गजल

 ...........................
तिम्रो सामु आउन पाईन हारेको छु सानु
माया प्रिती लाउन सबै बारेको छु सानु 

बेहाली यो जिन्दगीको आसाहरु भएपनि
भरोसाको लक्ष्यण सबै मारेको छु सानु 

बेकार किन भर पर्छौ मेरो लागि  तिमी
नजिक आउने आसा सबै टारेको छु सानु 

सक्छौ भने टाढै बस किरानामा पुगे पछि
खोली तर्ने फेरी अन्तै सारे को छु सानु 

 .............................
दिलमा चोट लाग्यो अनि पिएर लेखें गजल
आत्मा जल्दै गयो अनि जिएर लेखें गजल

माया फाट्यो मन फाट्यो फाट्यो जिवन
सबै कुरा फाट्यो अनि सिएर लेखें गजल

दिलमा चोट मनमा घात साथ छुटेपछि यहाँ
चोट,घातमा बोटल अनि लिएर लेखें गजल
...............
बाध्य हुँदा चाहाहरु आज केही गर्न सकिन
कमजोर भयो मुट सानु सिउँदो भर्न सकिन

दुनियामा धेरै अर्थ लाग्दो रहेछ मायालुको
हार खाए विरक्तिलो संसारबाट मर्न सकिन

बाटो छेक्छन अरुहरु दोष कस्लाई दिनु यहाँ
जति जे भो आज दुनियामा भर पर्न सकिन

यति नैहो जिन्दगी यो बाँकी मनमा सजाउनु
कमजोर रहेछ यो भाग्य बनाउन फोर्न सकिन
 
..............
तिमी भित्र कता कता हराए कि जस्तो लाग्छ
नजिक हुन खोज्छु फेरी डराए कि जस्तो लाग्छ

कल्पनी आउँछौं तिमी यथार्थमा पनि तिमी
सपनी देख्छु विउँझी कराए कि जस्तो लाग्छ

बास बस्यौं मनमा मेरो रोज्यौं तिम्ले आत्मा पनि
झझल्कीमा आउँछौं फेरी रमाए कि जस्तो लाग्छ

तिम्रै  चर्चा चल्छ शहरभरि परिचर्चा बजारतिर
तिम्रो  नाममा नाम मैले कमाएकि जस्तो लाग्छ
......
आजभोली आउन्नौ खै छोडयौं कि के हो
मलाइ भन्दा अन्तै,मन जोड्यौ कि के हो ?

अधेरीमा पधेरीमा भेटेपछि बाचा गथ्र्यौं
बाचा कसम आज, सबै तोड्यौ कि के हो ?

पिरतीको याद आउथ्यो तिमी साथ आएपिछ
याद आउन छोडयो, बाचा फोड्यौं कि के हो ?

एकान्तमा बस्दा तिमी आउने गथ्र्यौ घरी धरी
झस्किएर गयौ तिमी, दिल मोड्यौ कि के हो ?
  ......
तिम्रै हातले दिएको खान रहर भो
तिमी संगै ससुराली जान रहर भो

बीचबाटो मै रिसाउलाउ तिमी पनि
बोल्नलाई छोरो साथी लान रहर भॊ

कति कुर्नु एक्लै उकाली र ओरालीमा
सासुमाको लिनलाई सम्मान रहर भो

जिम्क्याउछन् साथीहरु एक्लै भयो भनि
बनाउन आफ्नै छुट्टै पहिचान रहर भो
..................
झनै तड्पि बसेको थें तिमी साथमा आएपछि
उकुसमुकुस भाको थे तिमी रातमा आएपछि

पागल झै बन्यौ तिमी होसै गुमाएर पनि
चिसै भयो मेरो शरिर तिम्रो हातमा लाएपछि

अन्धाधुन्न रातमा तिमी जल्दै जल्दै आगोसरी
हारेको झै भए म त तिमी मातमा आएपछि

कति पागल भयौं तिमी कति लाचार भयौं
अचम्म नै सोचे मैले तिम्रो जातमा पाएपछि

सोच्यौं होला तिम्ले मलाई धेरै खुसी दिएँ भनि
धेरै निराश भए म त कुमार घातमा गएपछि
  

......................
मनै मरी गएपछि जिउनुको के अर्थ र ?
फाटिएका टालाहरु सिउनुको के अर्थ र ?

बाच्नेले बाच्नुपर्छ नजाने रै पनि यहाँ
शरिर खोक्रो पारि पिउनुको के अर्थ र ?

दिलमा चोट लाग्यो गलेपछि आत्माहरु
दिल जलाउने पेय लिउनुको के अर्थ र ?
 
