
तर आज मेरो देशको पहिचान मािसंदै छ रे यहाँको झण्डालाई विगारिँदैं छ रे । सायद त्यसको रहेको चन्द्र र सुर्यको तस्विर हटाएर ग्रेट वाल र ताज महलको फोटो राख्न लागिएको होला । मेरो देशको पहिचान गाईलाई हटाउन लागिएको छ रे अनि मेरो देशको पहिचान रहेको दौरा सुरुवाल मेटाउन खोजिएको छ रे । सायद दौरा सुरुवाल हटाएर अब धोतीलाई राष्ट्रिय पहिरन बनाउन खोजिएको होला । अनि नॆपालको ईतिहाँस मेटाएर एक बदलिँदो कालखण्डमा लैजान खोजिएको छ रे । यसले अहिले आएर मेरो नदुखेको मुटु दुखाएको छ । अनि मेरो शिर निहुरिएको छ । सायद यस्तो भएमा मेरो देशको पनि शिर निहुरिने छ ।
जे जे भएपनि हाम्रो पहिचान बोकेको सम्पदाहरु एक पछि अर्को गरी नािसंदै र मासिँदे गएको छ । यो हाम्रो पहिचान मात्र होईन यो हाम्रो ईतिहास होहाम्रो धरोहर हो पनि पुर्खाको लागि चिनो र भावि सन्ततीको पाठ हो । आफूलाई देशको भक्त बताउनेहरु आज देशको ईज्जत बेच्नलाई लागेका छन् भन्ने सुन्दा मन रोएको छ । अनि उनीहरुलाई भन्न मन लागेको छ कि तिम्रो देशको पहिचान र ईतिहाँस मेटेर तिमी कुन माटोमा टेकेर कुन माटोको साहारामा बाच्छौं ? तिम्रो ईज्जत के हो र तिमीलाई यहाँ कुन शक्तिले राजनीति गर्न पठाएको छ ? तिम्रो प्रभावले पनि भएको हुनसक्छ आज मधेस फुटाउने कुरा आईरहेको छ । नेपाल जुटाएर बनेको हाम्रो ईतिहाँस माथि यसरी धावा बोल्न तिम्लाई कुन शक्तिले छुट दियो यसलाई नेपाली जनताले र मैले कसरी बुझ्ने यो सानो समस्याको रुपमा देखिएको होईन ।
नेपालमा रहेको छाडा पन र जे गरे पनि हुन्छ भन्ने मानशिकताको कारणका यसरी देश माथि गम्भीर प्रहार भईरहेको छ । सायद बैरी खोज्नको लागि अन्त कतै जानु पर्दैन । यो गम्भीर समय हो । सबैतिरबाट मौका छोपेर वैरीहरु बसेका छन् । तिमी यही बेलामा यसरी छाडा भयौं भने तिम्रो शिरमा समस्या आउने पक्का छ अनि राष्ट्रकौ गौरवमा धक्का लाग्ने पक्का छ । त्यसैले त म मेरो पहिचानको लागि लेख्छु । मौममी हुरी जसरी आएका तिमीले चाह्यौं भने मेरो देशको छाना उडाईदिन सक्छौं अनि मेरो देशलाई नाङ्गो बनाउन सक्छौं्र तर याद गर तिमी मेरो देशको माटोलाई उडाउन सक्दैनौं । मलाई थाहा छ तिमी यहाँको दिगो शक्ति होइनौं । तिमी यहाँको ईतिहाँस रक्षक होईन । र याद गर म मेरो पहिचानको लागि लेखिरहेको छु । तिम्रो सिमित शक्ति जुनकुनै समयमा पनि टुट्न सक्छ । तर तिम्रो यही शक्ति रहेमा मेरो ईतिहाँस मेटिने पनि पक्का छ । त्यसैले आज विरालो बाधेर सरात गरेको जस्तो गर्नुपरेको छ । यस्तो हो भने म तिमीलाई पाखा पारेर अगाडि बढ्न बाध्य हुने छु र भन्ने छु सारा लेखकहरुलाई कि तपाई पनि पहिचानको लागि लेख्नुस् ।..........
5 comments:
शिवहरि सर नेपाली भएर नेपाल आमाको माया नगरे कसले पो गर्दछ र नेपाल आमाका छोरा छोरी भनेकै हामी होइनौ र ?
Tapai ko kura thik ho sir ...tara yaha pachillo ghatanacharmle farak banayako cha ...
तपाईले भन्नु खोज्नु भएको भावलाइ सम्मान अनि तपाईको कलमलाइ सम्मान छ शिवहरि जी । देशको पहिचान कसैले बेच्न पाउँदैन । जसले जे राखे पनि आखिर एक पहिचान त राख्नु प¥यो ति होईन भने हामी नेपाली भिन्न हुनुको के अर्थ भयो र ? होईन ।
good creaction of the naction .....give countinue your writing ...
Thank you sir Thank you ...
Post a Comment