आजै मात्र टेवलमा नेपाल साप्ताहिक प¥यो । संधै यो साप्ताहिक आउँदैन र पठ्न पनि पार्ईदैन आज भने पत्रिका ल्याउने भाईले यो पत्रिका पनि बोकेर आएको रहेछ पत्रिका मागे र पत्रिका नियमित ल्याउन अनुरोध गरे । पत्रिकाको पैसा पनि एकैपटक दिउँला । पत्रिका पढ्दै वास्तममा दिक्क भएको थिए । पत्रिकाको कुनाकुनामा राजनीतिक समाचार मात्र हुन्छ । आज यो हुने रे ! अनि भोली नहुने रे ! आज फलानो दलको बैठक बस्यो ! स¥यो यि यि र यस्ता समाचार वास्तममा पढ्दा पढ्दा दिक्क हुने अवस्था आईसक्यो । यो समाचारले मात्र प्राथमिकता पाएकोमा म ढिक्क थिए । अन्य साहित्य तथा युवाको विषयमा केही समाचार आउँनेवित्तिकै हामीमा चासोको विषय बन्थ्यो त्यो । यो भिडमा नेपाल साप्ताहिकमा प्रकाशित भएको जनकराज सापकोटाको अबोधहरुको विहे शिर्षकको रिपोर्टले भने मेरो मन छोयो । मैले पूरै पढें यो रिपोर्ट । बाराको ललनको विवाहको बारेमा लेखिएको थियो यहाँ । विवाहकै समाचारलाई यसरी प्राथमिकतामा पार्न त खासै चासो हुदैनथ्यो तर यहाँ कुररा अर्कै थियो । यहाँ लेखिएको थियोः–‘पर्सौनीका हरेन्द्रप्रसाद डोमको सबैभन्दा ठूलो चिन्ता सकियो रे ! तीन वर्षीय नाति ललनको बिहेपछि खुसी देखिएका हरेन्द्रलाई अबको चिन्ता भनेको नातिको बिहेमा लागेको ऋण तिर्न मात्रै हो । यहीँको बरेवाका राजेश मल्लीको पनि खुसी हुने दिन नजिकिँदैछ । चार वर्षीय छोरा भुवनाको बिहेको चाँजोपाँजो मिलाइसकेका उनी केटी नपाइएला र छोराको बिहे नहोला भन्ने समस्या अबलाई नभएको बताएउँदै थिए । ११ फागुनका लागि बनौली गाविसकी केटीसँग उनले छोराको बिहे छिनेका छन् । राजेश यतिखेर बिहेमा चाहिने दुईवटा सुँगुर र अन्य खर्चको लागि ऋणको खोजीमा छन् । बिहेकै निम्ति ऋण खोज्दै भौँतारइिरहेका अका पात्र हुन् वीरेन्द्र मल्ली, ३० । उनलाई आफ्नो पाँच वर्षीय छोरा दीपकको बिहे धुमधामसँग गर्ने इच्छा छ । वीरेन्द्रले ३० फागुनमा भारतीय राज्य विहारको कान्तिपुरकी केटीसँग दीपकको बिहे गर्ने टुंगो लगाइसकेका छन् ।’ सापकोटाले अगाडि लेखेका छन् – मध्यतराईका डोम जातिमा सानै उमेरमा बिहे गर्न चलन नयाँ होइन ।’
‘माथिका उदाहरणहरु त्यही परम्पराका निरन्तरता मात्रै हुन् । बाराको पर्सौनी, बरेवालगायतका क्षेत्रमा छरएिर रहेको डोम समुदायमा अहिले बिहेको मौसम हो । ऋण काढेरै भए पनि नाबालक छोराछोरीको बिहे गर्न परम्परालाई न उनीहरु छोड्न तयार छन्,न धुमधामसाथ बिहे गर्न रहर त्याग्न नै । बरु उनीहरु वर्षौंसम्म ऋणको बोझले थिचिएर बस्न तयार छन् । यस्तो परम्परालाई मलजल गररिहेका छन, चर्को ब्याजमा ऋण दिन र वर्षांैसम्म काममा लगाउन पल्केका स्थानीय साहू(महार्जनहरु) ............. उता दुई छोराछोरीका बाबु वीरेन्द्र पनि यतिबेला आफ्नो छोराको बिहेको अन्तिम तयारीमा छन् । छोराको बिहेमा ५० जना जन्ती जाने, दुई किसिमको मासुको परिकार बनाउने र चार दिनसम्म दुलहीको घरमा जन्तीसहित बस्ने उनको योजना छ । बिहेमा ६० हजार रुपियाँ खर्चहुने उनको अनुमान छ । आफ्नो छोराको बिहेकै दिन वीरेन्द्रको दाइको छोरा उपेन्द्र, १५, को पनि पर्सा पिपराकी केटीसँग बिहे हुँदैछ । ५ कक्षा पढेका उपेन्द्रलाई खासमा बिहे गर्न मन छैन तर उनी आमा र काकाले गरेको निर्णको विरोधमा उभिन सक्दैन् । किसनको भन्दा फरक व्यथा छैन, बाराका अधिकांश डोम समुदायका सदस्यहरुको । दुई छोरा र दुई छोरीका बाबु रामदेव मल्ली तिनैमध्येका एक हुन् । उनको जेठा छोरा सात वर्षीय सुखलको बिहे एक वर्षघि नै बारा, बरयिारपुरकी पुनमदेवीसँग भइसकेको छ । अब छोराको दोंगाको पर्खाइमा छन् उनी । भन्छन्,‘बुहारी घर भित्र्याएपछि मात्रै काम सकिन्छ।’ पाँच वर्षनपुग्दै बिहे गरेका लालबहादुर मल्लीलाई आफ्नो बिहेको सम्झना छैन । तीन छोरी र एक छोराका बाबु लालबहादुरले दुई छोरी र एक छोराको बिहे उनीहरु पाँच वर्ष नहँुदै गरसिकेका छन् लालबहादुरले आठ वर्षघि नै आफ्नी दुई वर्षीय जेठी छोरी चन्दाको बिहे छिमेकी भारतीय सहर रक्सौलका केटासँग गरिदिए । .......लालबहादुरको टाउकोमा आफ्ना छोराछोरीको बिहेमा लिएको झन्डै ६० हजार रुपियाँको ऋणको भारी छ । सयकडा १० रुपैयाँ ब्याजमा लिएका उनलाई चार वर्षपुरानो ऋण तिर्न त परै जाओस, अब छोरीको दोंगाका लागि फेरी ऋण लिनु पर्न भइसक्यो । कलैया नगरपालिकामा सफाइ मजदुरका रुपमा काम गर्न लालबहादुरको मासिक तलब ५ हजार ७ सय रुपियाँ छ । तर, उनको हरेक महिनाको तलब ब्याजको साँवा घटाउन र ऋण तिर्नै सकिन्छ । आर्थिक विपन्नताका सिकार अधिकांश डोम समुदायका सदस्यहरु सानै उमेरमा आफ्ना छोराछोरीको बिहेमा लाग्ने ऋणको बोझले थिचिएका छन् । ............ बिहेमा उसिनेको, पोलेको र तारेको सुँगुरको मासु अनिवार्यजस्तै हुने गर्छ । बिहेमा दुलाहा पक्षकाहरु दुई तीन दिनसम्म दुलही पक्षको घरमा बस्नुलाई सामान्य मानिन्छ । ५० औ जना जन्तीलाई दुई तीन दिनसम्म लगातार रक्सी र मासु खुवाउँदैमा केटी पक्षको पैसा सिद्धिन्छ ।’
यो भन्दा धेरै विवरण छन् यहाँ तर यति पढ्दामा मात्र पनि मेरो मनमा अनेकौं कुराहरु खेल्न थाल्यो, समाजमा मात्र विहेको लागि पनि किन यतिको रडाको चल्छ ? के विहे गराएर सानैमा बन्धनमा बाँधिदिनु नै ठुलो कुरा हो र ? समाज पनि अचम्मको छ वा । कसैलाई विवाह नभएर पिर कसैलाई विवाह भए पिर जे भएपनि समस्या त आखिर निम्तिएको छ । मेरो मनमा कुरा खेल्न थाल्यो ललनको ठाउँमा म भएको भए मेरो अहिलेको अवस्था कस्तो हुन्थ्यो होला ? कृ मनले चाहेर विवाह गर्न पाउँथे र मैले । यो त जन्मजातकै बन्धन भईहाल्यो नै । उनलार्ई पनि त थाहा हुनुप¥यो नि लुकि लुकि प्रम गर्दाको मज्जा अनि उनलाई पनि थाहा हुनुप¥यो कि भागिाभगि सम्धोग गर्दाको मज्जा । मलाई ललनको विवाह र ममताको धोगाई एक स्थामा राखेर तुलना गर्दछु । यो विषयमा त मलाई ललनको समाज १८ औं सताब्दीमा नै छ कि जस्तो पनि लाग्छ । हुन पनि यो समाज आफै भिन्न भिन्न गरी चलेको छ । यसलार्ई भोलीको बारेमा जानकारी छैन र हिजोको पनि छ त केवल आजको पिर,खानेलाई खानै परेको छ । अर्को मनमा मलाई लागिरहेको छ के बालहरुलाई बेलैमा बन्धमा पारेर उनीहरुको जवानीमा ईच्छाएर र मन पराएर विवाह गर्न पाउने अधिकार किन खोसिँदै छ ? मनमा यस्तै कुराखेलिरहेको छ । समय फरक छ सोचाई फरक छ र हामी पनि फरक छौं वस समाज यतिमा नै अडिएको छ...............

0 comments:
Post a Comment