......................

शिरानीमा खोतलेको चिठीको खात भएछ
फर्किएर जीवन सोचे आफैं बरबाद भएछ

धेरैले आसा गरे जिन्दगीमा धेरैको भसोसानि
सम्झिएरै सुते दिउँसो विउझेको तरात भएछ

प्रेम माया संझनामा सिमित हुन थाल्यो अब
आफैं बोलेँ जिन्दगीलाई धेरै धेरै घात भएछ

.............................
कताकता लडेर नि बाँच्नुपर्ने जिवन
आफैं मर्दै अरुलाई साच्नपर्ने जिवन

के के हुन्छ पर्नु पर्छ जान्नुपर्ने आफैं
मुटु जल्दा रोए पनि हाँस्नुपर्ने जिवन

काँडामाथि खुट्टाराखि हिड्ने पनि जिवन
आफ्नै लासमा टेकिटेकि गास्नुपर्ने जिवन

मनभित्र  कता कता आगो वलि राछ जिवन
जिवन बाली आगो तिरै नाच्नुपर्ने जिवन

असायको चाल हुने हात खुट्टा भए पनि
फेदी झरी टुप्पा तिर ताक्नुपर्ने  जिवन
 ............................
देशले पसिना मागे, रगत बनि दिउँला मैले
फटिएका मुहार, आलो बनाई सिउँला मैले

पुर्वदेखि दुखिराछ महा-काली नि दुख्छ भने
देशदुख्दा जाओस ज्यान केलाई जिउँला मैले

दुईदिने यो जीन्दगीमा मातृभुमि प्यारो हुन्छ
सर्पसरी देशलाई डसे,विषै पनि पिउँला मैले

आश्वासनका वातहरु दिन जान्या छैन यहाँ
धर्ती बोक भने बोक्छु,सामान्य लिउँला मैले

........................
 किन पाखा सार्छां अलिकति चाखेर त हेर
डिलभित्र हराए म, त्यतैतिर राखेर त हेर

पछिल्तिर लोलाई राछु हेरेर मात्र तिम्लाई
कति कुराउछौं खै एक पटक डाकेर त हेर

पुर् याउनु पर्छ भन्छन् दिलदिलको आसाहरु
लोलाएर हिड्यौ किन यता ताकेर त हेर
 ............................
 दुख्यो मुटु दुख्दै गयो दुख्नुसम्म दुख्यो हजुर
सुक्यो घाँटी सुक्दै गयो सुक्नुसम्म सुक्यो हजुर ..

निष्ठुरीको आश्वासनमा बाबुआमा भुल्यो हिजो
चुड्यो छाती लुक्यो धरती लुक्नुसम्म लुक्यो हजुर

 माया जालमा फस्दाखेरी पहिलोपटक मलाई 
उड्थ्यो होस उड्दै गयो उड्नुसम्म उड्यो हजुर

अनायासै मुटु चुड्दा दुख्नुसम्म दुख्यो हजुर
सुक्यो घाँटी झुक्यो शिर झुक्नुसम्म झुक्यो हजुर ।।
 ............................
सोचेजस्तौ संधैभरी सबैलाई हुन्न यहाँ
सिरेटोले सेकिराछ रापले मात्र छुन्न यहाँ


जिउने त आफुले हो गर्नुपर्छ संघर्ष नि
गाह्रो हुन्छ जिन्दगीको जालोहरु बून्न यहाँ


खन्नु पर्ने बाटोहरु फोर्नु पर्ने पहरा नि
फाटिएका टालाहरु गाह्रो भयो तुन्न यहाँ
 ............................
चुम्बन गर्दै जिवन साथी संधै हुन्न भन्छन
नजर लाउँदा मात्रै कुनै दिल छुन्न भन्छन
देखाउनेले देखावटी आँसु मात्रै झार्छन अरे
आत्मा जल्न नसकेसि आखा रुन्न भन्छन
सुनचाँदी हिरामोती जहर दिन खोज्छन यहाँ
जस्तो जलप लाएपनि कालो जा
न्न भन्छन

रापिलो त्यो घाममा बसि कुर्नुपर्ने विहानीलाई
गाह्रो हुन्छ पिरतीको माला तुन्न भन्छन

औसीको अंधैरीमा खोज्नुपर्छ जुनलाई पनि
अतितलाई समातेर भविष्यलाई बुन्न भन्छन
 ............................
गाह्रो भयो बाँच्नलाई सास देउन मलाई
कठोर हुन्छौं मात्रै संधै आस देउन मलाई

जिन्दगीको गोरेटोमा हिड्नुपर्ने कता कता
संघर्ष भो दिलमा पुग्न बास देउन मलाई   
पुसमासको  सिरेटोले हान्न थाल्यो  धेरै
सितलबोकी हिड्ने मधुमास देउन मलाई
 ............................
यसपालीको प्रेम दिनमा एउटा पत्र लोखौं लाग्यो 
धेरै भयो नभेटेको यसै दिनमा भेटौं लाग्यो 

तिर्खा धेरै लागि राछ पानी कतै मिल्या हैन 
भित्रैदेखि आको प्यास एकै दिनमा मेटौं लाग्यो 

धेरै रैछ शंका त्यता चिसो बनि आयो सबै 

फागुसंगैको दिनमा तातो बनि सेकौ लाग्यो 


यसपालीको प्रेम दिनमा एउटा पत्र लेखौं लाग्यो 

कति रैछ माया ममा दिलै खोली देखाउ लाग्यो 

 ............................
नजर मेरो कताकता ?? सारेर आयौ 
मनको सुन्दर माया मेरो मारेर आयौ

लेख्ने कुरा गर्‍या कसलाई भेट्ने कुरापनि
निश्वार्थ ला को माया टारेर आयौ

प्सासै मेट्ने मुलको पानी राखिदिएँ यता
अनायासै भर्इमा गिलासं झारेर आयौ

तातो कुरा गर्‍यौं, आगो लाग्यो दिलै भरी
मनको सुन्दर माया मेरो मारेर आयौं

 ............................
कस्को ईच्छा कस्को चाहा सबैकुरा छोड अब
याद दिलाउँने बगैचा छ मिलाएर गोड अब
 

रातो गुलाब राम्रो रैं छ सुनाखरी छैन यहाँ
जता मिल्छ खुसी  यात्रा त्यतै मोड अब

प्रेम दिवस प्रेम पत्र क-कसलाई लाग्या गर
अधुरो भो मेरो माया बाचा बन्धन तोड अब

नजाने रै आए यहाँ नजाने रै गएँ आज
अप्ठ्यारोमा धेरै भए गर्न छोड लोड अब


कति गाह्रो शिवहरे ! बुझाउन माया तिम्लाई
याद दिने बगैचा छ मिलाएर गोड अब

 ............................

यात्रा मेरो पराईसंग भएपछि आयौं 
हासो खुसी सबै बैना लगेपछि आयौं

मन त  थियो मलाई पनि तिम्रै बन्ने 
अस्तिस्त्व नै पराईसंग गएपछि आयौं

अवस्था अर्कै पर्यो सम्झौता अर्केसंग 
रित्तिएको माया कतै झरेपछि आयौ। 

मन त  थियो मलाई पनि तिम्रै बन्ने 
अस्तिस्त्व नै पराईसंग गएपछि आयौं


........


राख्यौं त प्रेम प्रस्ताव मन मिलेन हेर 
रुखो चिल्लो तिमीमा बचन मिलेन हेर 

पछि फेरी हुने होला आफ्नै आनाकािन
तिमी शहर पहाडि म धन मिलेन हेर 

साल सल्लो चिल्लो मयुर जंगलमा म 
घरै घरको बीचमा रुख वन मिलेन हेर 

रहन सहन छुट्टा छुट्टै लगाउने शैली पनि 
संगत त्यस्तै फरक त्यहाँ जन मिलेन हेर 


सवेमा हुनुपर्छ समान  शैली मलाई

प्रस्ताव पढी फेरी सोचे तन मिलेन हेर


हिमालको काखमा घर ढंडो मेरो खाना 
पिज्जा रोटी तिम्रो खाना झन मिलेन हेर 
 ............................
यो झिल्के कस्तो लाग्छ विचार गरी हेर सानी
तिम्रो हातको मिठो लाग्छ बोटल भरी हेर सानी


पिउनेको मज्जा अर्कैएक बोटल थपि दिउँकी
माथि तिमी म तल यता झरी हेर सानी


खुसा्रनीको पिरो अर्कै पोल्न थाल्यो लौ न मलाई
निको हुन्छ कि त कतै बटर दली हेर सानी


अपवाह किन गछौं बाच्ने त हामी नै हौं
समाजको धत किन अंगालीमा परि हेर सानी


यो झिल्के कस्तो लाग्छ विचार गरी हेर सानी
तिम्रो हातको मिठो लाग्छ बोटल भरी हेर सानी
 ............................


मलाई पनि एउटीले माया गर्छिन अरे
भित्र बाहिर मेरै मात्रै भर पर्छिन अरे


मनमा बसी मनमाया लुकाउँदै मैलाई
कर्के नजर यतातिर त्यता आँखा तर्छिन अरे


जिस्काउँदै हिजो गाला टोकेको थ्ये मैले
सपनीमा कल्पिकल्पि खाटैबाट झर्छिन अरे


मलाई पनि एउटीले माया गर्छिन अरे
भित्र बाहिर मेरै मात्रै भर पर्छिन अरे


............................
(गिति गजल)
फुलभन्दा पनि
फुलभन्दा नि मिठो तिम्रो बास्ना कहाँहुन्छ र
सबै कुरा लुकाएरै राख्न कहाँ हुन्छ र

नहुने त बोलिँदैन नसकिने गर्दिन म
पिर व्यथा मनै भरी हाँस्न कहाँ हुन्छ र


यात्रा आफैं छोडिगयोमन पनि टोडिगयो
टुटि सबै छुटि जाँदा आँट्न कहाँहुन्छ र

संगत भयो विफल सबै गराई कतै गरिएन
खुसीयाली रमाईलोमा नाच्न कहाँहुन्छ र


धेरै भन्न्यों तारा झार्छु धेरै भयो गफ पनि
यसैगरी संधैभरी ढाट्न कहाँहुन्छ र

फुलभन्दा नि मिठो तिम्रो बास्ना कहाँहुन्छ र
सबै कुरा लुकाएरै राख्न कहाँ हुन्छ र


ठूला कुरा सुनिएन सानाकोलाई मानिएन
यसैगरी ठूलाबाट भाग्न कहाँहुन्छ र

मन पनि ठूलै भयो तिम्रै लागि धेरै गर् र्यो
यसैगरी समपर्णमा लाग्न कहाँहून्छ र


नहुने त बोलिँदैन नसकिने गर्दिन म
पिर व्यथा मनै भरी हाँस्न कहाँ हुन्छ र
 ............................
सुन्छु आज फेरी त्यता गोली चल्यो रे 
नेताहरुको चर्को चर्को बोली चल्यो रे 

आदत र फसादमा फसाउँदै जनता 
भिख माग्न उनीहरुको झोली चल्यो रे 

भोको पेटमा छटपटाएकाको बीचमा 
आश्वासन र सपनाको खोली चल्यो रे 

सुन्छु आज फेरी त्यता गोली चल्यो रे 
नेताहरुको चर्को चर्को बोली चल्यो रे 
 ............................


दुख बनि आयो दशैं


दुख बनि आयो दशैं दुख्नुसम्म दुख्यो हजुर
सानो तिनो आशाहरु संधारमा झुक्यो हजुर ।।

पलाएका पातहरु फक्रिदैका कोपिला नि
भरोसाको बात बोकी अध्येरीमा लुक्यो हजुर।।

ओरालीको मृगलाई हरिणले खेद्न थालेपछि
भुस्याहा,छाउरासबै भुक्नुसम्म भुक्यो हजुर।।

आसाको दियो बोकी पलाउँछ कि पात भनि
साँचिएका विजहरु  सुक्नुसम्म सुक्यो हजुर।।

दुख बनि आयो दशैं दुख्नुसम्म दुख्यो हजुर
सानो तिनो आशाहरु संधारमा झुक्यो हजुर।।

 ............................

तिहार 





खुसी यता उमंगले छाउँदाको तिहार राम्रो
मखमली सयपत्री रसाउँदाको बहार राम्रो

उन्मात र उत्सवलाई पालाँ राखी दियो सरी
दिदी भार्इर्र्दाजुबहिनी रमाउँदाको रहर राम्रो

सद्भाव र सत्कारको बहार बोकी आयो तिहार
सप्तरंगी टिका लगाई जमाउँदाको प्रहार राम्रो


सम्बन्धको डोरी बाँधी दिदीभार्इर्र्ो साथमा आज
ममता र स्नेहले समाउँदाको सहार राम्रो


डाँडा पाखा सप्तरंगी भयो आज फूलै फूलले
सरदको मुखमा पुष्प मुस्काउँदाको मुहार राम्रो


देउसी र भैलो खेल्दै सबैसाथीहरु रमाउँदै
दुःख पिडा भुल्दै आज सौखिएको पहल राम्रो


अब त दुबो पाती खोजीनीति भयो घरमा
रंगहरु सातै मिली झुल्किएको महल राम्रो


खुसी यता उमंगले छाउँदाको तिहार राम्रो
मखमली सयपत्री रसाउँदाको बहार राम्रो
 

==================
 This is me own gajal
copyright@Shibahari Khatiwada