7/10/2010

धादिङ

 धादिङ छोडेको पनि महिनौं  भएछ ।  हुन त मैले धादिङ छोडेर कुनै विदेश गएको होईन तर पनि मलाई आफ्नो जिल्ला छोड्दा ठूलै कुरा गुमाएको जस्तो भान भैरहेको छ । आज एकाएक एकान्तमा बसेर मौन भएर सोच्दा मैले मेर।ै धादिङलार्इर्र्नै सम्भिररहेको हुन्छु । आखिर मलार्इर्र्मेरो धादिङले के पो दिएन न र मेरो आमाले जन्मदिएपछि हर्ुकाएर बढाएर पढाएको नै मेरै धादिङले न हो । धादिङको कुना कुना कन्दरा अनि पहरा सबै मेरो लागि खलौना बनेको थियो । आज मलार्य त्यही सम्झनाले सताईरहेको अवस्था छ । 
मेरो सम्झनामा हुन्छ आखिर मेरो धादिङजस्तो यो अनकन्तार काठमाडौं कहाँ पो छ र धादिङ अर्थात मेरो जिल्ला जहाँ विरानो मान्छे आफ्नो हुने गरेको थियो । कहिल्यै नचिनेको मान्छे पनि दर्ुइदिनको उठबसमा आफ्नो मान्छे हुने गरेको थियो तरअफसोच यहाँ त आफ्नो मान्छे विरोनो हुने रहेछन चिनेकैले जीन्दगीमा ठूलो कुठाराघात गर्दा रहेछन अनि विरानो मान्छे कहिल्यै आफ्ना हुँदा रहेनछन् । हुन पनि आफ्नै मान्छे आफ्नो हुँदैन भने अरुको पो के भर र । यस्तो पिडामा मुछिएर बस्नुपर्दा मलार्य एक मनले त फेरी आफ्नै जिल्ला फर्केर जाउँ जस्तो लाग्छ तर पनि मन सम्मालेर बसेको हुन्छु । अर्को मनले सोच्ने पनि गर्दछु कि मैले मेरो जिल्ला छोड्दा आफ्नो माता पिता र समाज पो छोडेको छैन त । मेरो केही आफ्ना मान्छे त मैले अवस्य गुमाएकै छु नि तिनीहरुको लागि पनि मैले केही सोचेर मात्रै जिल्ला र्फकनु उपयुक्त होला । त्यही सोचको लागि आज मैले यो विरानो राजधानीमा विरानो संर्घष्ा गरिरहेको छु । थाहा छैन त्यो कुरा मैले कहिले पाउँछु र कहिले म फेरी र्फकन पाउँछु मरेा धादिङ । 
साच्चै धादिङ ति सम्मा सल्यान्टार साथीहरु संगै जाँदा खाल्टेको चमेेरे गुफामा कोहीको गुफा चढ्न नसक्दाको रुवाबासी तथा कोही हराएर चलेको रुवाबासीको घटना आफैँमा दुखि भएपनि मेरो सम्झानाको लागि अझै ताजा घटाना बनेको छ । त्यसैगरी सानामा गोठालो जाँदा खेल्ने गरेको गुप्तेश्वरी गुफा कलेज पढदा साथीहरुसंग जिस्कदै जिस्कदै पुगेको नलाङको सिद्धलेक ,एउटा दुखि घटनाको सुखी रिपोर्टिङको लागि पुगेको विकट चेपाङ्गबस्ती,एउटा संस्थाको सहयोगमा देखेको उत्तरी धादिङको यथार्थ चित्र अनि बेलाबेला हितैषी ासथीहरुको माझमा घुम्ने गरेको नागबेली धादिङबेसी बजारको दृष्य अहिलेपनि मेरो आखाँमा ताजै छ । उता खेति किसानको तरकारी कुहियो भन्दै धादिङको थात्रे ,आदमघाट बेनिघाट लगायतका स्थानका कृषकहरुसंग गरेको साक्षत्कार मेरो मनमस्तिष्कबाट कहिल्यै हराउन सक्दैन । 
हुन त केही समय मिलाएर अहेलपनि धादिङ जाने गरेको हु तर दुभार्ग्य ति अगाडिको दिनहरु अब मेरो जीवनमा कहिल्यै आउँने छैन । त्यो राम्रो होस वा नराम्रो । हुन पनि टुकीको छायामा परेको जिल्ला छ मेरो । राजधानी देखी राजधानी बाहिरसम्मका सबै कार्य मेरो धादिङकै भूमिमा टेकेर हुने गरेको छ । तर प्रचारमा मेरै जिल्ला पछाडि छ विकासमा त्यस्तै कछुवाको ताल छ । तर जहाँ जे भए पनि म मेरो धादिङलाई मायाँ गर्दछु । म ति सुन्छर गण्ेश हिमाललाई माया गदंछु अनि ति सुन्दर सितलता दिने सिद्धालेकलाई माया गर्दछु । र जीन्दगीमा पहिलो पटक एकपटक र पटक पटक पुगेको ति सुन्दर भैरवी डाडालाई माया गर्दछु । ति त्रिशूली तथा थोपलमा पौडी खल्न जाँदा खाएको पानीमा माया गर्दछु र अन्त्यमा म मेरो धादिङलाईमा माया गर्दर्छर्ुु आई लभ यु धादिङ !


! ........
दुख यता सुख त्यतै बोकी रा छ धादिङ 
हासो खुसी काखमा आँसु पोखि राछ धादिङ 

उत्पादन र उत्सवले जन पाल्ने शक्ति बोकी 
सम्बन्धका आँटहरुबीचमै रोकि राछ धादिङ 
   
हिमाल उस्कैटार उस्कै  नदि नाला उस्कै 
सारा आफ्नै भएर प्यास रोकि राछ धादिङ

 बत्ति बनि तेल सरी जलाउँदै आफैं  आफैं 
पूर्वाधार,निर्माणको खिमा खोपि राछ धादिङ

निकतटामा बसी विकटतालाई पाल्दै धादिङ 
दुःख सुख जे भएनि मुस्कान बोकी राछ धादिङ 
........................................
जहाँ जन्म्यौं त्यही हुक्र्यौ अब केही गर्नुपर्छ
दुर दुरी जहाँ भए नि आफनैमा मर्नुपर्छ

त्यता काटे यता दुख्छ घाउ फरक भएपनि
धेरै चोट एउटा मुटु एकै ठाउँमा जुर्नुपर्छ

गणेश हिमाल भैरवीघुम्न मिल्ने गुप्तेश्वरी
यिनै हाम्रा सम्पत्ति हुन् सबै मिली कुर्नुपर्छ

नालापानी कालापानी पुर् याउने हाम्रै जिल्ला
घुमन्ते पारा भयो कति ? खाली अब भर्नुपर्छ
 
जय धादिङ............................................. 

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment