9/18/2011

आनन्दको खोजी


अरु कुनै आनन्द मनमा आउनको लागि त पहिला मन नै आनन्द हुनु पर् यो निु एक जना साथीले प्याच्चै भनिदिए । किन किन हिजोआज सद्भावमा पनि घृणा लाग्न थालेको छ । ति साथी म प्रति कुनै ठुलो संद्भाव देखाउन खोजेको जस्तो गर्दै थिए । मानौ कि उनले कुनै ठूलै उपकार गरिरहेका छन् । 
सायद समय परिवर्तन र फरक भएको छ । एकान्त प्यारो हुन थालेको छ । त्यसैले त सबै विरानो लाग्दै गएको छ । यहाँ सबै कुरा चाहेर मात्र पनि हुँदैन र चाहनु पनि हुँदैन । चाहेको कुरा सबै पाउन पनि नसकिने रहेछपाइहालेपनि एक पछि अर्को अर्को पछि अर्को गर्दै अन्य आवश्यकताको थुप्रै लाग्ने । देखेको सपना कहिल्यै पुरा हुने भएन र होस पनि कसरी सपना पुरा गर्न त पहिला समस्याको समाधान पनि गर्नुपर् यो नि । यहाँ एउटा समस्याको हल हुने वित्तीकै अर्को समस्या आएर तेसर्िने गरेको छ । भनिन्छ समस्याले गाज्दै लग्यो भने विस्तारै घर परिवार देखि आफ्नो मान्छेलाइ भुल्दै गईन्छ र पूर्ण रुपमा समस्या समाधान भौतारिन्छन मान्छे । यसरी सबैलाई भुलेर समाधानको लागि लागिएको समस्या झनै समस्या बनेर निश्कन्छ । यहा मानिसहरु संबै आफ्नै चाहना र ईच्छाको लागि कुदिरहेको जस्ता मात्र छन् । उनीहरु समस्या समाधानको लागि मात्र हिडेका जस्ता … तर खै समस्या समाधान भएर आनन्दित भएका त कसैलाइ पनि देखिँदैन त एक मनले सोच्छ । तर अर्को मनले भन्छ आनन्द भएका हेर्न त आनन्दित स्थानमा पनि जानु पर् यो नि । मैले देखेका मान्छे त सबैलाई हतार मात्र भएको जस्तो देखेंको थिए । अब आनन्द भएको देखिने स्थान कहाँ हो यसको खोजी गर्नुपर्दछ । आनन्द कहाँ हुन्छ गाउँमा शहरमा कि कहाँ म त गाउँबाट आएको मान्छे गाउँमा पनि यस्तो लाग्थ्यो तर यो शहरमा आएपछि पनि मैले यस्तै मात्र देखें । सारा स्थान दिग्दारी पूर्ण छ । रमाईलो कहिँ छैन । यही समयमा साथीले भनेको रमाईलो हुनको लागि मन पनि रमाउनुपर्दछ भन्ने वाक्यलाइ सम्झे आखिर किन मेरो मन नरमाएको हो खोजी गरे तर उत्तर पाइन थाहा छैन म मा के पविर्तन भईरहेको छ र मलाइ के कुरामा असन्तुष्टि छ । सायद कुनै समस्याको भुमरीमा परेपछि समाधानको उपाय पनि आउँछ भन्छन तर म मा त समस्याको पहिचान पनि भएको छैनपरिवर्तन चाँही धेरै भएको छ । पहिचान गर्न नसकेको समस्याले यति धेरै परिवर्तन के कसरी हुन्छ के यसमा समयको दोष छ वा भावनाको अहं केही पाउन सकिन । समस्याको पहिचान गर्नको लागि एकान्तमा बस्छु तर झिना मसिना कुराहरु मात्र दिमागमा आईदिन्छ । साना साना समस्याले मात्र सताएको देख्छु । यसैले मात्र मलाइ पविर्तन गरेको हो त कहं यो त होईन ।
जीन्दगी एउटा ईतिहाँस बनेको छ । रेकर्ड भएको छ जिवनको फाईलमा । यसलाई मैले पढेर हेर्ने छु । थाहा छैन अबको जिवन कसरी अगाडि बढ्छ । तर पनि मैले मेरै जिवनबाट धेरै कुरा पढ्न पाएको छु । आफ्नै जिवनबाट धेरै कुरा सिकेको छु । सानो बालक देखि अहिलेसम्म आउँदा धेरै पढाई मलाई मेरै जिवनले पढाएको छ । सिकाएको छ भोगाई आफैँमा तितो हुन्छ र पनि भोग्नु नै पर्ने । आफुसंग भएको उपजलाई हामीले चलाउन जान्दैनौ । जान्यौ भने पनि त्यसको दूरुपयोग बढी हुन्छ । 
मनमा धेरै विरत्ती पैदा भएपछि त्यसैले पोल्न थाल्छ । सबैभन्दा ठुलो सुख र आनन्द भनेको त मनको आनन्द हो यो त थाहा छ । तर खै आनन्द मैले मनलाइ किन आनन्द पार्न नसकेको हो खोजी यसमा मात्र केन्द्रित छ । अरुले जस्तो पिएर आनन्दमा पार्न नसकेको हो पिएँ पनि वियर हुस्की हुँदै पिउनुपर्ने कुरा सबै पिए । धुवाँ नतानेर आनन्द नभएको पो हो कि त्यो पनि ताने । तर आनन्द भएन ।
आनन्द मनमा आउने हो । आनन्द कहाँबाट आउँछ थाहा छैन तर यो अब मलाई नभई नहुने भयो । खोजी यसैमा केन्द्रित भयो । उपत्यकाको खाल्डोमा परेर आनन्द नआएको हो कि हुनसक्छ अब मलाई यो खाल्टोबाट केही दिनको लागि विदा हुन मन लाग्यो । विदा भएर पो कहाँ जाने गाउँ होईन त्याहाँ पनि दौतरी कोही छैन त्यो त झनै एकान्त हुन्छ । त्यसो भए जाने कहाँ त त्यो पनि थाहा भएन । आनन्द नभएपछि सोचाईमा पनि कमि आउन थाल्यो । एक मिल्ने साथी आए । मेरो मनमा देखिएको उदाशिपनालाइ छोप्न खोज्दै उनले सोधिहाले किन निराश खै यार आनन्द नै छैन । के भयो त 
खै । मैले आनन्दलाइ आफूबाट गुमाएको विषयमा भनिदिएँ । उसले भन्यो मुड प्रुेस गरेर आनन्द लिन ठमेल जाँने त कुरो बुझिन के भनेको सोधिदिएँ । ह्या लाटा लड्कि क्या लड्कि । अब कुरो बुझियो । ठमेलको विषयमा पहिला पनि कुरा उठ्ने गरेको हो । मलाइ लाग्थ्यो ठमेल भनेको देशको पर्यटकीय क्षेत्र हो । यो देशको इज्जत हो तर त्यस्तो काम कल्पना भन्दा बाहिरको कुरा । मेरो मिल्ने साथी त यस्तो कुरा गर्ने भनेपछि म पनि राम्रो मान्छे हाईन भन्ने कुरा प्रष्ट भयो । मैले के गरिन आनन्दको लागि पिए आनन्दकै लागि धुवा ताने तर आनन्द भएन भने त्यता तिर पनि यही अवस्था हुन सक्छ । मैले उसलाइ सम्झाए त्यस्तो कार्यले आनन्द दिँदैन भनेर । मान्नु नमान्नु उसको कुरा तर मलाइ भने अब समाजले प्रतिबन्धित गरेका वस्तुवाट टाढा हुनुपर्दछ अनि मात्र आनन्द मिल्छ भन्ने लाग्यो । सबैकुरा छोड्न कोसिस गरे केही समय गाह्रो भयो तर छोडेपनि । केही मात्रामा अर्कै किसिमको आनन्द प्राप्त भयो तर पूर्ण आनन्द भने प्राप्त भएन । छोडे त आफैले सुरु गरेर छोडेको पो हो नि । मनमा यही कुरा आयो । आनन्द आएन । आनन्द पाउन के गर्ने त प्रश्न अझै बाँकी छ । 
यही कुरा सोच्दै गर्दा एक सामाजिक कार्यक्रमको छायाङकनको लागि दोलखाधुलिखेल जाने निम्तो आयो । जागिरको शिलशिलामा पनि जानै पर् यो । ति स्थान चाहार्ने मौका पनि पाईयो । हिमाल हरियाली अनि पाहाड । त्यहाँ रहेका यि सबै नौला थिए मेरा लागि किनभने तिनीहरुलाइ यस अगाडि मैले देखेको थिइन । अर्कै किसिमको आनन्द प्राप्त भयो । यो अर्थमा कि म छोटो आयुको छु । लाग्छ सताप्दीसम्म यही हिमालहरु डाडाहरु र पाखालाई हेरिरहुँ । यिनीहरुको सेवामा लागिरहुँ तर यो सबै गर्नको लागि जिवन छोटो छ । जे भएपनि यसलाइ नियालेपछि मात्र मलाइ मेरो जिवन छोटो भएको अनुभुति भयो । र मनमा आयो धुवा लिनु र पिउनुको आनन्द भन्दा जिवन जिउनुको आनन्द धेरै रहेछ । कल्पनामा हराउनु भन्दा यथार्थमा रमाउनुको आनन्द धेरै रहेछ । फर्किएर उपत्यकाको खाल्डोमा छिरेपछि पनि ति नौला डाँडाहरु आँखामा आईरहे । मनले भनिरह्यो डाडा हेर्न र आनन्द पाउनको लागि फेरि पनि नौलो स्थानमा जानु जरुरी छ । त्यो भन्दा पनि ति डाँडाकालाई सेवा गर्न पाए अझै आनन्द हुने थियो कि मनमा यही कुरा घुमिरहेको छ । 

5 comments:

Thank you keshab ji ...thank a lot ..

तुमारा लेखन हे न ए आच्छा है..लेकन अन्त्य गर्नाके वात कुच वाच्य छुटराहे । यसके थोडा म्यानेज करो न ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment