1/05/2014

दुई बीमा कम्पनीमा समितिको हस्तक्षेप


एनबीकोे व्यवस्थापन जिम्मा लिने तयारी
बीमा समितिले बीमा ईतिहासमै पहिलोपटक बीमा कम्पनीको व्यवस्थापनमा हात हालेको ६ महिना नबित्दै अर्को बीमा कम्पनीको व्यवस्थापन समेत जिम्मा लिने भएको छ । उद्योगी राजेन्द्र खेतान अध्यक्ष रहेको एभरेष्ट इन्स्योरेन्सको व्यवस्थापन सम्हालेको झन्डै तीन महिनापछि समितिले एनबी ईन्स्योरेन्सको कारोबार रोक्का गरेर अध्ययन सुरु गरेको छ । समितिले आईतबारबाट एनबीको सबै कारोबार रोक्का गरेको हो । कारोबार रोक्का गरेर विस्तृत अध्ययन थालेको समितिले विमितको सुविधाको लागि व्यवस्थापन जिम्मा लिने तयारीमा छ ।‘बीमितको हितको लागि के गर्न सकिन्छ त्यो विषयमा केही समयमा नै निर्णय लिईने छ ।’समितिले जारी गरेको सार्वजनिक सुचनामा भनिएको छ । 
    समितिले एनबि इन्सुरेन्स कम्पनीले बीमा व्यवसाय सञ्चालन गर्दा बीमा ऐन २०४९ तथा बीमा नियमावली २०४९ बमोजिम अपनाउनुपर्ने प्रकृया तथा समय–समयमा समितिबाट जारी भएका निर्देशनहरु पालना नगरेको भन्दै कारोबारमा रोक्का गरेको हो । यो कम्पनीले समितिमा पेश गर्नुपर्ने वासलात, हिसाव विवरण तथा वित्तीय विवरण पेश नगरेको, तोकेको चुक्ता पूँजी कायम नगरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम कार्य गरेको विवरण पेश नगरेको कारण कारोबार रोक्का गरिएको समितिले जनाएको छ । ‘बीमा ऐन, २०४९ को दफा १२ क को उपदफा (१) बमोजिम एनबीले गर्दै आएको सम्पूर्ण निर्जीवन बीमा व्यवसायमा रोक लगाइएको छ ।’समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘बीमक समक्ष परेका÷पर्न सक्ने बीमालेख अन्र्तगतको बीमा दाबीको कारवाही र किनारा गर्ने सम्बन्धमा केही समयमा नै आवश्यक व्यवस्था मिलाइने छ ।’ 
यस अगाडि बीमा समितिले गत असोजमा एभरेष्ट ईन्स्योरेन्सको व्यवस्थापनको जिम्मा लिएको थियो । २०६९ भदौंमा एभरेष्टको अग्नी बीमा रोक लगाएर प्रत्यक्ष बीमा कम्पनीको कारबाहीमा लागेको समितिले ७० असोज २३ गतेबाट व्यवस्थापन आफ्नो जिम्मा लिएको थियो । यस अगाडि एशियन लाईफ ईन्स्योरेन्सको लाभांस रोक्कासम्मको कारबाही समितिले गरेको थियो । एभरेष्टले काभ्रेमा रहेको मायोज चाउचाउ उत्पादन गर्ने कम्पनीमा आगलागी भए लगत्तै अध्ययन तथा प्रतिवेदन नआउँदै बिमा स्वरुप ४ करोड रुपैयाँ भुक्तानी लिएपछि समस्या श्रृजना भएको थियो । मायोज र एभरेष्ट एकै व्यक्ति उद्योगी खेतान समुहको भएको कारण यस्तो भुक्तानी भएको समितिको भनाई छ । बीमा समितिले दिएको जानकारी अनुसार दुबै बीमा कम्पनीमा समस्या आउनुको एउटै कारण दावी भुक्तानी रहेको छ । एनबीका सञ्चालक प्रवन्ध सञ्चालक रहेको नेशनल हाइड्रोलाई इन्सुरेन्सले अन्तिम प्रतिवेदन नआउँदै भुक्तानी गरेको थियो । उक्त कारण समेत कम्पनी घाटामा गएपछि अन्य समस्या श्रृजना भएको हो । 
एनबीको विस्तृत अध्यन (डिडिए)थालिएको र अब केही समयमा नै के गर्ने भन्ने विषयमा निर्णय गरिने समितिले जनाएको छ ।  ईन्द्रबहादुर थापा पं्रबन्ध निर्देशक रहेका यो कम्पनीले ऐन विपरित रकम भुक्तानी गरेको तथा बीमा समितिले पूजी बृद्धि गर्न दिएको निर्देशन पालना नगरेको मुख्य कारणले कारोबार रोक्का गरेको समेत समितिका अधिकारीहरुले बताएका छन् । कम्पनीले नियम विपरित भवन भाडामा अग्रिम भुक्तानी दिएको विषयमा समितिले यस अगाडि नै कम्पनीलाई सचेत गराएको थियो । कम्पनीमा नेपाल बङ्गलादेश बैंक, एनबी ग्रुप, एनसिसि बैंकलगायतका निकायको लगानी छ । चुक्ता पूजी १४ करोड रहेको कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममै चुक्ता पूजी २५ करोड पु¥याउनुपर्ने थियो । कम्पनीमा सस्थापक समुह कै ८० प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी २० प्रतिशत मात्र स्थानीय जनताको रहेको कम्पनीले कम्पनीले जनाएको छ । कम्पनीले ९, १० र ११ औं वार्षिक साधारण सभा एकै पटक गरेको थियो भने ६६÷६७ देखिको वित्तीय विवरण समेत बीमा समितिमा पेस गरेको छैन । कम्पनीले अग्नी बीमा, सामुद्रीक बीमा, मोटर बीमा, ईन्जिनियरिङ्ग बीमा, हवाई बीमा र विविध बीमाको काम गर्दै आएको छ ।  
यसैबीच समितिको कारबाहीपछि ईन्स्योरेन्सका सेवाग्राही भने अन्यौलमा परेका छन् । सात लाख बढी बीमालेख जारी गरेको कम्पनीले करिब १ लाख ६० हजार बीमा लेखको दाबी भुक्तानी गरेको छैन । ६ वटा शाखा र ७ वटा सम्पर्क कार्यलय रहेको एनबीले राजधानीको कमलादीमा आफ्नै भवन समेत निर्माण गरेको छ । कम्पनीकै भवनलाई भाडाको भन्दै सञ्चालकले भाडावापतको रकम लिएको समेत समितिको आरोप छ । यद्यपी यो विषयमा अध्ययन भईरहेको समितिले जनाएको छ ।

0 comments:

Post a Comment