1/29/2014

लगानीमा पनि जित्यो चीनले भारतलाई(नेपालमा लगानी गर्ने उत्कृष्ट १० देशको सूचीसहित)


नेपालमा विगतका वर्षहरुमा सबैभन्दा ठूलो लगानीकर्ता रहेको भारतलाई दुई वर्षको अवधीमा चिनले पछि पारेको छ । नेपालमा उद्योग क्षेत्रमा लगानी तथा लगानी प्रस्ताव गर्ने चिनिया लगानीकर्ताको संख्याले भारतीय लगानीकर्तालाई उछिनेको हो ।
    उद्योग विभागले सार्वजनिक गरेको पुष ३० सम्मको नयाँ तथ्याङक अनुसार सबैभन्दा धेरै लगानीकर्ता चिनबाट भित्रिएका हुन् यद्यपी लगानी रकम र रोजगारीको संख्यामा भने भारत नै अगाडि छ । 
उद्योग विभागमा दर्ता भएका विभिन्न ६ सय बढी उद्योगहरुमा १ हजार २ सय २० लगानीकर्ताहरुले चिनबाट लगानी गरेका हुन् । उनीहरुले हालसम्म २८ अर्ब बढीको बैदेशिक लगानी तथा प्रतिवद्धता भित्र्याएका छन् । विभागमा चिनिया लगानीको विभिन्न ६ सय १९ उद्योग दर्ता छन् ।  भारतीय लगानीकर्ताहरुको भने ५ सय ८० र अमेरिकन लगानीकर्ताहरुको २ सय ३० उद्योग अहिलेसम्म विभागमा दर्ता छन् । यि उद्योगमध्ये केही बन्द छन् भने केही सञ्चालनमा आईरहेको विभागले जनाएको छ । भारतीय लगानीकर्ताहरुले देशका विभिन्न क्षेत्रमा दर्ता गरेको उद्योगमा ६३ हजार ३ सय ६५ जनालाई रोजगारी दिईने उल्लेख गरिएको छ । चिनिया लगानीको उद्योगमा भने ३२ हजार ९ सय ९७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । विदेशी लगानीमा भारतीय व्यवसायीहरुले सबैभन्दा धेरै ४३ अर्ब रकम भित्र्याउने योजना दर्ता भएको विभागको तथ्याङकमा उल्लेख छ ।  

यो पनि पढ्नुहोस

चीनबाट पनि भित्रिदै ऋ

   विभागमा हालसम्म ७८ देशका लगानीकर्ताहरुले उद्योग दर्ता गरेका छन् जसमा १ लाख ८६ हजार ३ सय ८२ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । यि उद्योगहरुमा १ सय २२ अर्ब १० करोडको विदेशी लगानी तथा लगानी प्रस्ताव आएका छन् । सबै उद्योगको जम्मा लागत भने २ सय ५० अर्ब रहेको विभागले जनाएको छ । जसमा आधा रकम नेपाली र आधा विदेशी रकम भित्रिएको तथ्याङकमा देखाईएको छ । हालसम्म विदेशी लगानीको २ हजार ७ सय ७६ उद्योग दर्ता छन् । 
विभागको तथ्यांक अनुसार, विगत दुई वर्षमा चीनको लगानी तीन गुणाले बढेको छ । पछिल्लो दुई वर्षमा मात्र चीनको वैदेशिक लगानी १७ करोड ४० लाख अमेरिकी डलर पुगेको जनाईएको छ । चिनिया समाचार एजेन्सी सिन्ह्वाले समेत नेपालमा कुल विदेश लगानीमा करिब ६० प्रतिशत चिनको रहेको उल्लेख गरेको छ । 
अन्य देशको तुलनामा वैदेशिक सहयोग तथा अनुदान वितरणमा पारदर्शी रहेको चीनले नेपालमा समेत सहयोग तथा लगानी बृद्धि गरेको हो । यस अगाडि धेरै अनुदान आउने गरेको चिनबाट पछिल्लो समय सरकारले ऋण समेत आउन लिन थालेको छ । चीन सरकारसंग नेपाल सरकारले दुई ठुला  आयोजनाको लागि ऋण लिएको छ । दुई आयोजना ऋण रकम करिब १५ अर्ब पुगेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । हालै नेपाल वायु सेवा निगमको लागि ६ जहाज किन्न चिन सरकारले ऋण दिउको छ । माथिल्लो त्रिशुली–३ ए जलविद्यत् आयोजना निर्माणका लागि पनि चिनबाट ७ अर्ब ऋण लिईएको छ । 
  नेपालमा लगानीको वातावरण विग्रिएको बताईरहेको बेला विदेशी लगानीकर्ताहरु केही रुपमा नेपालमा लगानीमा आकर्षिक भएको विभागको तथ्याङकले देखाएको हो । नेपाली लगानीकर्ताहरुले समेत संविधान सभाको निर्वाचनपछि विभिन्न क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । पछिल्लो समय प्रसिद्ध व्यवसायी विनोद चौधरीले १० अर्ब थप लगानी गर्ने घोषणा गरेका छन् भने अर्का व्यवसायी अजयराज सुमार्गीले समेत २३ अर्ब थप लगानी गर्ने घोषणा गरिसकेका छन् । उता अन्तराष्ट्रिय चेन  सोल्टी होटले  अर्को नयाँ होटल सञ्चालन गर्ने योजना बनाएको छ भने सोल्टी होटलबाट बाहिरिएका प्रभाकरशमसेर राणाले पनि नयाँ होटलमा लगानी गर्ने बताएका छन् । 
अर्का अष्ट्रेलियाका २०० धनीको सूचीमा पर्न सफल नेपाली शेष घलेले एक्लै ७ अर्ब बढी लगानीमा पाँचतारे होटल बनाउने घोषणा गरिसकेका छ्न । उनले विश्वविख्यात अमेरिकी ब्रान्ड शेराटनसँग सहकार्य गरेका छन् । सुमार्गी समुहले भने टेलिकम्युनिकेसन, जलविद्युुत, रियलस्टेट लगायतका परियोजनामा लगानी विस्तार गर्ने येजाना बनाएको छ । 
लगानीकर्ता संख्याको आधारमा उत्कृष्ट १० देश  
        देश      लगानीकर्ता     विदेशी लगानी रकम(दश लाखमा) रोजगारी संख्या 
चीन   १२२०          २८,०८३.९९                               ३२,९९७
भारत       ७०६         ४३,७८०.१७                                    ६३,३६५
अमेरिका    ३०७       ५,६२३.८६                              १४,०१६
दक्षिण कोरिया २९९          ८,५३६.८४                       ७,९०६
जापान     २३७         २,२१०.७७                        ७,६७८
युके       १५५                 १,७२९.०१                               ९,२३३
जर्मनी     १२५          १,१०७.०२                       ४,३४२
फ्रान्स      ९५           ३९६.८०                             २,५०२
अष्टे«लिया   ६०         ४७६.२७                            १,३१५
१० नेदरल्याण्ड  ५५         १,३२६.९२                          ३,५४३
                                                                                            स्रोतः उद्योग विभाग 


0 comments:

Post a Comment