5/15/2010

एउटा दृष्य.......

आज बाटामा आऊद आउँदैमा केही कारुणिक घटना देखियो । मानिश माग्नको लागि धेरै उपाय सोच्दछ । उनीहरुको शैली पनि भिन्न भिन्न हुन्छ । पशुपतिमा यस्ता धेरै हुन्छन् । हुन त यो उनीहरुको रहरको पेसा होईन मलाई थाहा छ र म दान दिन पनि चाहन्छु तर म संग पो कहा छ र मैले दिने कुरा पो कहाँ छ र सबैलाई दान दिनलाई के म सक्षम छु र अहं म पनि त आखि यहि लाईनको मान्छे न हुँ उनीहरुले सोचेको सम्पन्नता म ममा कहिले पो आयो र मैले कहिले चाँही आफ्नो दिल फुकाएर माग्नेलाई दिएकेा छु म संग भएपनि नभएपछि मेरो आवश्यकता कहिल्यै पुरा भएन र अरुलाई दान दिने समय पनि आएन । 
कुरा विर अस्पताल अगाडि मन्दिरको हो । कलेजको बाटो भएको कारण सधै मन्दिरमा गएर ढोग गरेर जाने गर्दथे । हिजाआज किन किन भगवानमा ठूलौ विश्वास पैदा भएको छ । यो भौतिक होईन र यसमा कुनै वैज्ञानिक प्रमाण छैन मलाई थाहा छ तर पनि विश्वास लाग्छ । मन्दिर अगाडिबाट हिड्दा एक पटक ढोग नगरि मलाई सन्तोष हुँदैन । ढोग गरेर फर्किदै गर्दा बाटामा एक जनामा बुढा बा माग्नको लागि बसको हुनुहुन्थ्यो । अरु यूवा अवस्थामा व्यक्तिहरु पनि यसरी बसेकोमा मलाई रिस उठेको थियो तर यि बुढा साच्चैको अशक्त थिए । म उनलाई कलेज गएको दिनमा सधै केही रकम दिने गरेको थिए । धेरै त म संग पो कहाँ थियो र तै पनि उनले मलाई एक पाराले चिनिसकेका थिए । उनको नजिक भईसकेको थिए । उनीसंग केही कुराकानी पनि हुन्थ्यो अनौठौको चिनजान भएको थियो हाम्रो । सिन्धुपाल्चोकमा घर थियो भन्ने उनका यो अवस्थामा हुनुको कारण पनि धेरै थियो । उनको बारेमा सोच्दै थिए मैले । तर हिजोमात्र उनको मृत्यू भएको सुने मन्दिरमा म झसन्ग भए । उनको पनि जिवन । हाम्रो पनि जिवन अनि ठुला ठुला साउ महाराजाहरुको पनि जिवन कति अनौठो छ यो दुनियाँ ?

0 comments:

Post a Comment