3/14/2012

सम्पर्क : केही लुकेका तथ्यहरु

‘जब शारिरीक सम्पर्क भयो मेरो केटा मसंग पूरै टाढा हुँदै गयो धेरै नै शारिरीक सम्पर्क भएपछि उ अहिले मसंग सम्पर्कमा नै नरहेको अवस्थामा पुगेको छ ।’ धेरै नजिक भएर उनको कुरा सबै सुनेपछि मलाई मन्दिराले आफ्नो गुनासो गर्दै भनेकी थिईन । उनको कथा अरुको भन्दा फरक छ र पनि मलाई किन किन यो विषयमा चासो लागेको छ । यस्तो विषयलाई समाजमा खासै मान्यता दिईदैन अझ भनौ गाउँको समाजमा त यस्तो विषयमा केटा केटी खुलेर कुरा पनि गर्देनन्.......सायद गाउँमा यो पढ्दै गरेको भए फलानो विग्रछ भन्ने हल्ला पनि चलिसक्यो होला तर शहर स्वतन्त्र भएको छ शहरमा केटा केटी मिल्ने भए सबै कुरा खुलेर गर्न मिल्छ चाहे त्यो शारिरिक सम्पर्क नै किन नहोस । यहाँ कसैले कसैको वास्ता गदैन् सायद वास्ता हुने भए राजाधानीको मुटुमा रत्नपार्कले यस्तो पहिचान बनाउँदैनथ्यो । उसलाई शहरले नै यसरी गिज्याँदैनथ्यो होला । यहाँको समाज भिन्न छ समाज र व्यक्ति विपरित दिशामा हिड्न सक्दैन कारण समाजमा उ छ र उ भएर समाज भएको छ  ।
‘किन हो यो विषयमा धेरै नै चासो लाग्ने गरेको छ तिमीलाई ?  के गर्छौ मसंग सबै कुरा बुझेर ?’ लेख्छौं,छाप्छौं भोली बजारमा सबैको हाँसोको पात्र बनाउँन चाहन्छौं यही कारणले गर्दा तिम्रो पत्रिका धेरै विकोस भन्ने चाहन्छौं ? यही होईन तिम्रो लक्ष्य ? सायद मेरो ठाउमा भएको भए तिमीलाई थाहा हुन्थ्यो कस्तो हुन्छ जलेको मुटु बोकेर हिड्न भनेर ? उनको बचन वाँड यसरी आउथ्यो ।े भनाई भित्र धेरै भावना र दम घुषेको छ कता कता प्रतिकारको आवाज पनि घुसेको छ । तर पनि एक लाचारी भएर गाई दुहुन घिउ लगाएर थुन पगारेको जस्तो म उनलाई पगर्ने बाध्य छु यो बाध्यता होईन तर ईच्छाशक्तिको काम धेरै भएको छ । कता कता यिनले मलाई नै अपराधी बनाएको जस्तो पनि हुन्छ तर हाम्रो पेसा हारेर भाग्ने पेसा होईन जे देखियो भोगियो त्यही लेख्ने पेसा हो । जे पनि देख्नु पर्छ,जे पनि भोग्नु पर्छ अरुले न भोगेको भोग्नु पर्छ,अरुले नदेखेको कुरा देखेर लेख्नु पर्छ यही नै एउटा पत्रकारको वास्तविकता हो । उसलाई यो भनेर बुझाउन त सकिन तर खास कुरो यही हो । उनीसंग मलाई सामाजिक भन्दा मनोवैज्ञानिक रुपमा धेरै कुरा बुझ्नु थियो । त्यही भएर म उनको भित्र पुग्न चाहन्थे र फकाई फकाई सबै भावना ओकल्न लगाएर एक शब्द भण्डार गर्ने लक्ष्य नै हो । उनले भनेको जस्तै लक्ष्य हो तर उनलाई यो कुरा त भन्न भएन । ओकलिएको भावनालाई शब्दमा व्यक्त गर्न धेरै नै गाह्रो हुन्छ भनिएका सबै कुरा लेख्न मिल्दैन वैकल्पित शब्दको खोजीमा जुट्नुपर्छ । तर पनि जानी नजानी त्यसलाई शब्दका माला बनाएर बुँने र फर्हेर हेरे माला लाउन हुनी त भएन,यो वादले विवाद निम्त्याउँछ थाहा छ तर यसलाई लेख्नु नै उपयुक्त लाग्यो र यहाँ लेखिँदिए ।  उनको कुरा यस्तो थियो ‘तिमीलाई के थाहा तिमीहरु त अरुलाइ चुस्ने जात न प¥यौ तिमीहरु अरुको भावनामा खेल्न सक्दैनौं तिमीहरु अरुको शरिरसंग खेल्न चाहन्छौं भावनासंग होईन ।’ प्रतिनिधी पात्रको रुपमा मन्दिरा र उनको व्याईफेण्डको बारेमा मैले धेरै नै चासो राखेको थिए । मन्दिराको भनाई थियो मैले उसलाइ माया गर्दथे यतिको केटा भए मेरो जिवन चल्छ भनेर मैले सोचेको थिए । यस्तो कुरा प्राय केटाहरु देख्दा धेरै केटीहरुले विश्लेषण गरेका हुन्छन् । महिला र पूरुषहरु बीचको सम्बन्धको दुई किसिमको निकटता हुने गरेको पाईन्छ । पहिलो माया प्रितीको कारण जसलाई भावनात्मक निकटता भनिन्छ,अर्को भनेको साथीहरुको नाताले मात्र हुने निकटता हो यसमा मिहला र पूरुषमा हुने आकर्षण नहुन पनि सक्छ कि एक पक्षमा मात्र निहित पनि हुन सक्छ । महिला र पूरुषबीच यौन सम्बन्ध पछिको भावनाको बारेमा नै बुझ्नलाइ एक यस्तो प्रतिनिधि पात्र खोजेको थिए लामो समयदेखि पाउन सकेको थिईन । सायद रंगिन दुनियामा गयो भने त धेरै नै पात्रहरु पाउन सक्थे होला तर उनीहरुमा भावनात्मक शक्ति धेरै नै कम हुने गरेको छ । त्यसैले एक भावनात्म पिडितलाइ नै खोज्नको लागि उनको भावनासंग लामो समयसम्म खेल्नु पर्दछ यो पाप होइन तर सानोतिनो अपराध चाँही हुनसक्छ ।
लामो समयसंग मन्दिराको कुराकानीपछि वास्तविकतालाई यसरी बुझें की केटीहरु आफ्नो प्रेम सम्बन्धलाई चाँडै नै यौन सम्बन्धमा लैजान चाहँदैनन् । उनीहरुको यौन सम्बन्ध र प्रेम सम्बन्ध फरक कुरा हो तर चाहा भने हुन्छ व्यक्त गदैनन् । उनीहरु गाह्रोसंग आफ्नो केटा साथीको करमा प्रेमलाई यौन सम्बन्धमा परिणत गर्दछन् केही अपवादवाहेक केटीहरुमा यौन उत्तेजना बढी हुन्छ तर केटाहरु भन्दा धेरै ढिलो मात्र आफ्ना पे्रमीहरुलाइ यौन सम्बन्धको प्रस्ताव राख्दछन् । धेरै जसो यौन सम्बन्धको प्रस्ताव केटाहरुले नै राख्ने गरेको समेत पाईएको छ । जब केटीहरु प्रेमलाई यौनमा परिणत गर्दछन् तुलनात्मक रुपमा उनीहरुले दिने माया बढी हुँदै जान्छ धेरै समयसम्म यौन सम्पर्कमा डुबेका केटीहरु आफ्नो प्रमीलाई औधी माया गर्दछन् । उनीहरुको पहिलो चाह नै आफ्नो प्रेमी हुन्छन् ।
तर केटाहरुमा भने यसको विपरित सम्बन्ध हुने गरेको पाईएको छ । केटाहरु आफ्नी प्रेमिकालाई सकेसम्म छिटो यौन सम्पर्कमा ल्याउन चाहन्छन् यदी केटाहरुको पनि वास्तविक प्रेम छ भने उनीसंगसंगै बसेर धेरै कुरा गर्न चाहन्छन उनीहरु पनि केटीहरुसंग बढी नजिक हुन चाहन्छन् । केटाहरुको वास्तविक प्रेम यौन सम्पर्कपछि भने खुलेरै अनुभव गर्न सकिन्छ । जो केटा यौनपछि पनि उनीहरु आफ्नी केटीसाथीलाई उति नै माया गर्दछन् वा अझ बढी माया गर्दछन् । वास्तविक प्रेम नगर्नेहरु यौन ईच्छापुरालाई नै आफ्नो उपलब्धि मान्छन्,उनीहरु यौन चाहना पुरा भएपछि आफैं केटीहरुसंग टाढाटाढा बन्दै जान्छन् र अन्त्यमा पूरै सम्पर्क बाहिर पुग्छन् । यदी यौन सम्पर्कपछि केटीसंग झर्किने बोल्न,मन नपराउने लामो समयसम्म सम्पर्कमा नआउने,उसको वास्ता नै नगर्ने,उसको अगाडिअरु केटीहरुको धेरै चर्चा गर्ने लगायतका लक्षण देखियो भने केटीहरुले उसको मायामा केही न केही शंका भएको बुझे हुने देखिन्छ ।
आफ्नो मायालाइ नै सवैसर्वा ठान्नेक केटीहरु आफ्नो प्रेमीको विश्वासमा लागेर यौन सम्पर्कमा पूग्दा पछि पछुताउनु परेको पाईएको छ । उनीहरु यति धेरै सजिलो हुन्छन कि केटाको बारेमा धेरै नबुझिकनै पनि संगतको भरमा यौनमा डुब्ने गरेका देख्निछन् । यौन सम्पर्क समयको चाहा हो तर यसको घातमा केटीहरुमा ठूलो मनोवैज्ञानिक असर हुने गरेको पाईएको छ ।


t
             

3 comments:

Aali badhi nai lekhnu bhayo shiba ji ........

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment