क्षेत्रले वाणिज्य बैंकहरुको नाफा बृद्धि कृतिम रुपमा देखाईएको र यसले स्थानीयलाई झुक्याउने काम समेत भएको बताईरहेका छन् । नेपाल बैंकरसंघका उपाध्यक्ष तथा एनएमवि बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल पनि केही बैंकहरुको नाफामा शंका गर्ने स्थान रहेको स्वीकार गर्दछन् । बैंकमा आउने निक्षेपमा आइरहेको गिरावट तथा वित्तीय क्षेत्रमा देखिएको समस्याको विषयमा हिमालय टाइम्सका शिवहरि खतिवडाले पौडेलसंग गरेको कुराकानीको संम्पादित अंश ः   
वाणिज्य बैंकमा आउने निक्षेप घट्न थालेको देखिन्छ यसले फेरी यो क्षेत्रमा रकम अभावको संकेत गरेको हो  ?
 सम्पूर्ण बैकिङ क्षेत्रको बारेमा त जानकारी भएन, गत दुई हप्तामा वाणिज्य बैंकहरुको करिब ६ अर्ब निक्षेप घटेको देखिन्छ । पछिल्लो हप्तामा फेरी एक अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यसबाट यही दिशामा जान लागेको भन्न अलि अप्ठ्यारो छ तर केही गिरावटको रेखा भने देखिएको छ । अझै केही समयको कारोबार कस्तो हुन्छ त्यसको आधारमा मात्र समस्या आउन लागेको वा नलागेको विषयमा भन्न सकिन्छ ।
यसरी निक्षेप घट्नुको कारण के होला ?
कहिलेकाँही कस्तो हुन्छ भने वाणिज्य बैंकमा निक्षेपमा दिने ब्याज घटेको समयमा विकास बैंक तथा फाइनान्स कम्पनीमा पनि निक्षेप गएको हुन सक्छ । यो पटक त्यो पनि भएको होला तर तथ्याङक अहिले नै नभएको कारण यसै हो भन्न सक्ने अवस्था पनि भएन । अर्कोतर्फ सरकारले बण्डहरु उठाएको भए रकम त्यता गयो कि भन्न सकिन्थ्यो त्यो पनि भएको छैन । विगत केही समयदेखि सरकारले बण्डको अफर गरेको छैन । यसलाइ यसै भएको हो भन्नु भन्दा पनि अध्ययन गरेरमात्र विश्लेषण गर्न सकिन्छ । रेमिट्यान्स बढिरहेको छ तर बैंकबाट रकम बाहिर निश्किएको छ ।  यसरी रकम बाहिरिनु स्पष्ट कारणहरु नभएकोले यसको अध्ययन गर्नु जरुरी छ । ठूलो निक्षेप निश्कनेगरी अहिले केही भएको छैन । तर भविष्यमा त्यो पनि हुनसक्छ ।
यसलाइ पुँजी पलायन भएको आशंका गर्न सकिन्छ ?
पुँजी पलायन नै भएको भनेर स्पष्ट रुपमा भन्ने आधारहरु त छैन । हामीले त्यसै हो भन्नको लागि जानकारी पनि छैन । तर खुल्ला सिमाना,अनौपचारिक कारोबार गर्ने क्षेत्रहरु धेरै भएको कारण यतातिर पनि शंका गर्न ठाउँ छ । आकर्षक ब्याजदर नहुँदा वा यहाँ जोखिम बढ्दै गएमा कुनै न कुनै रुपबाट पूजी पलायन हुन सक्छ । नेपालको अहिलेको अवस्थालाई हेर्दा तुरुन्तै रकम बाहिरिनेगरी त्यस्तो चूनौती त देखिँदैन । राजनीति अवस्था जेठ १४ पछि जे थियो अहिले पनि त्यही छ । राजनीतिक कारणले पनि पुजी पलायन हुने संभावना हुन्छ । त्यो संभावना पनि धेरै देखिँदैन ।
यहि गतिमा निक्षेप बाहिरिने क्रम बढ्यो भने वित्तीय क्षेत्रमा फेरी तरलताको समस्या देखिन सक्ने संभावनालाई बैंकहरुले कत्तिको ध्यान दिएका छन् ?    
पहिला किन निक्षेप बाहिरएको भनेर हेर्नु जरुरी छ । पहिला हाम्रो ब्याजदर निक्कै कम थियो । त्यो एउटा कारण थियो होला तर सबैभन्दा ठूलो कारण के हो भने जब मान्छेले देशमा असुरक्षाको महसुस गर्न थाल्छ तब उसले आफ्नो रकमको सुरक्षाको लागि विकल्पहरु सोच्न थाल्दछ । अहिले निक्षेपकर्ताले ब्याज भन्दा पनि सुरक्षा खोजिरहेका छन् । यहाँ हामीले सुरक्षा छ भनेर ज्ञारेन्टी दियौं भने निक्षेप रहिरहन्छ । सबैभन्दा ठुलो कुरा देशको राजनीतिक अवस्थाअनुसार वित्तीय क्षेत्र भर पर्दछ तत्कालै केही परिवर्तन भएपनि दिर्घकालिन रुपमा दिशा लिने काम भने देशको राजनीतिले गरेको हुन्छ । निक्षेप पलायन नहुनको लागि राजनीतिक स्थिरता जरुरी छ ।
बैंकमा रहेको अधिक तरलताको कारणले पनि ब्याज घटाईयो त्यसले निक्षेप बाहिरिन सहयोग ग¥यो भन्ने छ नि ?
बैंकले बैंकमा रकम हुँदाहुँदै पनि लगानी गर्दैन भन्ने होईन । निक्षेपकर्तालाई त ब्याज दिनुपर्छ । सकेसम्म हामी लगानी गर्न कोसिस गर्दछौं । तर लगानी गर्ने भन्दैमा तथा ब्याजको लोभमा मुलधन नै नफर्किने गरी लगानी गर्ने कुरा पनि आएन । मुख्य त अहिले लगानी गर्ने वातावरण नै बनेको छैन । तथा क्षमता भएका ऋणीहरु पनि बैंकमा आएका छैनन । लगानीकर्ताहरुले जोखिम लिन चाहने हो भने बैंकमा रकम लिन आउने हो । अहिले अवस्थामा ऋणीले ऋण लिन नै चाहेका छैनन् । बैंकहरुले पनि लगानीको वातावरण बनाउन फिल्डमा जानुपर्ने हो । तर यि सबैकुरा एउटा प्रणालीबाट चल्ने हो । जुन वित्तीय प्रणाली हो त्यसको लागि आवश्यक वातावरण पनि बन्नुप¥यो । सरकारले आफ्नो स्थानमा भूमिका खेल्नुप¥यो,बैंकले पनि त्यही भूमिका निर्वाह गर्नुप¥यो ।
बैंकहरु बढी ब्याज लिन खोज्ने तथा व्यवसायीहरु सस्तोमा ऋण माग्ने यो  दुई क्षेत्रमा ब्याजकै लडाई रहेको कुराहरु पनि बाहिर आएको छ नि ?
पैसा भएन भने बैंक चलाउनै सकिदैन,व्यवसायीहरु पनि पैसा नभएमा आफ्नो व्यवसाय संचालन गर्न सक्दैन । अर्कोतर्फ जुन क्षेत्रमा पनि माग र आपूर्तिको कुरा आउँछ । जे सुकै कुरामा पनि मागको आधारमा मात्र मुल्य निर्धारण हुने हो । यो बैंकमापनि देखिएको छ । बैंकिङ क्षेत्र बजार अर्थतन्त्रमा चल्ने हो । हामीमा तरलताको अभाव भएको बेला निक्षेप पाएनौं  त्यही कारण १३ प्रतिशत सम्मब्याजमा पनि निक्षेप उठाएका थियौं । त्यो बेला मंहगो ब्याजमा निक्षेप लिएको कारण पनि ऋण लिन आउनेक्रम रोकिएको थियो । सस्तो ब्याजमा ऋण वा लगानी गर्ने हो भने हामीले निक्षेपमा दिने ब्याज पनि घटाउनु पर्दछ । यो एक किसिमको चक्र हो चलिरहन्छ ।
गत वर्ष अपेक्षा गरेको भन्दा विपरित बैंकहरुले नाफामा सुधार गरेको देखियो । यसमा बैंकहरुले केही चलाखी गरेका त होईनन् ?
त्यो सबै बैंकमा भएको छैन । केही बैकमा भएको होला त्यो छुट्टै कुरा हो । केही त्यस्ता बैंकहरुमा भएको भए त्यसलाइ पनि हामीले ठूलो मात्रामा ऋणको रिकोभरी(फिर्ता) भयो भनेर मान्नुपर्दछ । यो समयमा उहाँहरुले ऋण उठाउने दबाब पनि दिनुभयो होला । अर्कोतर्फ नेपालमा के छ भने जे काम पनि अन्तिम समयमा गर्ने चलन छ । ऋणीहरुपनि असार मसान्तसम्ममा समय छ भने असारमा नै ऋण तिरौं भनेर बसेका हुन्छन् । यदी त्यही भएर ऋणीहरुले ऋण तिरेको भए त्यो धेरै राम्रो भयो । तर पछिल्लो समयमा बैंकहरुको आम्दानी घटेको छ । प्रोभिजन भन्दा माथि पनि गएको हुन सक्छ । अहिले बैकिङ क्षेत्रमा धेरै बहस हुने गरेको छ स्प्रेड रेटको विषयमा तर तथ्यले के भन्छ भने बैकिङ क्षेत्रमा लगानी तथा कर्जा १४ प्रतिशतले बढेको भन्ने देखिन्छ । यसमा नेट ईन्टेष्ट रेड(ब्याज आम्दानीदर) जम्मा दुई प्रतिशतले बढेको छ । यसको के देखाउँछ भने कि ब्याज आम्दानी घटेको छ । गत वर्षको तथ्याङलाइ केलाउने हो भने  बैंकको आम्दानी घटेको छ । यसलाई विश्लेषण गर्नु जरुरी छ । हामीले हेर्दा पनि नाफामा जति देखिएको छ त्यो छैन जस्तो लाग्छ । नाफाको सबै ट्रम तथा बैंकिङ गतिविधि हेर्दा  प्रोभिजनको राईट ब्याक(प्रोभिजन फिर्ता)लाई मात्र मानिएको छ ।
बैंकले अपेक्षा गरेअनुसारको प्रगती गर्न नसक्नुलाई कसरी हेर्नुहुन्छ ?राजनीतिले वातावरण विगारेकोले मात्र हो कि अरु पनि कारणहरु छन् ?
राजनीतिक माहोल ठिक छैन भन्ने एउटा मानसिकता सबैमा आएकै हुन्छ । राजनीतिक प्रभाव ठिक छैन भन्नेवित्तीकै धेरै कुराहरु प्रभाव पर्छ । तर अरु कारणहरु हेर्दा त्यही मात्र नहुन पनि सक्छ । आज पिज्जाहट र केफसी बन्द भएका छन् यसलाई के कुन कारण मान्ने ? राजनीतिक वा अरु ? यसमा पनि बैंकहरुको लगानी त हुन सक्छ । अरु कारोबार बढ्नेमा डलरको प्रभाव पनि हुन्छ । अहिले २५ प्रतिशत डलरकै कारणले पनि कारोबार बढेको छ । डलर बढ्दा कसैले एक करोडको कारोबार गर्दछ भने उसको कारोबार आकार डलरको बृद्धिअनुसार डेढ करोड हुन सक्छ । यसले परिणाम बढाएको छैन । धेरै क्षेत्रले बैकिङ कारोबारलाई प्रभाव पारेको हुन्छ ।
राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमा बैंकहरुको अनिवार्य नगद मौज्दात दर(सिआरआर)बढाएको छ यसले समेत बैंकको खर्च बढेको हो ?
यो सिआरआरदर बढाउन अलि चाँडै भयो कि भन्ने विषय पहिला पनि उठेको हो र बैकिङ क्षेत्रको धारणा पनि त्यही नै  हो । सिआरआरमा गत वर्ष समायोजन गरिएको कारण पनि त्यही थियो । आजको दिनमा सिआरआर बढाउनु तथा घटाउनुले  ऋण बढ्छ भन्ने पनि होईन । अहिलेको चासो तरल रकमको ब्यवस्थापन धेरै चूनौती भएर आएको छ । बैंकिङ क्षेत्रको अहिलेको माग तरल रकमको व्यवस्थापन हो । अर्कोतर्फ सिडी रेसियो(कर्जा निक्षेप अनुपात)राष्ट्र बैंकले तोकेको छ यो पहिला नै गर्नुपर्दथ्यो । हामीले २० प्रतिशत राख्नुपर्ने तरल रकम छ त्यसलाई व्यवस्थापना गर्नु नै चूनौती हो । ८० प्रतिशत लगानी गरेर २० प्रतिशतको पनि ब्याज उठाउनुपर्छ यसले बैंकको खर्च बढाएको छ । यसले कर्जाको ब्याज कटाउन बैंकलाई अझै अप्ठ्यारो भएको हो । विना ब्याज रहेको रकमको पनि कतै परिचालन भयो भने हामीलाइ कर्जाको ब्याज समायोजन गर्न अझै सजिलो हुन्थ्यो ।
त्यसो भए राष्ट्र बंैकमा राखेको सिआरआरमा पनि ब्याज पाउनुप¥यो भन्ने तपाइहरुको माग हो ?
निश्चयपनि,हामीले अगाडिसम्म पाँच प्रतिशत मात्र सिआरआर राखेका थियौं अहिले ६ प्रतिशत पु¥याईएको छ । एक प्रतिशत रकम बढाईएको छ । एक प्रतिशत भनेको पनि धेरै ठूलो रकम हो । सिआरआर बढाएको कारण राष्ट्र बैंकको पनि आफ्नौ धारणा होला तर हाम्रो भनाइमा त्यसले बैकको खर्च अझै बढाएको छ । भोली निक्षेप बाहिरिने क्रम बढ्छ कि भन्ने पनि देखिन्छ । अर्कोतर्फमा समयमा बजेट आएको छैन । यसले विकास निर्माणमा रकम खर्च हुने क्रम पनि रोकिएको छ । विभिन्न क्षेत्रले दिएको जानकारी अनुसार सरकारले रकम खर्च गर्ने तथा लिने प्रणालीमा पनि समस्या देखिएको छ । सरकारले रकम राखिरहने र बजारमा नपठाउने हो भने बैंकमा रकम आउन फेरी समस्या आउन सक्छ । नेपाल सानो अर्थतन्त्र भएको देश हो । सानो किसिमको घटनाले अर्को मोड लिन थाल्छ । त्यसैले यसले अलि समस्या ल्याउंछ कि भन्ने देखिन्छ ।
घरजग्गा क्षेत्रमा रोकिएको बैंकको रकम उठ्न थाल्यो भन्ने सुनिएको छ नि ?
उठ्नुपर्दछ । यो क्षेत्र पनि विस्तारै चलायनमान हुनुपर्दछ । बैंकिङ क्षेत्रले ११ देखि ९ प्रतिशतपनि ब्याजदर ल्याईसकेका छन् । घरजग्गा क्षेत्रमा पनि बैंकहरु धेरै लचिलो भएका छन् । बैंकहरुले पहिला १५÷१६ प्रतिशतमा लगानी गरेका थिए । व्यवसायीले पनि विस्तारै मुल्य घटेरै भएपनि आफ्नो उत्पादन विक्री गर्न थालेका छन् भन्ने सुनिएको छ । बैकिङ प्रणालीले त यो क्षेत्रमा आफ्नो लचकता देखाइसकेको छ । बैंकहरुले ब्याजदरमा समायोजन गरेकोमा विस्तारै त्यसको प्रभाव देखिएको छ । यही बेला यो क्षेत्रमा अन्य सपोर्ट पनि चाहिन्छ । व्यवसायीहरुलाई सरकारले कुनै किसिमको सुविधा सहुलियत दिने काम गर्न सक्छ । कसैले पनि विरोध नगर्ने काम सरकारले गर्न सक्छ । केही समयमा कर छुट दिने हो कि अरु सुविधा दिने हो कि त्यो सरकारले गर्नु जरुरी छ । कुनै प्रणालीमा रोग लागेको छ भने त्यसको निराकरण गर्न जरुरी छ । सरकार करमा मात्र केन्द्रीत भएको छ । मैले उठाएको विषय के हो भने आज कसैले एउटा घर किन्दा त्यसको महिनामा सरकारले लिने रकममा केही समायोजन पनि गर्नुपर्दछ । भारतमा पनि यो व्यवस्था छ । सरकारले कर छुट दिए यो क्षेत्र चलायमान हुन सक्छ,कारोबार बढ्न सक्छ जसले सरकारलाई नै फाईदा हुन्छ । यसले घरजग्गा व्यवसायलाई पनि सहयोग गर्दछ । व्यवसायीले नाफा गरे कर तिर्छन,बैंकको ऋण तिर्नछन्,बैंकले पनि प्रोभिजन फिर्ता गर्दछन् । यसले सबै क्षेत्रको विकास हुन्छ त्यो सरकारले पनि सोच्नु जरुरी छ ।
राष्ट्र बैंकले तोकिएको क्षेत्रमा लगानी बढाउन भनेको छ तर बैंकहरुको लगानी बढिरहेको छैन कारण के हो ?
लगानी क्रमस बढेको छ । कृषि क्षेत्रमा लगानीमा केही समस्या छ । आजसम्म सरकारले कृषि क्षेत्रको विकासको लागि केही योजना ल्याउन सकेको छैन । केही रणनीतिक योजना ल्याएमा लगानी गर्न सजिलो हुन्छ । सरकारले यो सुरु पनि गर्दै छ रे भन्ने सुनिएको छ । विपन्न तथा केही क्षेत्रमा बैंक जानु पनि पर्दछ त्यो बैंकको दायित्व पनि हो । १०–१५ वर्ष अगाडि बैंकिङ क्षेत्रले जलविद्युत क्षेत्रमा लगानी गर्ने आँट गरेका थिएनन् । सरकारको नीति पनि प्रष्ट थिएन । अहिले यो क्षेत्रमा पनि बैंकहरुको सहभागिता बढेको छ । सरकारको नीति पनि आएको छ । अहिले विद्युतको दरमा पनि समायोजना गरिएको छ । अहिले बैंकहरु जलविद्युतमा जान थालेका छन् । एनएमबीले पनि लगानी बढाएको छ । बैंकहरुले धेरै विषयमा सोच्नु पर्ने हुन्छ । पैसा दिएपछि डुबाउनु पनि भएन कसैले दबाब दिएपनि डुब्ने स्थानमा रकम लगानी गर्नु हुँदैन । जलविद्युतमा पनि विस्तारैमा प्रजेक्ट फाइनल गर्न नै ३ वर्षसम्म लाग्छ तर नीति त्यो छैन । जलविद्युत देशको लागि राम्रो क्षेत्र हो यसमा धेरै नै संस्थाहरुको सहभागिता हुन्छ । कुनै जलविद्युत योजनामा लगानी गरियो तर त्यो सफल हुन सकेन भने एक वर्षको नाफा नै गुम्न सक्छ वा त्यो भन्दा ठूलो समस्या पनि आउन सक्छ । त्यसैले यसमा दिर्घकालिन सोच बनाएर लगानी गर्नु जरुरी छ । ग्रामिण क्षेत्रमा जलविद्युत कम्पनी चलाएपनि सर्वसाधरणले बुझेका हुँदैनन् । जग्गाको मुआब्जादेखि लिएर सकेसम्म योजनालाई फेल गराउनेतर्फ नै लागेका हुन्छन् यस्तो भए बैंकले कसरी लगानी गर्ने त्यो प्रश्न पनि आउँछ ।
त्यसो भए सरकारले कोष बनाएर बैंकबाटै तोकिएको प्रतिशत रकम उठाएर एकै पटक लगानी गर्दा हुँदैन ?
हेर्नोस,सरकारलाई पैसाको अभाव छैन । सरकारले बैंकबाटै रकम उठाउन पर्छ भन्ने छैन । बैकले चाहेमा जहाँबाट पनि रकम उठाउन सक्छ । बण्डबाट,टे«जरीबाट रकम उठाउन सक्छ सरकारले । तर जोमिखको कुरा धेरै छन् । जलविद्युतमा नै हेर्ने हो भने पनि निजी क्षेत्रलाइ जलविद्युतमा लगानी गर भन्ने अनि त्यसको व्यवस्थापन सरकारी निकाय नेपाल विद्युत प्राधिकरणले गरिरहेको छ । उसैलाई रकम उठाउन समस्या  छ । संधै घाटामा रहेको प्राधिकरण कहिले डुब्छ भन्ने चिन्ता सबैलाई छ । भोली प्राधिकरणले आयोजना निर्माणकर्तालाई रकम तिर्न सकेन भने उसले बैंकको रकम तिर्दैन समस्या बैंकमा आउँछ । नेपाल विद्युत प्राधिकरणलाई पनि आफ्नो काम गर्न स्वतन्त्र दिनपर्दछ । तर अहिले विद्युत महसुलमा भएको बृद्धि पनि धेरै क्षेत्र उत्साहित भएको छ ।  पैसाको मात्र समस्या होईन । प्रणालीको विकास गर्नु जरुरी छ । राष्ट्र बैंकको निर्देशन अनुसार एकै पटक लगानी गर्ने कुरा पनि भएन । एउटा आयोजनाको निर्माण गर्नै २० वर्ष लाग्छ भने त्यसको पहिचान गरेर लगानी गर्ने कम्पनीमा २–३ वर्ष त लागिहाल्छ ।
जलविद्युतमा भन्दा कृषिमा लगानी गर्न सजिलो थियो होला त्यहाँ पनि लगानी बढेको छैन त ?
कृषिमा बैंकहरु जान तयार छन् । कोही पनि नाँही भनेका छैनन् । लगानीको लागि उपयुक्त क्षेत्र छ भने बैंक जान्छन् नि हामीले जाँदैनौं भनेकै छैनौ नि । हामीले लगानी नगर्ने भनेको ड्रग,लागु औषध तथा जान नहुने क्षेत्रमा हामी जाँदैनौं । अरु हामी जुनसुकै क्षेत्रमा नाफा हुन्छ वा वातावरण बन्छ भने हामी जान्छौं । कृषि क्षेत्रमा हामीसंग ऋणको माग छैन । तर के गर्न सकिन्छ भने व्यवसायीक कृषि फार्मिङमा लगानी गर्न प्रोत्साहन गर्न सकिन्छ । व्यक्तिगत लगानी गरेर सम्भव पनि हुँदैन । यसमा सरकारको पनि सहयोग हुनुप¥यो । जस्तो हामी जुम्लामा गएर स्याउमा लगानी ग¥यौं भने त्यो विक्रीको लागि वातावरण बनाउनुप¥यो । हामीले बाटो खन्दै वा मलखाद बनाउँदै त हिड्ने होईन । त्यो वातावरण त सरकारले बनाउँने हो । सबै सबैकुरा गर्दैजाने हो भने भोली बैंकले लगानी गर्छन ।


 हामी बैकिङ प्रणालीको विकास गर्दे छौं
गणेशकुमार श्रेष्ठ 
प्रमुख कार्यकारी अधिकृत
सेन्चुरी बैक
 
नेपालमा कारोबार गर्ने वाणिज्य बैकको सख्या अहिलेसम्म ३१ वटा पुगेको छ भने अब एक वाणिज्य बैक थपिने तयारीमा रहेको छ । वाणिज्य बैकबाट अहिलेसम्म साढे ७ खर्बको हाराहारीमा रकम परिचालन पनि भएको छ । अहिलेसम्म कारोबारमा आएको ३१ औं वैक हो सेन्चुरी कमसर्ियल बैक । बैकले आफ्नो स्थापनामा जम्मा ८ महिनाको पुग्न लागेको र यो अवधीसम्मको बैकको प्रगतीलाई बैकले सकारात्मक मुल्याङकन गरेको बैकका प्रमुख कार्यकारी गणेश कुमार श्रेष्ठले जानकारी दिए । २१ वर्ष नेपाल राष्ट्र बैकमा विभिन्न तहमा रहि कार्य गरेर सेन्चुरीको प्रमुख कार्यकारीमा आएका श्रेष्ठसंग बैकको अवस्थाको बारेमा हिमालय टाईम्सको लागि शिवहरि खतिवडाले गरेको कुराकानी ः
पछिल्लो वित्तीय अवस्थाको कारण पुराना बैकलाई भन्दा नयाँ बैकलाई बढी समस्या छ भनिन्छ नि ?
अहिलेसम्म साचालनमा आएकोमा हामी नै सबैभन्दा कान्छो वाणिज्य बैक हौं । हामी ३१ औं वाणिज्य बैकको रुपमा गत फागुन २६ गतबाट कारोबारमा आएका छौं । कारोबारमा आएको साँढे ७ महिनाजति मात्र भयो । अब आउने २६ गते हामी ८ औं वर्षमा प्रवेश गर्दै छौं । बैकिङ क्षेत्रमा संकट आएको अवस्थामा हाम्रो स्थापना भएको हो । यो बेलाको हाम्रो लक्ष्य नै साचालन धान्नु पर्दछ भन्ने नै थियो । यस्तो बेलामा नाफा खोज्ने बेला पनि थिएन । खर्चलाई कम गर्ने र आम्दानीले खर्च धान्नुपर्दछ र सम्भव भएमा पहिलो चार महिनामा साचालन नाफामा पनि जानुपर्दछ भन्ने उदेश्य थियो । गएको असारमा हामीले हाम्रो व्यासेल्स सिटलाई पोजेटिभ नै राखेका छौं । अहिलेको त्रैमासमा पनि हामी नाफामा नै छौं । साचालनको पहिलो तथा दोस्रो वर्ष पनि बैकहरुमा धेरै खर्च हुने वर्ष हो । तर हामी सुरुदेखि नै नाफामा जानुर्दछ र सुरुदेखि नै हाम्रा सेयरधनीहरुले लाभांस पाउनुपर्दछ र यसले गर्दा हाम्रेा ईमेज पनि राम्रो बन्दछ भन्ने थियो । हामीले बैक साचालनको पहिलो महिनामा पनि घाटामा जान दिएनौं ।
अहिलेको अवस्थामा नयाँ बैकहरुलाई अगाडि बढ्न धेरै चूनौती छैन र ?
हामी कस्तो समयमा कारोबारमा आयौं भने जुन बेला नेपालको बैकिङ क्षेत्र ईतिहाँसमा नै सबैभन्दा ठूलो समस्यामा रहेको बेला थियो । नेपालको ठुल ठुला बैकहरुमा पनि तरलताको समस्या रहेको अवस्था थियो । सुरुको समयमा हामीले लगानी गरेनांैं र धेरै बैकहरुलाई सहयोग पनि गर् यौं । यस्तो सयममा साचालनहमा आएको हामीले धेरै डर थियो । तै पनि हामीले जे जति गर् यौं त्यसमा हामी सन्तुष्ठ नै छौं । र अबको समयमा केही सहज हुन्छ कि भन्ने देखिएको छ । हामी आफ्नो दिशामा अगाडि बढ्दै जाने हो । चूनौती त सबै क्षेत्रमा भई नै हाल्छ ।
नयाँ बैकहरु साचालनमा आउने वित्तिकै शाखा विस्तार तथा बजारमा हल्ला नै बढी गर्ने गरेका छन् तपाईहरुले त त्यतातिर त ध्यान दिनुभएन नि ?

हाम्रो अहिले एउटा मात्र शाखा रहेको छ । यही मंसिरमा मात्र पनि हामीले चार देखि पाँच वटा शाखा खोल्दै छौं । बीचमा दशै र तिहार परेको कारण केही ढिलाई मात्र हुन गएको हो । नयाँ सडकनारायणगढपोखरा विरगन्ज र पाटनमा शाखा खोल्ने तयारीमा छौं हामी । विराटनगरविर्तामाडधरान र बुटवलमा सम्भाव्यता अध्ययन भईरहेको छ । हामी एकै समयमा आक्रामक रुपमा बजारमा जानु भन्दा पनि बजारको माग अनुसार विस्तारै अगाडि बढ्दै जाने हो । हामीले जे काम पनि नयाँपन हुनुपर्दछ भन्ने मान्यतामा रहेका छौं । कर्मचारीमा पनि हामीले नयानँलाई प्राथमिकतामा राखेका छौं । नयाँ कर्मचारीलाई तालिम दिएर दक्ष बनाउने कार्य अहिले भराखेको छ । हामी कहाँ अहिले अरु बैकबाट आउनुभएकेा वरिष्ठमा २ जना मात्र कर्मचारी रहनुभएको छ । साजाल नभई नहुने अहिलेको अवस्था रहेको छ र यसैलाइ मध्यनजर गर्दै हामी आगामी पाँच वर्षमा अधिराज्यव्यापी हुने छौं । बैकिङ प्रणालीको विकासमा पनि अहिले हामी लागिरहेका छौं । हामी राष्ट्र बैकको निर्देशन अनुसार नै हिहमाल पहाड र तराई सबै स्थानमा पुग्ने छौं । हामीले के मात्र हेरिहेका छांंै भने हामीले खोलेको प्रत्येक शाखा सुरुको समयदेखि नाफामा जानुपर्दछ नभएपनि आफ्ना साचालन खर्च धान्ने हुनुृपर्दछ । जसले गर्दा केन्द्रीय कार्यलयलाई धार नपरोस भन्ने छ ।
राष्ट्र बैकको विभिन्न समयमा आएको निर्देशनले बैकहरुलाई अगाडि बढ्न समस्या देखिएको हो ?
म संग पनि राष्ट्र बैकको २१ वर्ष काम गरेको अनुभव रहेको छ । त्यहाँको अवस्था भनेको ँ नयाँ बैकलाई कत्तिको समस्या पर्दछ वा पुरानो बैकलाई के असर पर्दछ भनेर निर्देशन जारी गर्ने होईन । जुन बेला अर्थतन्त्रमा जे आवश्यकता पर्दछ त्यसैमा केन्द्र्रीत हुने हो । पछिल्लो उदाहरणको लागि रियलस्टेटको रहेको थियो । धेरै बैकहरुले आफ्नो पोर्टफोलियोको २० देखि ४० प्रतिशतसम्म पनि यो क्षेत्रमा लगानी गरेका थिए । ठुला बैकहरुले पनि लगानी बढाएका थिए । तर हामी यसमा सजक छौं । १० प्रतिशत भन्दा माथि गयो कि भनेर हामी संधै चनाखो भईराखेका छौं । ८० लाख भन्दा माथिको कर्जा घरकर्जा भएपनि त्यसलाई रियलस्टेट हाल्नुपर्ने हुन्छ । राष्ट्र बैकको चाहना पनि यही हो कि हामीसंग भएको जनताको पैसा जथाभावी गर्न दिनुभएन । जनताको पैसाको विचार गर्नुगर्दछ र राष्ट्र बैक पनि ति निक्षेपकर्ताहरुको संरक्षक हो । राष्ट्र बैकको अनुगमनमा राम्रो हुनुपर्दछ । जसले गर्दा हामीलाई केही गाह्रो त भएको छ । यो समयको माग पनि हो ।
सेन्चुरी बैकलाई अगाडी बढाउनको लागि नयाँ रणनीतिक योजना के बनाउनुभएको छ ?
हामीले आगामी महिनभरीमा जलविद्युत क्षेत्रमा लगानी गर्दै छौं । हस्पिटलको पनि प्रस्ताव आएको छ । हामी आफैंले नेतृत्व गर्न सक्ने अवस्था पनि छैन अहिले । तर हामीमा कुनैबाट सिमेन्टकुनैबाट छड तथा अन्य क्षेत्रमा पनि संयुक्त लगानीको प्रस्ताव आइरहेको छ । अहिलेका लागि हामीले छुट्टै पहिचान बनाउनेतर्फ जाने भन्दा पनि हामी संयुक्त रुपमा सबै सेवा दिन्छौं । हाम्रो मुल मन्त्र नै सरल बैकिङ सबैको लागि भन्ने रहेको छ । हामी जनतालाई के सन्देश मात्र दिन चाहन्छौं भने हामी ग्रामीणमुखी किसान मुखी र जनतामुखी रहेका छौं । सेन्चुरी बैकको अभियान पनि गाउँबाटै सुरु भएको छ । विभिन्न बैकहरुले पाँच लाख भन्दा कमको कर्जा स्थानीय स्तरमा नदिने गरेको गुनासो पनि आएको छ तर हामी ५० हजार रुपैयाँको पनि कर्जा दिने योजना बनाएका छौं । यसले किसानलाई राहत पुग्ने छ । साना कर्जाको लागि सबै योजना हामीले बनाएका छौं । हामी पसुपालनतरकारी खेती लगायतका क्षेत्रको विकासमा पनि लागेका छौं । अहिलेपनि तराईमा बन्द भयो भने काठमाडौंमा तरकारी तथा दुधको अभाव हुने गरेको छ । यसलाई रोक्नकेा लागि हामीले किसानलाई कर्जा दिने र उनीहरुको विकास गर्ने योजनामा लागेका छौं ।
केन्द्रीय बैकहरुले त अरु उपादन मुलक क्षेत्रमा पनि जानको लागि निर्देशन दिएको छ त ?
हामीले चाँडै नै सिमेन्ट उद्योगहरुमा गर्न सक्ने लगानीको बारेमा अध्ययन गरिरहेका छौं । अहिले पनि ६७ अर्बको द्रुतमार्गको कुरा आएको छ । त्यसको लागि त थुप्रै सिमेन्ट लाग्ने हुन्छ त्यता तिर पनि हामीले सोचिरहेका छौं । निजगढमा विमानस्थलजलविद्युत उत्पादन केन्द्र लगायतको कुरा छ यसमा सबैभन्दा धेरै माग सिमेन्टको नै हुनसक्छ अहिलेकै माग धान्न सकेको छैन नेपाललको उत्पादनले । त्यसैले हामीले यस्ता क्षेत्रमा सम्भाव्यता अध्ययनको लागि जाँदै छौं । हामीले के सोचका छौं भने जुन क्षेत्र भएपनि नेपालको आवश्यकताको क्षेत्रमा जाने हो । अरु जे जे नेपाल अपुग भएर वा बाहिरबाट ल्याउनुपर्ने अवस्था आएकेा छ त्यसलाई रोक्नको लागि पहल गर्ने हो । नेपालमा दुधकफिसुन्तलाचिया सजिवनको तेल लगायतका क्षेत्रमा अध्ययन गरिरहेका छौं ।
अहिले नेपाली बजारमा विभिन्न बैक तथा वित्तीय संस्थाहरुको संख्या २ सय २० को हाराहारीमा पुगिसकेको छ तर संधै पहुँचको कुरा आईरहेको छ । तपाई त राष्ट्र बैकबाट पनि नियालेको मान्छे अहिलेको वित्तीय अवस्था कस्तो हो ?

अहिलको वित्तीय अवस्था मेरो विचारमा धेरै चूनौतीको क्षेत्र बनेको छ । कतिपय अवस्थामा बैकिङ क्षेत्रमा चाहेर पनि हुने कार्य भएकेा छैन । यती ठूलो तरलताको संकट भोगेको यो अवस्था मैले देखेको थिइन । अहिले आएर तरलताको बृद्धिले गर्दा उल्टो समस्या आईरहेको छ । अहिले राजनीतिक पृष्ठभुमिले पनि बैकिङक्षेत्रलाई अगाडि लगिरहेको छ । जे भएपनि मेरो २९ वर्षे बैकिङ ईतिहाँसमा यस्तो समस्या आएको थियो । अहिले ७ सय १८ अर्ब निक्षेप पुगेको छ । कर्जा ५ अर्बको हाराहारीमा मात्र रहेको छ । लगानी गर्ने स्थान नयाँ तय भएको छैन । यसको पछाडि पनि कारणहरु रहेका छन् । लोन दिने प्रकि्रया धेरै रहेको छ । यसले उल्टो समस्या आएको छ । र अर्को कुरा गत समस्याबाट पनि बैकहरुले रकम राखेका हुनक्छन् । रेमिट्यान्स कारोबार पनि बढेको कारण बैकमा रकम बढेको छ । तर बैकिङ क्षेत्र ज्यादै चूनौतीपूर्ण रहेको छ ।
रेमिट्यान्स कारोबारले बैकमा रकम बढेको छ तर तपाईको बैकले त रेमिट्यान्सको कारोबार सुरु गरेको छैन त यसलाई कसरी हेर्नुभएको छ ?

रेमिट्यान्सको विषयमा पनि हामी गम्भीर छौं र आगामी मंसिरबाट हामीले सेन्चुरी बैकबाट सेन्चुरी रेमिटसेवाको सुरु गर्दै छौं । यसको विषयमा हामीले दशै अगाडिबाट दुवै तथा कतारबाट नेपालीहरुले पठाउने रकमको बारेमा अध्ययन गरेका थियौं । हामी बराईन साउदी अरेविया लगायतका धेरै स्थानबाट सेन्चुरी रेमिट सेवा सुरु गर्दै छौं । जहाँ धेरै नेपाली हुनुहुन्छ त्यो स्थानमा हामी रेमिट कारोबारको लागि पुग्ने छौं र उनीहरुले नेपाल पठाएको रकममा पनि हामी धेरै ब्याज दिने छौं । जति समय हाम्रो बैकमा रकम बस्छ त्यती समयको पनि हामी ब्याज दिने छौं । पैसा झिकेको दिनबाट मात्र ब्याज आउन छोड्छ । अहिले रेमिट्यान्सको रकम दुरुपयोग भईरहेको छ । यसलाई प्रयोगमा ल्याउन जरुरी छ ।
पछिल्लो समयमा त वाणिज्य बैकहरु पनि मर्जमा जानुपर्दछ भन्ने कुरा आईरहेको छ नि तपाईहरुको हकमा यो आवश्यक हो कि होईन ?

यो विषयमा अहिले धेरै कुरा उठेको छ । अगाडि बैक तथा अन्य संस्थाहरुलाई कारोबारको लागि अनुमति दिँदा यस्तो समस्या थिएन । त्यो बेलामा नै एक विभिन्न तह र वर्गका बैकहरुलाई अनुमति दिईएको थियो । द्वन्द्वको समया ग्रामीण क्षेत्रमा रहेका बैकहरु बस्न सकेका अवस्था थिएन । यस्तो समयमा जहाँजहाँ बैक फाईनान्स जान सक्छन् त्यहाँ जाउन भन्ने हिसाबले उनीहरुलाई कारोबार अनुमति दिईएकेा थियो । अहिले समय परिवर्तन भएकेा छ । पहिलाको भन्दा राजनीतिक अवस्था परिवर्तन भईरहेको छ । यो अवस्था भनेको अव विस्तारै एकिकृत हुने हो । हामी पनि राष्ट्र बैकको योजनामा अगाडि बढ्न तयार छौं । तर आगामी १ वर्षपछि मात्र हाम्रो यो विषयमा सोचाई पुग्दछ । किनभने आगामी वर्षमा हामी ९४ करोडको सबैभन्दा धेरै सेयर जनतामा जारी गर्ने छौं । यसले हम्रो बैक निजी क्षेत्रको सबैभन्दा धेरै सेयर स्थानीयमा जारी गर्ने बैक हुने छ । अहिले पनि हाम्रो सेयरधनीहरु ४३ जिल्लामा रहेका छन् । हामी सबै जाति धर्मको बैक भएको कारण यो जनताको बैक हो । 
   मर्जका लागि नबिल बैंकको जोडी छैन
अमृतचरण श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत
नविल बैक नेपाल लिमिटेड
Aamritcharan sherestha
 १९८४ सालमा दुबई बैंक लिमिटेडको ५० प्रतिशत र नेपाली लगानीकर्ताको ५० प्रतिशत संयुक्त लगानीमा स्थापना भएको नेपालको पहिलो निजी लगानीको बैंक नविल बैंक अहिले नेपालमा पूँजी परिचालन गर्ने ठूला बैंकमध्ये एकमा पर्दछ । पछिल्लो समय नयाँ बैंकको तुलनामा पुराना बैंकहरु पछाडि परेको विश्लेषण पनि वित्त बजारमा गरिन थालिएको छ । बजारमा आएका नयाँ बैंकहरुले जथाभावी ब्याज दिँदा यसरी पुराना बैंकहरु हराएका जस्ता देखिएको नविल बंैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठको भनाइ छ । प्रस्तुत छ श्रेष्ठसंँग बैंक तथा वित्त क्षेत्रमा देखिएको अहिलेको समस्या र यसको समाधानका उपायबारे आर्थिक दैनिक बंैक वित्त ब्युरोका शिवहरि खतिवडाले गर्नुभएको कुराकानीको सम्पादित अंश -

Aamritcharan Shrestha
नेपालको पहिलो निजी बैंक अहिलेसम्मको वित्त बजारमा कसरी अगाडि बढिरहेको छ । कस्तो छ बैंकको कारोबार अवस्था  ?
अहिलेसम्मको अवस्थामा हामी निजीक्षेत्रका बैंकहरुमा अग्रपंक्तिमा नै छौं । हाम्रो निक्षेप करिब ४८ अर्ब र कर्जा ३७ अर्बको हाराहारीमा छ । गत वर्ष हामीले दुई सय छ करोड साचालन नाफा बनाएर यो उद्योगमा नै उच्च भएका थियौं । कर पछि एक सय १४ करोड भयो । यसमा हामी दोस्रो भयौं । हाम्रो खराब कर्जा पनि १।५ प्रतिशतकै हाराहारीमा रहेको छ । हामी रियलस्टेटमा अपार्टमेन्ट र हाउजिङमा अति कसिलो भएका छौं । यो सबैमा गरेर हाम्रो लगानी २० प्रतिशतभन्दा बढी छैन । सेयर बजारमा हामीले लगानी गरेका छैनौं । किनभने यो भनेको संवेदनशील बजार हो । यसलाई भन्दा पनि हामीले उत्पादनमूलक क्षेत्रमा नै लगानी जाओस् भनेका छौं । उत्पादनमूलकमा धेरै रोजगारी वृद्धि हुने र राष्ट्रलाई धेरै फाइदा हुने भनेर हामीले त्यो क्षेत्रमा लगानी बढाएको हो । अहिलेको पुस मसान्तको वित्तीय विवरणअनुसार पनि हामी अरुभन्दा अगाडि नै छौं ।
बजारमा पछिल्लो समयमा आएका नयाँ वाणिज्य बैंकहरुको तुलनामा पुराना बैंकहरु हराएका जस्ता देखिएका छन् नि ?
नयाँ बैंकको आगमनपछि उनीहरुलाई पनि पुराना बैंकहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यसैले ग्राहकले पनि तपाईं र त्यसमा के फरक भो भनेर कुरा गर्दछन् । त्यसैले नयाँ बैंकले आफ्नो ब्याजदर बढाएरै राख्नुपरेको होला । पुराना बैंकहरुको तुलनामा नयाँ बैंकहरुले आफ्नो स्थान देखाउनका लागि पनि बचतमा ब्याज बढाउँछन् । मुद्दतीमा हामीभन्दा बढी नै ब्याजको कोड गर्दछन् । त्यो आफ्नो ठाउँमा छ तर हाम्रो पनि छुट्टै स्थान छ । बजारमा प्रतिस्पर्धा छ त्यसमा कुनै शंकै छैन तर निक्षेपकर्ताले धेरै नै बुद्धिमानीपूर्वक आफ्नो निक्षेप कहाँ राख्दा सुरक्षित हुन्छ भन्ने जानेका छन् ।
लामो समयसम्म वाणिज्य बैंकमा तरलताको अभाव देखिएको छ । यो स्थिति आउनुमा कसको कति दोष रहेको छ  ?
सरकारको विकास बजेट खर्च भएको छैन र यो बीचमा राष्ट्र बैंकको पनि केही निर्देशिका जारी भएको छ । सम्पत्ति शुद्धीकरणलगायतका निर्देशिकाले गर्दा आम जनतामा अझै अन्योल कायमै छ । आफ्नो रकम बैंकमा लग्यो भने त राजस्वमा जान्छ भन्ने किसिमको त्रास पनि पैदा भएको हो । त्यसैले पनि बैंकमा भन्दा अनौपचारिक बजारमा नै पैसा घुमिरहेको छ । अनौपचारिक क्षेत्रमा नै पैसा गएकोले बैंकमा तरलताको कमी देखिएको हो । योबाहेक अन्य कारण पनि छन । सरकारले बजेट खर्च गरेन कर उठेको छ खर्च भएको छैन । अस्थायी रिपो मात्र गरेर तरलताको समस्या समाधान हुने होइन । अहिलेसम्म नेपालको इतिहासमा नै नभएको २८ अर्बभन्दा बढी रुपैयाँ सरकारको ढुकुटीमा थन्किएको छ । त्यो बजेट खर्च नभएको कारण भएको हो ।
तपाईले भन्न खोज्नुभएको अनौपचारिक क्षेत्र भनेको कस्तो क्षेत्र हो ? अनौपचारिक भन्नाले विभिन्न क्षेत्र छन् । बैंकमा नआउने र बैंकभन्दा बाहिर हुनासाथ त्यो अनौपचारिक क्षेत्र हो । त्यो घरमा पनि हुनसक्छ बैंककै लकरमा पनि हुनसक्छ तर खातामा नदेखिने बित्तिकै अनौपचारिक क्षेत्र हो । नेपाल आयातमा आधारित देश पनि हो । आयातबाटै हाम्रो राजस्व उठ्छ । आयातमा नै भर पर्नुपर्ने भएका कारण पनि हाम्रो सोधानान्तर यही भएका कारण बजारको पैसा सबै घुमेर राष्ट्र बैंकमा गयो वाणिज्य बंैकहरुको खातामा गएन । यही कारण पनि निक्षेपमा एकदमै कडा भएको छ । यसको व्याज बढ्दा पनि निक्षेप बढेको पाइएको छैन । अहिले पनि अन्तरबैंक व्याजदर दोहोरो अंकमा भइरहेको छ । मुद्दतीमा हामी १२ सम्म दिन्छु भन्छौं विकास बैंकले त योभन्दा पनि बढी दिन्छन् ।
विकास बजेट खर्च भयो भने बैंकहरुमा फेरि पैसा आउँछ र समस्या समाधान हुन्छ भन्ने मात्र हो अहिलेको अवस्थामा  ?
हो । अतिकति राजनीतिक स्थिरता भयो विकास बजेट खर्च भयो र सरकार सक्षमताका साथ चल्न थाल्यो भने पैसा बजारमा आउँछ । केही हप्ताअगाडि दुई अर्ब रपैयाँ राष्ट्रिय वाणिज्य बैंकको पेन्सन फण्डबाहिर आउनासाथै बैंकहरुमा तरलतामा अलि खुकुलो भइसकेको थियो । सरकारले खर्च नगरेका कारण नै यो समस्या र सम्पत्ति शुद्धीकरणमा पनि वाणिज्य बैंकहरुमा कडारुपमा लागू भएको छ । सहकारीहरुमा पनि यो त्यति कडा छैन तर हामी कडा भएका छौं । यो आवश्यक पनि छ । यसको सन्देश राम्रो हो । तर सन्देशको स्थानीय बुझाई फरक परेको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौदि्रक नीतिको अर्धवार्षिक समीक्षाअनुसार वाणिज्य बैंकको भन्दा विकास बैंक र वित्त कम्पनीको निक्षेपमा उच्च वृद्धि भएको छ । यसरी वाणिज्य बैंकमा नआएको पैसा किन विकास बैंक र वित्तमा गयो ?
अहिलेको कारण के हो भने हामी राष्ट्र बैंकको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्दछौं । कुनै निक्षेपकर्ताले खाता खोल्यो भने उसको ठेगाना मानिस सही हो कि होइन भन्नेर चासो राख्ने । केही समयअगाडि एक माओवादी नेताको नाम र नक्कली नागरिकतामा अर्केले पैसा लिन खोजेको पनि जानकारीमा आयो । हामी यो विषयमा यति कडा गर्छाैं । खाता खोल्न आउनेलाई पक्राउसमेत गर्ने गरिएको छ । ब्याजदरको कुरा पनि आउँछ । हाम्रो सोच भनेको १२ भन्दा बढी मुद्दतीमा दिनु हुँदैन भन्ने छ । यदि १२ भन्दा बढी मुद्दतीमा दियो भने लगानी कतिमा गर्ने भन्ने कुरा पनि आउँछ । यसमा अन्य खर्च पनि जोड्नु पर्ने हुन्छ । त्यसैले १६ मा लगानी गर्नुपर्ने अवस्था आउँछ । १६ प्रतिशतमा लगानी गर्दा उद्योगले कर्जा नै लिन मान्दैनन् । यो दिगो हुँदैन भनेर हामी एउटा नीति बनाएर १२ मै अड्किएका छौं । उनीहरुले १४ पनि कोड गरेका छन् । त्यसैले पनि उता पैसा गएको होला भन्ने लाग्छ । यसको निक्षेपमा धेरै ब्याज दिनु पनि राम्रो होइन भन्ने लाग्छ । धेरै ब्याज खानु पनि राष्ट्रको लागि राम्रो हुँदैन । यसले उत्पादनमूलक क्षेत्रमा लगानी घट्दै जान्छ ।
नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा जारी गरेका निर्देशनहरुले पनि निक्षेप संकलनलाई थप प्रभाव पार् यो । निर्देशनहरु अध्ययनबिना नै आउन थाल्यो भन्ने छ नि ?
पछिल्लो समय प्रमुख कार्यकारी अधिकृतको तलब सीमाको कुरा बढी चर्चामा रह्यो । सीईओको तलब र निक्षेप संकलन फरक कुरा हो । मेरो विचारमा ३० वटा वाणिज्य बैक छन् ३० थरीका नै प्रमुख र क्षमता छ । केन्द्रीय बैंकको सोच एक बैंकबाट अर्को बैंकमा साचालकहरुले टोली नै लिएर जाने वार्गेनिङ गर्ने र बजारमा भएको तलब सीमाभन्दा निकै नै बढीमा लैजाने प्रवृत्ति हावी भयो भनेर निर्देशिका जारी भएको हो यो विषयमा । यसले हामीलाई प्रभाव पर्दैन यो कडाई सुहाउँछ पिन । तर नयाँ र केही समयअगाडि खोलेको र अरु साना बैंक र वित्तीय संस्थाहरुलाई यो निर्देशनले अहिले खाईआएको तलबको एक तिहाई पनि नहुने देखिएको छ । यो जुन तलब सीमाको मापदण्ड ल्याइएको छ त्यो सबैलाई अलि नमिल्दो देखिएको हो । उता पछिल्ला निर्देशनमा धेरै संवेदनशील निर्देशनमा बचत तथा मुद्दती खातामा केन्द्रीय बैंकले दुई प्रतिशतभन्दा बढी फरक राख्नुहुन्न भनेको छ । यसमा नयाँलाई खासै फरक परेन होला तर हामीजस्ता पुराना बैंकहरुलाई धेरै वर्षको अन्तरालमा बचत खाताका धेरै योजना ल्याइएको छ । सातभन्दा बढी किसिमका बचत कार्यक्रम ल्याइएको छ र हरेक बचत कार्यक्रमको आ-आफ्नै विशेषता पनि छ । ३ देखि ८ सम्मको ब्याजदर रहेको थियो । यसले के हुन्छ भने दिइराखेको ब्याज घटायो भने ग्राहक टाढिन सक्छन् तर तलकोलाई माथि लैजानका लागि पनि ब्याजखर्च धेरै नै बढी हुन्छ । हामीले यो विषयमा छलफल पनि गरेका छौं । यसमा हामीले आफ्नो निक्षेपकर्ता पनि कतै नजाउन् र ब्याजखर्चमा पनि केही सहजता होस् भनेर छलफल गरेका छौं र नयाँ ब्याजदर तालिका ल्याउने तयारी पनि गरेका छौं । यसलाई मिलाएर जाँदा ७ करोडजति ब्याजखर्च बढी हुने देखिएको छ । अरु शुल्कहरुमा पनि केही कडाइ गर्ने तथा कर्जा दिनुअगाडि नै लाग्ने शुल्कका बारेमा पनि भनिएको छ । यो हामीले गरी नै रहेको थियौं र गरेका छौं पिन । यसले आगामी दिनमा बैंकको आम्दानीमा केही कमी ल्याउँछ कि भन्ने मात्र हो  ।
पुरानो बैक नविलले नयाँ क्षेत्र पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा लगानीका लागि केही नयाँ योजना बनाएको छ ?
हामीले दुईवटा उत्पादनमूलक क्षेत्रमा गत वर्षदेखि नै लगानी सुरु गरेका छौं । एक सिमेन्टमा भयो । अहिले पनि हामीले छवटा ठूला सिमेन्ट उद्योगमा सहयोग गरेका छौं । उता जलविद्युत्मा पनि दुई मेगावाटदेखि १५ र ४२ मेगावाटसम्म पनि काम भइरहेको छ । तर जलविद्युत्मा लगानीको लागि लामो। प्रकि्रया हुने रहेछ र अलि समस्या भएको छ । अर्को पर्यटन वर्षका लागि टेवा पुगोस् भनेर यो क्षेत्रमा पनि लगानी बढाएका छौं । यसै सिलसिलमा नेपालमा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी साचालनमा रहेको मास्टर कार्ड र भिषा कार्डजस्तै अर्को कार्ड युनियन पे भन्ने कार्ड पनि रहेछ । यसको सदस्य संख्या नै एक अर्बभन्दा बढी रहेछ । अब हामीले यो कार्ड पनि हाम्रो एटीएम मेसिनमा चल्ने बनाएका छौं । चीनमा सबैभन्दा धेरै प्रख्यात कार्ड हो यो र विश्वमा धेरै चिनियाँ रहेका स्थानमा यो कार्डको प्रयोग हुने गरेको रहेछ । अब यो कार्ड लिएर आएका चिनियाँ पर्यटकले यो कार्डको प्रयोग नेपालमा पनि गर्न पाउने भएका छन् । यसले उनीहरुलाई्र डलर बोकिरहनु पर्दैन । जनवरीबाट हामीले यो सेवाको शुभारम्भ गरेका छौं । होटलमा पनि लगानी बढाउने योजना बनाइरहेका छौं । पहिला होटलमा लगानी सुरक्षित थिएन अहिले फेरि राम्रो देखिएको छ । होटल पहिला बन्द हुने अवस्थामा थिए राम्ररी चलेका थिएनन् तर अहिले राम्रो देखिएको छ ।
पछिल्लो समय बैंक वित्त कम्पनीहरुमा मर्जको अत्याधिक चर्चा भएको छ । अहिलेको समयमा यसरी मर्जको चर्चा चल्नु राम्रो हो ?
मर्ज त सैद्धान्तिकरुपमा हेर्दा ठिकै हो । सानो बजारमा यति ठूलो संख्यामा वित्तीय संस्थाहरुको स्थापना हुनु र उनीहरुको खर्चहरुलाई रोक्नु पर्ने नै देखिएको छ । अहिले न्यूरोड एरियामा मात्रै ३० वटा बैंकको एटीएम छ भने त्यहाँ त्यति धेरै एटीएम आवश्यक थियो र भन्ने प्रश्न पनि छ । जहाँबाट रकम निकाले पनि ग्राहकलाई त रकम चाहिएको हो नि तर सबै बैंकको एटीएम त्यहाँ छ । यसले उनीहरुको साचालन खर्च पनि बढाएको छ । मर्ज भयो भने एउटै एटीएमले पनि हुन्छ । उता पोखरामा पनि चाहिनेभन्दा बढी बैंक छन् नारायणगढमा त्यस्तै छ । त्यो चाहिने हो होइन थाहा छैन । तरसबै प्रतिष्प्रर्धामा गएका छन् । यसले चाहिनेभन्दा बढी बैंक र खर्च बढेको हो । चाहिनेभन्दा बढी भएको स्थानमा बैंक वित्त गाभिनुपर्छ भनेर अवधारणा आउनु ठिकै हो । मर्जका लागि दिइने सुविधा पनि थप भएमा मर्जमा जान्छन् भन्ने लाग्छ ।
नविलको हकमा मर्जको सम्भावना कत्तिको छ  ?

नविलको आकारमा गाभिने अरु बैंक छैनन् । हामी पूरा भएर आफ्नो पूँजी नै चार अर्बभन्दा माथि पुगिसकेको अवस्था छ । यो हाराहारीमा आउने भनेको नेपाल इन्भेष्टमेन्ट बैंकमात्र छ निजी क्षेत्रमा । अरु अलि मुनिका छन् । यसैले नविल गाभिनेभन्दा पनि नविलले कुरा मिल्यो भने अप्ठ्यारोमा परेको हकप्रद भर्दा पनि लाभांश दिन नसकेका बैंकहरुलाई लिएर अगाडि बढ्न सक्छौं । तर नविलकै जोडामा मर्ज हुने अरु बंैक छैनन् ।
  Aarthik Bata
जहाँ आवश्यकता छ त्यहाँ विकास बैङ्क गएको छ’
झपटबहादुर बोहरा
अध्यक्ष 
विकास बैङ्क संघ


नेपालमा कारोबार गरिरहेका विकास बैङ्कहरुको संख्या ८६ पुगेको छ । राजधानीमा मात्रै १४ वटा राष्ट्रियस्तरका विकास बैङ्कले कारोबार गरिरहेका छन् भने अन्य ७२ विकास बैङ्क राजधानीबाहिर छन् । यसैबीचमा स्तरोन्नति तथा कार्यक्षेात्र विस्तारका लागि नेपाल राष्ट्र बैङ्कमा निवेदन दिएका केही विकास बैङ्कहरुको निवेदन पनि विगत ९ महिनादेखि नेपाल राष्ट्र बैङ्कमा थन्किएको छ । यही विषयमा विकास बैङ्क संघले केही समयअगाडि नेपाल राष्ट्र बैङ्कमा विकास बैङ्कको ८ भन्दा बढी समस्यालाई जानकारी गराएको थियो । विकास बैङ्कहरुमा देखिएको समस्या र विकास बैङ्क संघले गरिरहेको पहलको विषयमा संघका अध्यक्ष झपटबहादुर बोहरासँग आर्थिक दैनिकका शिवहरि खतिवडाले गर्नुभएको कुराकानीको सारसंक्षेाप ः-


 अहिले नेपालमा ८६ विकास बैङ्कले वित्तीय कारोबार गरिरहेका छन् । नेपालजस्तो सानो अर्थतन्त्रमा यो संख्या बढी भएन र ? 
विकास बैङ्कको रुपमा काम गरिरहेका ख वर्गको बैङ्क पूँजीको र कार्यक्षेत्रको आधारमा चार किसिमका छन् । राष्ट्रियस्तरको ६४ करोड चुक्ता पूँजी भएको १० जिल्लामा कारोबार गर्ने २० करोड पूँजीकोषको विकास बैङ्क तीन जिल्लामा कारोबारको लागि अनुमति पाएका १० करोडको विकास बैङ्क तथा एक जिल्लामा कारोबार गर्न पाउने पाँच करोडको विकास बैङक । यिनीहरुको राजधानीबाहिर र राजधानीभित्र कारोबार फरक हुन्छ । जबसम्म नेपाल राष्ट्र बैङ्कले समस्या छ भन्दैन तबसम्म ती सबै लघुवित्तदेखि वाणिज्य बैङ्कसम्म स्वस्थरुपमा कारोबार भइरहेको मान्नुपर्दछ  । हामीले पनि विकास बैङ्कहरु आपसमा स्वस्थरुपमा नै कारोबार भइरहेको पाएका छौं ।
केही बैङ्कले कार्यक्षेत्र विस्तार तथा केहीले स्तरोन्नतिका लागि नेपाल राष्ट्र बैङ्कमा निवेदन दिएका थिए । उनीहरुको विषयमा अहिले के भइराखेको छ  ? 
स्तरोन्नति भनेको कुनै पनि वर्गका बैङ्क तथा वित्तीय संस्थाले आफूभन्दा माथिल्लो वर्गमा जान गरेको आवेदन हो । एक तीन दश जिल्ले विकास बैङ्कको हकमा उनीहरुले पूँजी पुर् याएर अन्य जिल्लामा पनि कारोबार गर्न पाउन गरेको निवेदन हो । ६४ करोड पूँजी पुर् याएर देशैभरि कारोबार गर्न पाउनुपर्ने भनी गरिएको निदेवन हो । यो स्तरोन्नति होइन । अहिले बनेपाका तीनवटा विकास बैङ्क पशुपति विकास बैङ्क अन्नपूर्ण विकास बैङ्क इन्प्रुाक्चर डेभलपमेन्ट बैङ्क र पोखराको विजनेस डेभलपमेन्ट बैङ्क कार्यक्षेत्र विस्तारको पर्खाइमा छन् । स्तरोन्नतिको प्रकि्रयामा रहेको सानिमा विकास बैङ्कले भने अहिलेसम्म पनि आफ्नो पूँजी पुर् याएको छैन यो प्रकि्रयामा रहेको छ । आवश्यक प्रकि्रया पुर् याएको खण्डमा कार्यक्षेत्र विस्तार तथा स्तरोन्नति हुन पाउनुपर्दछ भन्ने हाम्रो माग हो । यसै विषयमा हामीले गत आइतबार १८गते नेपाल राष्ट्र बैङ्कको ध्यानाकर्षणसमेत गराएका छौं ।
एउटै जिल्लामा आठभन्दा बढी विकास बैङ्कको केन्द्रीय कार्यालयसमेत छन् । त्यही जिल्लामा अन्य वाणिज्य बैङ्कहरु पनि कारोबारका लागि गएका छन् यसले विकास बैङ्कलाई समस्या त पारेको छैन  ? 
एउटै जिल्लामा विकास बैङ्क धेरै भए भन्दा पनि यसको कारणको खोजी हुनुपर्दछ । यसका दुई तीनवटा कारण छन् । पहिलो त जहाँ सम्भावना छ त्यहाँ बैङ्क जाने हो । दोस्रो काठमाडौंभन्दा नजिकमा परेका जिल्लाहरुमा राजधानीमा आवतजावत लगायतका कारण विकास बैङ्क बढी गएका हुन् । यो पछिल्लो समय काभ्रेमा देखिएको छ । तेस्रो कारण प्रतिस्प्रर्धा स्वस्थ छ भने त्यसले जनतालाई स्वस्थ सेवा दिएको हुन्छ । यसले धेरैभन्दा धेरै सेवा जनताले पाएका छन् । त्यसैले धेरै भयो भनेर चिन्ता लिनुपर्ने विषय होइन । सम्भावना र सेवा दिनसक्ने आधार भएर नै बैङ्कहरु त्यहाँ गएका हुन् । लगानी गर्नेले लगानीको सम्भावना छ भनेर नै त्यहाँ गएका हुन् यो समस्या होइन । औद्योगिक तथा व्यापारिक क्षेत्रमा बैङ्कको आवश्यकता बढी हुन्छ र सम्भावना पनि बढी हुन्छ ।
८६ विकास बैङ्क ८० वित्त कम्पनी ३० वाणिज्य बैङ्क यिनीहरुका शाखाहरु यति धेरै वित्तीय संस्था आउँदा पनि नेपालका ७० प्रतिशतभन्दा बढी जनता वित्तीय पहुँचभन्दा बाहिर हुनुको कारण के हो  ?
पहिलो कुरा त सरकारको अदूरदर्शीे नीतिका कारण यस्तो प्रभाव परेको हो । नेपाल राष्ट्र बैङ्कको पनि यसमा कमजोरी छ । जसरी अहिले दुर्गम २२ जिल्लामा जानुपर्ने र अल्लि सुगममा एउटा शाखा खोलेपछि मात्र राजधानीमा शाखा खोल्न पाउने व्यवस्था गरिएको छ । यो आजभन्दा १० वर्षअगाडि नै आउनुपथ्र्यो । यसरी आएको भए क्रमिकरुपले त्यहाँका जनता पनि वित्तीय पहुँचमा पुग्ने थिए । आम्दानी तथा पैसाको बाँडफाँड समानुपातिकरुपमा हुनसक्थ्यो । यसमा यही दुई कारणले गर्दा दुई तिहाइभन्दा बढी नेपाली जनता वित्तीय पहुँचभन्दा बाहिर भएका हुन् । अहिले निक्षेपका आधारमा हामी विकास बैङ्कले नै २० प्रतिशत हिस्सा ओगटेका छौं । हामीसँग ८० अर्बको निक्षेप छ । हामी ग्रामीण क्षेत्रमा पनि गइरहेका छौं । यसले हाम्रो क्षेत्र बढ्दै गएको छ । यसले वाणिज्य बैङकसँग पनि प्रतिस्प्रर्धा बढेको छ ।
पछिल्लो समयमा राष्ट्र बैङ्कले एकपछि अर्को निर्देशन जारी गरिरहेको छ । यी निर्देशनले विकास बैङ्कलाई सकारात्मक नकारात्मक के प्रभाव पारेको छ ? 
राष्ट्र बैङ्कको काम निर्देशन जारी गर्ने हो । राष्ट्र बैङ्कको मनासाय पक्कै पनि कसैलाई बन्देज गर्ने र हतोत्साहित गर्ने किसिमको हँुदैन । छॊटो समयमा यसको प्रभाव देखिन सक्छ तर लामो समयका लागि त्यो हुँदैन । नीतिगतरुपमा बैङ्क तथा वित्तीय संस्थालाई यस्तो निर्देशनले व्यवस्थित गर्न कठिनाई हुन्छ तर समग्रमा नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई्र स्वस्थ राख्न तथा दीर्घकालीनरुपमा अर्थतन्त्र जोगाइराख्नका लागि निर्देशन जारी गर्दछ । यद्यपि कतिपय निर्देशन समयसापेक्ष हँुदैन कतिपय निर्देशन गृहकार्यबिना नै आएको छ । बारम्बार परिमार्जित हुने निर्देशनले भने वित्तीय क्षेत्रमा अशान्ति निम्त्याएको हुन्छ । राष्ट्र बैङ्कले जारी गर्ने निर्देशनहरु पूर्णरुपमा गृहकार्य स्टेक होल्डरहरुसँग छलफल तथा पूर्णरुपमा विश्लेषण गरेर आउँदा परिवर्तनको आवश्यकता पनि पर्दैन र वित्तीय व्यवस्थापनमा थप बल पुग्छ भन्ने हाम्रो भनाइ हो ।
अहिले केन्द्रीय बैङ्क निर्देशनमुखी मात्र भएको र बैङ्कहरुको समस्यामा नपुगेको भन्नेखाले गुनासो छ नि ?
हामीले केही समयअगाडि मात्र विकास बैङ्कहरुमा देखिएका समस्याका बारेमा नेपाल राष्ट्र बैङ्कमा एउटा आठ बुँदे ज्ञापनपत्र बुझाएका छौं । यसमा सीईओको तलब कार्यक्षेत्र विस्तार गर्न लागेका विकास बैङ्कहरुको निर्णयलगायतका बुँदाहरु समावेश गरेका छौं । नेपाल राष्ट्र बैङ्कले जारी गरेको प्रमुख कार्यकारीको तलबको विषयमा विकास बैङ्कमा पनि समस्या आएको छ । विकास बैङ्कको हकमा यसलाई खारेज गर्न हामीले सुझाव दिएका छौं । यो विषयमा विकास बैङ्कको एउटा सीईओको तलबको राष्ट्र बैङ्कको निर्देशनअनुसार जाने हो भने १५ हजारभन्दा कम हुने देखिएको छ । प्रमुखको नै १५ हजार जसले जोखिम मोलेको हुन्छ । तिनीहरुको तलबमा थोरै भए अन्य कर्मचारीलाई कति दिने भन्ने कुरा छ । अर्को आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर लगानी गरेको कर्जा एक वर्षभित्र उठाउनु भनेको छ यो सम्भावनाभन्दा बाहिरको कुरा हो । यसले २०५२ देखि लगानी गरेका क्षेत्रीय विकास बैङ्कहरुलाई समस्या पारेको छ । जब ०५२ मा २० वर्षको कर्जा सम्झौता भएको छ भने १० वर्षमा कसरी असुली गर्न सकिन्छ यसलाई्र सच्याएर अब उप्रान्तका लागि मात्र यो नियम लागू हुने भनेको भए राम्रो हुन्थ्यो । अर्को नोट कोषको कुरा पनि छ । यीलगायत अन्य आठवटा समस्यामा हामीले ध्यानाकर्षण गराएका छौं ।
वाणिज्य बैङ्कमा अहिले तरलताको समस्या देखिएको छ । यसले विकास बैङ्कलाई कस्तो प्रभाव पार्छ ?
पूँजी बजार एकआपसमा जोडिएको हुन्छ । वित्तीय क्षेत्रमा पैसाकै समस्या हुँदा यसको प्रभाव सबै क्षेत्रमा परेको हुन्छ । कोहीलाई्र कम हुन्छ भने कुनैलाई्र बढी हुन्छ फरक यति मात्रै हो । यसको कारण विकास बैङ्क पनि पिरोलिएका छन् तर विकास बैङ्कमा निक्षेप आकर्षित भएको पाएका छौं । यसले विकास बैङ्कप्रति स्थानीयको विश्वास बढेको पाइएको छ । लघुवित्तदेखि वाणिज्य बैङ्कसम्म एउटै ऐनमा दर्ता भएका हुन्छन् । यसैले कुनैलाई्र केही समस्या पर् यो भने सबैलाई एकै किसिमको समस्या देखिएको हुन्छ । यो सरकारले बजेट खर्च नगर्दा भएको हो । जब सरकारी बजेट खर्च हुन्छ त्यसपछि सरकारी पैसा ज्याला तथा तलबको रुप लिँदै पैसा बैङ्कमा आएको हुन्छ । पैसा खर्च नभएपछि समस्या हुने नै भयो । अर्को कुरा स्रोत देखाउनुपर्ने कराणले पनि असर पारेको छ । यो ऐन आउनु राम्रो हो तर यो समयमा केही हेरफेर गरेको भए राम्रो हुन्थ्यो कि भन्ने पनि हो । अर्को रेमिट्यान्समा पनि कमी आएको लगायतका कारण बैङ्कहरुमा तरलताको समस्या देखिएको हुनसक्छ ।
तरलता वाणिज्य बैङ्क र अन्य वित्त कम्पनी यी सबैले गर्दा विकास बैङ्कहरुलाई थप चूनौतीपूर्ण बनाएको छैन र ?
पहिलो चुनौती त ठूला लगानी नै हो । धेरै संख्या भएर मात्र हुने होइन । चिलिमे मेलम्ची तामाकोसी कालिगण्डकी जस्ता ठूल-ठूला योजनामा लगानीका लागि दुई सय बैङ्क कसैको पनि औकात र हैसियत छैन अहिलेसम्म । संख्याका रुपमा मात्र बढी भयो भनेर भएन । यो बढी भयो भन्नेहरुको भनाइ मात्र हो । विदेशबाट आएका पैसा लिन तीन चार दिनको बाटो हिँडेर आउनुपर्ने समस्या अहिले पनि छ । यस्तो अवस्थामा गाउँमा बैङकहरु जान थुप्रै समस्या र चुनौती छन् । यसलाई्र सुधार गर्न सरकारले नै नीति बनाउनुपर्ने देखिएको छ । सुरक्षा तथा पहुँचको आधारमा पुग्नुपर्ने समस्या अर्को पाटोको रुपमा देखिएको छ । कसरी दुई तिहाइ जनतालाई सेवा पुर् याउने भन्ने विषयमा हामी गम्भीर छौं ।
K .Maharjan.copyright@shibahari 


बैङ्कले धितो हेरेर मात्र कर्जा दिने होइन

किशोर महर्जन
प्रमुख कार्यकारी अधिकृत 
सिभिल बैङ्क नेपाल लि
बैङकहरुमा लगानीयोग्य पूँजी तरलता को समस्या देखिइरहेको समयमा नेपालमा रहेका २९ वटा वाणिज्य बैङ्कहरुलाई समेत कारोबारमा समस्या आइरहेको भनिएको बेलामा ३० औं वाणिज्य बैङ्कको रुपमा सिभिल बैङ्कले औपचारिक कारोबार सुरु गरेको छ । चार वर्षदेखि अनुमतिको पर्खाइमा रहेको बैङ्कले केही समय अगाडि मात्रै आफ्नो औपचारिक कारोबार सुरु गरेको हो । बैङ्क स्थापना गर्ने सोच बनाउँदा नेपालको आर्थिक अवस्था राम्रो रहे पनि कारोबार सुरु गर्दा अवस्था बिगि्रएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको ठम्याइ छ । प्रस्तुत छ बैङ्कका समस्या तथा चुनौतीका विषयमा आर्थिक दैनिकका लागि शिवहरि खतिवडा र डिल्लीप्रसाद सापकोटाले गर्नुभएको कुराकानीको सार ः
३० औं वाणिज्य बैङ्कको रुपमा कारोबार शुभारम्भ गर्नुभएको छ कस्तो छ बैङ्कको कारोबारको अवस्था  ? 

K .Maharjan.copyright@shibahari 
सम्बन्धको आधारमा बैंकिङ् हुने हो । नयाँ भए पनि अहिलेसम्म जुन सम्बन्ध बनेको छ त्यसैको आधारमा काम गर्ने हो । मलगायत मेरा साथीहरु टिममा हुनुहुन्छ । सबै साथीहरुमध्ये कसैको पाँच वर्ष त कसैको दस वर्षको अनुभव छ । सोहीअनुसारको सम्बन्ध पनि स्थापित गरेका छौं । यसलाई आधार मानेर बैकिङ गर्ने भएकाले त्यति गाह्रो छैन । निक्षेप परिचालनका सिलसिलामा भने बजारमा तरलताको समस्या छ । त्यसले गर्दा आफूले खोजेको जस्तो न्यून मूल्यमा निक्षेप परिचालनमा अप्ठ्यारो छ । त्यसमाथि पनि हामीजस्तो नयाँ बैङ्कले केही बढी कसरत गर्नैपर्छ । शाखा नखोलेसम्मका लागि निक्षेप परिचालनमा केही समस्या आएको छ । अन्यमा त्यस्तो समस्या छैन ।
बैङ्कहरु खुल्नेबित्तिकै निक्षेप जम्मा गर्नेभन्दा पनि कर्जा माग्ने बढी आउँछन् भनेर केही बैङ्कहरु भन्ने गर्छन् खास कुरा के हो ? 
कर्जाको माग बढी नै छ । व्यवसाय सबैले गर्नुपर् यो कसैको भइरहेको व्यवसाय बढाउने कसैको सुरु गर्ने । सबैलाई कर्जाको खाँचो छ । यीबाहेक व्यक्तिगत तहमा पनि गाडी किन्ने घर बनाउने पनि चलिरहन्छ । पुराना बैङ्कहरुका लागि नयाँ नीति राष्ट्र बैङ्कले गत वर्ष निकालेको थियो जसमा पहिला कुनै पनि बैङ्कले नेटवर्थ अथवा आफ्नो क्यापिटलको २५ प्रतिशत फन्डरेट र ५० प्रतिशत ननफन्डरेट लगानी गर्न पाइन्थ्यो । अहिले यो परिवर्तन भएको छ । यसले गर्दा ठूलाठूला विजनेस हाउसहरुलाई्र समस्या भएको छ । यसैका लागि पनि उपभोक्ताहरुलाई नयाँ बैङ्कमा जानुपरेको हो ।
सिभिलले कस्तो क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ?
सिभिलले सम्भावित सेक्टरमा लगानी गर्ने हो तर हाम्रो आफ्नै कर्जा नीति छ । कर्जा नीतिअनुसार हामीले पोर्टफोलियो योजना बनाउँछौं । पोर्टफोलियो योजनामा क्षेत्रहरु तोकेका हुन्छौं । यो क्षेत्रमा पूँजीको यति प्रतिशत वा जम्मा पूँजीको यति प्रतिशत यहाँ लगानी भन्ने नीति अगाडि नै बनेको हुन्छ । त्यसको अलावा बजारको अवस्थ्ाा र मागलाई हेरेर त्यो परिवर्तन पनि गर्न सक्छौँ । जोखिम बढ्दै गयो भने हामी लगानी नगर्न पनि सक्छौं । यही क्षेत्र भन्ने छैन तर जानैपर्ने क्षेत्रमा हामी लगानीको लागि जान्छौं । जलविद्युत् र कृषिजन्य व्यवसायमा जाने हामीले योजना बनाएका छौं । यीबाहेक साना तथा मझौला व्यवसायमा पनि हाम्रो लगानी हुनेछ ।
पछिल्लो समयमा राष्ट्र बैङ्कले बैङ्क तथा वित्त संस्थाहरुप्रति कडाइ गर्दै आएको छ । राष्ट्र बैङ्क किन यति धेरै कडा भएको होला ? 
राष्ट्र बैङ्क त एउटा रेगुलेटर अंग हो उसको काम स्वाभाविक हो । संसारमा बैंकिङ क्षेत्रमा तनाव जस्तो पनि देखिएको छ । नियमनकारी निकायले पूरै निगरानी नगरेको र बैङ्कहरु आफ्नै तालले चल्न दिएकाले अलिकति अनियन्त्रित भयो र निश्चित क्षेत्रहरुमा एक्सपोजर धेरै भयो । चुनौती पनि बढ्यो । निगरानी भएन त्यसैले निगरानी गर्नु आवश्यक देखियो । विकसित मुलकहरुमा नियमनकारी अधिकारीहरुले जसरी कडाइका साथ कदम चालेका छन् राष्ट्र बैङ्कले पनि त्यही हिसाबले दुर्घटना नहोस् भनेर यस्तो गरेको हो । त्यसैले एक हिसाबले ठीकै हो । राष्ट्र बैङ्कले अलिकति ठूलो प्रभाव आउनेखालको कुनै पनि रेगुलेसन निकाल्दा हामीजस्ता बैङ्क कमिटीसँग बसेर छलफल गरेर निकाल्दा राम्रो हुन्थ्योहोला । निर्देशनअगाडि पत्रपत्रिकामा निक्लिन्छ अनि बल्ल बैङ्किङ् सेक्टरलाई थाह हुन्छ । जारी गर्ने प्रकि्रयालाई अलिकति परिवर्तन गरे हुन्थ्यो कि भन्ने हामीलाई्र लागेको हो ।
प्रमुख कार्यकारी अधिकृतको तलबको विषयलाई लिएर राष्ट्र बैङ्कले ल्याएको मापदण्डले बैकिङ् क्षेत्रमा केही तनाव पनि भयो । अहिले फेरि साम्य भएको छ । यसमा बैङ्करहरुले गुपचुप सर्मथन जनाएको हो ? 
गुपचुप सर्मथन जनाएको त भन्न मिल्दैन । पटक-पटक यो विवादमा आइसक्यो । सबैले विरोध जनाएकै हुन् । सीईओहरुले प्रत्यक्षरुपमा खाईपाई आएको तलब घटाउन पाइँदैन भन्ने छ । यसले प्रत्यक्ष असर त गरेन तर भित्रभित्रै खोक्रोपना ल्याउँछ भन्ने सबैको अनुमान हो । उदाहरणका लागि सीईओको तलब घटाएपछि त्यसभन्दा मुनिका अफिसरको तलब कति राख्ने सीईओको तलब अब दुई लाखमा झर् यो भने नयाँ आउने सीईओको एक लाख पनि हँुदैन । त्यसकारण दुई नम्बरको तलब कति गर्ने त यस हिसाबले हेर्दा अफिसर लेभलको तलब घटेर दस बाह्र हजार मात्रै हुन्छ । अफिसर भनेको एउटा मास्टर डिग्री पास गरिसकेपछि पाउने पोष्ट हो । स्वदेश तथा विदेशमा राम्रो विश्वविद्यालयको प्रडक्टहरु बैकिङ् क्षेत्रमा प्रतिस्पर्धामा लिइन्छ । बाहिर खर्च गरेर पढेर यहाँ फर्केपछि राम्रो तलबमा काम गर्न पाइन्छ भनेर फर्केर आउने धेरै छन् । अहिले सबैजना निराश भएका छन् । त्यसकारणले हजारौं डलर खर्च गरेर पढेर आफ्नै देशमा फर्केर किन आउँछन् यसले दक्ष जनशक्तिलाई पलायन हुन बाध्य बनाउन सक्छ । हुन त राष्ट्र बैङ्कको आफ्नै तर्क होला । दसौं हजार अरु व्यक्तिहरुको आम्दानीका बारेमा समाजमा छलफल नहुने तर २० जना सीईओको तलब छलफल हुने विषय ठीक छैन । पहिले-पहिले विदेशीहरुले बैङ्क चलाउने त्यो बैङ्कको क्यापिटल साइज थोरै थियो । छ करोड पूँजी भएको बैङ्कमा तीन जना विदेशीले काम गर्थे । अन्य सुविधा दिइन्थ्यो घर सुरक्षा खाना बस्न सबै सुविधा हुन्थ्यो तर अहिले बैङ्कको पूँजी भनेको छ करोडबाट दुई सय करोडको भयो । बैङ्कलाई्र नेपाली सीईओले चलाउँदा तलबमा अड्को हाल्ने कामलाई्र न्यायोचित ठानिँदैन । अरु व्यापारीहरुले पनि सीईओहरुको भन्दा कयौँ गुणा बढी तलब खान्छन् तर उनीहरुका बारेमा बजारमा चर्चा हुँदैन ।
बैङ्कहरु आएपछि सर्वसुलभ कर्जा दिनुभन्दा पनि धितोमा राखेको सम्पत्ति लिलामी गरी आफ्नो बनाउनेतर्फ केन्द्रित हुन्छन् भनिएको छ कर्जाको व्याजदरमा पनि असमानता वृद्धिदर अव्यवहारिक भएको भन्नेखालको गुनासो छ । खास कुरा के हो  ? 
बैङ्कले पहिला धितो हेरेर कर्जा दिने पुरानो अभ्यास हो । आज कर्जा दिनुपर् यो भने धितो हेरेर दिइँदैन । अहिले कुनै पनि व्यक्ति तथा व्यवसायको परिस्थिति हेरेर कर्जा दिइन्छ । उसको त्यहाँको पँूजीले बैङ्कको व्याज तिर्न पुग्छ या पुग्दैन उसले लिएको कर्जा समयभित्र चुक्ता गर्न सक्छ या सक्दैन त्यो हेर्ने हो । बैङ्कको उद्देश्य धितो बैङ्कमा लेखाएर लिएर त्यसलाई प्रकि्रयामा लगेर आफ्नो कर्जा उठाउन कुनै पनि हालतमा सम्भव छैन । यसले बैङ्क र ऋणी दुवैलाई घाटा मात्र हुन्छ ।
बैङ्क तथा वित्तीय संस्थाहरुमा तरलताको समस्या आएको छ भनिएको छ यो समस्याको कारण के हो ? 
समस्या आउनुमा थुप्रै कारण छन् । पछिल्लो कारण त जनतामा अहिलेको प्रणालीप्रति कताकता शंका भएकाले पैसा हुने मान्छेले बैङ्कमा पैसा राखेका छैनन् । कतिले घर-घरमा राखेका छन् । एउटा प्रमुख कारण स्रोत खुलाउनुपर्ने जुन नीति छ नीतिमै स्पष्ट नभएकाले धेरै तसर्िएका छन् । स्रोत खुलाएर सबै सम्पत्ति देखायो भने सरकारले कर लगाउने हो वा सुरक्षामा समस्या आउने हो भन्ने आशंका छ । स्रोत खुलाउनुपर्ने कारणले बैङ्कमा पैसा नल्याएको हो कि भन्ने पनि देखिएको छ । पूँजी पलायनको कुरा पनि बजारमा आएको छ ।
यी समस्या भइरहेको बेलामा सिभिल बैङ्क साचालनमा आयो । यस्तो अवस्थामा अगाडि बढ्न झनै चुनौती देखियो नि ? 
चुनौती धेरै छन् । यसको सामना गर्नुपर्छ । जुन बेलामा बैङ्क खोल्ने योजना भएको थियो त्यतिखेर अर्थतन्त्र राम्रो हिसाबले चलेको थियो । प्रकि्रया लम्बिएको छ । अब चुनौतीको सामना गर्ने मुख्य हतियार भनेको आबद्ध कर्मचारीहरु व्यवस्थापन र सहकर्मी साथीहरुको अनुभवका आधारमा अगाडि बढ्ने हो ।
सिभिलले सर्वसाधारणका लागि छुट्टुएको ४० प्रतिशत सेयर कहिलेसम्म निष्कासन हुन्छ  ? 
यो हाम्रो अर्को वर्षसम्मको योजना हो । साधारणसभाबाट पारित भएपछि मात्र हामीले निष्काशन गर्ने हो । राष्ट्र बैङ्कले दुई वर्षको समय दिएको छ । धितोपत्र बोर्डले कमसेकम दुई वर्ष पूरा भएको आयव्यव विवरण चाहिन्छ भनेको छ । नियमअनुसार जानुपर् यो भने छिट्टै सम्भव छैन किनभने १२ महिनामै आर्थिक वर्ष पूरा भएको भन्ने व्यवस्था छ । बोर्डको नियमअनुसार दुई वर्षमा २४ महिनाकै तथ्याङ्क निकाल्न गाह्रो हुन्छ किनभने एक वर्षमा पूरै १२ महिना बैकिङ् कारोबार हुँदैन ।

समस्या बैङ्कमा आएको हो बैङ्किङ क्षेत्रमा होइन’



ए आर भट्टराई   
प्रमुख कार्यकारी अधिकृत
कमर्ज एण्ड ट्रस्ट बैङ्क नेपाल लिमिटेड



नेपालको २९औं वाणिज्य बैङ््कका रुपमा असोज ४ गते औपचारिक उद्घाटन गरी कारोबार थालेको कमर्ज एण्ड ट्रस्ट बैङ्क २६० जना प्रवद्र्धकबाट प्रवद्र्धित बैङ्क हो। दुई अर्ब चुक्ता पँूजी भएको बैङ््कको ३० प्रतिशत सेयर स्वामित्व सर्वसाधारणलाई्र तोकिएको छ। ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बैङ्कले सुरुआती दिनमा नै ८० घरमा सौर्य बत्ती बालिसकेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत ए। आर। भट्टराई बताउनुहुन्छ। प्रस्तुत छ आर्थिक दैनिकको तर्फबाट बैङ्क÷वित्त ब्युरोका शिवहरि खतिवडाले भट्टराईसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ः 
A. R. BHATTARAI
कमर्ज एण्ड ट्रस्ट बैङ्क नेपाल लिमिटेड विभिन्न क्षेत्रमा वित्तीय सेवा पुर् याउने भन्दै २९औं वाणिज्य बैङ््कका रुपमा कारोबार शुभारम्भ गर्नुभयो । कस्तो छ अहिले बैङ््कको कारोबार अवस्था ?
- हामी सटिस्फाई नै छौं । जुन किसिमको कारोबार अहिले भएको छ त्यो पर्याप्त नै छ । हामीले अहिले मुख्य कार्यालयबाट नै कारोबार गरिरहेका छौं । यसमा हुनुपर्ने कारोबार भइरहेको हामीले पाएका छौं । 
बैङ्क तथा वित्तीय संस्था खोल्ने क्रम बढ्यो भन्दै राष्ट्र्र बैङ्कले आफ्नो नीतिलाई्र कडा पारेको छ । राष्ट्र्र बैङ््कको नीति ३० वटा बैङ्कको भीडमा सबैलाई मिलाएर कारोबार गर्न वाणिज्य बैङ्क्लाई चुनौती छैन र ? 
- चुनौती जुनसुकै ठाउँमा पनि छ । बैङ्किङ क्षेत्र बढी संवेदनशील र नगदको कारोबार हुने हुनाले यी कुराहरु बाहिर आएका हुन् । जुनसुकै स्थानमा पनि आफ्नो सक्षमता नदेखाए अगाडि बढ्न सकिँदैन । हामीलाई राष्ट्र्र बैङ््कको नीतिले के फरक पार्दछ भन्ने भन्दा पनि राष्ट्र्र बैङ््कको नीति हामीले पछ्याउनुपर्दछ । उनीहरुको नीति नै हामीलाई मान्य हुनेछ भनेर आएको हुँदा हामीले केन्द्रीय बैङ््कको नीतिलाई मान्नु नै पर्दछ । वाणिज्य बैङ्क निश्चित क्षेत्रमा हुन्छ । यसको सेवा थोरै जनतामा पुग्दछ तर राष्ट्र बैङ्क नियमनकारी निकाय भएको कारण समग्रहमा सबैलाई्र हेर्नुपर्ने हुन्छ । त्यसैले राष्ट्र्र बैङ््कको नीति र हाम्रो नीति दुवैमा फरक पर्दछ । घटी र बढी छुट्टुउने राष्ट्र बैङ्क र हाम्रो मापदण्ड नै फरक छ । राष्ट्र्र बैङ्कले तोक्दा बैङ्क बढी नै भयो भन्ने छ भने हामी बैङ््कको पहुँच कुन कुन ठाउँमा पुग्यो त्यो हेर्छौं । नेपालमा नेपाली कतिले बैङ्किङ कारोबारको सुविधा पाए त्यो पनि हेर्नुपर्ने हुन्छ । यो दुवैलाई हेर्दा नेपालमा बैङ्किङ क्षेत्र पूर्ण छ पनि भन्न सकिन्छ ठिक्क छ पनि भन्न सकिन्छ र पर्याप्त छैन पनि भन्न सकिन्छ । यी तीनवटै अवस्थामा विश्वस्त पार्न सकिन्छ । 
त्यसो भए वित्तीय पहुँच नपुगेको क्षेत्रमा पुग्ने भनेर कमर्ज एण्ड ट्रस्ट बैङ्क आएको हो  ?
- हामी पनि च्यारिटी वेसमा मात्र छैनौं । व्यापार-व्यवसाय भनेको सबै नै गछौर्ं भन्ने पनि होइन तर हाम्रो अवस्था दुई किसिमको हुन्छ । एउटा नीतिगत हिसाबले हेर्दा राष्ट्र्र बैङ््कको नीतिअनुसार दुईवटा शाखा राजधानीबाहिर नखोली काठमाडौंमा शाखा खोल्न पाइँदैन । यो अर्थमा हामी अरु पहिलाको बैङ्कभन्दा सोझै बढी पहँुचमा त हुन्छौं नै आजको दिनमा पनि कुनैको ५० वटा शाखा छन् भने उनीहरुमा त्यो बाध्यात्मक अवस्था थिएन तर हामीमा अगाडि नै त्यो अवस्था आएको छ । हामी राष्ट्र्र बैङ््कको निर्देशन पालन गर्ने भएको कारण त्यसैका लागि हामी अगाडि बढिरहेका छौं । शाखा नभए पनि ग्रामीणस्तरमा सेवा दिन सकिन्छ । अहिले पनि हामीले भ्यालीबाहिर साना साना कर्जा दिइरहेका छौं । बाहिर विभिन्न स्थानमा १५ हजारदेखि ३० हजारसम्मको कर्जा प्रवाह भइरहेको छ । हाम्रो शाखा अहिलेको दिनसम्म छैन । हामी त्यसलाई विभिन्न वित्तीय रणनीतिक साझेदारीमार्फत कार्य गरिरहेका छौं । सुरुको दिनमै हामीले ८० वटा घरमा बत्ती बालेका छौं सोलार प्रणालीबाट । हामीले फेरि १०० वटा घरमा बत्ती बाल्ने कोसिस गरिरहेका छौं । हाम्रो उद्देश्य नै गाउँगाउँमा बत्ती बालेर बच्चाहरु पढ्न सकुन् भन्ने हो । 
अहिलेसम्मको कारोबारमा उपभोक्ताको आकर्षण र प्रतिकि्रया कस्तो पाउनुभएको छ ?
- आवश्यकताअनुसार निक्षेप संकलन गर्ने र ल्याउने हो । जति आवश्यक छ त्यति निक्षेप हामीले संकलन गर्न सकेका छौं र ल्याएका छौं । सुरुआति समयमा अर्बौं रकम पुर् याउन समस्या हुन्छ । बैङ््कको क्षेत्र बढ्दै गएपछि निक्षेप पनि बढ्दै जान्छ । हामीप्रति उपभोक्ताको आकर्षण बढिरहेको छ । पहिलो दिनमा नै हामीले २२ सय खाता खोलेका थियौं । जम्मा तीन महिना भएको छ बैङ्कले औपचारिक कारोबार सुरु गरेको त्यसमा हामीले कुनै पनि ग्राहकलाई अप्ठ्यारो पर्ने र गुनासो पोख्नुपर्ने अवस्था सिर्जना गरेका छैनौं । 
उपभोक्ताले वाणिज्य बैङ्कहरु छान्ने क्रममा कमर्ज एण्ड ट्रस्ट बैङ्क नै किन के छ तपाईंहरुमा त्यस्तो विशेष सुविधा ? 
- प्रत्येक क्षेत्रमा उपभोक्तालाई छान्न पाउने अधिकार हुन्छ । छान्न र प्रतिस्पर्धामा जान एउटै मात्र माध्यम भनेको सेवा हो । सेवा हामीले राम्रोसँग दिनेछौं भनेर भनेका छौं । त्यसैको आधारमा उपभोक्ता हामीप्रति आकर्षित भएका हुन् । अहिलेको अवस्थामा कमर्ज एण्ड ट्रस्ट बैङ्क छ भन्ने जानकारी दिन सकेका छौं र सेवा राम्रो दिएको छौं भने उपभोक्ता त्यसै पनि आकर्षित हुन्छन् । 
कर्जा लगानी फराकिलो भएन भन्ने किसिमका गुनासाहरु पनि यदाकदा आउने गरेको छ । राष्ट्र्र बैङ्कले पनि कर्जाको क्षेत्र बढाउन दबाब दिएको छ । कस्तो क्षेत्रमा कर्जा लगानी गर्दै हुनुहुन्छ ?
- बजारमा कोही व्यक्तिलाई यसरी काम गर्नुस् भनेर मात्र हुँदैन । त्यसको चुनौती कत्तिको हुन्छ र कसले लिने भन्ने आफ्नो कुरा हो । यो पहिला यस्तो निर्देशन संसारभरि धेरै ठाउँमा थियो । यसबाट धेरै समस्या तथा अप्ठ्याराहरु पनि आए । कुन क्षेत्रमा जाने भन्ने तपाइर्ंले नै हेर्ने कुरा हो । जहाँ लगानी सुरक्षित र राम्रो देखिन्छ त्यहाँ जाने हो । जलविद्युत्मा जाने कि सडकको बाटो चौडा गर्न जाने भन्ने व्यवसाय र चुनौती हेरेर जाने हुनाले यही क्षेत्रमा बैङ्क जानुपर्दछ भन्न मिल्दैन । त्यसैले कुन क्षेत्रमा कतिबेला ठीक हुन्छ र चुनौती कति त्यो हेरेर लगानी गर्ने हो । छोटो समय या लामो समय जाने भन्ने सबै अवस्था हेरेर बैङ्कले गर्ने कुरा हो । त्यसकारण क्षेत्र हेरेर निर्देशन दिनुभन्दा बजारलाई हेरेर योजना बनाउनु ठूलो कुरा हो । राष्ट्र्र बैङ्कले विकट तथा कुनै संवेदनशील क्षेत्रमा जाँदा केही प्रोत्साहन दियो भने हामीलाई पनि यहाँ जाँदा केही हुन्छ भन्ने लाग्छ र जान्छौं । 
केही समय अगाडि बैङ्किङ क्षेत्रमा तरलताको अभाव भएको भन्ने कुरा आएको थियो । पैसाकै समस्या भएर राष्ट्र्र बैङ्कले पुनःकर्जा पनि दिने गरेको छ । यसरी बैङ्कहरुमा पूँजी अभाव हुनुको कारण के हो ?
- पूँजी अभाव बैङ्किङ क्षेत्रलाई नै परेको हो कि बैङ्कलाई मात्र परेको हो त्यसमा फरक हुन्छ । यदि क्षेत्रलाई्र नै समस्या परेको भनिएको हो भने त्यो गाह्रो छ । किनभने अहिले बैङ्कबाट ४५० अर्ब कर्जा र ६२१ अर्ब डिपोजित छ । त्यसमा बैङ््कको आफ्नो पूँजी पनि हुने हुँदा दुई सय अर्बभन्दा बढी डिजोजिट मात्र कोषमा रहेको छ । ५० अर्बसम्म बैङ््कको पूँजी पनि छ यो वाणिज्य बैङ्कहरुको हो । त्यो भएका कारण एउटा बैङ्कमा समस्या आयो होला तर बैङ्किङ क्षेत्रमा नै समस्या आयो भन्नु न्यायोचित हुँदैन । अहिले पनि कुनै बैङ्कमा यस्तो समस्या आएको होला तर समग्रमा यो समस्या छैन । 
अन्य क्षेत्रमा वित्तीय पहँुच बढाउन कमर्ज एण्ड ट्रस्ट बैङ्कले तत्कालै केही गर्ने योजना बनाएको छ ?
- हामीले यो केही समयमा नै बैङ्कको १२ वटा शाखा विस्तार गर्ने योजना बनाएका छौं । यो प्रकि्रयामा रहेको छ । योबाहेक अन्य निक्षेप योजनाहरु पनि थप्ने योजनामा हामी छौं । 
बैङ्कले आफ्नो चुक्ता पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्टुएको छ । यो सेयर कहिले निष्कासन हुन्छ ?
- यसको आन्तरिक तयारी सबै पूरा गर्नुपर्ने भएका कारण अहिले नै निष्कासन गर्ने योजनामा हामी छैनौं । अबको एक वर्ष लाग्नसक्छ साधारण सेयर निष्कासन हुन । 



हामी जनताको पैसाको संरक्षक मात्र 
विनोद कार्की 
प्रमुख कार्यकारी अधिकृत 
इम्पेरियल फाइनान्स लिमिटेड 
करिब १५ वर्ष अगाडिदेखि वित्तीय क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिहनुभएका विनोद कार्कीले वाणिज्य बैङ्क विकास बैङ्कको नेतृत्व सम्हाल्दै विगत केही महिनादेखि इम्पेरियल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यभार सम्हालिरहनुभएको छ । प्रस्तुत छ कार्कीद्वारा सम्हालिएको फाइनान्सको अवस्था समग्र फाइनान्स क्षेत्रको समस्या तथा वित्त बजारको अवस्था समेटेर आर्थिक दैनिकका शिवहरि खतिवडाले उहाँसँग गर्नुभएको कुराकानी ः 
कस्तो छ फाइनान्सको पछिल्लो समयको कारोबारको अवस्था ?

- कारोबारको अवस्था अहिले राम्रै छ । जुन किसिमले फाइना_िन्सयल कारोबार हुनुपर्ने हो त्यो आफ्नो स्तरबाट भइरहेको छ । 

फाइनान्स साचालनको सोच र यसको पूँजी संरचनाका बारेमा पनि केही बताइदिनुस् न 

- राष्ट्र बैङ्कले दिएको निर्देशनअनुसार नै हामीले यसको पँूजी संरचना मिलाएका छौं । प्राप्त तालिकाअनुसार नै पूँजी पुगेको छ । यसमा हामीले आफूले उठाउनुपर्ने कर्जाहरुसमेत आफ्नो प्रगतिअनुसार उठिरहेको छ । हामी हाम्रो ठाउँमा सक्षम र सवल छौं । हामीले लिएको लक्ष्य हासिल गर्न हामी अघि बढिरहेका छौं । 

२०६२ सालमा फाइनान्स स्थापना भएपछि अहिलेसम्मको कारोबारलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

- मूल्याङ्कन गनुपर्दा धेरै राम्रो भएको छ । जुन दिशामा फाइनान्स जानुपर्ने हो त्यो बाटोमा फाइनान्स गएको छ । फाइनान्सको कारोबारको शुभारम्भदेखि आजको दिनसम्म आइपुग्दा फाइनान्सको आफ्नै ठूलो संरचना बनेको छ । आफ्नै भवनबाट कारोबार साचालन गर्नसक्नु भनेको प्रगति नै भएको मान्नुपर्दछ । योबीचमा हामीले शाखाभन्दा सेवा विस्तारलाई जोड दिएका छौं । चितवनको नारायणगढमा एक शाखा विस्तार भएको छ भने हामीले तुरुन्तै पुस महिनाभित्र नै राजधानीको न्युरोडमा शाखा विस्तार गर्दैछौं । 

फाइनान्सले प्रदान गर्ने सेवा तथा सुविधामा उपभोक्ताको कस्तो धारणा पाउनुभएको छ ?

- हामीले निक्षेप संकलन गर्ने र त्यसलाई ऋणमार्फत परिचालन गर्ने हो । यो सन्दर्भमा सेवाग्राहीहरुबाट हामीले राम्रो सन्तुष्टि प्राप्त गरेका छौं । हामीले ब्याजदर उचित दिएका छौं र आवश्यकताअनुसारको ऋण प्रवाह गरी देशको आर्थिक विकासमा सकारात्मक भूमिका निर्वाह गर्न सकेका छौं । 

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा फाइनान्स खोल्न कडाइ गरेपछि लगानीकर्ताहरु जति संस्थाहरु छन् तिनलाई नै परिष्कृत बनाउने अभियानमा लागेका छन् । फाइनान्सहरुको चुनौतीपूर्ण भीडमा छुट्टै पहिचान बनाउन इम्पेरियलले के-के गरेको छ ?

- राष्ट्र बैङ्कले बैङ्क फाइनान्स खोल्न नदिएको अवस्थामा हाम्रो जुन चार-पाँच वर्षको अनुभव रह्यो त्यो अनुभवले जनमानसमा हामीप्रति सकारात्मक धारणा सिर्जना गरिदिएको छ । हाम्रो सबैभन्दा राम्रो पक्ष नै कर्जा प्रवाहमा सरलता तथा खराब कर्जा अत्यन्त कम छ । जहाँ वित्तीय क्षेत्रमा खराब कर्जा बढी छ त्यसको प्रभाव बजारमा नकारात्मकरुपमा परेको हुन्छ । हाम्रै फाइनान्सको कुरा गर्दा यसलाई साचालन गर्ने साचालकहरु पनि वित्तीय क्षेत्रमा कटिबद्ध भएर लाग्नुभएको छ । त्यो हुनाले पनि हामीलाई अगाडि बढ्न सहज भइरहेको छ । 

इम्पेरियलको दुई करोड बराबरको साधारण सेयर छ । सेयर लगानीकर्ताहरुले यो फाइनान्सबाट के आशा गर्न सक्छन् ?

- अबको दिनमा सेयरधनीहरुलाई कम्पनीले उचित प्रतिफल दिन कोसिस गरिरहेको छ र हरेक साल हामीले केही न केही रुपमा प्रतिफल दिइरहेका छौं चाहे त्यो क्यासको रुपमा होस् वा बोनस सेयर दिएर होस् । हामीले गत साल पनि बोनस सेयर दिएका थियौं र यसपालि पनि कम्तीमा पनि हामीले १५-२० प्रतिशत प्रतिफल दिइरहेका छौं । यही राम्रो पक्ष हो हामी निरन्तर नाफामा छौं । यसरी नाफा गर्दा स्टेक होल्डरहरुलाई पनि हामीले केही न केही प्रतिफल दिइरहेका छौं र दिनेछौं पिन । 
पूँजी वृद्धि गर्न सेयर निष्कासन तथा अन्य केही योजनाहरु ल्याउने केही तयारी गर्नुभएको छ ?
- पूँजी वृद्धिको क्रममा हामीले एउटा तालिका राष्ट्र बैङ्कमा पेस गरेका थियौं त्यहीअनुसार गतवर्ष पनि हामीले आफ्नो पूँजी बढाएका थियौं । हरेक वर्षजस्तै हामीले आफ्नो पूँजी क्षमता बढाइरहेका छौं । गतवर्ष पनि हकप्रद सेयर निष्कासन भएको थियो भने यो साल पनि बोनस सेयरमार्फत पँूजी वृद्धि गर्ने योजनामा छौं । 
कार्यक्षेत्रलाई फराकिलो पार्न नयाँ निक्षेप योजना तथा शाखा विस्तारको केही योजनाहरु ल्याउनुभएको छ ?
- हामीले हालसालै चारवटा नयाँ योजना सार्वजनिक गरेका छौं । ज्येष्ठ नागरिकलाई लक्षित गरेर बालबालिकालाई लक्षित गरेर महिलालाई लक्षित गरेर र कर्मचारीलाई लक्षित गरेर निक्षेप योजनाहरु ल्याएका छौं भने त्योसँगै शाखा विस्तारलाई पनि हामीले प्राथमिकतामा राखेका छौं । हामीले एटीएम सेवाको पनि पहल गरिरहेका छौं भने चाँडै नै एसएमएसमा आधारित सेवासमेत शुभारम्भ गर्ने योजनामा छौं ।
फाइनान्सले दिने कर्जाको ब्याज केही बढी भयो भन्ने साझा गुनासो आएको छ । फाइनान्सको कर्जाको ब्याज १९ प्रतिशत हुनु भनेको धेरै नै होइन र ?
- महँगो र सस्तो भनेको हामीले लिने र दिने ब्याजमा फरक पर्छ । हामीले निक्षेपमा जति बढी ब्याज दिन्छौं त्यसको असर कर्जामा पर्ने गर्दछ । यो हामीले मात्र गर्ने कुरा होइन । हाम्रो लाभांशमा केही थप गरेर हामीले लगानी गर्ने हो । लगानी गर्दा वाणिज्य बैङ्क जस्तो सस्तो ब्याजमा फाइनान्सले गर्न सक्दैन । फाइनान्सले फाइनान्ससँगै प्रतिस्पर्धा गर्नुपर्ने भएको कारण समानुपातिकरुपमा ब्याजदरमा केही बढी भएको हुनसक्छ । 
बैङ्कहरुमा जस्तै पछिल्लो समयमा फाइनान्समा पनि कर्जा नउठ्ने समस्या बढेको भन्न थालिएको छ फाइनान्समा पनि खराब कर्जा बढ्नुको कारण के हो ?
- कहिलेकाहीँ कुनै फाइना_िन्सयल कम्पनीको कारण समग्र फाइना_िन्सयल क्षेत्र नै प्रभावित हुने गरेको छ । खराब कर्जा बढ्नुले समस्या हुँदै जान्छ । जहिलेसम्म उचित र सुरक्षित लगानी हुन्छ त्यसबाट फाइना_िन्सयल कम्पनीहरुलाई कुनै असर पर्दैन । नाफा कम भए पनि लगानी सुरक्षित हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो । हामी जनताको पैसाको संरक्षक मात्र हौं । त्यस्तो समस्या आयो भने भोलि हामीले निक्षेपका पैसाहरु पनि फिर्ता गर्नुपर्ने हुन्छ । जुन संस्थाको खराब कर्जामा वृद्धि भएको छ उनीहरुको लगानी कमजोर भएको कारणले हो । 
फाइनान्स क्षेत्रमा नेपाल राष्ट्र बैङ्कको व्यवस्थापन कडा भएको र यसको अनुमगन प्रकि्रया पनि जटिल भएको गुनासाहरु फाइना_िन्सयल क्षेत्रबाट आएका छन् । नियामक निकाय तथा सरकारप्रति तपाईर्ंको भनाइ के छ  ? 
- हामी नियमनकारी निकायहरुको अधीनमा रहेर काम गर्ने हो । नियमनकै आधारमा बसेर काम गर्न हामीलाई कुनै द्विविधा छैन । नियमनकारी निकायकै कारण वित्तीय संस्थाहरु बलियो हुँदै जान्छ । कुनै कुनै अवस्थामा वैचारिक असहमति हुनसक्ने तर नियमकारी निकायको अधीनमा बस्न हामीलाई कुनै असहमति छैन ।

