5/01/2012

युद्धको डायरी...

Photo By Intern
आकासमा चर्को घाम लागिरहेको छ र पनि कसैलाइ पोलेको छैन । सिस्नेको डाँडामा हावा चलिरेहेको छ तर कसैलाइ सित्तल दिएको छैन,परिस्थिती भिन्न छ,मौन छ,कठोर छ, कमजोर छ अनि कमसल छ । सबै मौन छन् वातावरण भयवित छ,चिच्याउने पनि छैनन् रुने पनि छैनन् तर वातावरण एकदम रोदनमा छ । कोही कोहीसंग बोलेका छैनन । आफ्नो साथी पनि आफैंसंग विरानो बनेजस्तो छ । सायद यहाँ केही समय अगाडि क्रद वातावरण चियो होला,चिच्यावट थियो होला तर अहिले रुने कोही छैनन् किनभने को कसका हुन केही चिन्न सक्ने अवथामा छैनन् । सबैतिर छरप्रष्ट लासहरु थुप्रिएका छन् । कुन सरकारी पक्षको हो कुन विद्रोही पक्षको शव हो केही छुट्याउन सक्ने अवस्था थिएन । घटनास्थल पुरै सरकारी सेनाको कब्जामा थियो तर रातभर भिडन्तको समयमा भने यो स्थान विद्रोही सेनाको कब्जामा थियो रे । विद्रोहीहरुले स्थानीयलाइ मानव ढाल बनाएर प्रयोग गरेका थिए रे । घटनास्थलमा देखिएको सर्वसाधरणको शवले पनि त्यही भनिरहेको छ तर धेरै शवहरु चिनिन सक्ने अवस्थामा थिएन । एकै किसिमको गोल्डस्टर जुत्ताले मात्र विद्रोहीको शब हो भनेर चिन्न सक्ने अवस्था थियो । मानिसहरुको आधा शरिर,आन्द्रा भुँडी यो विभत्स सायद धेरै पल्टनका साथीहरुका नियति हो । उनीहरुको दैनिकी हो । उनीहरुलाइ यसले केही प्रवाह छैन । यतिमात्र मतलब छ आज उनीहरु बाँचे भोली सायद उनीहरुको पनि यही नियति हुने हो कि चिन्ता यो मात्र छ । 
आकासमा चिल र गिद्ध घुम्न थालिसकेका छन् । भिडन्डको १२ घण्टा वित्नै लाग्दा सरकारी संचारमाध्यमहरुले विभिन्न किसिमको समाचार बनाएर बजाइरहेका छन् । गोजीमा रहेको सानो एथ्री साइजको ब्याट्री लाग्ने रेडियो झिकें । साँझ पाँच बजेको रेडियो नेपालको समाचार सुने । ‘सिस्नेमा भएको माओवादी र नेपाली सेनाबीचको भिडन्तमा १ सय ५० जना माओवादी विद्रोहीको ज्यान गएको छ । भिडन्तमा परि राज्यतर्फका केही सैनिकले साहदत पाएका छन् । जिल्ला सदरमुकाम कब्जा गर्नको लागि आएका १ हजार जनाको संख्यामा रहेका माओवादीहरुलाइ नेपाली सेनाले सकुशल पराजित गरि सुरक्षास्थिती नियन्त्रणमा लिएका छन् ।’ 
यही समाचारलाइ कान्तिपुरले १ सय भन्दा बढी नेपाली शेना र २ सयको हाराहारीमा विद्रोही मारिएको जनायो । राति बीबीसिमा पनि सर्वसाधरणसहित सयौंको ज्यान गएको समाचार आयो तर वास्तविक कति हो त्यही पुग्नलाइ पनि थाहा थिएन । साँझमात्र शब एकत्रित गरी भोलीपल्ट सनाखत तथा खानतलासीको काम भयो । सबै कुन–कुन पक्षका हुन भनेर मात्र छुट्याउन खोजिरहेका थिए । अचानक लडेका एक हजावको हातमा रहेको सानो डायरी भुइमा झ¥यो उनी मुत अवस्थामा थिए । अनियन्त्रित तथा बुझ्न कठिन सब्दमा डायरी भरिएको थियो । डायरी अन्य समेत गरिएको थिएन तर उनीले लेख्न खोज्दै गर्दा हराएका जस्ता देखिन्थ्यो अक्षर र प्रकृती हेर्दा । 
डायरी यसरी लेखिएको थियो 

 मिति ः २०५९÷१२÷२०
..............
विहान चाँडै उठे । हिजो रातभरि सामान मिलाउँदैमा अबेरसम्म सुतिएन तर पनि निन्द्रा लागेन । सबै साथीहरुको अनुहारमा चमक थिएन । यो भन्दा अगाडि एक साताको मिशनबाट दुइदिन अगाडिमात्र  फर्किएका थियौं । मिशनमा जानु र युद्ध लड्नु हाम्रो लागि कुनै ठूलो कुरा होईन । जहिले पनि गएका हुन्थ्यौं तर आज भने किन किन धेरै नै डर लागिरहेको छ । उता धेरै विद्रोहीहरु छन् भन्ने जानकारी आएको छ । सुराकीमा गएका साथीहरुले यता भन्दा उताबाट धेरै बलियो समुह रहेका जानकारी दिइरहेका छन् ।  हाम्रो समुहमा ५०० जनाको तयारीमा रहेका छौं । उनीहरु कम्तीमा पनि १००० जना छन् अरे । हामीले लडाइको क्रममा जनतालाई पनि जोगाउनुपर्ने हुन्छ उनीहरुसंग लड्न धेरै गा¥हो हून्छ । यहाँमाथि पनि उनीहरुले जनतालाई पनि मावन ढाल बनाएका हुन्छन् । यस अगाडिको धेरै युद्धहरुमा यस्तो देखिएको पनि थियो । क्याप्टेनले फौज थपको लागि माथि अनुरोध पनि गरेका थिए तर नजिकको ब्यारेकका साथीहरुको पनि आजै अर्को मिशन छ रे आउन पाएनन् ।  
सबैतिर खतरा छ तर सामना गर्न धेरै गा¥हो छ । जिवनदेखि निक्कै हार खाएको छु । उता घरमा विवाह गरेको तीन वर्ष पुरा भएको छ यो बीचमा मुस्किलले १५ दिन श्रीमतीसंग विताईयो होला । भर्खर विवाह गरेको समय कस्को श्रीमतीलाई श्रीमानसंग बस्न मन हुँदैन  ? तर त्यो मैले गर्न सकिन । छोरा जन्मियो उसको लागि पनि केही वास्ता गरेर पनि देखाउन सकिन । यस्ता कुरा सोच्दा सोच्दै रात धेरै वित्यो विहान पनि ४ बजे नै उठे निन्द्रा नै लागेन । गर्ने काम केही थिएन । जीवन फर्किएर हेरे । जिवनसंग गरेका हरेका कामहरु एका एक ताजा याद भएर आयो । एउटा कथा बनेर आयो ।  हरेक कुराहरुको सम्झनामा आयो । आज मलाइ किन यस्तो भइरहेको छ । केही बुझ्न सकिन तर यो समयमा धेरै साथीहरु डराएका छन् । धेरैको आत्मा कमजोर भएको छ । कमजोर आत्माले लडेका सिपाहीहरुले सफलता हात पार्न निक्कै गा¥हो हुन्छ । हामीले पराजय भोग्नुपर्छ कि त मर्नुपर्छ यो समयमा । यस्ता कुरा सम्झँदै गर्दा हिजोका हरेर दिनलाइ सम्झिए । प्यारीसंग भएको भेट सम्झिए । उनीसंगको हरेर घटना सम्झिए । विवाह हुनेवित्तिकै पल्टनमा आएको पनि सम्झिए । छोरा जन्मेको पल सम्झिए । छोरा पेटमा हुँदा उनी मलाई भेट्न कति तड्एिकी थिइन यो पनि सम्झिए ।  यो बेला श्रीमतीलाई आफ्नो श्रीमान आफूसंगै होस भन्ने हुन्छ त्यो समयमा पनि एक दिन भेट्न सकिन त्यो पनि सम्झिए । हरेर दिन उनी एक्लै हुँदा पनि मलाईलाई नै सम्झिन्थिन त्यो पनि आज सम्झिए ।  तर विडम्बना हामीलाई भेट गर्न जानेसम्मको छुट थिएन । थाहा थियो घर गए भने पनि म विद्रोहीको शिकार हुने थिए तर नगएपनि आज होकी भोली होे भइरहेको छ ।  भविष्यको बारेमा त कसैले कही भन्न सक्दैन । थाहा छैन आज फर्किन्छु कि फर्किन्न । फौंजीका सबै साथीहरुको यही सोचाइ थियो । हिँजोदेखि कोही राम्ररी कोहीसंग बोलेका छैनन् । सबैको मन गिरेको छ । एक केही दिन अगाडि मात्र सकिएको कठिन भिडन्त र त्यो लगत्तै भएको यो अर्को सम्भावित भिडन्तले सबैको आत्मवल कमजोर भएको छ । लड्ने पनि कत्ति ? कहिले सकिन्छ यो युद्ध ? कति साथीहरु मरेर पछि सकिने हो ? यस्ता थुप्रै प्रश्न छन् । सुरुमा हामी १०० जना विद्रोहीसंग युद्ध गरेका थियौं अहिले १००० जना पुगिसके यो क्रम बढ्ने अवस्थामा छ । हामीले कति दिन युद्ध गनेर्् ? कति साथीहरु मुर्नुपर्ने हो ? अहिले हामीले युद्ध नगर्नुपर्ने हो ? परिस्थिती एकदम खतरामा छ । गोजीबाट यो सानो डायरी निकाले सानुलाइ लेख्न मन लाग्यो ।
यही डायरीमा लेखे ‘प्रिय तिमी कति महान छौं । मेरो साथ नपाउँदा पनि तिमी सम्मालिएर बस्यौं । तिमीलाई मैले भित्रबाट देखेको छु तिमी भित्र म हराएको छु । तिम्रो हरेक चाहा मेरो लागि एउटा सफलताको लागि पाइला बनेको थियो म जब हार्दै जान्थे तिमी मेरो सामु आएर भन्ने गथ्र्यौ ‘जिवन एक कदम अरु अगाडि बढ्नुस् जिवन.....तपाइ र मेरो वास्तविक जीवन सुरु भएको छैन । जिवन हामीले वास्तविक जिवन जिउनुपर्छ अहिले नै हारेर मलाई सदाको लागि एक्लो नबनाउनु जिवन । उठ्नोस एक कदम अरु अगाडि बढाउनोस जिवन’ अनि म जुरुक्क उठ्ठे र आफ्नो बन्दुक बोकेर दुस्ममाथि खनिन्थे यसैगरी मैले धेरै युद्ध जितेको थिए प्यारी । तर अब म नसक्ने अवस्थामा पुग्न लागिसके म तिम्रो लागि यति धेरै तड्पिराको छु कि अब चाँडै नै यहाँबाट भागेर आउँ लागेको छ । मर्ने परे पनि तिम्रो काखमा मरौंला । म तिमी विना बाच्न नसक्ने अवस्थामा पुगेको छु सरु । म आउँछु अब भागेर आउँछु । खानु छैन मलाई यो ज्यान हत्केलामा राखेर जागिर । यो पल्टनमा सबै विरत्तिएको ठाउँमा मलाई काम गर्नु छैन । जे गर्नु पर्छ संगै गरौंला,संगै मरौंला तिमी विनाको यो एकान्तमा म कत्ति दिन मरेर बाँचौं सानु अब म आउँछु चाँडै नै आउँछु । छोरा र तिम्रो याद मलाई अति आएको छ ।
मन भन्दै थियो अति धेरै आवेसमा आएर डायरी किन भरेको तर किन किन आज धेरै लेख्न मन लागेको छ । लेख्दा लेख्दै विहान ६ बजे छ । लेख्नु भन्दा कल्पनामा बढी हराउँ यो समयमा । मेसका सबै साथीहरु उठेछन् । श्याम बोलाउन आयो जिवन ए जिवन उठ् यार सबै साथीहरु तयार भइसके । दुई दिनको लागि खाना समेत बोकेर जानुपर्ने अरे । सबै झेला ठिक पार्न लागिसके हामी पनि चाँडै जाउँ । उठँे झोलामा केही ड्राइ फुड,सिल्पिङ ब्याग, हाले बस्तोवस्तीको सामान हाल्दा झोला करिब करिब २५ किलोको भएछ । विहान करिब ८ बजेट खाना खाएर हिड्यौं । बाटो धेरै टाढा छ । अहिले करिब ३ बजेको छ । हामी एकसाथ हिडिरहेका छौं ।   बाटोमा थकाइ मार्न बस्दै गर्दा यि पानाहरु भरेको छु  । यहाँ ठुलो भिर छ । बल्ल बल्ल खट्टा राखेर हिड्न सकिन्छ । माथि डाडो छ तलबाट हामी हिडेका छौं यो खतरा हो । माथिबाट जुनसुकै बेला आक्रमण हुन सक्छ । साथीहरु तयारी अवस्थामा रहेका छन् । हामी विस्तारै हिड्डै छौं केही साथीहरु अगाडि लुकेर सुराकी गर्न गएका छन् । माथिबाट उनीहरु आउँदैछन् अरे । हामी विस्तारै यहाँबाट बाटो लाग्दै छौं .............................................. करिब ७ बजेको छ अहिले । हामी डाडोमा पुग्नको लागि अन्तिम चौतारीमा रोकिएका छौं । यहाँबाट सिस्ने धेरै टाढा रहेको छैन । सिस्नेमा रहेको टावरले अहिलेसम्म राम्रो काम गरिरहेको छ । उनीहरुले आज त्यो टावरलाई ध्वस्त पार्न आउँदैछन् अरे । त्यसैको सुरक्षाको लागि पनि हामी उनीहरु आउँनु भन्दा अगाडि त्यहाँ पुग्नु जरुरी छ । माथिबाट निकै नजिक आइपुगेका छन् अरे क्याप्टेन भन्दै छ छिट्टे जाउँ छिट्टो हामी फेरी उकालो लाग्ने तयारीमा छौं ................
(डायरीमा रगत लतपतिएको छ अक्षर अगाडिको भन्दा धेरै मधुरो छ । बुझ्न गा¥हो छ तर सच्याएर यहाँ केही शब्द अनुमानको भरमा लेखिएको छ ।)
अ...अ..अ..हिले म सिस्नेको टावर न.न.न.नजिकै छु मेरो दाहिने छातीमो गोली लागेको छ । हामी जब जब अन्तिम चौतारीबाट हिड्यौं त्य.........हीबाट भिडन्त सुरु भयो ।  त्यहाँबाट हामी हिडेका थियौं तर तर तर .......माथिबाट ड्याम्ममम् !! आ......वाज आयो अगाडिको साथी भुईमा ढल्यो साथीहरुभ..भ...भ.. भागा.....भाग गरे म म पनि भागे सबैले आफूलाई जोगाउँडै फयरिङ गर्दै थिए । म पनि फायरिङ खोल्दै भागें भाग्दा भाग्दै टावर नजिक आएछु । टावर घेरेर बसेका रहेछन् ।  एउटाले मेरो छ....छातिमा हन्यो ..... भु...ढ....लि........ए. बे....होस भएछु । अहि.........ले मम...म..म.मात्र श्वास फेरिरहेको छु मेरो न......ज...क कोही छैन.को को के भए मलाई केही थाहा छैन । पानी.......................प्पपंं.....प्....प्.यास.....ला..................गिराको छ................
(अन्त्य)

(यो कथामात्र हो कसैको जीवनमा मेल खान गएमा संयोगमात्र हुने छ ।)

0 comments:

Post a Comment