3/18/2014

कृषि र उर्जामा १२ प्रतिशत पु¥याउनै समस्या

बैंकर भन्छन् ः कर्जाको माग नै आएन 
शिवहरि खतिवडा 
नेपाल राष्ट्र बैंकले दुई वर्ष अगाडिदेखि बैंकहरुलाई विभिन्न क्षेत्र तोकेरै लगानी विस्तार गर्न निर्देशन दिएपनि बैंकहरुलाई तोकिएको दुई क्षेत्रमा लगानी पु¥याउन कठिन हुने देखिएको छ । बैंकरका अनुसार कृषि र उर्जा क्षेत्रमा तोकिएको लगानी विस्तारमा समस्या हुने देखिएको हो । केन्द्रीय बैंकले वार्षिक २ प्रतिशतका विन्दुले बढाउने गरी २०७२ असार मसान्तसम्ममा कृषि र उर्जामा अनिवार्य १२ प्रतिशत लगानी गर्न बैंकहरुलाई निर्देशन दिएको छ । गत वर्षदेखि बैंकहरुले कृषिमा लगानी बढाउन सकेका छैनन् । 
गत वर्ष पुस मसान्तसम्ममा कृषिमा ४ दशमलव २ प्रतिशत लगानी गरेका बैंकहरुको यो वर्षको पुस मसान्तसम्ममा पनि ४ दशमलव २ प्रतिशत नै लगानी छ । राष्ट्र बैंकको पहिलो निर्देशन अनुसार २०७१ असार मसान्तसम्म मै यो दुई क्षेत्रमा १० प्रतिशत लगानी
पु¥याउनुपर्ने थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पहिलो निर्देशन सच्याउँदै केन्द्रीय बैंकले २०७२ असार मसान्तसम्ममा यो दुई क्षेत्रमा १२ प्रतिशत लगानी पु¥याउनुपर्ने व्यवस्था गरेको हो । तर, अहिलेसम्म वाणिज्य बैंकले गरेको लगानीको आकार हेर्दा तोकिएको लगानी पु¥याउन समस्या हुने बैंकरहरुले बताएका छन् । ‘अहिलेसम्मको लगानीको अवस्था र देशको परिस्थिती हेर्दा यो दुई क्षेत्रमा लगानी तोकिएको विन्दुमा पु¥याउन समस्या हुने देखिएको छ ।’ नारा नै हलोदेखि हाईड्रोसम्म लिएर स्थापना भएको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह भन्छन् ‘यसमा पैसा भन्दा पनि अरु धेरै व्यवस्था नमिलेको कारण लगानी विस्तार हुन सकेको छैन ।’
बैंकरहरुले बताए अनुसार कृषि भन्दा वातावरण मिलेमा उर्जामा लगानी विस्तार गर्न सहज छ तर, अहिलेसम्म कृषिमा भएको लगानीभन्दा कम विन्दुमा उर्जा क्षेत्रमा लगानी छ । ‘उर्जामा ठूला आयोजना आयो भने एकैपटक धेरै आकारको ऋण जान सक्छ, जसले नियम अनुसार लगानी पु¥याउन सकिएला तर अहिलेको राजनीतिक अवस्थाले यस्ता आयोजानहरु समेत आएको छैन ।’ शाहले भने । 
केन्द्रीय बैंकले दिएको जानकारी अनुसार अहिले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामध्ये कुल कर्जाको ४ दशमलव २ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको छ । केन्द्रीय बैंकले जारी गरेको पहिलो निर्देशन अनुसार समानुपातिक लगानी गर्दा यो वर्ष कम्तीमा ६ प्रतिशत यो दुई क्षेत्रमा लगानी गर्नुपर्ने हुन्थ्यो । अहिले सरकारी स्वामित्वको बैंकहरुको समेत कृषिमा लगानी तोकिए अनुसार नभएको केन्द्रीय बैंकका अधिकारीहरु बताउँछन् । केन्द्रीय बैंकले क्रमिक रुपमा कृषि र उर्जा क्षेत्रको साथै उत्पादनमुलक क्षेत्रमा लगानी बढाउँदै लैजाने नीति अनुसार कृषि र उर्जामा कम्तीमा १२ प्रतिशत पु¥याउनुपर्ने नीति लिएको जनाएको छ । 
