लेखहरु


यि सामाग्रीहरु मैले केही वर्ष अगाडि लेखेको हो । विकाससिल मतिष्कले लेखेका यि विषयहरु अहिलेको परिस्थितीमा केही अमिल्दा देखिएपनि मैले यसलाई जस्ताको त्यस्तै राखेको छु । विकासशिल मतिष्कमा यसले केही पुराना आद दिलाएको छ । 

नेपाली आन्दोलन र सरकारी चमत्कार
अहिले देशमा पत्रकार उमािसंहको हत्याले सबैतिर आन्दोलन मच्चिरहेको छ । जनतालाई सार्वजनिक सुचना दिने पत्रकारहरु अहिले बाध्य भएर एकातिर आन्दोलन र अर्कोतिर आफ्नै सुचना छाप्ने तथा प्रसारण गरिहेका छन् । नेपालमा पछिल्लो समयमा प्रेसमाथि आक्रमणमा तिव्र बृद्धी भएको छ । धनगढीका पत्रकारको हत्याहिमाल मिडीया माथिको आक्रमणजगतप्रसाद पण्डितको रहस्यमय हत्या लगायतको विभिन्न स्थानमा प्रेसमाथिको आक्रमण तथा आक्रमणको धम्कीको समाचारको मसी सुक्न नपाउँदै तराईकी एक होनाहार महिला उदाउँदा पत्रकार उमा िसंहको हत्या भएको छ । यसरी क्रमवद्ध रुपमा पछिल्लो समयमा पत्रकारहरुको हत्या तथा प्रेसमाथिको आक्रमण दोहोरीरहँदा पनि सरकार मौन रहेको देखिन्छ । पत्रकार उमाको हत्याको लामो समय वित्दा र वृहत आन्दोलन हुदा पनि सरकारले वास्तविक हत्यारा खुलाउन नसक्दा झनै साचार क्षेत्रमा सरकारको उदासिनता प्रष्ट भएको छ । 
यस्ता पत्रकारको हत्याधम्की प्रेस मिडियामा भएको आक्रमण पछि पनि सरकाले प्रेस स्वतन्त्रताको कुनै अनुभूति दिन सकेको छैन । राज्यको चौथो अंग पत्रकारीता भनेर भाषण गर्ने नेताहरुको भाषण पनि भाषण मा नै सिमित भएको छ । यसरी सरकारको एक पाटो रहेको प्रेसमाथि पनि सरकारले सुरक्षा दिन सक्दैन भने यो सरकारले नेपाली जनताको सुरक्षामा कहिले देला अहिले आम नेपालीमा यो प्रश्न उब्जिएको छ । 
पे्रसमाथि हुने गरेको यस्ता आक्रमणले कति साचारकर्मीहरु अहिले आफ्नो पेसा बदल्न बाध्य भएका छन् भने कति आफ्नो स्थ्ाानबाट विस्थापित भएका छन् । अब पनि सरकाले प्रेसको सुरक्षा नदिने हो भने नेपालमा अब अरु उमा िसंह जन्मने छैनन् । पत्रकारिताको विलय हुने देखिन्छ । 
उता सरकारले बढाएको लोडसेडिङले गर्दा देशमा ठूलो संकट पैदा भएको छ । ठूला उद्योग बन्द हुने अवश्थामा छन् भने साधारण दैनिकीमा पनि नराम्रो प्रभाव परेको छ् । यसैगरी लोडसेडिङकै कारण देशमा अपराधिक कार्य बढ्दै गईरहेको छ । विद्यार्थीमा पढाईको समस्या व्यवसायीमा खान नपाउने समस्यासर्वसाधारणमा मुल्य बृद्धीको चपेटा । समस्या नै समस्या उब्जिएको छ यो देशमा ।
देशमा शसस्त्र समुह तथा अपराधिक कार्य पनि बढ्दै गएको छ । एक दुई ठाउँमा आतंक मच्चाउनु सामान्य भएको छ अपराधीहरुलाई । कतिपय सपराधमा त राजनीतिक संरक्षण पनि भएको देखिन्छ । २।४ जना जम्मा हुने बम पड्काउने र शसस्त्र समुहको घोषणा गर्ने अनि पछि वार्तामा जाने र राजनीतिक दल बन्ने परम्पराको विकास हुदै गएको छ यो देशमा । सरकारले यसबारे बेलैमा विचार नगर्ने हॊ भने अबको केही वर्षमा नेपालमा गाउँ गाउँमा अपराधिक समुह बन्नेछन् र वार्तामा बस्दैमा सरकारको समय वित्नेछ । 
उतासत्ता साचालन गर्ने दलहरु भने कुसर्ी तानातानमा लागिरहेका छन् । सत्तामा बस्ने माउ पार्टी नै कुसीको मातमा लाग्दछन् भने कार्यकता उनीहरुको हतियार बनेर जिल्ला जिल्लामा पनि कुसर्ी तान्नु स्वभाविक हो । यस्ता धेरै घटना भएको छन । कार्याकर्तामा भएको मनमुटावकै कारण पुष्कर डंगोल र निर्मल पन्तले ज्यान गुमाउनु परेको थियो । तर यो हत्याको यथार्थ अझैसम्म पनि बाहिर आएको छैन । यसरी सबै पक्षमा भएको आतंकले अहिले जनतामा निरासा पैदा भएको छ । 
यो सबै कुरा लेख्दै गर्दा अहिलेका एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सरकारमा जानु अघि जनताको माझमा आफ्नो पार्टी सरकारमा गएपछि देशमा चमत्कार हुने बताउनु भएको संझना हुन्छ । तर उहाँको पार्टीले सरकारको नेतृत्व गरेको पनि आठ महिना वित्न लाग्यो तर समस्या बढ्दो छ घट्दो छैन । यस अर्थमा जनताले कुनै चमत्कारको अनुभूती गर्न पाएका छैनन् । कमरेड प्रचण्डले भन्नुभएको चमत्कार उल्टो भएको छ । सँधै आतंकहत्या िहंसाले जनताले पहिलाको भन्दा आतिकंत हुनु परेको छ । जनताले यस्तो बुझिरहेका छन् कि सायद यो नै होला कमरेड प्रचण्डले भन्नुभएको चमत्कार । अहिले जनताले कहिल्यै भोग्नु नपरेको चमत्कार भोग्नु परेको छ । हत्या हिसाको सिकार हुनु परेको छ सुचनाको अधिकारमा तरबार तेसर्िएको छ । 
यसरी देशको संविधान निर्माण गर्न बनेको सरकारले झिना मसिनाको कुराको पनि समाधान गर्न नसक्ने हो भने संविधान निर्माणको सपना सपनामा नै सिमित नहोला भन्न सकिन्न र अर्को तर्फ नयाँ संविधानमा पनि सामन्ती संस्कार नपस्ला भन्न सकिन्न्ा । यसबारे सरकार बेलैमा सचेत हुनु पर्ने छ । अब पनि सरकार हत्याहिसां र देशको अस्थिरतामा चुप लागेर बस्ने हो भने सत्ता जनतालाई सुम्पिनुको विकल्प छैन । नेपाली भुभाग मिचिदै छ जनधनको वारम्बार क्षति भैरहेको छ । यसको लागि सरकारले नयाँ राज्य साचालनको नीति ल्याउनु पर्ने देखिन्छ ।अब सरकार समस्या सुल्झाउन होईन समाधान गर्न लाग्नुपर्ने बेला आएको छ । दलहरु आपसी झै-झगडा र भनाभनमा लाग्ने हो भने देशमा अझ समस्या बढ्दै जाने पक्का छ । सरकारले साँच्चिकै नयाँ नेपाल निर्माण गर्ने हो भने सरकार बाहिर र भित्रका दलहरु बीचको पानी बाराबारको स्थितीको अन्त्य हुनु पर्दछ र देशमा सबै जनताको बाँच्न पाउँने अधिकारको रक्षा हुनुपर्दछ ।
प्रभात किरण साप्ताहिकमा प्रकाशित 
बाल कथा 
बालकको व्यथा
साने पाटनको एउटा अस्पतालमा टोलाएर बसिरहेकेा छ । उसको मनमा अकेकका ताना तर्कना चलिरहेकेा छ । उ अहिले १० वर्षको भयो । उसलाई आफ्नो आमा बाबाको २ वर्षदेखि अहिले सम्म पत्तो भएको छैन । सानेले आजभन्दा २ वर्ष अगाडीको दशैमा आफ्नो बाबाले लागाईदिएको टिका यसपालीको तिहारसम्म पनि विर्षन सकेको छैन । हो आजभन्दा दुईवर्ष अगाडी उसको बाबाले उसलाई दशैमा टिका लगाईदिएर ठूलो मान्छे बन्नु भनेर दिएको आशिष अघिले पनि सम्झिरहेकेा छ ।
हो। आजधन्दा २ वर्ष अगाडी उसको बाबा आमाले दशैमा सानेलाई टिका लगाई आशिष दिएका थिए । तर…तर उसलाई त्यसपछि के भयो अहिलेसम्म सोच्न सकेको छैन । उसलाई पहिलाका घटना सम्झदाँ काली लाएर आउँछ । उ रुदै र भक्कानिदै भन्ने गर्दछ-ुकुरा २ वर्ष अगाडीको हो त्सबेला भर्खरै दशै सकिएर मेरा आमा बाबा वारीमा कोदो टिप्ने काम गरिहनुभएको थियो । हो हाम्रो बारीमा त्यसबेला क॥कोदो टिप्नेकाम चलेकेा थियो । एकदिन बाबा मलाईपनि कोदो टिप्न सिकाउँदै कोदो टिपीरहने भएको थियो । हो …।बाबाले मलाई कोदो टिप्न सिकाईरहने काम भएको थियो ।अनि त्यही बेला मेरा बाबालई १०-१२ जना नचिनेका मान्छे आएर गोली हान्यो । अहिले मलाई याद छ । ति मान्छेहरु एउटै पोसाकमा रहेका थिए । बाबालाई तिमान्छेले एकपटक गोली हानेपछि बाबा मुर्छा परेर धल्न भयो र अनि ति मान्छेले मेरा आमालाई पनि लछारपछार बनाए र आमाले हारगुहार गर्दापनि छाडेनन् ति मान्छेले । अनि पछि…पछि घाईते बाबालाई तिमान्छेले यसलाई कारवाही गर्नुपर्छ भन्दै अउीहरुले नै बोकेर गए । त्यसपछि ति मान्छेले मेरा बाबालाई कहाँ लगे के गरे कसैलाई पनि पत्तो भएन । हो दादा…॥मेरा बाबाको अझैसम्म पनि पत्तोलागेको छैन । मेरा बाबाले भन्ने गर्नुहुन्थ्यो बाबु अरुको कुभलो कहिल्यै गर्नुहुँदैन । अनि आफु नखाएर पनि अरुलाई दुख परे सहयोग गर्नु पर्छ भन्नुहुन्थ्यो । मेरा बुबा पाचकान्या भन्नेस्कुलमा पठाउनुहुन्थ्यो । म पनि त्यही स्कुलमा कक्षा ४ मा पढ्थे त्यसबेला । बाबाले ति मान्छेलाई लगेपछि मेरा आमा बेहोस भएर धल्लनुभयो पछि गाउँलेले मेरा आमाालई बोकेर हस्पिटल लगेर ब्यूझ्याए । र पनि मेरा आमा मानशिक रोगले गाल्यो आमा जहिले पनि एकनाश टोलाईरहनु हून्थ्यो । त्यखिेर मेरा बाबा हराउनु भएको छ महिना बितेको थियो म खेतमा गोठालो जान्थे ।
हो म त्यसबेला गोठालो जान्थे गोठालो घरबाट पर जंगलमा जानु पर्दथ्यो । एक दिन म गोठालो जाँदै गर्दा बाटामा एउटा भाँडोमा तार बेरेर बनाईएको खेलौना देखे । अनि म खुसी भएर अब यो साथीलाई देखाउँछु भन्ने सोचेर त्यसलाई मैखाएको के थिएँ । त्सपछि के भयो मलाई थाहा भएन र पछि लगभग चार महिना पछि म ब्युझीएजस्तो हुदा यहा नै फेला पारे । र अहिले २ वर्ष पनि बढी भयो म यही उपचार गराईरहेको छु । मलाई मरा बाबाआमा घरमा आउनुभयो वा भएन केही थाहा छैन ।ु हो सानेलाई केही थाहा छैन जब उसले त्यो खेलौना भनेर चलाएको थियो त्यो पड्केर उसको हात लगायत नचल्ने भएको थियो । उ बेहोस भएको थियो र गाउलेले उसलाई हस्पिटल लगेका थिए । पछि उसको आमाको पनि मानशिक रोगका कारण मृत्यु भयो र उसको बाबाको अहिले सम्म अत्तो न पत्तो रहेको छ । यसरी एउटा बालकले आफ्नो अविभावक गुमाएको छ । र उसको बिचल्ली भएको छ । 
प्रभात किरण साप्ताहिकमा प्रकाशित 

लोक कथा 
सुनमायाको चाड
भर्खरै दशै सकिएर तिहार लागेको छ । एउटा गाउँमा सानो झुप्रो घर छ । पहिला त्यहाँ ठूलो घर रहेकेा थियो रे । सुनशान थियो त्यो घरमा जुन घरमा आजभन्दा दुई वर्ष अगाडी दशै र तिहारमा धेरै जना जमघट भएर रमाईलो हुने गर्दथ्यो । हो सानुमायाको घर अहिले पुरुष विहिन बनेको छ । जुन घरमा यसअघि बाबुछोरा गरी तिनजना पुरुष बस्ने गर्दथे । सानुमायाको बुबा जो पहिला नेपाली सुरक्षाकर्मीमा काम गनुहुन्थ्यो आजभन्दा दुईवर्ष अगाडी सम्म । उहाँलाई तत्कालीन अवश्थामा सेनालाई सहयोग गरेकेा भन्दै विद्रोहीले गोली हानी मारीदिएका थिए । पछि त्यसको बदला लिन भन्दै उनको अरु दुई दाजुभाई पनि सेनामा भर्ती भए । जसलाई सो साल तिहारमा सुनमायाले सप्तरङगी टिका लगाई सगुन ख्याएर विदाई गरेकी थिईन । तर…तर उनले टिका र सगुन ख्वाएर पठाएपछि उनको दुई भाई फेरी कहिल्यै फर्केर आएनन् । उनको एक मात्र भाई विनोद विद्रोहीको झडपमा गोली लागी मरेछ भने दाई सानु विद्रोही कै एम्वुसमा परेर पानी पनि खान नपाई मर्नु भएछ । यो सबै कुरा सुनमायाले रुदै भनिन् । उनको घरमा अहिले एउटा बुढी आमा र आमाको साहारा उनीमात्रै छिन । उनलाई दशैको कुनै प्रवाह भएन न त तिहारको नै छ । उनलाई प्रवाह छ त मात्र दुईछाक विहान बेलुका के खाने भन्ने । उनी अरुको घरमा ज्याला गरेर विहान वेलुकीको छाक तार्दै आईरहेकी छिन् ।
उनी रुदै भन्ने गर्छिन-ुआफ्नो त कमै यस्तै रहेछ । अरु वेलामा भन्दा पनि चाडबाडमा बढी परिवार सम्झन्छु ।ुउनलाई बुबाले छाडेपछि पनि र दाजुभाईको निधन भएपछि पनि तत्कालीन अवश्थामा विद्रही भनिएकाहरुले छाडेनन् । उनको बुबाले कमाएको सबै सम्पती अपराधीहरुले नष्ट गरिदिएछन भने उनको ईज्जत पनि लुटेको सुनमायाले सुनाईन् । उनी भक्कानिदै भन्छिन-ु त्यसदिन सम्झँदा कहिले पनि काली लाएर आउछ ।ुउनी आफ्नो आमासँग तिहारको व्यथा यसरी सुनाउँछिन-
पोहोर सालमा सजाय थे मेरो भाईलाई मैले जब
यसपाली त भाई नै गयो कसलाई टिका लाउने अब
आफ्नो त बढ्ने कर्म यमराजले रोकिदियो
मै दिदीको खाली हात भो लडाईँमा भाई मर् यो

हो यो उनको यथार्थ व्यथा हो । तिहार नजिकिदै गए पनि उनको घरमा सयपत्री फुलेको छैन अरुको जस्तो मखमली फुलेकेा छैन । अनि॥अनि अरुको जस्तो खुसी उनको घरमा रहेको छैन । उनको आमा पनि अहिले रोगी भएकी छिन् । त्यो घरमा घर खरले छाईदिने मान्छे पनि छैन अनि त्यो घरमा विरामी परे पनि बोक्ने मान्छे छैन । हो साच्चै पुरुष विहिन बनेको छ त्यो घर सानुमायाँ आफ्ना अघिका कुरा भन्न त के सम्झिन पनि सक्दिनन् । उनको रोदन र सुक्क सुक्कबाट केही बुझ्न सकिने अवश्था पनि थिएन । त्यै पनि उनी पोहोर साल डिलमा सारेको मखमलीको याद आएको र भाईले चाँडै फर्कि आउने बताएको सम्झना गर्दछिन् र यसपाली डिलमा मखमली सुकेकोमा आफ्नो दुख पोख्छिन ः-
कसोगरी मन बुझ्ला मखमली आईलिदिँदा
मुटुमाथी प्यास हानी त्यो भाईले ज्यान दिँदा
सप्तरङगी टिकामा अरुले निधार भर्दा खेरी
दुखी मन खुसी छैन मलाई दुख पर्दाखेरी

हो तिहारमा टिका लगाएर उनको भाईले उनलाई आफु देशको सेवा गरी देश जोगाउने बताएको रहेछ । अनि दाईले पनि आफू छिट्टै देशमा सुधार ल्याई फर्कि आउने बताएका रहेछन् । तर गएको दुई महिना पनि नभई दाईको मृत्युको खबर आएको रहेछ । उनी त्यस बेला देखि राम्ररी सोच्न पनि नसक्ने भएको अनको आमाले रुदै भनिन् । हो यो सबै अरुले दिएको र प्रकृतीले सिकाएको कुरा होईन यो त भाईभाईले सिर्जाएको समस्यो हो भनि सुनमाया चित्त बुझाउँछिन-
तिमीले पायौं कि त भाईको निधार भर्न पनि
आफ्नो भाईको ज्यान गयो देशमा त्याग गर्दा पनि
कति खल्लो कति उराठ यो तिहारमा लागी रा छ
के गरौं त अब हाम्ले न भाई न दाई छ ॥

यसरी सुनमायाले आफ्नो व्यथा पोखिन । तर सुमायाको आमाको पनि रोदनले आकाश छुने छ । उनी आफ्नो लोग्नेले दिएको प्यार कहिल्यै भुल्न नसक्ने बताउँछिन । आफूले लोग्नेलाई छाडि नजाउ भन्दा देश रोएको बेलामा आफू खुसी हुन नसक्ने कुरा बताउँदै पल्टनमा गएको बताउँछिन । पन्टनमा गएर देशको सेवा गर्ने सपना बोकेका उनको लोग्ने गएपछि फर्कन पनि नपाएको सुनमायाँकी आमा बताउँछिन । उनको पनि लोग्ने वितेपछि मानिशक रोगले गालेको बताउछिन ।
हो यसरी देशमा शान्ति आएकोमा उनीहरु अलिकति भने पनि उत्साही त बनेका छन् । तर आफ्नो विचल्ली देख्दा आफैं हतोत्साही बनेका छन् । यसमा सबैले सघाउने वातावरण तय हुने उनको गाउले बताउछन । हो अब गाउँमा एकजुट हुनबाट छेकबार नभएकोले उनकको परिवारलाई सहयोग गर्ने एकसाथ गउँले बताउछन । गाउलेको एउछै स्वर छ ः-
चलन चल्ती कुरीतिलाई यो समाजले फेर्नु पर्छ
सबै दुख कष्ट जान्छन् समान नजर हेर्नु पर्छ
जहाँ जति जे भयो आफ्नो मन बुझाउ सब
देशमा शान्ति आयो भन्छन हुदैन कि दुख अब

कसैको त दिदी गईन कसैको त भाई गयो
यसको सबै कारण थ्यो समाजले गल्ती गर् यो
विग्रेको समाजमा भत्किएको चाला भयो
जे चलेथ्यो कुसासनमा त्यसको सबै नास भयो ॥

0 comments:

Post a Comment