
बेजोडले काँपेका
हातहरु,धड्कीरहेका धडकनहरु । भावुकता, अन्यौलता र विवशताले पोलेको शरिरहरु र
भत्किएका आशाहरुले किन हो कुन्नि अझै बढी तिम्रो साथ र सहयोग खोज्छ । यही
बेला तिमी टाढा–टाढा हावामा उडिदिन्छौं । समय र समस्या आफ्नो आफ्नै छन् ।
थाहा छैन मैले तिमीबाट धेरै नै आसा गरें कि ? कि तिमीले मबाट आसागरेका
कुराहरु पाईनौं । लाग्छ सायद मैले धेरै नै आसा गरें तिमीबाट हरेक पलमा
तिम्रो साथ, मेरा हरेक बाटोहरुमा तिम्रो चासो र चिन्ता,तिम्रो कियरिङ अनि
मेरा हरेक कामहरुको पृष्ठभुमिमा तिमीलाई राख्न चाहन्छु, सुनाउन चाहन्छु
तिमीलाई प्रगती र दुर्गती, यही नै मेरो ठूलो चाहना हो र असापनि । यो धेरै
भयो होला सायद तिमीलाई । ओरालो लागेको हरिण भए अझै बढी आफ्नो मान्छेको साथ
खोज्दो रहेछ मनहरुले । रिसाउने,घुक्र्याउने र फकाउने पनि आफ्नैलाई गरौं
जस्तो लाग्छ,कारण आफ्नो दुख अन्त नजाओस र अरुहरुले तालि फड्काउने मौका
नपाउन् । त्यस्तालाई भित्र रोएर पनि बाहिर हाँसेको देखाउनु छ तालि फड्काउने
मौका नदिनु छ, यो पनि ठूलो चाहना भयो होला । त्यस्तै बेला विलिप भएका ति
संगतहरुमाथि फेरी मन विक्षिप्त भईदिन्छ । रोकिन्छ चल्नको लागि
धड्कनहरु,मनहरु र जिवनहरु । शब्दहरु ओकल्दै गयो विग्रदै जान्छ फेरी
सच्याउँदै गयो । बस जिवन र बाटाहरु यही नै छ । यसैलाई साहरा मानेर अगाडि
बढ्नु छ । मिठो भन्दा नमिठो पाउन सजिलो छ यहाँ, राम्रो भन्दा नराम्रो कुरा
चाँडै फैलिन्छ । हावाको पछि लागेर उड्नेहरु चंगा जस्तो कुनै समय धागो सकिएर
रोकिन्छन् या धागो चुँडेर उडिरहन्छन् तर फेरी फर्केर उही स्थानमा
आउनेछैनन् । म चंगा हुन चाहन्न न त फुक्दा मात्र फुलिने बेलुन नै । केवल
यथास्थानमा प्रगतीको खोजी गर्नु पनि ठूलो चाहना हो यही नपुग हुनसक्छ
तिमीलाई । आसाका किरणहरु,भसोराका सपनाहरुले सजिएका मनहरु, रोकिएका पथहरु
आपसमा बेचैन बनिरहन्छ । जतिलेख्यो शब्द सकिँदैन । मनहरु बहकिईरहन्छ तिम्रा
लागि लेख्ने र भन्ने शब्दहरु जिवनभर सकिँदैन होला । म यसैगरी बहकिईरहने
छु....लेखिरहने छु .......बस तिम्रो लागि ।
0 comments:
Post a Comment