   राष्ट्र बैंकले उत्पादनमुलक कर्जाको सीमा पनि न्युनतम २० प्रतिशत कायम गरेको थियो । यो अनुसार बाणिज्य बैंकहरुले कुल कर्जाको न्युनतम २० प्रतिसत यो क्षेत्रको लागि छुट्याउनुपर्ने छ । उत्पादनमुलक क्षेत्रमा भने अहिले तोकिएको विन्दुमा लगानी भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । उत्पादन मुलक क्षेत्रका व्यवसायीहरुले बैंकको लगानी बढाउन कर्जाको ब्याज घटाउनुपर्ने सुझाव समेत दिएका छन् । ‘बैंकको ब्याजको कराण बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नै छैन ।’ रोयल शू उद्योग चलाउँदै आएका व्यवसायी भिमलाल पौडेल भन्छन् ‘कर्जाको ब्याज कम हुने हो भने बैंकबाट ऋण लिएर व्यवसाय विस्तार गर्ने संभावना हुन्छ ।’  
  राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थाले कुल लगानीको २० दशमलव ५ प्रतिशत उत्पादन क्षेत्रमा लगानी गरेका छन् । यो बाहेक १० दशमलव २ प्रतिशत निर्माण क्षेत्रमा, २१ दशमलव ६ प्रतिशत थोक तथा खुद्रा व्यापारमा र  ८ दशमलव ४ प्रतिशत वित्त, बीमा तथा स्थिर सम्पत्तितर्पm लगानी गरेका केन्द्रीय बैंकले जनाएको छ । यो बाहेक जम्मा ७ दशमलव ७ प्रतिशत लगानी सेवा क्षेत्रतर्पm भएको छ । 
राष्ट्र बैंककै तथ्याङ अनुसार कृषि क्षेत्रमा गत वर्ष र यो वर्ष लगानीमा कुनै सुधार आएको छैन । गत आर्थिक वर्षको ६ महिनामा पनि कृषि क्षेत्रको लगानी कुल लगानीको ४ दशमलव २ प्रतिशत नै थियो । गत वर्षको ६ महिनामा २८ दशमलव ८ प्रतिशतले बढेको कृषि क्षेत्रको कर्जाको बृद्धिदर पनि यो वर्ष खुम्चिएको छ । यो वर्ष गत वर्षको भन्दा १० दशमलव ३ प्रतिशतले मात्र कृषिको लगानी बढेको केन्द्रीय बैंकले जनाएको छ । यो वर्ष रकममा ४ अर्ब ११ करोडले मात्र कृषि क्षेत्रमा लगानी बढेको छ । साना लगानीले कृषि क्षेत्रको विकास हुन नसक्ने भन्दै बैंकरहरुले यो क्षेत्रको विकासको लागि व्यवसायीकतामा बढी जोड दिनुपर्ने बताउँछन् । ‘राष्ट्र बैंकले जुन उदेश्यले यो नीति लिएको छ त्यो निकै राम्रो छ तर अहिले नेपालमा यस्तो कर्जाको माग नै छैन । धेरै नेपालीको खेत भएपनि काम गर्ने मानिस विदेश गएका छन् ।’शाहले भने । मेगा बैंकले अहिलेसम्म कृषिमा करिब ३ प्रतिशत मात्र लगानी गरेको छ । 
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन पनि व्यवसायीकताको अभावमा कृषि क्षेत्रमा लगानी विस्तार गर्न नसकेको बताउँछन् । ‘कृषि कर्जाको माग नै निकै कम छ । बैंकहरु आफै  व्यवसाय गर्ने होइन अरुले व्यवसाय गर्न चाहेमा सलीकृत गर्ने मात्र हो । व्यवसायीकताको विकास नभएसम्म कृषिमा सोचेजस्तो लगानी बढ्न सक्ने अवस्था छैन ।’उनले भने । 
तोकिएको १२ प्रतिशत लगानी पु¥याउन केन्दीय बैंकले वार्षिक २ प्रतिशतका दरले यो क्षेत्रमा लगानी बढाउनुपर्ने जनाएको छ । यो अनुसार हालसम्म बैंकले ८ प्रतिशत लगानी यो क्षेत्रमा पु¥याउनुपथ्र्यो । हाल नेपालमा “क” वर्गका ३१, “ख” वर्गका ८७, “ग” वर्गका ५८ र “घ” वर्गका ३५ गरी २ सय ११ बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । यसमा तीन वर्गका संस्थाले केन्द्रीय बैंकले तोकेको अनुसार कृषि र उर्जामा लगानी विस्तार गर्नुपर्ने छ । 

0 comments:

Post a Comment