10/31/2011

सपना - A DREAM

..सपना देखेर हुँदैन र सपना बुनेर पनि हुँदैन मलाई थाहा छ तिमीले सपना देखेका छैनौं र सपना यो विषयमा देख्ने पनि छैनौं । तर सपना मैले देखेको छुतिमी भित्र म पुगेको छु र त मैले सपना लेख्ने आँट गरेको छु । मैले सपनाकॊ पिछा गरिरहेको छु । मलाई थाहा छैन तिमीले यो बुझेको छौं कि छैनौं । तर म सपनाको पछाडि दौडिरहेको छु ।
मैले देखेको सपनामा तिमी एक परिश्रमि मेहनती र भलादमी थियौं र मेरा कल्पनामा पति त्यस्तै छौं । आजसम्म मैले तिमीलाई कतिऔं पटक भेटे होला त्यो मैले हिसाब राखेको छैनो तर सपनाको भेटमा तिमी फरक छौं र फरक थियौं पनि । तिम्रो त्यो बेलाले मलाई साच्चिकै सपनामा पुर् याएको छ । मैले त्यही समयको कारण अरु धेरै सपना देखेको छु । मेरो सपनाले तिमीलाई पछ्याई रहेको छ । मैले देखेको सपनालाई मैले यहाँ लेखेको पनि छु । मेरो त काम नै लेख्ने न पर् यो । म हरेक सपनालाई लेख्छु । मलाई थाहा छैन सपनालाई पढ्ने कतिजना हुनुहुन्छ । तर म भने सपनालाई लेखिरेको छु । यो बीचमा धेरैको सपनालाई लेखियो होला धेरैको सपनालाई एक कागजमा उतारेर बजारमा फालियो पनि । धेरैले धरैको सपनालाई पोको पारेर चटपटेको स्वादमा खाए पनि । र मेरो काम सपनालाई कस्ले नियाल्छ भनेर हेर्ने पनि होईन । कसले सपना देख्छ भनेर हेर्ने हो । मैले तिमी भित्र पनि एक सपना देखॆको छु । त्यो मैले हेरे र मेरो धर्म अनुसार यहाँ लेखे पनि ।
सपना तिमीमा मेरो एउटा आसा पलाएको छ । म अब म मात्र पनि भईन तिमीमा म संग एक सिङ्गो समाज र राष्ट्रको आसा पलाएको छ । यदि यो सपना सबैमा भएको भएमा देशको थोरै भएपनि विकास हुने थियो । यो सपना देख्ने समय युवाहरुले पाएको भए आज किन अरब र कातार भौतारि रहनुपर्दथ्यो भनिन्छ काम गर्नको लागि त सकारात्मक सोचको विकास पनि हुनुपर्दछ । तिमीमा केही सोचको विकास भएको छ । तर तिमी दोधारमा छौं । सोचलाई जसले प्रयोगमा ल्याउछ त्यो नै माहान हुन्छ । तिमीले पनि मेरो सपनालाई विपनामा ल्याऔं भने तिमी महान हुनेछौं । सपना तिमी समाजमा अलमलिएको जस्तो लाग्यो । तिमीले समाजलाई र राष्ट्रलाई चिन्नु पर्ने थियो तर चिन्न सकिनौं कि जस्तो लाग्छ । आजसम्म तिम्ले देखेको सपना राष्ट्रको लागि छैन । तिम्रो सपना त सिमित समाजको लागि मात्र छ । यद्यपी तिमी महान छांै किनभने तिमीले समाजको लागि भने पनि सपना देखेका छौं । तिमी जस्ता अरु धेरै सपनाहरु छन् जो आफ्नो बाहेक अरुको लागि सपना देख्ने गरेका छैनन् । उनीहरु हुर्कछन्बढ्छन् एउटा सपना देख्छन रमाईलोको प्रेमको र विवाह गर्दछन् बच्चा आमा हजुर आमा यतिकैका उनीहरुको सपना सकिन्छ तर तिमीमा रहेको सपनाले देशको विकास गर्नुपर्दछ । तिमी तिमीमा पनि रमाईलो र प्रेमको सपना आएको छ । अहिले तिमी माथिकै सपनामा हरायौं भने तिमीलाई त्यो बेलामा मात्र पछुतो हुने छ जुनबेला तिमी हजुरआमा बनेर लौरो टेकेका हुनेछौै । त्यो बेला पछुताएर तिमीमा केही फाईदा हुने छैन । त्यो बेलामा न तिमीसंग शक्ति हुने छ न त समाज नै । मैले अगाडि नै भनिसकें सपना