10/12/2011

विश्व विद्यालयको पढाई

विश्व विद्यालयको पढाई सकेपछि मान्छे आफैंलाई आफ्नो ज्यान हलुको भएजस्तो ठान्छ । उसको सबै इच्छा सकिएजस्तो ठान्दछ । एउटा जेलबाट बाहिर निस्किए जस्तो । एउटा ठूलो कार्य सम्पन्न गरेको जस्तो अनि एउटा राष्ट्र नै जितेको जस्तो । एक दिन म क्याम्पसको क्यान्टिनमा चिया पिउँदै थिए । साथीहरु गफिँदै थिए । विश्व विद्यालयको पढाइ सबैभन्दा झन्झटपूर्ण हुन्छ । शिक्षकहरु विद्यार्थीलाई ध्यान दिँदैनन् विद्यार्थी शिक्षकलाई ध्यान दिँदैनन् । कलेज नगए प्रशासनले स्पष्ठिकरण सोध्छ र यसैको लागि मात्र कलेज पुग्नु परेको हो भन्ने ठान्दछन विद्यार्थीहरु । सोच्दछन कि विद्यार्थीहरु शिक्षकको लागि पढ्न आउन परेको र शिक्षकहरु जागिर खान पढाउन आउन परेको ।
कक्षाको बनावट पनि त्यस्तै किसिमको हुन्छ । एक दिन कक्षामा शिक्षक पढाइरहेका थिए । अगाडि हुने केहीले राम्ररी बुझेर पढेका पनि थिए तर पछाडि हुनेहरु केटा-केटी जिस्केर बसिरहेका थिए । जालमर्दो गरी उनीहरु चलिरहेका थिए । शिक्षकले के बोले पछाडि सुनिँदैनथ्यो पनि र सुन्न आवश्यक पनि थिएन । एउटा कक्षा नभएर त्यो एउटा फिल्म सुरु नभएको तर फिल्म हेर्न सबै भरिएका फिल्म हलजस्तो । विद्यार्थी पनि कति हो कति कसैले कसैलाइ नचिन्नेएक दिन चिनेको विद्यार्थी अर्को दिन क्याम्पसमा हुँदैनउ बाह्रमासेजस्तो कहिलेकाँही मात्र आउँछ । प्रत्येक दिन नयाँ विद्यार्थीहरुको मात्र मुख देख्न पाईन्छ । उनीहरु पनि एक अर्कालाई बास्ता गर्दैनन् गर्छन त राम्रो राम्रो केटीहरु छन भने राम्रा केटालाई र बाईक भएका केटाहरु राम्रा केटीलाई साईड हान्नमा व्यस्थ हुन्छन् । सरकारी पढाईहुने विश्वविद्यालय तहको तुलनामा प्राईभेटमा केही प्रणालीको विकास भएको हुन्छ तर त्यहाँ पनि विद्यार्थी करले मात्र आएजस्ता गर्दछन् । विद्यार्थीहरु यो तहको पढाईलाई खासै चासो दिँदैनन् । मानौं कि उनीहरुलाई यो तहको पढाई आवश्यक नै छैन । उनीहरु विना आवश्यकताको पढाई पढिरहेका छन् ।
हिजोमात्र नेपाली तिनवर्षे विश्वविद्यालय तहको अन्तिम परिक्षा सकिएपछि आङ हलुको भएको छ । अब त त्यो ठाउँमा कहिल्यै पनि जान नपरे पनि हुन्थ्यो जस्तो भएको छ । जानु पनि आवश्यक थिएन । मान्छे विश्वविद्यालय तहमा पुगेपछि उ आफैंमा व्यवस्तता मन पराउँछन । उच्च शिक्षाको तुलनामा उसले आफ्नो पढ्ने इच्छालाई पनि परिमार्जित गरेको हुन्छ । उ व्यस्थ हुन्छ र आफूलाइ व्यस्थतामा नै राख्न चाहन्छ । उ घोकेर पढ्ने भन्दा पनि व्यवहारिकतालाई बढी जोड दिन्छ र व्यवहारिक बाहेकको शिक्षामा उसले राम्रो गर्न सक्दैन । एक पटक पत्रकारीता पढाई हुने केन्द्रीय विद्यालयमा धेरै फेल भएछन र पास भएकाहरु सबै कुनै न कुनै पत्रकारीतामा आवद्ध भएकाहरु मात्रै थिए । यो तहमा विद्यार्थीहरु व्यवहारिक शिक्षालाइ बढि नै जोड दिन्छन तर नेपालमा खासै प्रभावकारी रुपमा व्यवहारिक पढाई हुँदैन ।

1 comments:

Hello
A visit to your blog today is virtually the last visit of the year 2011
Actually completed one year, with its good and bad news.
I hope that the Christmas party was nice, and that Santa has been generous.
See you soon
friendly
Chris
A small gift
http://nsm05.casimages.com/img/2011/12/26/111226050113505749221324.jpg

Post a Comment