अब धितोपत्र बजारको विकासको लागि पहल गर्छौं


भीष्मराज चालिसे
अध्यक्ष
नेपाल मर्चेन्ट बैङ्कर संघ 
नेपालमा धितोपत्रको व्यवसाय मर्चेन्ट बैङ्करका रुपमा काम गरिरहेका १२ व्यावसायिक संस्था संगठित भएर केही समय अगाडि मात्रै नेपाल मर्चेन्ट बैङ्कर संघको स्थापना गरिएको छ। अहिले धितोपत्र बजारको कारोबारको मापन गर्ने नेप्से परिसूचकमा उच्च गिरावट आएको छ भने सेयर राजिष्ट्रार हुने कार्यसमेत न्यून भएको छ। यसले गर्दा मर्चेन्ट बैङ्करहरु कामविहीनजस्तै हुने अवस्थामा पुगेको विश्लेषकहरुले विश्लेषण गरेका छन्। प्रस्तुत छ यही अवस्थामा स्थापना भएको नेपाल मर्चेन्ट बैङ्कर संघको स्थापना र धितोपत्र बजारको समस्याका बारेमा संघका अध्यक्ष भीष्मराज चालिसेसँग आर्थिक दैनिकका शिवहरि खतिवडाले गर्नुभएको कुराकानीको सम्पादित अंश ः 
नेपाल मर्चेन्ट बैङ्कर संघका बारेमा केही बताइदिनुहोस् न !
नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त १२ जना मर्चेन्ट बैङ्कर संगठित भएर यो संघको स्थापना गरिएको हो । यसले भदौ २८ गते मात्र पूर्णता पाएको छ । छरिएर रहेका मर्चेन्ट बैङ्करहरु एकतित्र भएर बजारमा देखिएका धितोपत्रसम्बन्धी समस्याको समाधान गर्न पहल गर्ने उद्देश्यले यसको स्थापना गरिएको हो । 
अहिलेको अवस्थामा संघको भूमिका कस्तो हुन्छ ?
हामीले सुरुमा संघको स्थापना गर्नमा ठूलो कसरत गरेका छौं । अहिलेको हाम्रो मुख्य उद्देश्य नै धितोपत्र बजारमा देखिएको समस्यातर्फ केन्द्रित हुनेछ । कहाँबाट समस्या आयो र समाधानको उपाय के हुन्छ भन्नेमा नै हामी केन्द्रित हुनेछौं । वास्तवमा अहिले धितोपत्र बजारमा धेरै समस्या देखिएका छन् । एउटा लगानीकर्ताले एक वर्षमा दुई सय २० दिनसम्म सेयरमा लगानीका लागि लाइनमा नै बिताएको हिसाब निस्कन्छ । यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयको खोजीमा हामी लाग्नेछौं । हामी बैङ्कर सामूहिक छलफलको माध्ययमबाट अगाडि बढौं भनेर नै संघको स्थापना गरिएको हो । 
तपाईंहरुले धितोपत्र बजारमा कारोबार गर्ने अनुमति पाएका अन्य पाँच वटालाई किन नसमेट्नु भएको ?
होइन । हामीले सबैसँग यसका बारेमा छलफल गरेका थियौं र हामी १२ जना संस्थापकमा सहभागी भएका छौं त्योबाहेक भिबोर क्पापिटल पाइपलाइनमा भएको कारण लाइसेन्स पाएपछि सहभागिता जनाउने बताएको छ । त्योबाहेक अन्यले चाहिँ दिएको जानकारीअनुसार अब कम्पनी नवीकरण नगर्ने पक्षमा उनीहरु पुगेका छन् । धितोपत्र बोर्डले दिएको समयसीमापछि सहायक कम्पनी ल्याउँदैनौं भन्ने जानकारी आएको कारणले हामीले उनीहरुलाई सहभागी नगराएको मात्रै हो । 
पहिला हामी कम्पनी खोल्छौंं केही समय थपिदिनु भन्दै बोर्डसँग समय मागेका तीनवटा कम्पनीले मात्र सहायक कम्पनी खोलेका छन् अन्यले नखोल्नुको कारण के होला ?
यसमा नेपाल सरकारले निकालेको सूचनाअनुसार पहिला बैङ्क तथा वित्तीय संस्था यसमा आबद्ध भएका थिए । अहिले सहायक कम्पनीको रुपमा आउनु भनेर सरकारले फेरि सूचना जारी गरेको छ । त्योअनुसार दुईपटक समय थपिइसकेको छ । अहिलेको नयाँ नीतिमा नेपाल राष्ट्र बैङ्कले सहायक कम्पनी खोल्दा पूँजी प्रयोगका बारेमा मुख्य कम्पनीको पूँजीकोषबाट घटाइने व्यवस्था गरेको छ । पूँजी बाँडिने कारणले गर्दा र कार्यक्षेत्र नतोकिएको कारणले नै कम्पनीहरुले सहायक कम्पनी खोल्न नचाहेका हुनसक्छन् । काम एउटैले गर्ने र पूँजी दुईतिर बाँडिने भएको कारण बैङ्कहरु आफ्नो अधिकारअनुसार बाहिरिएका हुनसक्छन् । 
मर्चेन्ट बैङ्करहरुको कारोबार र अहिलेको सेयरबजारलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
हाम्रो कारोबार र अहिले देखिएको सेयरबजारको स्थितिले प्रभावित नहुने त कुरै भएन । हामीले दिने सेवा र सेयरबजारको मूल्यले चाहिँ हामीलाई त्यति ठूलो प्रभाव पारेको छैन । जति बढी करोबार भयो र जति बढी सेवा दिन पाइयो त्यहीअनुसार हामीलाई कम लोड पर्ने हुन्छ । तर पैसा घटेर पनि कारोबार त रोकिएको छैन । कारोबारअनुसार काम त भइराखेकै छ । अहिले धेरै बैङ्क तथा वित्तीय संस्थाको प्रतिवेदनअनुसार बोनस सेयरहरु दिने विवरणहरु प्रकाशित गरिरहेको आधारमा सेयरधनीलाई दिने बोनस सेयर हामीमार्फत नै जाने भएकाले हाम्रो कारोबारमा ठूलै प्रभाव परेको मान्न सकिँदैन । पछि कारोबार नै भएन भने त हामीले पनि के गर्ने हो र ! तर कारोबार मूल्य के भइरहेको छ भन्दा पनि कारोबार भएको छ कि छैन भन्ने नै ठूलो कुरा हो । 
उपत्यकाबाहिरका लगानीकर्तालाई सेयरबजारमा कारोबार सजिलो नभएको कारणले पनि सेयर कारोबार प्रभावकारी नभएको गुनासो आइरहेको छ । खासगरी उपत्यका बाहिरका लगानीकर्ता बढाउन के गर्नुपर्ला  ?
यसका लागि मैले स्टक एक्सचेाजका अध्यक्षसँग पनि कुरा गरेको थिएँ । हामी जान भन्दा पनि पहिला त स्टक एक्सचेाज जानुपर्नेछ । जबसम्म एक्सचेाज उपत्यकाबाहिर जाँदैन तबसम्म हामी गएर त्यहाँ केही अर्थ हुने छैन । अहिले हामीले राजधानीमा बसेर पनि नेपालको सबै सहरमा सेवा त दिइरहेकै छौं नि ! हामी आफैं जानुपर्दछ भन्ने त छैन नि ! दोस्रो बजारको कारोबारका लागि चाहिँ हामीभन्दा पनि पहिला त स्टक कारोबार गर्ने संस्था नै जानुपर् यो नि ! एक्सचेाज बाहिर गयो प्रभाव पार् यो भने त हामी बाध्य भएर जानुपर्दछ । यसका लागि मैले नेपाल स्टक एक्सचेाजका अध्यक्षसँग पनि कुरा गसिकेको छु । एक्सचेाज जान्छ भने हामीलाई त्यहाँ जान केही आपत्ति छैन । 

ँचार लाख पर्यटकलाई होमस्टेमा राखिनेछ
रामप्रसाद घिमिरे
कार्यकारी निर्देशक
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान 

के हो यो होमस्टे भनेको ?
होमस्टे भनेको पर्यटकलाई सेवा पुर् याउने एउटा माध्यम हो; जसमा पर्यटकलाई नेपालको सांस्कृतिक तथा ग्रामीण भेग र केही सहरी क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको सांस्कृतिक तथा प्राकृतिक वस्तुस्थितिका बारेमा चिरपरिचित गराउने तथा जानकारी गराउने उद्देश्यले घरायसी वातावरणमा साचालन गरिने पर्यटन व्यवसाय नै होमस्टे हो ।
अहिले नेपालमा होमस्टेको अवस्था कस्तो छ ?
वास्तवमा होमस्टे अहिले मात्र होइन केही समय अगाडिदेखि नै कुनै न कुनै फर्ममा साचालनमा आइसकेको थियो । खासगरी सिरुबारी घलेगाउँलगायतमा होमस्टेकै रुपमा साचालन भइरहेको थियो तर होमस्टेलाई व्यवस्थित रुपमा चाहिँ नेपाल पर्यटन वर्ष-२०११ मनाउने घोषणा गरिएलगत्तै साचालन गरिएकेा छ ।
होमस्टेबाट नेपाललाई फाइदा चाहिँ के छ किन साचालन गरिन्छ होमस्टे ?
होमस्टेलाई अहिले एउटा रणनीतिकै रुपमा लिइएको छ । नेपालको पर्यटनलाई विविधीकरण गर्ने एउटा महत्वपूर्ण नीतिका रुपमा यसलाई लिइएको छ । अहिलेसम्म स्थापित ठाउँहरु काठमाडौं पोखरा चितवनलगायतका स्थानबाहेक अन्य पर्यटकीय स्थलमा हामीले विभिन्न पर्यटकलाई दिने सेवा तथा सुविधाहरु पुर् याउन सकेनौं । होमस्टेको सुरुआत गरेपछि जुन ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण हुँदा पनि सेवा तथा सुविधाको अभाव छ त्यो ठाउँमा नेपाल पर्यटन वर्ष मनाउने क्रममा नेपालमा आउने लगभग १० लाख पर्यटकमध्ये ४० प्रतिशत स्थापित पर्यटक स्थलभन्दा बाहिर लैजाने लक्ष्यअनुरुप नेपालमा अहिले होमस्टेलाई विकास गर्ने पहल भइरहेको छ ।
पर्यटन वर्षमा होमस्टे राख्नका लागि कार्यक्रमकै रुपमा के के पहल भइरहेको छ सरकारी पक्षबाट अहिले  ? 
पर्यटन वर्षमा होमस्टे राख्नका लागि खासगरी पर्यटकीय हिसाबले महत्वपूर्ण काठमाडौं पोखराभन्दा बाहिरका स्थानहरुमा अहिले सरकारी स्तरबाट जनशक्ति विकासका कार्यक्रमहरु बढाइराखेका छौं । प्रशिक्षण सूचना प्रवाहलगायतका कार्यक्रमहरु अहिले साचालन भइरहेको छ । केही समय अगाडि मात्र हामीले गोरखामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका थियौं । त्यसैगरी कैलालीको टीकापुर मुगुलगायतका स्थानहरुमा हामीले सचेतना कार्यक्रम साचालन गरिसकेका छौं र अहिले हामीले यस्ता कार्यक्रमलाई निरन्तरतासमेत दिइरहेका छौं ।
काठमाडौं उपत्यकाभित्र चाहिँ होमस्टे विकासका लागि कस्तो पहल भइरहेको छ अहिले ?
होमस्टेको अलिकति सैद्धान्तिक विषयमा पनि बुझ्न जरुरी छ । होमस्टे केलाई भन्ने र लज केलाई भन्ने विषयमा प्रस्ट हुनुपर्ने देखिएको छ । खासगरी होमस्टे ग्रामीणस्तरमा हुने हो । ग्रामीणस्तरका साथसाथै सहरी क्षेत्रमा पनि जुन अलिकति अद्वितीय रुपको बस्ती भएको स्थानमा होमस्टे साचालन गर्न सकिन्छ तर धेरै कोठा राखेर व्यवसायकै रुपमा साचालन गरिएकोलाई चाहिँ होमस्टे भन्न सकिँदैन । सैद्धान्तिक हिसाबमा होमस्टे ग्रामीण र सहरी दुवै स्थानमा गर्न सकिन्छ । ग्रामीण क्षेत्रमा ग्रामीण जीवनशैली र संस्कृति हेामस्टेमा हुनैपर्दछ ।
होमस्टेमा पर्यटक सुरक्षाको खतरा छ भन्ने कुरा पनि व्यवसायीहरुले उठाउने गरेका छन् नि पर्यटकलाई सुरक्षा दिने विषयमा होमस्टे साचालन गर्न के के पहल गरिरहनुभएको छ ?
अन्य कुराको जस्तै होमस्टेको पनि फाइदा र बेफाइदाहरु त छँदैछ । होमस्टेले पर्यटकलाई विविधीकरण गर्न सघाउ पुर् याउँदछ तर होमस्टे साचालन गर्दा पर्यटकले हाम्रा स्थानीय जनतासँग ज्यादै नजिकबाट साक्षात्कार गर्ने हुनाले त्यहाँ केही न केही जोखिम हुन्छ नै । पर्यटकलाई हाम्रो संस्कृतिका बारेमा जानकारी गराउनुभन्दा पनि पर्यटकको जीवनशैलीबाट स्थानीयवासीले सिको टिप्ने खतरा पनि छँदैछ । त्यसैले फाइदा बेफाइदा छ नै तर त्यसलाई समाधान गर्न निश्चित मार्गनिर्देश बनाउनुपर्दछ र स्थानीय तहका व्यक्तिहरु सशक्त हुनसके भने त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । सबै पर्यटक एउटै प्रविधिका हुँदैनन् । कतिपय आपराधिक मनोवृत्तिका पनि हुनसक्छन् विभिन्न विचारका हुनसक्छन् त्यसका लागि सुरक्षाको विषयमा पनि ध्यान दिनुपर्दछ । त्यसैका लागि हामीले समुदायमा आधारित होमस्टेलाई नै बढी जोड दिएका छौं । समुदायमा आधारित होमस्टे भयो भने त्यहाँ धेरै व्यक्ति संलग्न हुनसक्छन् ।
अहिले योजनाकै रुपमा होमस्टे साचालन गर्न नेपालको कुन कुन स्थानमा पहल भइरहेको छ ?
होमस्टेका लागि कुन कुन स्थान उपयुक्त हुन्छ भनेर पर्यटन मन्त्रालयले एउटा अध्ययन गरेको थियो हामीले ती ठाउँहरुमा नै होमस्टे साचालनको पहल गरिरहेका छौं र अर्को स्थानीय स्तरका व्यक्तिहरु; जो संस्थामा आउँछन् उहाँहरुसँगको सहकार्यमा होमस्टेका लागि उपयुक्त स्थानहरुमा हामीले पर्यटक लैजाने गर्दछांै र नेपाल पर्यटन बोर्डले सिफारिस गरेको स्थानहरुमा पनि हामीले होमस्टे साचालन गर्दै आएका छौं ।
होमस्टेमै संलग्न हुनेगरी नेपाल पर्यटन वर्ष-२०११ मा कति पर्यटक नेपाल आउने आशा गर्नुभएको छ ?
हामीले १० लाख पर्यटक नेपाल ल्याउने योजना पर्यटन वर्ष-२०११ मा आशा गरेका छौं । त्योमध्ये ४० प्रतिशत पर्यटकलाई स्थापित पर्यटन क्षेत्रभन्दा बाहिर लैजाने योजना छ । ४० प्रतिशतमध्ये केही प्रतिशत चाहिँ स्थानीय होटल र लजमा लैजान सक्छौं । यसमा २० देखि २५ प्रतिशतलाई चाहिँ हामीले होमस्टेमा संलग्न गराउन सक्छौं ।
होमस्टे साचालन गर्दा होमस्टे साचालकलाई कस्तो फाइदा हुने देख्नुभएको छ
जुन ठाउँमा होमस्टे गरिन्छ त्यसबाट होमस्टे साचालकलाई प्रत्यक्ष फाइदा त हुन्छ नै । त्योभन्दा बाहेक छेउछाउका बस्तीमा रहेका कृषकलाई पनि यसले फाइदा पुर् याउँछ । योबाहेक गरिबी निवारणमा समेत फाइदा पुग्दछ ।
होमस्टेमा पर्यटकलाई लैजाँदा संस्कृतिसँगै विकृति पनि सर्छ भन्ने छ । त्यसतर्फ चाहिँ कतिको ध्यान दिनुभएको छ  ?
अवश्य पनि विकृतिहरु आउन सक्छन् नै । पर्यटक एक खालको उन्मुक्त वातावरणमा उन्मुक्त कि्रयाकलाप गर्न खोज्ने पनि हुन्छन् तर होमस्टे भनेको पर्यटकले जे माग्दछन् त्यो दिने होइन कि हामीसँग जे छ त्यो दिने हो । अरु पर्यटन र यसमा त्यो फरक छ । स्थानीय तहमा हामीले के खाना खान्छौं कसरी हामी बस्छौ हाम्रो दिनचर्चा के छ त्योअनुरुपको हामीले सेवा प्रवाह गर्ने हो । होमस्टेको सर्वव्यापी मान्यता यही नै हो । पर्यटकले के माग्छन् त्यो दिने होइन । हामीसँग भएको संस्कृति मात्र उनीहरुलाई दिने हो भने त्यसबाट विकृति आउँदैन । उनीहरुको बानीमाथि चाहिँ हामी सजग अवश्य हुनुपर्दछ । उनीहरुलाई सामान्य लागेका कुराहरु हामीलाई सामान्य नलाग्न पनि सक्छ । त्यसका लागि पथप्रर्दशकहरुले ध्यान दिनुपर्दछ । त्योबाहेक अन्तर्राष्ट्रिय मान्यताअनुसार कुनै घरमा होमस्टे ल्याउने हो भने त्यो घरको मूली १६ वर्षभन्दा माथिको प्रबुद्ध हुनुपर्दछ भन्ने छ । यसका लागि हामीले होमस्टे निर्देशिका पनि बनाउँदै छौं । पर्यटन भनेको व्यवसाय मात्र होइन पहिचान पनि हो । त्यो पहिचान हामीले जोगाउन सकेनौं भने हामी डुब्न पनि सक्छौं ।
पर्यटन वर्षभरि होमस्टे साचालनका लागि सरकारले गरेको पहल पर्याप्त छ त  ?
अहिलेसम्म भएका सबै काम पर्याप्त छ भन्ने चाहिँ होइन तर जुन पहल भएको छ त्यो चाहिँ राम्रो छ । जुन अहिले योजना ल्याइएको छ त्यसलाई अर्को वर्ष अझै प्रभावकारी रुपमा लैजान सकियो भने पर्याप्त हुन्छ । यसमा सरकारले पथप्रदर्शन र क्षमता अभिवृद्धि मात्रै गरिदिने हो व्यवसाय त निजी व्यवसायीले नै गर्ने हो । अर्को वर्षको बजेटमा पनि यसलाई उजागर गर्न सकियो भने यो पर्याप्त हुन्छ ।