1/05/2014

जोखिमपूर्ण छैन रियलस्टेटको लगानी


झन्डै ८ प्रतिशत लगानी,सबैभन्दा धेरै ग्राण्डको 
कुनै समय बैंकहरुको ५० प्रतिशतसम्म कर्जा लगानी रहेको रियलस्टेट क्षेत्रमा राष्ट्र बैंकको कडाई पछि बैंकको लगानी खुम्चिएको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार रियलस्टेट क्षेत्रमा बैंकहरुले कुल कर्जा लगानीको ७ दशमलव ८० प्रतिशत लगानी रहेको छ । यसमा एकै बैंकको सबैभन्दा धेरै १९ दशमलव ६० प्रतिशतसम्म मात्र लगानी रहेको छ ।
   अहिलेको नीतिअनुसार बैंकहरुले बढीमा २५ प्रतिशतसम्म लगानी गर्न पाउँछन् । ग्राण्ड बैंकले प्रतिशतको आधारमा सबैधन्दा धेरै यो क्षेत्रमा लगानी गरेको छ । उसको १९ दशमलव ६० प्रतिशत लागनी रहेको छ भने अन्यको सो भन्दा तलको अंकमा लगानी रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । रकमको आधारमा असोज मसान्तसम्ममा धेरै लगानी गर्नेमा भने नेपाल इन्भेष्टमेन्ट बैंक तथा नाविल बैंकसमेत परेका छन् । घरजग्गामा सबैधन्दा धेरै लगानी रहेको बैंकमा प्रतिशतमा ग्राण्ड तथा रकममा नेपाल ईन्भेष्टमेन्ट बैंक अगाडि छन् भने नविल बैंकले समेत पछ्याएको छ यद्यपी सबैको लगानी सुरक्षित रहेकोले अहिले कुनैपनि जोखिम नरहेको राष्ट्र बैंकमले जनाएको छ । नबिल बैंकले रियलस्टेट शिषर्कमा ४ अर्ब बढी लगानी गरेको छ भने ग्राण्ड बैंकले तिन अर्ब माथि लगानी गरेको छ । केन्द्रीय बैंकले रियलस्टेटमा पनि १ करोडसम्मका व्यक्तिगत घर कर्जालाई यो क्षेत्रमा गणना गर्न नपर्ने व्यवस्था गरेको छ । रियलस्टेट कर्जामा बैंकहरुले आवासीय घर कर्जा,व्यवसायीक भवन तथा आवासीय अपार्टमेण्ट निर्माण कर्जा,निर्माण सम्पन्न भई आय आर्जन गर्न थालेको व्यापारिक कम्प्लेक्स कर्जा र जग्गाजमिन खरिद तथा प्लटिगं कर्जा प्रदान गर्दै आएका छन् । राष्ट बैंकले वास्तविक र जोखिमपूर्ण रियलस्टेटमा बैंकहरुको निकै कम लगानी रहेको र लगानी सुरक्षित रहेको जनाएको छ । राष्ट्र बैंकले तोकेको व्यक्तिगत आवासीय कर्जा तथा व्यवसायीक कम्प्लेक्स बाहेक प्लटिङ तथा जग्गामा भएको लगानीमा नविल बैंकको २ अर्ब ५२ करोड तथा ग्राण्ड बैंकको १ अर्ब ३२ करोड लगानी रहेको छ । बैंकहरुले असोज मसान्तसम्ममा कुल कर्जा करिब ८ सय अर्ब प्रवाह गरेका छन् । यसको आधारमा ६० देखि ७० अर्बको बीचमा बैंकहरुले रियलस्टेट क्षेत्रमा लगानी गरेका जनाईएको छ । नेपाल राष्ट्र बैंकले केही समय अगाडि नै कुल कर्जाको २५ प्रतिशतसम्म मात्र यो क्षेत्रमा लगानी गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । जसको कारण बैंकहरुले यो क्षेत्रमा गएको लगानीमा अत्याधिक कतौटी गरेका हुन् । रियलस्टेट लोन शिर्षकमा ग्राण्ड बैंकले ३ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो प्रतिशतको आधारमा उच्च हो । बैंकको कुल कर्जा १५ अर्ब ७१ करोड रहेको छ । यसको आधारमा बैंकले घरजग्गा क्षेत्रमा १९ दशमलव ६० प्रतिशत लगानी गरेको हो । नविल बैंकले यो शिर्षकमा ४ अर्ब ६२ करोड लगानी गरेको छ । बैंकको कुल कर्जा ४८ अर्ब ८२ करोड रहेको छ । अर्को ठूलो बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले रियलस्टेट क्षेत्रमा ६ अर्ब १० करोडकर्जा प्रवाह गरेको छ । रकमको आधारमा इन्भेष्टमेन्ट बैंक अगाडि भएपनि प्रतिशतको आधारमा यो बैंक समेत कमै लगानी गर्ने बैंकमा रहेको छ । बैंकले कुल कर्जा ५० अर्ब २१ करोड पु¥याएको छ । रियलस्टेट तथा जग्गा प्लटिङमा बैंकले जम्मा ३ अर्ब ५२ करोड लगानी गरेको छ ।
     यस्तो शिर्षकमा नविल बैंकले २ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ग्राण्ड बैंकले १ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको छ । यि बाहेकका बैंकहरुको लगानी समेत यो क्षेत्रमा कम रहेको र बैंकले सजिल्यै रिकभरी गर्ने किसिमको रहेको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ । गत वर्ष रियलस्टेट क्षेत्रमा लगानी गर्ने प्रमुख चार बैंकमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक समेत परेको थियो । यो बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २ अर्ब ५५ करोड लगानी गरेको छ । बैंकको कुल कर्जा ४८ अर्ब ४५ करोड रहेको छ । बैंकले जग्गाजमिन खरिद तथा प्लटिगं कर्जामा १ अर्ब १७ करोड लगानी गरेको जनाएको छ । गत वर्षभरीमा यो बैंकले यो शिर्षकमा २ अर्ब ५१ करोड लगानी गरेको थियो । ‘घरजग्गा क्षेत्रमा बैंकको लगानी निकै कम छ । यही लगानीले यो क्षेत्रमा फेरी समस्या ल्याउनसक्ने संधावना छैन ।’ नेपाल राष्ट्र बैैंकका एक उच्च अधिकारीले भने । केन्द्रीय बैंकले रियलस्टेट क्षेत्रमा कुनै समय भएको उच्च लागनीको नियन्त्रणको लागि कदम चालेको र सो कदममा सफलता मिलेको जनाएको छ ।‘हामीले त्यो समयमा त्यति कडाई नगरेको भए अहिले धेरैको अवस्था विग्रन सक्थ्यो’ति अधिकारीले भने ।

0 comments:

Post a Comment