10/18/2011

म पहिचानको लागि लेख्छु....

       गर्वको साथ हिजो भन्थें कि म एक नेपाली माटोको छोरो । मसंग एक नेपालीमा हुनुपर्ने सबै पहिचान छ । न पत्याए यि हेर यो मेरो देशको भण्डा जो विश्वमा नै भिन्न अर्थ बोकेको छ । यि हेर गाई यो मेरो देशको राष्ट्रिय जनावर हो । यसलाई हामी श्रद्धा गर्दछौं । विश्वमा कुनै पनि अरु देशमा यस्तो छैन । मेरो देशको पहिचान बोक्ने छुट्टै एक पहिरन छ । यि हेन नपत्याए मैले लगाएको दौरा र सुरुवाल मेरो देशकेा पहिचान दिने पहिरन हो । कुनै पनि देशको पहिरन हाम्रो देशको जस्तो छैन । हाम्रो देशमा थुपै्र पहिरनहरु छन् । राष्ट्रियता बुझाउने त्यो मध्ये यो पनि एक पहिचान हो र पहिरन हो । म विश्वको जुनसुकैं देशमा गए भने पनि भन्ने गर्दछु कि यो मेरो देशको जस्तो भिन्न पहिचान तिमीहरुको देशमा छैन । तिमीहरु अरुले मानेको कुरा मान्दै आएका छौं हामी भने हाम्रो आफ्नै मुल्य र मान्यतामा अडिएका छौं । हामीलाई तिमीहरुको कुनै पनि कुराको पछि लाग्नुपर्ने जरुरी छैन । किन कि तिमीहरुको आफ्नो पहिचान छैन । तिमीहरुले पनि आयातित पहिचान बोकेका छौं । बुर्का तिम्रो पहिचान होईन । यो त जातियता हो । टाई सुट तिम्रो पहिचान होईन यो त विश्वव्यापि मान्यता हो । नेपालमा पनि धेरै जातिको बुर्का जस्तो जातिय पहिचान छ । हामींसंग एक छुट्टै भाषा छ । हामी नेपालीमा बोल्छौं तिमीहरु हिन्दी र अंगे्रजीमा बोल्छौं । तिम्रो अग्रजीलाई हाम्रो नेपालमा एक शाशक भाषाको रुपमा लिन्छन् । किनभने अग्रजले नेपालमा पनि उपनिवेसको कोसिस गरेका थिए । हामीले तिमीहरुलाई लखेटेका थियौं । त्यही भएर हामी तिनीहरुभन्दा भिन्न छौं । अनि पहिचानवाला छौं ।
तर आज मेरो देशको पहिचान मािसंदै छ रे यहाँको झण्डालाई विगारिँदैं छ रे । सायद त्यसको रहेको चन्द्र र सुर्यको तस्विर हटाएर ग्रेट वाल र ताज महलको फोटो राख्न लागिएको होला । मेरो देशको पहिचान गाईलाई हटाउन लागिएको छ रे अनि मेरो देशको पहिचान रहेको दौरा सुरुवाल मेटाउन खोजिएको छ रे । सायद दौरा सुरुवाल हटाएर अब धोतीलाई राष्ट्रिय पहिरन बनाउन खोजिएको होला । अनि नॆपालको ईतिहाँस मेटाएर एक बदलिँदो कालखण्डमा लैजान खोजिएको छ रे । यसले अहिले आएर मेरो नदुखेको मुटु दुखाएको छ । अनि मेरो शिर निहुरिएको छ । सायद यस्तो भएमा मेरो देशको पनि शिर निहुरिने छ ।
जे जे भएपनि हाम्रो पहिचान बोकेको सम्पदाहरु एक पछि अर्को गरी नािसंदै र मासिँदे गएको छ । यो हाम्रो पहिचान मात्र होईन यो हाम्रो ईतिहास होहाम्रो धरोहर हो पनि पुर्खाको लागि चिनो र भावि सन्ततीको पाठ हो । आफूलाई देशको भक्त बताउनेहरु आज देशको ईज्जत बेच्नलाई लागेका छन् भन्ने सुन्दा मन रोएको छ । अनि उनीहरुलाई भन्न मन लागेको छ कि तिम्रो देशको पहिचान र ईतिहाँस मेटेर तिमी कुन माटोमा टेकेर कुन माटोको साहारामा बाच्छौं ? तिम्रो ईज्जत के हो र तिमीलाई यहाँ कुन शक्तिले राजनीति गर्न पठाएको छ ?  तिम्रो प्रभावले पनि भएको हुनसक्छ आज मधेस फुटाउने कुरा आईरहेको छ । नेपाल जुटाएर बनेको हाम्रो ईतिहाँस माथि यसरी धावा बोल्न तिम्लाई कुन शक्तिले छुट दियो यसलाई नेपाली जनताले र मैले कसरी बुझ्ने यो सानो समस्याको रुपमा देखिएको होईन । 
नेपालमा रहेको छाडा पन र जे गरे पनि हुन्छ भन्ने मानशिकताको कारणका यसरी देश माथि गम्भीर प्रहार भईरहेको छ । सायद बैरी खोज्नको लागि अन्त कतै जानु पर्दैन । यो गम्भीर समय हो । सबैतिरबाट मौका छोपेर वैरीहरु बसेका छन् । तिमी यही बेलामा यसरी छाडा भयौं भने तिम्रो शिरमा समस्या आउने पक्का छ अनि राष्ट्रकौ गौरवमा धक्का लाग्ने पक्का छ । त्यसैले त म मेरो पहिचानको लागि लेख्छु । मौममी हुरी जसरी आएका तिमीले चाह्यौं भने मेरो देशको छाना उडाईदिन सक्छौं अनि मेरो देशलाई नाङ्गो बनाउन सक्छौं्र तर याद गर तिमी मेरो देशको माटोलाई उडाउन सक्दैनौं । मलाई थाहा छ तिमी यहाँको दिगो शक्ति होइनौं । तिमी यहाँको ईतिहाँस रक्षक होईन । र याद गर म मेरो पहिचानको लागि लेखिरहेको छु । तिम्रो सिमित शक्ति जुनकुनै समयमा पनि टुट्न सक्छ । तर तिम्रो यही शक्ति रहेमा मेरो ईतिहाँस मेटिने पनि पक्का छ । त्यसैले आज विरालो बाधेर सरात गरेको जस्तो गर्नुपरेको छ । यस्तो हो भने म तिमीलाई पाखा पारेर अगाडि बढ्न बाध्य हुने छु र भन्ने छु सारा लेखकहरुलाई कि तपाई पनि पहिचानको लागि लेख्नुस् ।..........

5 comments:

शिवहरि सर नेपाली भएर नेपाल आमाको माया नगरे कसले पो गर्दछ र नेपाल आमाका छोरा छोरी भनेकै हामी होइनौ र ?

Tapai ko kura thik ho sir ...tara yaha pachillo ghatanacharmle farak banayako cha ...

तपाईले भन्नु खोज्नु भएको भावलाइ सम्मान अनि तपाईको कलमलाइ सम्मान छ शिवहरि जी । देशको पहिचान कसैले बेच्न पाउँदैन । जसले जे राखे पनि आखिर एक पहिचान त राख्नु प¥यो ति होईन भने हामी नेपाली भिन्न हुनुको के अर्थ भयो र ? होईन ।

good creaction of the naction .....give countinue your writing ...

Post a Comment