9/23/2011

सम्बन्धको सम्बन्ध

  केटीहरुले गर्ने मायाँ पनि कति अचम्मको हुँदो रैछ हगि । मैले त उसलाई दुईचार चोटी फोन गरेर के नजिक भएको थिए । उसले नै मलाइ प्रपोज गरि नि । एउटा बोल्यो । अँ त साँच्चि मैले पनि पहिलो पटक प्रेम गर्दा अति रमाईलो भएको थियो । म त उ भित्रै हराएको थिए । उसलाई सम्झिएर मैले महिनौंसम्म घरमा फोनै गरिन गर्न मन पनि लागेन । उसको मात्र याद आईरह्यो । अर्कोले भन्यो ।
तर यार मेरो त पहिलो लभ त परेपछि मैले आफैंले छोडे नि । लभ गरेपछि त राम्रो लागेको केटी पनि मन परेन भनेको । उसको नाक पनि लामो लाग्न थाल्यो । उसको मुख पनि कता कता नराम्रो लाग्न थाल्यो । उ नजिक हुँदा पनि मलाई बोर लाग्न थाल्यो । उसले कति मायाँ गर्थि मैले नै उसलाई छोडिदिए । पहिलोले भयो ।
आफ्नो लव काहानीको विषयमा यि दुई पात्र एक चिया पसलमा आपसमा संवाद गर्दै थिए । दुई कलेजका केटाहरु यसरी गफिँदै थिए कि उनीहरु आफ्नो प्रेम गर्न सकेकोमा कलेज मै उत्कृष्ठ भएका थिए । यो काहानीले उसको मनमा कता कता तरङ्ग उत्पन्न गरायो । उनीहरुको नजिकै बसेर चिया पिउँदै गरेको उसको मनमा पनि कता कता छलाङ पैदा भयो । उनीहरुको प्रेम कथा कतै उसैको कथा त होईन भन्ने लाग्यो उसलाई । साँच्चै हो त प्रेम त कति पागल हुँदो रैछ । यो त सबैलाई यस्तै त लाग्दो रैछ । छक्क पर्नु छ प्रेम जिवनमा पनि । साथीहरुको युवा बेला मायाँका लागि मरिमेट्नछन्उनी मायाको फेसन देखाउन खोज्छन तर आफ्नो भने … मन मनैले सोच्यो उसले । उसको प्रेम कथा पनि नलेखिएको यथार्थ छनदेखिएको काहानी बोकेको छ उसले । उसको कहानी अरु कोहीलाइ थाहा छ भने उसलाई नै थाहा छ । उ अचम्मको छ । प्रेममा पागल हुन्छ उ तर हात लाग्छ सुन्य । राधा उसले मन पराएकि केटी हो तर राधाले मन नपराएकि । उ राधालाइ पाउनको को लागि जे पनि गर्न तयार छ तर राधा उसलाइ नपाउनको लागि जे पनि गर्न तयार छे ।
उनीहरुको बीचमा परेका पनि कहिले काही छक्कै पर्थे । भेट भयो कुकुर विराला जस्ता झगडा गरिहाल्ने । उ राधारलाई छोड्न नसक्ने राधा उसलाई स्वीकार गर्न नसक्ने । लामो समय त कतिलाई ल्वामी नै बनायो उसले । तर ल्वामी बनाएकाबाटै राधालाई साइड मार्न थालेपछि भने उ एक्लो भएको छ । उसको मन पराएको प्रेम मर्ने अवस्थामा पुगेको छ । उता राधालाइ भने अर्कैको अंगालोमा देखेपछि मन चुँडाएर आएको आसुँलाई रोक्न गाह्रो भयो श्यामलाई । यो आत्माको माया हो यो देखावटी माया होईन । अरुको जस्तो छिनभरको माया पनि गरेको थिएन । तर आजकालका युवतीहरु वास्तविक माया बुझ्दैनन र समयको पछाडि कुद्छन् परिणाम आउँछ प्रेम परेपछिको रुवाई ।
केटीहरु आफू नजिक भएपछि सबै कुरा सुम्पिन्छन । उनीहरुको जिवन जवानी अनि यौन सुम्पिन्छन केटा साथीलाई । केटीहरु नजिक हुनको लागि प्रेम गर्दछन तर केटाहरु यौनको लागि प्रेम गर्छन । उनीहरुको यौन प्राप्तिपछि आफूलाइ बदल्छन । केटीहरु यौन प्राप्तिपछि मात्र प्रेम भएको महसुस गर्दछन् । यो दुईबीचको फरक बुझ्न नजान्दा धेरै समस्या केटीहरुमाथि परेको छ । केटाहरुमा परिवर्तन देखिँदैन समस्या केटीहरुमा हुन्छ । यो भन्नुको कारण यो होकि केटीहरु असल प्रेम चिन्दैनन् । उनीहरु जो नजिक भयो त्यसैलाई आफ्नो जवानी सुम्पिन्छन । केटाहरु नपाउन्जेलसम्म मात्र उनीहरु आकासको तारा झार्ने कुरा गर्दछन् ।
के त्यसो भए कुनै पनि प्रेम प्रेम होईन प्रेम हुन्छ तर त्यसमा वास्तविकताको फरक छ । जो वास्तविक प्रेममा परेका छन् । त्यो छोटो समयमा दुई दिन देखेको भरमा मात्र हुने होईन । जसले वर्षौ चिनजानको आधारमा प्रेम गर्छन् उनीहरु नजिक हुन्छन् भित्र पुग्छन । त्यो यौनको लागि प्रेम होईन । त्यो जिवनको लागि प्रेम हो । र जिवनको लागि प्रेम गर्नेहरु छोटो समयमा हार्दैनन् । उनीहरुलाइ प्रेम गरेपछि दुबैले विर्षन सक्दैनन् । यो हो वास्तविक प्रेम । तर वास्तविक प्रेम कसले गरेका छन् उनीहरु आफूलाइ महान भन्दछन् । जसले प्रेमको लागि नाटक गर्दछन् उनीहरु अघिको जस्तो चियापसलको चमेनाको लागि प्रेम गर्दछन् ।
श्यामको एक साथी रमेश उसलाई राधाले मन पराँउ छिन कारण के हो थाहा छैन तर केटीको मन फर्किएको छ । श्यामको अगाडि आफूलाइ सति बन्ने राधाको अहिले उसको रुप नाङ्गिएको छ । उसले आखिर किन रमेशसंग प्रेम गरिन यो कसैलाइ थाहा होला त उनलाई नै थाहा होला तर उनी त्यो जमातको एउटा उदाहरण बनेकी छिन । के उसले रमेशलाई नै मन पराउँथिन त ? तर रमेशको अघिल्लो प्रेमको बारेमा पनि उनलाइ थाहा छ । के उनी प्रेम पहिलादेखि ने रमेशलाई गर्छिन ? रमेशको हरेक व्यवहार देख्दा उसले थोरै समयमा नजिक भएको कारण मात्र प्रेम गरेको देखिन्छ वा अरु के हो । तर उनले अरु कूनैको भावनामा भने ठेस पुर् याएकी छिन । उनको लागि जिएको श्यामलाई उनले बुझ्न सकिनन् ,समस्या यति मात्र हो । के श्याम पनि उनको प्रेमलाई चिया पसलमा चमेना बनाउँन चाहन्छ ? या अरु केही । तर श्यामले धेरैको प्रेमलाई यौनमा बदलेको छ र चियासंगै खाएको छ । यो कुरा राधालाई पनि थाहा छ । यो यहाँ किन उल्लेख गरिएको ? यो एउटा उदाहरणको लागि मात्र यहाँ उल्लेख गरिएको हो । त्यस्ता धेरै प्रेमीहरु छन् जो प्रेमको लागि पागल भएका छन् तर कसको लागि उसले छानेको प्रेम सहि छ वा अरु केही प्रश्न धेरै छ ।
के राधा श्यामलाई अशल साथीको रुपमा स्वीकार गर्न सक्दिनन् ? यसरी  साथी बनाउँदा नै प्रेम र जिवन दिनुपर्ने हो र ?  प्रश्न धेरै छ तर उत्तर अरु कसैलाइ थाहा छैन । थाहा छ त उनलाइ थाहा छ ।
पात्र फरक हुन् । कथा यथार्थ हो ।


1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment