1/05/2014

मर्जरमा उत्साहजनक उपलब्धि


४३ संस्था गाभिए, २५ प्रक्रियामा
 बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) मा केन्द्रीय बैंकले उत्साहजनक उपलब्धि हासिल गरेको छ । करिब दुई वर्षकै अवधीमा अपेक्षा गरिएभन्दा धेरै संस्था गभिएपछि केन्द्रीय बैंकका अधिकारीहरुले यसलाई ‘राष्ट्र बैंकको सफलता’ मानेका छन् ।
   केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्नेका लागि करिब दुई वर्षअघि छुट्टै नीति लिएको थियो । उक्त नीतिलाई सरकारलेसमेत सहयोग गरेपछि बैंक तथा वित्तीय संस्था गाभिने क्रम बढेको हो । बजारमा बैंक तथा वित्तीय संस्थाको संख्या धेरै भएको र यसमा केन्द्रीय बैंकको अनुगमनले नभ्याउने भन्दै एक आपसमा गाभ्ने नीति लिएको केन्द्रीय बैंकले नीति ल्याएको दुई वर्षमै ४३ बैंक तथा वित्तीय संस्था गाभिएर १८ मा झरेका छन् । गाभिनेमा क वर्गका वाणिज्य बैंकदेखि ग वर्गका वित्तीय संस्थासम्म रहेका छन् । वाणिज्य बैंकमा एनआईसी बैंक र बैक अफ एसिया गाभिएर एनआईसी एसिया बैंक बनेका छन् । दुई बैंक गाभिएपछि वाणिज्य बैंकको संख्या ३१ मा झरेको छ ।
  केन्द्रीय बैंकले मर्जर नीति ल्याउनुअघि नै पोखराको हिमचुली विकास बैंक र बीरगन्जको बीरगन्ज फाइनान्स गाभिएर एच एण्ड बी डेभलपमेन्ट बैंक भएका थिए । त्यसपछि काष्टमण्डप डेभलपमेन्ट बैंक र शिखर फाईनान्स गाभिएर काष्ठमण्डप डेभलपमेन्ट बैंक भएको थियो ।
हालसम्म गाभिएका अन्य संस्थामा ईन्फ्राटक्चर डेभलपमेन्ट बैंक र स्वस्तिक मर्चेन्ट फाइनान्स गाभिएर ईन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक बनेको छ भने विजनेश डेभलपमेन्ट बैंक र युनिभर्सल फाईनान्स गाभिएर विजनेश युनिभर्सल डेभलपमेन्ट बैंक, अन्नपूर्ण विकास बैंक र सुर्यदर्शन फाईनान्स गाभिएर सुप्रिम डेभलपमेन्ट बैंक भएका छन् । त्यस्तै बुटवल फाईनान्स, एल्पिक एभरेष्ट फाईनान्स र सिएमबी फाईनान्स गाभिएर सिनर्जी फाइनान्स, माछापुच्छे« बैंक र स्टयाण्डर्ड फाईनान्स गाभिएर माछापुच्छे« बैैंक, ग्लोवल बैंक, आईएमई फाईनान्स र लर्डबुद्ध फाइनान्स गाभिएर ग्लोबल आईएमई बैंक, पशुपति डेभलपमेन्ट बैंक र उद्यम विकास बैंक गाभिएर एक्सिस डेभलपमेन्ट बैंक, भिबोर विकास बैंक र भाजुरत्न फाइनान्स गाभिएर भिवोर विकास बैंक, साईन डेभलपमेन्ट बैंक र रेसुङ्गा विकास बैंक गाभिएर साईन रेसुङ्गा डेभलपमेन्ट बैंक, प्रुडेन्सियल फाइनान्स र गोरखा फाइनान्स गाभिएर प्रुडेन्सियल फाइनान्स, दियालो विकास बैंक र प्रोफेशनल विकास बैंक गाभिएर प्रोफेशनल दियालो विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक र सूर्य डेभलपमेन्ट बैंक गाभिएर अरनिको डेभलपमेन्ट बैंक भएका छन् । त्यसैगरी रोयल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स, रारा विकास बैंक र अपि फाइनान्स गाभिएर एपेक्स डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक गाभिएर ग्लोबल आईएमई बैंक, प्रभु फाइनान्स, सम्बृद्धि विकास बैंक र बैभव फाइनान्स गाभिएर प्रभु विकास बैंक, मनकामना डेभलपमेन्ट बैंक, यति फाइनान्स र भ्याली फाइनान्स गाभिएर यति डेभलपमेन्ट बैंक बनेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै १८ बैंक तथा वित्तीय संस्थाहरु गाभिएर ६ वटा बनेका छन् । राष्ट्र बैंकले हालसम्म २५ वटा बैंक तथा वित्तीय संस्था गाभिएर १० वटा बन्नको लागि सैद्धान्तिक सहमति दिएको छ । केन्द्रीय बैंकले सेन्ट्रल फाइनान्स र पाटन फाइनान्स, पाँच ग्रामीण विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र बागेश्वरी विकास बैंक,विराटलक्ष्मी विकास बैंक र खाँदबारी डेभलपमेन्ट बैंक,रिलायन्स फाइनान्स र लोटस फाइनान्स,पाथीभरा विकास बैंक र सिर्जना फाइनान्स,रिलायबल फाइनान्स र शुभलक्ष्मी फाइनान्स तथा नेपाल कन्जुमर डेभलपमेन्ट बैंक,सिद्धार्थ फाइनान्स र ईम्पेरियल फाइनान्स,सिभल बैंक र एक्सिस डेभलपमेन्ट बैंक तथा सिभिल मचेन्ट वित्तीय संस्था तथा ग्लोबल आईएमई बैंक र कमर्ज एण्ड ट्रस्ट बैंकलाई गाभिन सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले अन्तराष्ट्रिय अभ्यासको तुलनामा नेपालमा ९० प्रतिशतसम्म मर्जर सफल भएको दाबी गरेको छ ।‘यति थोरै समयमा यसरी मर्जरको लहर आउनु निकै राम्रो कुरा हो । ’राष्ट्र बैंकका एक उच्च अधिकारीले भने‘मर्जर अहिलेसम्म सफल भएको छ । केन्द्रीय बैंकका अधिकारीहरु अब केही वर्ष राम्रो कारोबार भयो भने मर्ज भएका वित्तीय संस्थाको कारोबार सफल हुने बताउछन् । ‘सामान्य समस्याहरु मर्ज हुँदा र नहुँदा पनि आईरहेका हुन्छन् । मर्जकै कारण आउने समस्याका बारेमा भने अझै केही समय हेर्नुपर्छ ।’ती अधिकारीले भने ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई मर्जमा जानुको साथै एक आपसमा खरिद गर्नसमेत सक्ने व्यवस्था गरेको छ । पछिल्लो समय बजारमा मर्जर सम्वन्धमा केही संस्थाहरुका बारेमा चलेको हल्ला भने गलत भएको केन्द्रीय बैकले जनाएको छ । किष्ट बैंक र प्रभु विकास बैंक गाभिने हल्ला चलेपनि उल्लेखित बैंकले गाभिन राष्ट्र बैंकबाट कुनै स्वीकृति नलिएको केन्द्रीय बैंकले स्पष्ट पारेको छ । बजारमा मर्जरको लहर चलिररहेको बेला सेयर खेलाडीहरुले अन्य संस्थाको समेत मर्जरको हल्ला चलाउन सक्नेतर्फ केन्द्रीय बैंकले सचेत गराएको छ ।
चालु आर्थिक वर्षमा सरकार तथा राष्ट्र बैंकले समेत मर्ज गरेर संस्था घटाउने कार्यलाई प्रमुख प्राथमिकतामा राखेपछि बैंक तथा वित्तीय संस्था मर्जमा जान आतुर भएका हुन् । संस्थाहरुलाई पँुजी बृद्धिको प्रावधान साथै समस्यामा परेकालाई मर्जरमा जान छुट तथा कर छुटलगायत व्यवस्था गरिएको छ । सरकारले वार्षिक बजेटमै बैंक तथा वित्तीय संस्थाबीचको मर्जरलाई प्राथमिकता दिएको छ ।

0 comments:

Post a Comment