तिमी अहिले नै सपना देख । समाजको सपना राष्ट्रको सपना अनि देश र जनताको लागि केही गर्ने सपना बोकेर अगाडि बढ तिमी यसमा तिमी सफल हुने छौं । सबै नेपाली नारिहरुले सपना देखेका हुने छैन । केवल उनीहरुको सपना यतिमात्र हुने राम्रो घरजम मोजमस्ती अनि सन्तान श्रीमानको माया आदि आदि । तर उनीहरुको सपना एक व्यक्तिको मात्र मायामा सिमिति हुने छ । तिमीले सपनालाई प्रगोग गर् यौं भने एक राष्ट्रको माया पाउने छांै ।
सपना तिम्रो जिवनमा अहिले दुईवटा विकल्प आएर बसेको छ । यो तिम्रो जिवनको यो बेलामा संधै आउने छ । मोजमस्ती वा सामाजिक कार्यको चूनौती । यि नै हुन तिम्रो जिवनकोविकल्प । तिम्रो एक मनले भन्दछ ुजवानीको बेलामा नगरेको मोजमस्ती कहिले कस्ले गर्ने । मोजमस्ती गरौं विवाह गरौं माईलो गरौं सेक्स गरौं । यो समय रमाईलो गर्ने समय हो किन अरुको सेवामा लाग्ने किन समाजको नाममा आफ्नो जवानीलाई खेर फाल्ने । र अर्को मनले भन्ने छुयो रमाईलो गर्ने मात्र समय होईन । यो समाजको सेवा गर्ने समय हो । यसले नै समाजमा परिचयको सृजना गर्ने पक्का छ । तिमी परिचय विहिन भयौं भने तिमी रमाईलोको स्वर्गमा पुगेपनि तिमीलाई के हुने छ र ु
वास्तममा सपना तिम्रो परिचयको खाँचो छ अहिले न त रमाईलो । रमाईलोमा धेरै हराएका छन् तर योसंगै उनीहरुको परिचय पनि हराएको छ । तर सपना म तिम्रो केही नभएपनि एक सुभचिन्तक मात्र हो तिमी सपनामा नहराउ तिमी यथार्थमा आउ । तिमी समाजमा आउ र समाजको सेवा गर यसले तिम्रो परिचय बन्ने छ र तिमी पछि पनि एक रमाईलो हराउन पाउने छौं अहिले तिम्रो केही वितेको छैन । तिमी एक जवान अवस्थामा छौं र यो तिम्रो जवानी अबको १० वर्ष कयम नै रहन्छ । १० वर्ष भनेको काम गर्नेको लागि निक्कै नै धेरै समय हो । यो बीचमा तिमीले चाह्यौं भने धेरै काम गर्न सक्छौं । सपनासमय र परिस्थिती खोजेर पाईन्न । यो सबैको लागि कष्ट धेरै गर्नुपर्दछ । तर यहाँ मिलेको सपनालाई पनि भताभुङ्ग पार्नेहरु धेरै छन् तर तिम्ले सपनालाई स्वीकार गर । यसले तिम्रो भलो हुने छ । देख त एउटा देशको सपना देख न कि सुन्दर परिवारिक जिवनको रस्वानन्दको सपना । परिवारिक रस्वोनान्दको सपना भन्दा राष्ट्रियतताको सपना धेरै ठूलो छ । यो धेरै महान पनि छ ।

9 comments:

के हो भाई यो सपना कस्को लागि हो देखेको । तर केही छैन तिम्रो सपना र साईड राम्रो छ । यसलाइ निरन्तरता दिनु…...best of luck ...

aaaaaaaaaaaa kura yestyo po ho ....???

dream ramro cha ...bhasa aali aali rof cha milaunu hola /////

k ho yo para , kin kaska lagi ho ?

शिवहरि जि तपाईको रचना र साहित्यीक खुबी देखेर म दंग परे । तपाईको यो क्षमता र विगतलाई सम्झनुपर्दा पत्याउनै नसक्ने हुनुभएको छ । तपाई आफ्नो कलममा गर्व गर्नुस र आफुने गरेको पेसामा गर्व गर्नुस् र एक पटक विगतलाई पनि फर्केर हेर्नुुस म तपाईको शुभ चिन्तक छु ।

la sir tapaile ta malai furkyaunu po bhayo bhaneko .....anyway thank a lot

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment