5/22/2010

Story About Unnone

  शिवहरि ! मलाइ तपाँइको इमेल एसएमएस गरिदेनोस न प्लिज
अस्ति साँझ एकाएक मेरो मोबाइलमा नयाँ ९८०८२४८२……नम्बरबाट एसएमएस आयो । मैले सोचे कसले मलाइ इमेल एड मागेको हो । पत्रकारीकाताको शिलशिलामा थुप्रै भिजिटिङ कार्ड बाँडिएको छ । कसैले अफिसियल कामको लागि त मागे होइन तर त्यसो पनि नहुन पर्ने हो यदि अफिसियलको कामको लागि हो भने त अफिसको समयमा नै आउने थियो त्यो पनि सम्भव छैन । आखिर कसको नम्वर हो यो मनमा खुलदुली भयो । खुलदुली हुनुपर्ने करण त केही थिएन तर पनि मेरो इमेल किन भन्ने भयो । अनि शंकरको मोबाइलमा सेभ छ कि भनेर हेरें (शंकर जो मेरो पुरानो साथी हुनुहुन्छ र अहिले हामी संगै बस्दै आएको पनि छौं । धादिङमा सुरुमा छंदामै उहाँसंगको चिनजान थियो । तर अहिले धेरै मिल्ने र जनिकको साथी हुनुहुन्छ )उहाँलाइ पनि थाहा छैन भनेपछि मैले फोन डायल नै गरें-
हलो ए के छ खबर ? उताबाट आवाजसंगै प्रश्न पनि आयो 
अअं ठिकै छ । को बोल्नु भयो
मलाई चिन्नुभएन ।
अंअं गाह्रो पर् यो ।
ल तपाँइत कस्तो मान्छे । केही छिन याद गर्नु त ।
मैले सक्नेजती सबै याद गरेर त तपाइलाइ फोन गरेको नि ।
ल ल भैगयो । तपाइ त कस्तो मान्छे । 
(उनी रिसाएजस्तो गरेपछि मैलै सरी भने)
म ममता क्या ।
(म झसंग भए………बोल्ने कुरा नै पाइन)
ओ तिमी पो ……। भ न न कहाँ छौं तिमी । के छ खबर
म अहिले हेटौडामा नै छु । अनि पढाइ कस्तो चल्दै छ ।
राम्रै छ अहिलेसम्म । अनि मेरो नम्बर कहाँबाट पायौं
त्यो पछि भनौला ।
तिमीले त मेरो इमेल मागेको छौं त
हो ।
किन…
पहिला दिनोस न किन भन्ने कुरा पछि नै भनौला नि ।
ल बाबा ल मैले एसएमएस गरदिन्छु ।
ओके
हाम्रो छोटो कुराकानी टुट्यो । म अचम्मित भए । ममता मैले फेसबुकमा चिनेको साथी । उनलाई मैले अललाइनमा नै कुराकानी गरेको थिए । उनले भने अनुसार उनी कक्षा १२ मा एमएम विषय लिएर मकवानपुरको हेटौडामा पढ्दै छिन् । भेटघाट नभएपनि चिनजानचाही भएको छ । मलाई उनको बारेमा सबैजानकारी छ र उनलाइ पनि मेरो बारेमा सबै नै थाहा छ । हामी कति समय त कल्पनामा नै हराएको छौं । यो बेलाको मजा पनि त आखिर यहि त हो । कल्पनामा नै रमाउन पाउने उनको बारेमा पनि महिले कल्पनामा नै रमाएको छु । कल्पिएकेा छु । आसा गरेको छु तर भनेको छैन । भन्नु पनि किन पर् यो र उनी त चिनजानको मान्छे न हो । आज अनलाइनमा भेट हुन्छ र कुरा हुन्छ भोली हराइन भने के हुन्छ र नजिक छँदा त याद आउने हो । मलाई यसअगाडिको यादले पनि यही भन्छ । हुन त यो तपाँइसंगै ममताले पनि पढ्दै छिन होला ममता तिमी यसमा माइन्ड नगर वास्तविकता त यही त हो आखिर यो कुरा त तिमीलाइ पनि थाहा छ नि । यति सबै कुरा नसोचुन्जेल नलाइ हिजोको रात निन्द्रा पनि लागे । शंकरसंगै सुत्नुभएको थियो। उहाँले त हाम्रो कुरा नै नसुन्दै निदाइ सक्नु भएको रहेछ । मैले उनको बारेमा शंकरलाइ भनेको पनि थिइन र भन्न जरुरी पनि थिएन फेसबुकको अनलाइमा धेरैसंग कुरा हुन्छ सबैको बारेमा भनेर पो के पत्तो मलाइ यस्तै लाग्यो तरअब त कुरा फेसबुकमा मात्रै सिमित भएन उनको मेरो कुरा त मोबाइलमा भएको छ । मलाइ उनको नम्बर थाहा छ म जहिले पनि उनलाई फोन गर्न सक्छु । राती शंकरलाइ पो किन भन्नु र भोली नै भनौंला तर उनलाइ पो किन मेरो इमेल चाहिएको हो । मैले मेरो journalistshiva@hotmail.comइमेल एसएमएस गरिदंए । होला हामीबीच साहित्यिक कुराकानी पनि हुन्थ्यो केही रचना पठाउन होला . यो विषयमा पो बढी किन सोच्नु म निदाए ।
अब भने मलाइ उनको बारेमा राम्ररी याद आउन थाल्यो कस्तो मान्छे होलीन् एक पटक भेट्न पाए नि हुन्थ्यो । मैलै आजैमात्र यो कुरा प्रकाश (प्रकाश अहिले हामी आर्थिक दैनिकमा सहकर्मी हौं मैले बैक वित्तमा पत्रकारीता सुरु गर्दा उहाँले ब्राण्डको पत्रकारीता गर्नुहुन्थ्यो अहिले बैक तथा वित्तमा उहाँ र म संगै भएका छौं । एकदमै सजिलो भएको छ हामीलाइ पत्रकारीता गर्नको लागि हाम्रो कुरा पनि मिल्छ । म रिसाँउँदा उहाँले बुझ्नुहुन्छ र उहाँलाइ समस्या पर्दा म पनि बुझ्छु ।) लाई पनि भने र हामी दुबैले उनको प्रोफाइल भिजिट गर् यौं । उहाँलाई पनि राम्रो लागेको प्रतिकि्रया दिनुभयो । स्वभासिलो अनुहार । सोझो लवाइकसिलो कम्मर हेर्दामा साह्रो राम्री छिन् उनी । यो के को लक्ष्यण हो मलाइ थाहा छैन तर म उनको रुपको बयानसम्म गर्ने भएको छु । तर उनको केही म्याटर आज आउँछ कि कैले इमेल चेक गरें तर छैन । बत्ति थिएन होला । मैले सोचें मेरो काममा लागे उनी आज अनलाइनमा पनि छैनन् । कारण त्यही होला । साँझ अबेरमात्र म अफिस आए साझमा मेरोकाम निक्कै बढी नै हुन्छ । अलि बढी व्यस्थ भइन्छ साँझमा अझ आज त शनिबार । शनिबार अरु दिनको भन्दा बढी नै समाचार चाँहिन्छ कारण नेपाल स्टक एक्सचेन्जबाट सेयर कारोबारमा डाटा आउँदैन यो दिन । त्यसैले मैले आफ्नो काममा नै व्यस्थ बनाएको छु । भैगो आज त इमेल चेक गर्न पनि भ्याइएन । अफिसको पहिलो गाडी जाने बेला भयो दोस्रो गाडी अवेर जान्छ । म त्यतीकै घरतिर लागे ।
भोलीपल्ट विहान ११ बजेतिर मात्र म अफिस आए हतार हतार इमेल चेक गरें इमेलमा नयाँ इमेल आइडी mamata.....@gmail.com बाट इमेल आएको रहेछ । हतार हतार इमेले चेक गरें इमेलमा लेखिएको थियो …
सह-हृदयी मुटुको टुक्रा एस
तपाइलाइ आज कुन शब्दले सुरु गरौं मेरो मनको कुराको खोल्न । जे भएपनि महिले मलाइ लागेको कुरा खोल्न नसकेर आज यो इमेल गर्दै छु । जीन्दगीमा सार्थीहरु धेरै आउँछन् मात्र साथीको रुपमा कति आए गए मात्र उनीहरु साथीको रुपमा मात्र आए तरतपाइ मेरो यस्तो साथीको रुपमा आउनुभयो जसलाइ मैले हरक समयमा देख्न थाले हरेक पाइलामा भेट्न थाले र हरेक यादमा तपाइको नामले मेट्न थाले । मलाइ लाग्छ तपाइलाइ त मैले आखिर फेसबुकको भित्तामा मात्र देखेको होतर मलाइ नै थाहा छैन कि म आज किन यति धेरै कल्पनामा हराइरहेको छु । धेरै समय भयो तपाइलाइ निरन्तर फेसबुकको भित्तामा देख्ने गरेको । मैले पनि तपाईलाइ नै भेट्नको लागि फेसबुक धाउने गरेको छु । तर आज तपाइको भित्तामा चाहार्दै जाँदा एकाएक तपाइको इन्फरमेशन क्षेत्रमा आँखा पुग्यो त्यहाँ तपाइको मोबाइल नम्बर पनि रहेछ र तपाइलाइ म्यासेज गरेको हो । हुन न त तपाइको इमेल पनि त्यही थियो तरतपाइलाइ सम्झाउनको लागि मात्रै म्यासेज गरें मलाइ आसा त तपाइले मेरो अवस्था र समस्या बुझ्नुहुन्छ । मलाइ लाग्थ्यो मेरो त मुटु िसंगै छ तर होइन रहेछ अहिले म संग आधा मुटु छ । म मुटु नभएर विक्षिप्त छु मेरो मन भाँडिएको छ । तड्पिएको छु । मलाइ जहिले पनि तपाइकै फोटो हेर्ने भएको छु । मैले फोटो पनि लोड गरेर मोबाइलमा राखेको छु । म हरेक पहलमा हेरिरहन्छु सोचिरहन्छु बस तपाइकै फोटो । हुन त तपाईलाइ मैले फेसबुकमा मात्र भेटेको छुफोटो मात्र देखेको छु । वास्तविकता के हो मलाइ थाहा छैन । तपाई जस्तो सुकै मान्छे भएपनि म तपाइलाइ मायाँ गर्दछु । तपाइको हरेककुरालाइ माया गर्दछु अनि समग्र तपाइको जीन्दगीलाइ माया गर्दछु । तपाई्र मलाई यो अवस्थामा कसरी लिनुहुन्छ त्यो निर्णय गर्ने अधिकार तपाई्रलाई्र नै वसम भने तपाई्रलाई्र माया गरिरहन्छु । (केही शब्दहरु परिवर्तन गरिएको छ भने केही उल्लेख गर्न नमिल्नेशब्दहरु हटाईएको छ ।)
उही तपाईलाई्र चाहने
ममता

म छाँगाबाट खसेजस्तो भएँ । मैले त उनको बारेमा सोचेको थिए तर यति धेरै सोचेको थिईन तर आज उनले मलाई सबै कुरा खुलाईदिईन । अब मलाई्र डर पनि लाग्न थाल्यो । हिजो सम्म त उनी एउटा साथीमात्र थिईन सोचाई फरक थियो तर आज…अब मैले के भन्ने कसो गर्ने म आफैंमा निर्णय गर्न नसक्ने अवस्थामा भए । उनी राम्री त छिन नै तर म म त माया संगिता (नाम परिवर्तन) लाई गर्दछु । उनीले मलाई हल्का रुपमा लिएकी छिन तर म भने उनको लागि नै जीन्दगीमा रोएको थिए र माया पनि उनलाई नै गर्दछु । म सोच्न नसक्ने अवस्थामा पुगे र ईमेलमा रिप्लाई गरे अग्रजीमा Give me some time to think..

(the story)

0 comments:

Post a Comment