एफक्यान अवार्ड

नेपाल निर्माण व्यवसायी महासंघले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट पत्रकारीता तर्फको अवार्ड अन्तरगत २०७० सालको जगदम्बा स्टिल एफक्यान एक्सिलेन्स अवार्ड ग्रहण गर्दै ।

लुम्बीनि

भगवान गौतम बुद्धको जन्म स्थल मायादेवी मन्दिर । यो मन्दिर २०६० सालमा तत्कालिन राजा ज्ञानेन्द्रले सर्वसाधरणको लागि अवलोकन खुल्ला गरेका थिए ।

CEARTIFICATE

Personal CEARTIFICATE for Economic journalism..CEARTIFICATE issues by Finance ministry,Beema Samiti,Nepal Dhetropatra Board,Nepal Rastra Bank Etc.

सद्भाव कायम राखौं ......

के हिमाल,के पहाड, के तराई, हामी सबै नेपाली हौं । सबै भन्दा पहिला हामी नेपाललाइ सम्झिनु पर्छ । जतिय विखण्डन आउन नदिनु अहिलेको आवश्वकता हो

कर्म ......

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेसंग समाचारको लागि कुराकानी गर्दै । हिमालय टाइम्स दैनिकको लागि यो कुराकानी गरिएको हो ।

लौ एक पोज

धादिङको साङकोषमा पुर्खाहरुको साथमा । पृष्ठभुमिमा साङकोषमा रहेको पशुपति मन्दिरको दृष्य ।

जन्म जीवन र केक

जन्म दिनको अवसरमा केक काट्न साथ दिँदै हिमालय टाइम्स दैनिकका कार्यकारी निर्देशक उज्ज्वल शर्मा निर्देशक डोलेन्द्र थापा लगायत कार्यलयका सम्पादकीय समुहका पदाधिकारीहरु गुरुहरु तथा सम्पूर्ण साथीहरु । जन्मदिनको रमाईलोमा सामेल हुनुहुने सबैलाई धन्यवाद ।

लौ आसिर्वाद !!

जन्म दिनको अवसरमा काटिएको केक खुवाउँदै हिमालय टाइम्स देनिकका निर्देशक डोलेन्द्र थापा । साथमा कार्यकारी निर्देशक उज्ज्वल शर्मा । साथमा हिमालय टाइम्स दैनिक सम्पादकीय समुहका पदाधिकारीहरुगुरुहरु र साथीहरु ।

पहाडी टोली तराई झरेपछि ……

नवलपरासी लगायतका जिल्लाहरुमा रहेको चिनी मिलको साचालनको अवस्था तथा उत्पादनको गुणस्तरियताको विषयमा अध्ययन गर्न सो क्षेत्रमा पुगेको केन्द्रीय पत्रकारहरुको टोली नवलपरासीमा । टोलीले नवलपसारीको तिन चिनी मिल र बुटवलको एक दालमोठ उद्योगको अध्ययन गरेको थियो ।

यता धादिङ्ग

गृह जिल्ला धादिङ लेखेको शिलालेख नियाल्दै राजधानीमा । राजधानीको विभिन्न स्थानमा ७५ जिल्लाको सम्झनाको लागि जिल्लाहरुको नाममा शिलाहरु खडा गरिने गरिएको छ ।

फोटोको लागि समय....

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङसंग । राजधानीमा आयोजित एक कार्यक्रममा नेम्वाङले अबको समयमा संविधान निर्माण हुने जानकारी दिए ।

यता पनि....

एमाले नेता ईश्वर पोखरेलसंग राजधानीमा । पोखरेल एमालेभित्र प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।

त्रिशुलीमा सररररररररररररर........

धादिङको पिडा गाउँविकास समितिको गलौदी नजिकै त्रिशुली नदीमा र् याफ्टिङमा । साथमा राष्ट्रिय दैनिक तथा टेलिभिजनका पत्रकार साथीहरु ।

ग्रामिण यातायात

खिम्ती जलविद्युत आयोजना रहेको स्थलमा अतिथी बोकेर गएको हेलिकप्टर । ६० मेगावाट जडित क्षमताको यो आयोजनाबाट उत्पादन भएको विद्युत भक्तपुर प्रसारण लाईनमा जोडिएको छ ।

आर्थिक कलमहरु

आर्थिक पत्रकारीता क्षेत्रमा सकि्रय पत्रकारहरुको एक समुह । विभिन्न दैनिक पत्रिकाहरुमा विभिन्न विधामा आर्थिक पत्रकारीता गर्दै गरेका व्यक्तिहरुको समुहमा सहभागिता रहेको थियो ।

रमाईलो

राजधानीको नजिकै रहेको सुन्दरीजलमा आयोजना गरिएको एक कार्यक्रममा सहभागि हुनुअगाडि रमाईलो गर्दै पत्रकारहरुको टोली । टोलीमा पत्रकार पुष्प दुलाल,सजिना राई,शिवहरि खतिवडा र राजु बास्कोटा ।

साथमा साथ.....हातमा हात

देशभरीबाट राजधानी आएका हामी यूवाहरुको आफन्त भनेकै हामी नै हौं । आपसमा झगडा होईन मिल्नुपर्दछ भन्ने सन्देश दिनको लागि राजधानीमा आयोजित एक कार्यक्रममा हातमा हात मिलाईयो ।

जलयात्रा

गत वर्ष सुन्दरीजलमा आयोजना गरिएको जलयात्रामा सहभागि हुँदै । हरियाली बचाउँ नदी सफा राखों भन्ने नाराको साथ आयोजना गरिएको सो जलयात्रामा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

हाम्रो टोली

नेपाल मानविकी क्याम्पसमा स्नातक तहमा अध्ययनरत युवा साथीहरु । जिल्लादेखिसंगै अध्ययनरत साथीहरु अहिले विभिन्न स्थानमा रहे पनि यही क्याम्पसमा पढ्दै आउनु भएको छ । दायाँबाट क्रमसः पस्रुराम पोखरेल,प्रकाश बजरा,शंकर श्रेष्ठ,ईन्दिरा विष्ट,मनिसा पोखरेल र शिवहरि खतिवडा ।

त्रिशुलीको किनारमा.........

पृष्ठभूमिमा बगिरहेको त्रिशुली नदीको किनारामा खिचिएको यो फोटो । फोटोमा सहभागि युवा साथीहरु मुग्लीनमा पुगेपछि यो फोटो बन्यो ।

दुई वर्षपछि ......

करिब साँढे दुई वर्ष अगाडि धादिङमा रहेको रेडियो लोकतन्त्रका सहकर्मीहरु । साथमा रेडियोको तत्कालिन स्टेशन म्यानेजर रमेश गाउँले ।

हामी सबै एक

बन्दीपुरमा आयोजना गरिएको बनभोज कार्यक्रममा फोटो खिचाउँदै । पर्यटकीय स्थल बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्नको लागि जाने गरेका छन् । यहाँबाट विभिन्न हिम श्रृखलाको अवलोकन गर्न सकिन्छ ।

1/29/2014

लगानीमा पनि जित्यो चीनले भारतलाई(नेपालमा लगानी गर्ने उत्कृष्ट १० देशको सूचीसहित)


नेपालमा विगतका वर्षहरुमा सबैभन्दा ठूलो लगानीकर्ता रहेको भारतलाई दुई वर्षको अवधीमा चिनले पछि पारेको छ । नेपालमा उद्योग क्षेत्रमा लगानी तथा लगानी प्रस्ताव गर्ने चिनिया लगानीकर्ताको संख्याले भारतीय लगानीकर्तालाई उछिनेको हो ।
    उद्योग विभागले सार्वजनिक गरेको पुष ३० सम्मको नयाँ तथ्याङक अनुसार सबैभन्दा धेरै लगानीकर्ता चिनबाट भित्रिएका हुन् यद्यपी लगानी रकम र रोजगारीको संख्यामा भने भारत नै अगाडि छ । 
उद्योग विभागमा दर्ता भएका विभिन्न ६ सय बढी उद्योगहरुमा १ हजार २ सय २० लगानीकर्ताहरुले चिनबाट लगानी गरेका हुन् । उनीहरुले हालसम्म २८ अर्ब बढीको बैदेशिक लगानी तथा प्रतिवद्धता भित्र्याएका छन् । विभागमा चिनिया लगानीको विभिन्न ६ सय १९ उद्योग दर्ता छन् ।  भारतीय लगानीकर्ताहरुको भने ५ सय ८० र अमेरिकन लगानीकर्ताहरुको २ सय ३० उद्योग अहिलेसम्म विभागमा दर्ता छन् । यि उद्योगमध्ये केही बन्द छन् भने केही सञ्चालनमा आईरहेको विभागले जनाएको छ । भारतीय लगानीकर्ताहरुले देशका विभिन्न क्षेत्रमा दर्ता गरेको उद्योगमा ६३ हजार ३ सय ६५ जनालाई रोजगारी दिईने उल्लेख गरिएको छ । चिनिया लगानीको उद्योगमा भने ३२ हजार ९ सय ९७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । विदेशी लगानीमा भारतीय व्यवसायीहरुले सबैभन्दा धेरै ४३ अर्ब रकम भित्र्याउने योजना दर्ता भएको विभागको तथ्याङकमा उल्लेख छ ।  

यो पनि पढ्नुहोस

चीनबाट पनि भित्रिदै ऋ

   विभागमा हालसम्म ७८ देशका लगानीकर्ताहरुले उद्योग दर्ता गरेका छन् जसमा १ लाख ८६ हजार ३ सय ८२ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । यि उद्योगहरुमा १ सय २२ अर्ब १० करोडको विदेशी लगानी तथा लगानी प्रस्ताव आएका छन् । सबै उद्योगको जम्मा लागत भने २ सय ५० अर्ब रहेको विभागले जनाएको छ । जसमा आधा रकम नेपाली र आधा विदेशी रकम भित्रिएको तथ्याङकमा देखाईएको छ । हालसम्म विदेशी लगानीको २ हजार ७ सय ७६ उद्योग दर्ता छन् । 
विभागको तथ्यांक अनुसार, विगत दुई वर्षमा चीनको लगानी तीन गुणाले बढेको छ । पछिल्लो दुई वर्षमा मात्र चीनको वैदेशिक लगानी १७ करोड ४० लाख अमेरिकी डलर पुगेको जनाईएको छ । चिनिया समाचार एजेन्सी सिन्ह्वाले समेत नेपालमा कुल विदेश लगानीमा करिब ६० प्रतिशत चिनको रहेको उल्लेख गरेको छ । 
अन्य देशको तुलनामा वैदेशिक सहयोग तथा अनुदान वितरणमा पारदर्शी रहेको चीनले नेपालमा समेत सहयोग तथा लगानी बृद्धि गरेको हो । यस अगाडि धेरै अनुदान आउने गरेको चिनबाट पछिल्लो समय सरकारले ऋण समेत आउन लिन थालेको छ । चीन सरकारसंग नेपाल सरकारले दुई ठुला  आयोजनाको लागि ऋण लिएको छ । दुई आयोजना ऋण रकम करिब १५ अर्ब पुगेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । हालै नेपाल वायु सेवा निगमको लागि ६ जहाज किन्न चिन सरकारले ऋण दिउको छ । माथिल्लो त्रिशुली–३ ए जलविद्यत् आयोजना निर्माणका लागि पनि चिनबाट ७ अर्ब ऋण लिईएको छ । 
  नेपालमा लगानीको वातावरण विग्रिएको बताईरहेको बेला विदेशी लगानीकर्ताहरु केही रुपमा नेपालमा लगानीमा आकर्षिक भएको विभागको तथ्याङकले देखाएको हो । नेपाली लगानीकर्ताहरुले समेत संविधान सभाको निर्वाचनपछि विभिन्न क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । पछिल्लो समय प्रसिद्ध व्यवसायी विनोद चौधरीले १० अर्ब थप लगानी गर्ने घोषणा गरेका छन् भने अर्का व्यवसायी अजयराज सुमार्गीले समेत २३ अर्ब थप लगानी गर्ने घोषणा गरिसकेका छन् । उता अन्तराष्ट्रिय चेन  सोल्टी होटले  अर्को नयाँ होटल सञ्चालन गर्ने योजना बनाएको छ भने सोल्टी होटलबाट बाहिरिएका प्रभाकरशमसेर राणाले पनि नयाँ होटलमा लगानी गर्ने बताएका छन् । 
अर्का अष्ट्रेलियाका २०० धनीको सूचीमा पर्न सफल नेपाली शेष घलेले एक्लै ७ अर्ब बढी लगानीमा पाँचतारे होटल बनाउने घोषणा गरिसकेका छ्न । उनले विश्वविख्यात अमेरिकी ब्रान्ड शेराटनसँग सहकार्य गरेका छन् । सुमार्गी समुहले भने टेलिकम्युनिकेसन, जलविद्युुत, रियलस्टेट लगायतका परियोजनामा लगानी विस्तार गर्ने येजाना बनाएको छ । 
लगानीकर्ता संख्याको आधारमा उत्कृष्ट १० देश  
        देश      लगानीकर्ता     विदेशी लगानी रकम(दश लाखमा) रोजगारी संख्या 
चीन   १२२०          २८,०८३.९९                               ३२,९९७
भारत       ७०६         ४३,७८०.१७                                    ६३,३६५
अमेरिका    ३०७       ५,६२३.८६                              १४,०१६
दक्षिण कोरिया २९९          ८,५३६.८४                       ७,९०६
जापान     २३७         २,२१०.७७                        ७,६७८
युके       १५५                 १,७२९.०१                               ९,२३३
जर्मनी     १२५          १,१०७.०२                       ४,३४२
फ्रान्स      ९५           ३९६.८०                             २,५०२
अष्टे«लिया   ६०         ४७६.२७                            १,३१५
१० नेदरल्याण्ड  ५५         १,३२६.९२                          ३,५४३
                                                                                            स्रोतः उद्योग विभाग 


1/22/2014

सहकारी जाँचबुझ आयोगमा उजुरीको चाङ !


शिवहरि खतिवडा
सहकारी संस्था खोलेर निक्षेप संकलन गर्ने तर निक्षेप फिर्ता नगर्ने सहकारी विरुद्ध बचत तथा ऋणको कारोबार गर्ने समस्याग्रस्त सहकारी जाँचबुझ आयोगमा उजुरीको चाङ लागेको छ । आयोग स्थापना भएको दुई महिना नपुग्दै आयोगमा १३ हजार बढी उजुरी परेपछि आयोगका सदस्यहरुलाई उजुरीको व्यवस्थापन र अध्ययनमा समेत हम्मे–हम्मे पर्ने भएको छ ।
   हालसम्म उपत्यकाको ६३ सहकारी संस्थालाई आयोगले समस्याग्रस्त घोषणा गरेर अध्ययन गरिरहेको छ । उपत्यका बाहिर समेत उजुरी दर्ता हुनेक्रम बढीरहेकोले सहकारीको समस्या विकराल रहेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए । ‘हामीले सोचेभन्दा धेरै उजुरी आएका छन् । उपत्यकामा मात्र होईन बाहिर समेत ठगिनेहरुको उजुरीको संख्या बढ्दै गएको छ ।’कार्कीले भने । केही दिन अगाडि मात्र अध्ययनको लागि मकवानपुर गएको आयोगको टोलीले त्यहाँ समेत ठूलो संख्यामा ठगिने निक्षेपकर्ता भेटेको थियो । 
 निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न नसकेर समस्यामा परेकामध्ये उपत्यकाको ३६ सहकारी संस्थाका सञ्चालकसंग आयोगले बयान लिने काम गरिरहेको छ । आयोगले सम्पर्कमा आएका सहकारीहरुसंग सम्बन्धित विषयमा बयान लिने र उनीहरुको निक्षेप फिर्ता गर्ने क्षमताको अध्ययन गरिरहेको जनाएको छ । हालसम्म सम्पर्कमा आएका सहकारीहरुलाई निक्षेप फिर्ता गर्ने योजना समेत पेस गर्न भनिएको र उनीहरुले पेस गरेको योजनाको आधारमा सही र गलत छानविन गर्ने अध्यक्ष कार्कीले बताए । ‘सहकारी सञ्चालनहरुले पेस गरेको योजनाको स्थलगत अध्ययन गर्ने काम समेत भईरहेको छ । उनीहरुको बयान समेत लिने काम गरिरहेका छौं ।’
जिल्ला–जिल्लामा समेत ठगिको उजुरी
उपत्यकाको ६३ मध्ये ३३ सहकारी सञ्चालक सम्पर्कमा
निक्षेप फिर्ता गर्ने क्षमता हेर्दै आयोग
   आयोगले हालसम्म १० वटा सहकारी सञ्चालकको बयान लिने काम सम्पन्न गरेको छ । आयोगले केही दिन आगडीमात्र व्यवसायी सुधिर बस्नेतको एक हाउजिङ परियोजनाको अवलोकन गरेको थियो । बस्नेतको ओरिन्टीयल को–अपरेटिभले मात्र २ अर्ब बढी निक्षेप फिर्ता गर्न नसकेको बताईएको छ ।
जनता ठगेर आयोगमा गुहार माग्ने सहकारी संचालकहरु
 आयोगमा हालसम्म पुष्पाञ्जली सेभिङ एण्ड क्रेडिट चावहिल, ग्रेस बहुउदेश्यीय सहकारी संस्था चावहिल, रिक्रियट सर्भिस बचत तथा ऋण सहकारी संस्था क्षेत्रपाटी, रिनाउन बहुमुखी सहकारी संस्था न्यूरोड, डिमाण्ड बचत तथा ऋण सहकारी संस्था मिनभवन, पिताश्री बचत तथा ऋण सहकारी संस्था कोटेश्वर, बाईसधारा बहुउदेश्यीय सहकारी संस्था बालाजु, नव क्षितिज सहकारी संस्था कालिकास्थान, बागेश्वरी बचत तथा ऋण पुरानो बानेश्वर, विश्वास बहुउदेश्यीय सहकारी गौशला, मध्यपुर बहुउदेश्यीय सहकारी संस्था न्यूरोड, परिदृष्य बचत तथा ऋण कालिमाटी , हितैषी बहुउदेश्यीय सहकारी संस्था गौशाला, कस्मिक बचत तथा ऋण सहकारी बागबजार, एरिया बचत तथा ऋण मध्यबानेश्वर, शाईन बचत तथा ऋण चावहिल, रोजगार विकास बचत तथा ऋण नक्साल, हाम्रो प्यासिफिक बचत तथा ऋण कालिमाटी, हाईस्ट्रिटबचत तथा ऋण बबरमहल, ओराकल बचत तथा ऋण कामनपा–३४, सुवल बचत तथा  ऋण हाँडीगाउ, जय शिवशक्ति बहुउदेश्यीय सहकारी संस्था, परिमल बचत तथा ऋण बालाजु, एपेक्स बचत तथा ऋण सुविधानगर, गगनचुली बचत तथा ऋण गोंगवु, संयुक्त हातेमालो बचत तथा ऋण गोंगवु, कन्जुमर बचत तथा ऋण कामनपा–३२, मानस बचत तथा ऋण रविभवन, त्रिपल एम बचत तथा ऋण कामनपा–६, नव नेपाल बतथा तथा रोजगार विकास कर्जा सहकारी संस्था कीर्तिपुर, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ कमलादी, रुपान्तरण बचत तथा ऋण मैतिदेवी र नेपाल लिडर्स बहुउदेश्यीय सहकारी संस्था जोरपाटीका सञ्चालकहरु सम्पर्कमा आएका छन् ।
सम्पर्कमा आएका सहकारीहरु मध्ये निकै ठूलो सहकारी हिनामिना मानिने व्यवसायी सुधिर बस्नेतको ओरेन्टीयल सहकारीलाई आयोगले निगरानीमा राखेको छ । बस्नेत आयोगको सम्पर्कमा भएपनि निक्षेप फिर्ता गर्ने कार्ययोजना पेस गरिसकेका छैनन् । उनलाई बयानको लागि बुधबार आयोगमा बोलाईएको छ । आयोगमा बस्नेतले सम्पत्ति बेचेर निक्षेप फिर्ता गर्ने बताएपनि त्यो संभावना कम रहेको आयोग अधिकारीको भनाई छ । आयोगले हालसम्म राजधानीमै सहकारी संस्थाको मात्र अनुगमन गर्दै आएकोमा केही दिन आगडिमात्र मकवानपुरमा समेत अध्ययनको लागि टोली गएको थियो ।
बैंकर समेत तानिदै
सहकारी क्षेत्रमा देखिएको समस्यामा केही बंैकहरु समेत तानिने भएका छन् । सहकारीलाई ऋण दिएका बैंकहरुको ऋण फिर्ता नभएपछि यो समस्याबाट बैकर्स समेत तानिन लागेका हुन् । आयोगका एक सदस्यका अनुसार अहिलेसम्मको अध्ययनमा १० बढी वाणिज्य बैंक कुनै न कुनै रुपमा सहकारीको समस्यामा  तानिएका छन् । केही दिन आगडिमात्र बैंकरहरुको एक टोली आयोगमै पुगेर आफूलाई समस्या पर्ने बताएका थिए । ‘सहकारीको कारण बैंक नै धारासायी हुने त देखिन्न तर केही न केही रुपमा संलग्नता भने देखिएको छ ।’आयोगका सदस्य सुशिल माथेमाले भने ।
जाँचबुझ आयोगकै विजोग !
एक कोठा,तीन कार्यकक्ष
सरकारले अधिकार सम्पन्न जाँचबुझ आयोग गठन गरेपनि समस्याग्रस्त सहकारी जाँचबुझ आयोगको काम भने भद्रगोल भएको छ । आवश्यक पूर्वाधारको अभावमा आयोगले प्रभावकारी कार्य समेत अगाडि बढाउन सकेको छैन । सहकारी तथा गरिबी निवारण मन्त्रालयको एक कोठामा राखिएको आयोगले आफ्नो तीनै सदस्यको कार्यकक्ष सोही कोठामा सञ्चालन गरिएको छ । आयोगका सदस्यलाई अन्य पूर्वाधार समेत प्रदान गरिएको छैन । तीन जनामध्ये दुई सदस्यलाई सवारी सुविधा दिएको सरकारले एक सदस्यलाई भने सवारीको सुविधा समेत दिएको छैन । ‘हामीलाई पूर्वाधारको निकै अभाव छ । गाडी तथा खराब काम गर्नेहरुलाई पक्राउ गर्न प्रहरीको साहयता मागिएको थियो त्यो समेत पाउन सकेका छैनौं ।’अध्यक्ष कार्कीले भने । आयोगले गम्भीर ठगिको अध्ययनको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)संग जनशक्ति मागेको भएपनि ब्यूरोले हालसम्म जनशक्ति प्रदान गरेको छैन ।
   मन्त्रालयका सचिव लालमणि जोशीले अर्थ मन्त्रालयमा गाडी उपलब्ध गराईदिन अनुरोध गरेको भएपनि ढिलाई भईरहेको बताए । ‘हामीले अर्थ मन्त्रालयलाई अनुरोध गरेका थियौं । उहाँहरुले पनि केही समयमा उपलब्ध गराईदिने भन्नुभएको छ ।’उनले भने । अहिले आयोगमा १७ जना कर्मचारी दिईएको छ तर उनीहरुले मन्त्रालय र आयोग दुबैको जिम्मेवारी निभाएका छन् । सचिव जोशीले अयोगलाई गरिब घर पहिचान बोर्डको सचिवालयमा सार्ने विषयमा छलफल भईरहेको जानकारी दिए । आयोगले तीन महिनामा अध्ययन प्रतिवेदन बुझाउने भनिएपनि अहिलेसम्मको कामको आधारमा तोकिएको समयमा प्रतिवेदन आउने नदेखिएको जोशीले बताए ।  

1/05/2014

जलविद्युतमा बैंक ः बढ्नसक्छ लगानी : खोजी भरपर्दो वातावरणको


देशमा उर्जा संंकट गहिरिँदै गएका बेला जलविद्युत क्षेत्रमा बैंकहरूको लगानी पनि बढ्नसक्ने अवस्था छ । बैंकहरूमा रहेको रकम कुनै न कुनै रूपमा जलविद्युत आयोजनामा लगानी गर्न लामो समयदेखि पहल भइरहेको छ । केन्द्रीय बैंकले जलविद्युत आयोजनामा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिइसकेको छ । केन्द्रीय बैंकले दुई वर्षअघि कूल कर्जाको कम्तीमा १० प्रतिशत अनिवार्य जलविद्युत क्षेत्रमा लगानी गर्न निर्देशन दिएको थियो । 
राष्ट्र बैंकको उक्त निर्देशनलाई आधार मान्ने हो भने अहिलेसम्म बैंकहरूले करिब ८० अर्ब रुपैयाँ जलविद्युत आयोजनामा लगानी गरेको हुनुपथ्र्यो । अहिले बैंकहरूको कूल कर्जा झण्डै ८ सय अर्बको हाराहारीमा छ । यसका आधारमा राष्ट्र बैंकको निर्देशनअनुसार करिब ८० अर्ब रुपैयाँ जलविद्युतमा लगानी हुन सकेको भए निकै ठूलो मात्रामा जलविद्युत उत्पादन हुनेथियो । तर, बैंकहरूले चाहेर पनि धेरै लगानी गर्न सकेका छैनन् । वाणिज्य बैंकले करोडको आकारमा मात्र लगानी गरिरहेका छन् । थोरै बैंकले मात्र वास्तविक रूपमा जलविद्युतमा लगानी गरेका छन् । कुनै बैंकले सहायक कम्पनी स्थापना गरेर लगानी गरेका छन् । अहिले वाणिज्य बैंकहरूमा ७० अर्बभन्दा बढी लगानीयोग्य रकम छ । 
सबै सुविधा पुगेको अवस्थामा एक मेगावाट जल विद्युत उत्पादन गर्न औसत करिब १५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । अवस्था हेरी २५ करोडसम्म लाग्नसक्छ । यो आधार हेर्दा बैंकहरूले राष्ट्र बैंकले तोकेअनुसार लगानी गरेका भए ५ सय ३३ मेगावाट जलविद्युत उत्पादन हुनसक्ने थियो । बैंकहरूले जल विद्युतका ठूला आयोजना निर्माणको पहल गरेका छन् तर सम्पन्न भइसकेका उदाहरण कम छन् ।
वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरूले जलविद्युत क्षेत्रमा लगानी गरेका छन् तर त्यो पर्याप्त छैन । जलविद्युत र उर्जामा लगानी गर्ने उद्देश्य नै पनि बैंक स्थापना भएका छन् । क्लिन इनर्जी डेभलपमेन्ट बैंक यस्तैमध्येको एक हो जसले हालसम्म १० भन्दा बढी आयोजनामा लगानी गरेको छ । उता सानीमा बैंकले आफ्नै सहायक सानीमा जलविद्युत कम्पनीको नाममा लगानी गरिरहेको छ ।
बैंकले ठूला आयोजनामा लगानी गर्न सम्भव नहुने भएकाले सहायक कम्पनीमार्फत अन्य बैंकसमेतबाट रकम जुटाएर आयोजना बनाउन सक्छन् । यसको प्रयोग सानिमा बैंकले नै गरेको छ । एउटै आयोजनामा धेरै बैंक संलग्न रहेर यस्तो कर्जा विस्तार गर्न सम्भव छ ।
बैंकहरूले अहिले जोखिम कम भएका स–साना क्षेत्रमा बढी लगानी गरिरहेका छन् । गत एक वर्षमा बैंकहरूले जलविद्युत तथा सडक निर्माणमा करिब २० अर्ब (जलविद्युतमा १७ अर्ब) लगानी गरेका थिए । अहिले पनि बैंकहरूसँग जलविद्युतमा ५० अर्बभन्दा बढी लगानी गर्ने क्षमता छ ।
विशेष गरी बैंकमा तत्काल फिर्ता गर्नुपर्ने रकम हुने र चालु पुँजी बढी हुने भएका कारण ठूला आयोजनामा लगानी गर्न समस्या छ । राष्ट्र बैंकका गभर्नरले पुँजी वृद्धिका विषयमा कुरा उठाइरहेका छन् । ‘अहिलेको पुँजीले ठूला र दीर्घकालीन आयोजनामा लगानी गर्न समस्या छ त्यसैले पुँजी थपको विषय आएको छ,’ राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर खतिवडाले भनेका थिए । जलविद्युत आयोजना दीर्घकालीन हुने भएकाले कम्तिमा २५ वर्षको रणनीतिमा लगानी गर्नुपर्ने हुन्छ । लगानी जोखिममा परे बैंकहरूले आफूसँग भएको रकम सम्भावित जोखिम व्यवस्थापन कोषमा राख्नुपर्ने हुन्छ । कुनै बैंकले २५ अर्ब लगानी ग¥यो भने उसले ५० वर्ष छुट्याउनुपर्ने हुन्छ । यसकारणले पनि बैंकिङ लगानी जलविद्युतमा जान नसकेको विश्लेषकहरूको अनुमान छ ।
संविधानसभा विघटनपछि ठूला परियोजनामा लगानी हुन सकेको छैन । राजनीतिक अन्योलले परियोजनाको भविष्यको विषयमा पनि अन्योल भएपछि बैंकहरूले लगानी बढाउनु नसकेका हुन् । बैंकहरू परियोजना खोज्नेभन्दा पनि आएको परियोजनामा लगानी गर्छन् । केही समययता राम्रो परियोजना नै नआएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको भनाइ छ । बैंकहरूले संक्रमण गहिरिँदा ऋण जोखिममा पर्ने डरले समेत ठूला परियोजनामा धेरै लगानी गर्न सकेका छैनन् । राम्रो परियोजना आएमा लगानी गर्न बैंकहरू सक्षम रहेको श्रेष्ठ बताउँछन् । बैंकहरूले अहिले जोखिम कम भएका स–साना क्षेत्रमा बढी लगानी गरिरहेका छन् । गत एक वर्षमा बैंकहरूले जलविद्युत तथा सडक निर्माणमा करिब २० अर्ब (जलविद्युतमा १७ अर्ब) लगानी गरेका थिए । अहिले पनि बैंकहरूसँग जलविद्युतमा ५० अर्बभन्दा बढी लगानी गर्ने क्षमता छ ।
‘राजनीतिक अन्योलले पनि ठूला आयोजनाहरूमा ऋण लगानी गर्न जोखिम हुने देखिन्छ, जसले गर्दा साना लगानीमा बैंक केन्द्रित भएका हुनसक्छन्,’ हलोदेखि हाइड्रोसम्म नारा दिएको मेगा बैंकका प्रमुख कार्यकारी अधिृकत अनिल शाह भन्छन् । अहिले तरलता बढेर ब्याज न्युन बिन्दुमा झरेका बेला जलविद्युतमा लगानी गर्न सम्भव रहेको बैंकरहरूको भनाइ छ तर वातावरण नबनेको तथा जोखिम व्यवस्थापन गर्ने निकाय (सरकार) कमजोर रहेका कारण बैंकहरू ठूला परियोजनामा हात हाल्न हिच्किचाइरहेका छन् । सिद्धार्थ बैंकका सञ्चालक रहेका उद्योगी मनोज केडिया यस्तो अवस्था रहेको स्वीकार्छन् ।
लगानीयोग्य वातावरणको अभाव, निरन्तरको राजनीतिक अस्थिरता तथा लगानीप्रथाको अभाव मुख्य कारण हुन् जसले जल विद्युतमा लगानी बढ्न सकेको छैन । ‘सरकारले नै लगानीका लागि सुरक्षा तथा अन्य सबै कुराको प्रत्याभूति दिन सक्नुप¥यो । जबसम्म यो क्षेत्रमा सरकारले लगानी सुरक्षा दिन सक्दैन तबसम्म लगानी बढ्दैन’, केडिया भन्छन्, ‘सरकार आफैँ  भारतबाट विद्युत आयात गरिरहेको छ र नीति नै आयातकेन्द्रित बनाउँछ भने बैंक र निजी क्षेत्रको लगानी बढ्ने सम्भावना कम हुन्छ ।’
केडिया नेपाल विद्युत प्राधिकरणले नै जलविद्युत क्षेत्रमा लगानी विस्तारको उपयुक्त नीति बनाउनुपर्ने बताउँछन् । बैंकको लगानी जल विद्युतमा मात्र नभएर अन्य सबैजसो परियोजनामा घटेको र लगानीयोग्य वातावरण र नीति नभएकाले त्यसो भएको बैकरहरूको भनाइ छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक (चालु आर्थिक वर्षको चार महिनाको आर्थिक अवस्था) मा समेत लगानी विस्तार हुन नसकेको देखाइएको छ । आर्थिक वर्ष २०७०÷७१ को चार महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा तथा लगानी गत वर्षको भन्दा ४१ अर्ब ८ करोडले बढ्दा जलविद्युत क्षेत्रमा लगानी न्यून रहेको राष्ट्र बैंकले जनाएको छ ।
लगानीको वातावरण नबनेसम्म ठूला क्षेत्रमा ऋण बढाउन समस्या हुने कुरा बैंकरहरूले बताउँदै आएका छन् । अहिले व्याज न्यून बिन्दुमा झरेर बैंकमा लगानीयोग्य रकम थुप्रिएका बेला बैंकहरूले जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्न सक्छन् । यसका लागि सरकार र राष्ट्र बैंकले भरपर्दो नीति बनाउनु जरुरी छ ।
C@ शिवहरि खतिवडा

जलविद्युतमा निजी क्षेत्र


 पर्याप्त पुजी, बलियो सम्भावना
जलविद्युत उत्पादन बढाई माग पूरा गर्न राज्यसँगै निजी क्षेत्र पनि चिन्तित छ । लगानी निकै ठूलो हुने र आम्दानी लामो समयपछि मात्र प्राप्त हुने भए पनि निजी क्षेत्र जलविद्युतमा लगानीका लागि उत्साहित छ । हाल निजी क्षेत्रबाट उत्पादित र प्रक्रियामा रहेका आयोजना हेर्ने हो भने जलविद्युतमा निजी क्षेत्रको प्रयास सराहनीय मान्नुपर्छ । 
हालसम्म कूल जलविद्युत उत्पादनमा निजी क्षेत्रको करिब ३० प्रतिशत योगदान छ । जल विद्युतमा मात्र नभएर नवीकरणीय उर्जा र सौर्य उर्जामा समेत निजी क्षेत्रको लगानी छ । नेपालमा निजी क्षेत्रले जलविद्युत उत्पादनमा पहल गरिरहेको भए पनि विविध कारणले त्यसको प्रभावकारिता भने कम देखिएको छ । देशमा आवश्यक कूल ऊर्जाको स्रोतमा जलविद्युतको हिस्सा अहिले पनि जम्मा तीन प्रतिशतमा सीमित छ । जल विद्युतमा निजी क्षेत्रको लगानी ठूलो नभए पनि विकल्पका रूपमा प्रयोग हुने स्रोतसाधन निजी क्षेत्रकै भरमा चलेको छ । विद्युत ऊर्जाको अभावमा लोडसेडिङको अस्थायी समाधानका लागि ल्याइने जेनेरेटर र सौर्य विद्युतका उपकरण पूर्णरूपमा निजी क्षेत्रको भरमा छ । निजी क्षेत्रले ल्याउने उपकरण र सरकारले गर्ने विद्युत आयातमा मात्र वार्षिक ३५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने गरेको तथ्यांक छ । जुन रकम विदेशिने गरेको छ । देशमा कूल ऊर्जा मागको ९ प्रतिशत पेट्रोलियम पदार्थबाट पूरा हुने गरेको छ ।
निजी क्षेत्र विद्युत उत्पादनका क्षेत्रमा थप जिम्मेवारी लिन तयार भए पनि सरकारले चासो दिन नसकेको गुनासो व्यवसायीहरूको छ । ‘भएका संरचना सदुपयोग गर्न पनि हामी कमजोर देखिएका छौँ, ऊर्जा अभाव कम गर्न सरकारले डिजेल प्लान्ट पनि स्थापना गरेको छ,’ व्यवसायी ज्ञानेन्द्रलाल प्रधान भन्छन्, ‘तर हामीले त्यसको उपयोग गर्न सकेनौँ, सरकारी हेलचेक्र्याइँका कारण नचल्ने अवस्थामा पुगेका डिजल प्लान्ट पूर्णरूपमा सञ्चालन गर्न निजी क्षेत्र तयार छ ।’ व्यवसायीहरूले अहिले पनि आफ्नै पहलमा करीब १ सय ५० मेगावाट बिजुली निकालेर उद्योग चलाइरहेका छन् । उनीहरूले आफ्नो स्रोतबाट उत्पादित उर्जा आवश्यकभन्दा बढी भए सरकार तथा स्थानीयवासीलाई दिएर समेत उर्जामा योगदान गर्न सक्छन् । नवलपरासीमा रहेका केही चिनी मिलले यस्तो काम सुरु गरेका छन् । सरकारले भने यसमा चासो दिएको छैन ।

लोड सेडिङको अस्थायी समाधानका लागि ल्याइने जेनेरेटर, सौर्य विद्युतका उपकरण पूर्णरूपमा निजी क्षेत्रको भरमा छ । निजी क्षेत्रले ल्याउने उपकरण र सरकारले गर्ने विद्युत आयातमा मात्र वार्षिक ३५ अर्ब रुपैया“भन्दा बढी खर्च हुने गरेको छ ।
जलविद्युत आयोजनाहरूमा ठूलो हिस्सा निजी क्षेत्रकै छ । निजी क्षेत्रले नै जेनतेन देशको कूल खपतमा करिब आधा माग धान्ने जलविद्युत उत्पादन गरिरहेको छ । विशेष गरी ठूला आयोजना नेपाल विद्युत प्राधिकरण र सरकारले बनाउने गरे पनि गाउँ–गाउँमा लघु जलविद्युत आयोजनादेखि केही ठूला आयोजनासम्म देशको निजी क्षेत्रले निर्माण गरेको छ । साना र लघु आयोजनाबाट उत्पादित विद्युतबारे सरकार पनि पूर्ण जानकार छैन । नेपाल विद्युत प्राधिकरणको तथ्यांकअनुसार अहिले पनि निजी लगानीका ३३ वटा आयोजनाबाट प्राधिकरणले विद्युत खरिद गरिरहेको छ । जसमा सबैभन्दा ठूलो हिस्सा हिमाल पावर कम्पनीले उत्पादन गरेको बिजुलीको छ । यो नेपालको पहिलो निजी लगानीको आयोजना हो । हिमालले बनाएको खिम्ती आयोजनाबाट ६० मेगावाट प्राधिकरणले किनिरहेको छ । सार्वजनिक लगानी रहेको हिमाल अन्य आयोजना समेत निर्माण गर्ने क्रममा छ । भोटेकोसी पावर कम्पनीबाट ४५ मेगावाट, चिलिमे हाइड्रो पावर कम्पनीबाट २२, नेसनल हाइड्रोपावरबाट साढे सात, बुटवल पावर कम्पनी भिमरुकबाट १२ र बुटवलकै आँधीखोलाबाट ९ दशमलव ४ मेगावाट बिजुली प्राधिकरणले खरिद गरिरहेको छ ।
पछिल्लो जानकारीअनुसार प्राधिकरणले हाल निजी तथा सार्वजनिक कम्पनीबाट २ सय ३० मेगावाट विद्युत खरिद सम्झौता गरेको छ । निजी र सार्वजनिक दुवै कम्पनीबाट झन्डै ९ सय २७ मेगावाट बिजुली उत्पादनको प्रक्रियामा छ । व्यवसायीहरूको मात्रै लगानी रहेको २५ ठूला आयोजना निर्माणको चरणमा छन् जसमा करिब ६० अर्ब रुपैयाँ लगानी हुने अनुमान छ ।
व्यवसायीहरूका अनुसार निजी क्षेत्रको मात्र लगानीमा करिब ३ सय मेगावाट जलविद्युत आयोजना पाइपलाइनमा छन् । सुनकोसी हाइड्रोपावरले इन्द्रावतीमा साढे चार मेगावाट,  आँखुखोला जलविद्युत कम्पनी प्रालिले आँखुखोला धादिङमा ८ दशमलव ४ मेगावाट, सानिमा हाइड्रोपावर प्रालिले माईखोला इलाममा २२ मेगावाट, सिनो होइड्रोपावर प्रालिले लमजुङमा ५० मेगावाट जलविद्युत उत्पादन गर्ने प्रक्रियामा छन् । निजी क्षेत्रका यी सबै आयोजना पूरा हुँदा राष्ट्रिय प्रसारण लाइनमा तीनसय मेगावाट विद्युत थप हुने छ भने निजी र सार्वजनिक कम्पनीहरू सबैको पूरा हुँदा ९ सय २७ मेगावाट जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा थप हुने प्रक्रियामा छ ।
व्यवसायीहरूले जलविद्युत क्षेत्रमा निजी लगानी पर्याप्त बढाउन सकिने र यसका लागि सरकारले आवश्यक सुविधा दिनुपर्ने बताउँदै आएका छन् । निजी लगानीमा निर्माण अन्तिम चरणमा पुगेका केही आयोजनाहरूले प्राधिकरणलाई विद्युत बेच्ने प्रक्रिया सुरु गरिसकेका छन् ।  केहीले परीक्षण उत्पादन सुरु गरेका छन् । चाँडै सम्पन्न हुन लागेका निजी लगानीका जलविद्युत आयोजनामा हेवाखोला १५ मेगावाट छ जो आगामी अप्रिल १५ मा सम्पन्न हुँदैछ । त्यसैगरी ४२ मेगावाट क्षमताको मिश्रीखोला जलविद्युत परियोजना अप्रिल २०१७ मा सम्पन्न गर्ने लक्ष्य छ । अर्को २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत परियोजनाको निर्माण कार्य अप्रिल २०१६ मा सम्पन्न गर्ने लक्ष्य छ ।
गत वर्षसम्मको तथ्यांकअनुसार निजी क्षेत्रले २ सय ३० मेगावाट जलविद्युत उत्पादन गरेको छ जुन राष्ट्रिय उत्पादनको ३० प्रतिशत हिस्सा हो । राजनीतिक स्थिरता हुने हो भने जलविद्युतमा नजी लगानी आउनसक्ने व्यसायीहरू बताउँछन् । नेपाली व्यवसायीसँग लगानी गर्ने क्षमता रहेकाले सुरक्षित वातावरण भए लोडसेडिङ अन्त्य हुन धरै लामो समय नलाग्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेको भनाइ छ । भन्छन्, ‘व्यवसायीसँग पैसाको अभाव छैन, यहा“ लगानीका लागि स्थिर सरकार र राजनीतिक स्थिरता हुनुप¥यो ।’ अर्का व्यवसायी प्रधान जलविद्युतमा निजी क्षेत्रको लगानी आउनसक्ने तर यसका लागि सरकारले आवश्यक संरक्षण दिनुपर्ने बताउ“छन् । व्यावसायिक क्षेत्रसँग अझै जलविद्युतमा लगानीका लागि रकम छ तर खा“चो वातावरण निर्माण र राजनीतिक स्थिरताको हो ।
C@शिवहरि खतिवडा

होला त नीतिगत कडाई ?


वित्तीय बजार सहज भएपछि केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको केही लचिलो व्यवस्थामा कडाई गर्ने संकेत दिएको छ । केन्द्रीय बैंकले यसअघि बैंकहरुलाई दिएको सेयर धितो कर्जाको लचिलो व्यवस्थालाईसमेत केही कडाई गर्ने योजना बनाएको छ । सेयर बजार तथा वित्तीय स्थायीत्वमा समेत केही सुधार भएपछि केन्द्रीय बैंकले केही कडा हुने संकेत दिएको हो । जसका लागि बजारको अध्ययन भइरहेको केन्द्रीय बैंकले जनाएको छ ।
वित्तीय क्षेत्रमा केही असहज भएको भन्दै चालु आर्थिक वर्ष २०७०÷७१ को मौद्रिक नीतिमा केन्द्रीय बैंकले केही वित्तीय व्यवस्था सहज बनाएको थियो । अहिले परिसूचकहरुमा केही सुधार आएको तथा बैकहरुमा समेत तरलतालगातका सूचकहरु बलियो भएका कारण नीतिगत कडाईको अवस्था आउनसक्ने केन्द्रीय बैंकका अधिकारीहरुले बताएका छन् ।
    सेयर बजारमा सुधारपछि केन्द्रीय बैंकले यसअघि जारी गरेको सेयर धितो कर्जाको निर्देशनमा केही कडाई गर्ने संकेत गरिसकेको छ । जसका लागि एक साताअघि नै केन्द्रीय बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थासँग सेयर धितोको विवरण मागेको थियो । केन्द्रीय बंैकले सेयर बजारमा अस्वाभाविक सुधार हुन थालेपछि लगानीकर्ताहरु आकर्षित हुने र जसले बैंकको ऋण जोखममा पर्न सक्ने भन्दै अहिलेको बजारमा सुष्मरुपमा अध्ययन गरिरहेको जनाएको छ । अध्ययन र केही समयको बजारको कारोबार हेरेर केही नीतिगत व्यवस्था गर्न सक्ने केन्द्रिय बैंकको संकेत छ । ‘बजारको अवस्था हेरेर केही व्यवस्थामा कडाई तथा केही व्यवस्थामा लचिलो हुन सक्ने अवस्था हुन्छ ।’ राष्ट्र बैंकका एक अधिकारीले हिमालय टाइम्ससँग भने । यसअघि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात(सिआरआर)मा एक प्रतिशत बिन्दुले कटौती गरेको थियो भने पुँजीगत लाभकरको सीमासमेत कटौती गरेको थियो । उता १० लाखसम्मको सम्पत्तिको स्रोत खोज्ने व्यवस्थामा खुकुलो गरी केन्द्रीय बैंकले स्वघोषणा गर्न पाउने व्यवस्था गरेको थियो । सेयर बजार र अहिलेको बैंकहरुको अधिक तरलता समस्या अबको एक महिनासम्म रही रहे केन्द्रीय बैंकले माघमा सार्वजनिक गर्ने मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा अनिवार्य नगद मौज्दातमासमेत केही बृद्धि गर्नसक्ने छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ‘क’ वर्गको वाणिज्य बैंकका लागि ५ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकका लागि ४.५ प्रतिशत र ‘ग’ वर्गका वित्तीय संस्थाका लागि ४ प्रतिशत अनिवार्य नगद मौज्दात कायम गरेको थियो । जसका कारण बजारमा करिब ६ अर्ब नगद प्रवाह भएको थियो । गत वर्ष केन्द्रीय बैंकले वाणिज्य बैंकको ६ प्रतिशत, विकास बैंकको ५.५ प्रतिशत र वित्तीय संस्थाको ५ प्रतिशत नगद मौज्दात कायम थियो । ‘अहिलेकै अवस्थाभन्दा मौद्रिक नीति सार्वजनिक हुने बेलासम्ममा बजारको अवस्था के हुन्छ त्यसमा भरपर्छ ।’ ती अधिकारीले भने ।  
    राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको केही व्यवस्था अहिलेसम्म कार्यान्वयनमा आएको छैन । उक्त व्यवस्था कार्यान्वयनको लागिसमेत केन्द्रीय बैंकले माघपछि निर्देशन तथा कार्यविधि बनाउने संकेत दिएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिने कार्यलाई प्रोत्साहन गर्न एक बैंक वा वित्तीय संस्थाले अर्को बैंक वा वित्तीय संस्था खरिद गर्न सक्ने कार्यविधि बनाउने उल्लेख गरेकोमा उक्त व्यवस्थाको कार्यविधि बनिसकेको छैन । मौद्रिक नीतिमै भएको बासेल–३ का प्रावधानलाई कार्यान्वयनमा लैजान हालै केन्द्रीय बैंकले एक परिपत्र जारी गरेको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थाका लागि तोकिएको न्यूनतम चुक्ता पूँजी २०७१ असार मसान्तभित्रमा अनिवार्यरुपमा पूरा गर्नुपर्ने व्यवस्था गर्नुको साथै सबै बैंक तथा वित्तीय संस्थाको पूजी बृद्धि गर्दै जाने योजनासमेत ल्याएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा  वाणिज्य बैंकहरुको कुल निक्षेपमा
संस्थागत निक्षेपको अंश निश्चित अवधिसम्ममा ६० प्रतिशतभन्दा तल झार्ने व्यवस्था गर्ने उल्लेख छ ।

दुई बीमा कम्पनीमा समितिको हस्तक्षेप


एनबीकोे व्यवस्थापन जिम्मा लिने तयारी
बीमा समितिले बीमा ईतिहासमै पहिलोपटक बीमा कम्पनीको व्यवस्थापनमा हात हालेको ६ महिना नबित्दै अर्को बीमा कम्पनीको व्यवस्थापन समेत जिम्मा लिने भएको छ । उद्योगी राजेन्द्र खेतान अध्यक्ष रहेको एभरेष्ट इन्स्योरेन्सको व्यवस्थापन सम्हालेको झन्डै तीन महिनापछि समितिले एनबी ईन्स्योरेन्सको कारोबार रोक्का गरेर अध्ययन सुरु गरेको छ । समितिले आईतबारबाट एनबीको सबै कारोबार रोक्का गरेको हो । कारोबार रोक्का गरेर विस्तृत अध्ययन थालेको समितिले विमितको सुविधाको लागि व्यवस्थापन जिम्मा लिने तयारीमा छ ।‘बीमितको हितको लागि के गर्न सकिन्छ त्यो विषयमा केही समयमा नै निर्णय लिईने छ ।’समितिले जारी गरेको सार्वजनिक सुचनामा भनिएको छ । 
    समितिले एनबि इन्सुरेन्स कम्पनीले बीमा व्यवसाय सञ्चालन गर्दा बीमा ऐन २०४९ तथा बीमा नियमावली २०४९ बमोजिम अपनाउनुपर्ने प्रकृया तथा समय–समयमा समितिबाट जारी भएका निर्देशनहरु पालना नगरेको भन्दै कारोबारमा रोक्का गरेको हो । यो कम्पनीले समितिमा पेश गर्नुपर्ने वासलात, हिसाव विवरण तथा वित्तीय विवरण पेश नगरेको, तोकेको चुक्ता पूँजी कायम नगरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम कार्य गरेको विवरण पेश नगरेको कारण कारोबार रोक्का गरिएको समितिले जनाएको छ । ‘बीमा ऐन, २०४९ को दफा १२ क को उपदफा (१) बमोजिम एनबीले गर्दै आएको सम्पूर्ण निर्जीवन बीमा व्यवसायमा रोक लगाइएको छ ।’समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘बीमक समक्ष परेका÷पर्न सक्ने बीमालेख अन्र्तगतको बीमा दाबीको कारवाही र किनारा गर्ने सम्बन्धमा केही समयमा नै आवश्यक व्यवस्था मिलाइने छ ।’ 
यस अगाडि बीमा समितिले गत असोजमा एभरेष्ट ईन्स्योरेन्सको व्यवस्थापनको जिम्मा लिएको थियो । २०६९ भदौंमा एभरेष्टको अग्नी बीमा रोक लगाएर प्रत्यक्ष बीमा कम्पनीको कारबाहीमा लागेको समितिले ७० असोज २३ गतेबाट व्यवस्थापन आफ्नो जिम्मा लिएको थियो । यस अगाडि एशियन लाईफ ईन्स्योरेन्सको लाभांस रोक्कासम्मको कारबाही समितिले गरेको थियो । एभरेष्टले काभ्रेमा रहेको मायोज चाउचाउ उत्पादन गर्ने कम्पनीमा आगलागी भए लगत्तै अध्ययन तथा प्रतिवेदन नआउँदै बिमा स्वरुप ४ करोड रुपैयाँ भुक्तानी लिएपछि समस्या श्रृजना भएको थियो । मायोज र एभरेष्ट एकै व्यक्ति उद्योगी खेतान समुहको भएको कारण यस्तो भुक्तानी भएको समितिको भनाई छ । बीमा समितिले दिएको जानकारी अनुसार दुबै बीमा कम्पनीमा समस्या आउनुको एउटै कारण दावी भुक्तानी रहेको छ । एनबीका सञ्चालक प्रवन्ध सञ्चालक रहेको नेशनल हाइड्रोलाई इन्सुरेन्सले अन्तिम प्रतिवेदन नआउँदै भुक्तानी गरेको थियो । उक्त कारण समेत कम्पनी घाटामा गएपछि अन्य समस्या श्रृजना भएको हो । 
एनबीको विस्तृत अध्यन (डिडिए)थालिएको र अब केही समयमा नै के गर्ने भन्ने विषयमा निर्णय गरिने समितिले जनाएको छ ।  ईन्द्रबहादुर थापा पं्रबन्ध निर्देशक रहेका यो कम्पनीले ऐन विपरित रकम भुक्तानी गरेको तथा बीमा समितिले पूजी बृद्धि गर्न दिएको निर्देशन पालना नगरेको मुख्य कारणले कारोबार रोक्का गरेको समेत समितिका अधिकारीहरुले बताएका छन् । कम्पनीले नियम विपरित भवन भाडामा अग्रिम भुक्तानी दिएको विषयमा समितिले यस अगाडि नै कम्पनीलाई सचेत गराएको थियो । कम्पनीमा नेपाल बङ्गलादेश बैंक, एनबी ग्रुप, एनसिसि बैंकलगायतका निकायको लगानी छ । चुक्ता पूजी १४ करोड रहेको कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममै चुक्ता पूजी २५ करोड पु¥याउनुपर्ने थियो । कम्पनीमा सस्थापक समुह कै ८० प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी २० प्रतिशत मात्र स्थानीय जनताको रहेको कम्पनीले कम्पनीले जनाएको छ । कम्पनीले ९, १० र ११ औं वार्षिक साधारण सभा एकै पटक गरेको थियो भने ६६÷६७ देखिको वित्तीय विवरण समेत बीमा समितिमा पेस गरेको छैन । कम्पनीले अग्नी बीमा, सामुद्रीक बीमा, मोटर बीमा, ईन्जिनियरिङ्ग बीमा, हवाई बीमा र विविध बीमाको काम गर्दै आएको छ ।  
यसैबीच समितिको कारबाहीपछि ईन्स्योरेन्सका सेवाग्राही भने अन्यौलमा परेका छन् । सात लाख बढी बीमालेख जारी गरेको कम्पनीले करिब १ लाख ६० हजार बीमा लेखको दाबी भुक्तानी गरेको छैन । ६ वटा शाखा र ७ वटा सम्पर्क कार्यलय रहेको एनबीले राजधानीको कमलादीमा आफ्नै भवन समेत निर्माण गरेको छ । कम्पनीकै भवनलाई भाडाको भन्दै सञ्चालकले भाडावापतको रकम लिएको समेत समितिको आरोप छ । यद्यपी यो विषयमा अध्ययन भईरहेको समितिले जनाएको छ ।

जोखिमपूर्ण छैन रियलस्टेटको लगानी


झन्डै ८ प्रतिशत लगानी,सबैभन्दा धेरै ग्राण्डको 
कुनै समय बैंकहरुको ५० प्रतिशतसम्म कर्जा लगानी रहेको रियलस्टेट क्षेत्रमा राष्ट्र बैंकको कडाई पछि बैंकको लगानी खुम्चिएको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार रियलस्टेट क्षेत्रमा बैंकहरुले कुल कर्जा लगानीको ७ दशमलव ८० प्रतिशत लगानी रहेको छ । यसमा एकै बैंकको सबैभन्दा धेरै १९ दशमलव ६० प्रतिशतसम्म मात्र लगानी रहेको छ ।
   अहिलेको नीतिअनुसार बैंकहरुले बढीमा २५ प्रतिशतसम्म लगानी गर्न पाउँछन् । ग्राण्ड बैंकले प्रतिशतको आधारमा सबैधन्दा धेरै यो क्षेत्रमा लगानी गरेको छ । उसको १९ दशमलव ६० प्रतिशत लागनी रहेको छ भने अन्यको सो भन्दा तलको अंकमा लगानी रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । रकमको आधारमा असोज मसान्तसम्ममा धेरै लगानी गर्नेमा भने नेपाल इन्भेष्टमेन्ट बैंक तथा नाविल बैंकसमेत परेका छन् । घरजग्गामा सबैधन्दा धेरै लगानी रहेको बैंकमा प्रतिशतमा ग्राण्ड तथा रकममा नेपाल ईन्भेष्टमेन्ट बैंक अगाडि छन् भने नविल बैंकले समेत पछ्याएको छ यद्यपी सबैको लगानी सुरक्षित रहेकोले अहिले कुनैपनि जोखिम नरहेको राष्ट्र बैंकमले जनाएको छ । नबिल बैंकले रियलस्टेट शिषर्कमा ४ अर्ब बढी लगानी गरेको छ भने ग्राण्ड बैंकले तिन अर्ब माथि लगानी गरेको छ । केन्द्रीय बैंकले रियलस्टेटमा पनि १ करोडसम्मका व्यक्तिगत घर कर्जालाई यो क्षेत्रमा गणना गर्न नपर्ने व्यवस्था गरेको छ । रियलस्टेट कर्जामा बैंकहरुले आवासीय घर कर्जा,व्यवसायीक भवन तथा आवासीय अपार्टमेण्ट निर्माण कर्जा,निर्माण सम्पन्न भई आय आर्जन गर्न थालेको व्यापारिक कम्प्लेक्स कर्जा र जग्गाजमिन खरिद तथा प्लटिगं कर्जा प्रदान गर्दै आएका छन् । राष्ट बैंकले वास्तविक र जोखिमपूर्ण रियलस्टेटमा बैंकहरुको निकै कम लगानी रहेको र लगानी सुरक्षित रहेको जनाएको छ । राष्ट्र बैंकले तोकेको व्यक्तिगत आवासीय कर्जा तथा व्यवसायीक कम्प्लेक्स बाहेक प्लटिङ तथा जग्गामा भएको लगानीमा नविल बैंकको २ अर्ब ५२ करोड तथा ग्राण्ड बैंकको १ अर्ब ३२ करोड लगानी रहेको छ । बैंकहरुले असोज मसान्तसम्ममा कुल कर्जा करिब ८ सय अर्ब प्रवाह गरेका छन् । यसको आधारमा ६० देखि ७० अर्बको बीचमा बैंकहरुले रियलस्टेट क्षेत्रमा लगानी गरेका जनाईएको छ । नेपाल राष्ट्र बैंकले केही समय अगाडि नै कुल कर्जाको २५ प्रतिशतसम्म मात्र यो क्षेत्रमा लगानी गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । जसको कारण बैंकहरुले यो क्षेत्रमा गएको लगानीमा अत्याधिक कतौटी गरेका हुन् । रियलस्टेट लोन शिर्षकमा ग्राण्ड बैंकले ३ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो प्रतिशतको आधारमा उच्च हो । बैंकको कुल कर्जा १५ अर्ब ७१ करोड रहेको छ । यसको आधारमा बैंकले घरजग्गा क्षेत्रमा १९ दशमलव ६० प्रतिशत लगानी गरेको हो । नविल बैंकले यो शिर्षकमा ४ अर्ब ६२ करोड लगानी गरेको छ । बैंकको कुल कर्जा ४८ अर्ब ८२ करोड रहेको छ । अर्को ठूलो बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले रियलस्टेट क्षेत्रमा ६ अर्ब १० करोडकर्जा प्रवाह गरेको छ । रकमको आधारमा इन्भेष्टमेन्ट बैंक अगाडि भएपनि प्रतिशतको आधारमा यो बैंक समेत कमै लगानी गर्ने बैंकमा रहेको छ । बैंकले कुल कर्जा ५० अर्ब २१ करोड पु¥याएको छ । रियलस्टेट तथा जग्गा प्लटिङमा बैंकले जम्मा ३ अर्ब ५२ करोड लगानी गरेको छ ।
     यस्तो शिर्षकमा नविल बैंकले २ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ग्राण्ड बैंकले १ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको छ । यि बाहेकका बैंकहरुको लगानी समेत यो क्षेत्रमा कम रहेको र बैंकले सजिल्यै रिकभरी गर्ने किसिमको रहेको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ । गत वर्ष रियलस्टेट क्षेत्रमा लगानी गर्ने प्रमुख चार बैंकमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक समेत परेको थियो । यो बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २ अर्ब ५५ करोड लगानी गरेको छ । बैंकको कुल कर्जा ४८ अर्ब ४५ करोड रहेको छ । बैंकले जग्गाजमिन खरिद तथा प्लटिगं कर्जामा १ अर्ब १७ करोड लगानी गरेको जनाएको छ । गत वर्षभरीमा यो बैंकले यो शिर्षकमा २ अर्ब ५१ करोड लगानी गरेको थियो । ‘घरजग्गा क्षेत्रमा बैंकको लगानी निकै कम छ । यही लगानीले यो क्षेत्रमा फेरी समस्या ल्याउनसक्ने संधावना छैन ।’ नेपाल राष्ट्र बैैंकका एक उच्च अधिकारीले भने । केन्द्रीय बैंकले रियलस्टेट क्षेत्रमा कुनै समय भएको उच्च लागनीको नियन्त्रणको लागि कदम चालेको र सो कदममा सफलता मिलेको जनाएको छ ।‘हामीले त्यो समयमा त्यति कडाई नगरेको भए अहिले धेरैको अवस्था विग्रन सक्थ्यो’ति अधिकारीले भने ।

मर्जरमा उत्साहजनक उपलब्धि


४३ संस्था गाभिए, २५ प्रक्रियामा
 बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) मा केन्द्रीय बैंकले उत्साहजनक उपलब्धि हासिल गरेको छ । करिब दुई वर्षकै अवधीमा अपेक्षा गरिएभन्दा धेरै संस्था गभिएपछि केन्द्रीय बैंकका अधिकारीहरुले यसलाई ‘राष्ट्र बैंकको सफलता’ मानेका छन् ।
   केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्नेका लागि करिब दुई वर्षअघि छुट्टै नीति लिएको थियो । उक्त नीतिलाई सरकारलेसमेत सहयोग गरेपछि बैंक तथा वित्तीय संस्था गाभिने क्रम बढेको हो । बजारमा बैंक तथा वित्तीय संस्थाको संख्या धेरै भएको र यसमा केन्द्रीय बैंकको अनुगमनले नभ्याउने भन्दै एक आपसमा गाभ्ने नीति लिएको केन्द्रीय बैंकले नीति ल्याएको दुई वर्षमै ४३ बैंक तथा वित्तीय संस्था गाभिएर १८ मा झरेका छन् । गाभिनेमा क वर्गका वाणिज्य बैंकदेखि ग वर्गका वित्तीय संस्थासम्म रहेका छन् । वाणिज्य बैंकमा एनआईसी बैंक र बैक अफ एसिया गाभिएर एनआईसी एसिया बैंक बनेका छन् । दुई बैंक गाभिएपछि वाणिज्य बैंकको संख्या ३१ मा झरेको छ ।
  केन्द्रीय बैंकले मर्जर नीति ल्याउनुअघि नै पोखराको हिमचुली विकास बैंक र बीरगन्जको बीरगन्ज फाइनान्स गाभिएर एच एण्ड बी डेभलपमेन्ट बैंक भएका थिए । त्यसपछि काष्टमण्डप डेभलपमेन्ट बैंक र शिखर फाईनान्स गाभिएर काष्ठमण्डप डेभलपमेन्ट बैंक भएको थियो ।
हालसम्म गाभिएका अन्य संस्थामा ईन्फ्राटक्चर डेभलपमेन्ट बैंक र स्वस्तिक मर्चेन्ट फाइनान्स गाभिएर ईन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक बनेको छ भने विजनेश डेभलपमेन्ट बैंक र युनिभर्सल फाईनान्स गाभिएर विजनेश युनिभर्सल डेभलपमेन्ट बैंक, अन्नपूर्ण विकास बैंक र सुर्यदर्शन फाईनान्स गाभिएर सुप्रिम डेभलपमेन्ट बैंक भएका छन् । त्यस्तै बुटवल फाईनान्स, एल्पिक एभरेष्ट फाईनान्स र सिएमबी फाईनान्स गाभिएर सिनर्जी फाइनान्स, माछापुच्छे« बैंक र स्टयाण्डर्ड फाईनान्स गाभिएर माछापुच्छे« बैैंक, ग्लोवल बैंक, आईएमई फाईनान्स र लर्डबुद्ध फाइनान्स गाभिएर ग्लोबल आईएमई बैंक, पशुपति डेभलपमेन्ट बैंक र उद्यम विकास बैंक गाभिएर एक्सिस डेभलपमेन्ट बैंक, भिबोर विकास बैंक र भाजुरत्न फाइनान्स गाभिएर भिवोर विकास बैंक, साईन डेभलपमेन्ट बैंक र रेसुङ्गा विकास बैंक गाभिएर साईन रेसुङ्गा डेभलपमेन्ट बैंक, प्रुडेन्सियल फाइनान्स र गोरखा फाइनान्स गाभिएर प्रुडेन्सियल फाइनान्स, दियालो विकास बैंक र प्रोफेशनल विकास बैंक गाभिएर प्रोफेशनल दियालो विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक र सूर्य डेभलपमेन्ट बैंक गाभिएर अरनिको डेभलपमेन्ट बैंक भएका छन् । त्यसैगरी रोयल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स, रारा विकास बैंक र अपि फाइनान्स गाभिएर एपेक्स डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक गाभिएर ग्लोबल आईएमई बैंक, प्रभु फाइनान्स, सम्बृद्धि विकास बैंक र बैभव फाइनान्स गाभिएर प्रभु विकास बैंक, मनकामना डेभलपमेन्ट बैंक, यति फाइनान्स र भ्याली फाइनान्स गाभिएर यति डेभलपमेन्ट बैंक बनेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै १८ बैंक तथा वित्तीय संस्थाहरु गाभिएर ६ वटा बनेका छन् । राष्ट्र बैंकले हालसम्म २५ वटा बैंक तथा वित्तीय संस्था गाभिएर १० वटा बन्नको लागि सैद्धान्तिक सहमति दिएको छ । केन्द्रीय बैंकले सेन्ट्रल फाइनान्स र पाटन फाइनान्स, पाँच ग्रामीण विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र बागेश्वरी विकास बैंक,विराटलक्ष्मी विकास बैंक र खाँदबारी डेभलपमेन्ट बैंक,रिलायन्स फाइनान्स र लोटस फाइनान्स,पाथीभरा विकास बैंक र सिर्जना फाइनान्स,रिलायबल फाइनान्स र शुभलक्ष्मी फाइनान्स तथा नेपाल कन्जुमर डेभलपमेन्ट बैंक,सिद्धार्थ फाइनान्स र ईम्पेरियल फाइनान्स,सिभल बैंक र एक्सिस डेभलपमेन्ट बैंक तथा सिभिल मचेन्ट वित्तीय संस्था तथा ग्लोबल आईएमई बैंक र कमर्ज एण्ड ट्रस्ट बैंकलाई गाभिन सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले अन्तराष्ट्रिय अभ्यासको तुलनामा नेपालमा ९० प्रतिशतसम्म मर्जर सफल भएको दाबी गरेको छ ।‘यति थोरै समयमा यसरी मर्जरको लहर आउनु निकै राम्रो कुरा हो । ’राष्ट्र बैंकका एक उच्च अधिकारीले भने‘मर्जर अहिलेसम्म सफल भएको छ । केन्द्रीय बैंकका अधिकारीहरु अब केही वर्ष राम्रो कारोबार भयो भने मर्ज भएका वित्तीय संस्थाको कारोबार सफल हुने बताउछन् । ‘सामान्य समस्याहरु मर्ज हुँदा र नहुँदा पनि आईरहेका हुन्छन् । मर्जकै कारण आउने समस्याका बारेमा भने अझै केही समय हेर्नुपर्छ ।’ती अधिकारीले भने ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई मर्जमा जानुको साथै एक आपसमा खरिद गर्नसमेत सक्ने व्यवस्था गरेको छ । पछिल्लो समय बजारमा मर्जर सम्वन्धमा केही संस्थाहरुका बारेमा चलेको हल्ला भने गलत भएको केन्द्रीय बैकले जनाएको छ । किष्ट बैंक र प्रभु विकास बैंक गाभिने हल्ला चलेपनि उल्लेखित बैंकले गाभिन राष्ट्र बैंकबाट कुनै स्वीकृति नलिएको केन्द्रीय बैंकले स्पष्ट पारेको छ । बजारमा मर्जरको लहर चलिररहेको बेला सेयर खेलाडीहरुले अन्य संस्थाको समेत मर्जरको हल्ला चलाउन सक्नेतर्फ केन्द्रीय बैंकले सचेत गराएको छ ।
चालु आर्थिक वर्षमा सरकार तथा राष्ट्र बैंकले समेत मर्ज गरेर संस्था घटाउने कार्यलाई प्रमुख प्राथमिकतामा राखेपछि बैंक तथा वित्तीय संस्था मर्जमा जान आतुर भएका हुन् । संस्थाहरुलाई पँुजी बृद्धिको प्रावधान साथै समस्यामा परेकालाई मर्जरमा जान छुट तथा कर छुटलगायत व्यवस्था गरिएको छ । सरकारले वार्षिक बजेटमै बैंक तथा वित्तीय संस्थाबीचको मर्जरलाई प्राथमिकता दिएको छ ।

घटे खर्चालू पर्यटक


मुख्य सिजनमै आवागमनमा गिरावट
 नेपालमा आएर धेरै रकम खर्च गर्ने मुख्य देशका पर्यटकहरु मुख्य सिजनमै घटेका छन् । अध्यागमन विभागले दिएको तथ्याङक अनुसार नेपाल आएर बढी खर्च गर्ने वा डलरमा आम्दानी हुने धेरै देशका पर्यटक घटेका छन् । संयुक्त राज्य अमेरिका, पाकिस्तान, चीन, दक्षिण कोरिया, चेक रिपब्लिक, डेनमार्क, जर्मनी, फ्रान्स, ईजरायल, पोल्याण्ड, युके, अष्टे«लिया, न्युजिल्याण्ड, क्यानडालगायत अधिकांस देशका पर्यटक आवागमनमा डिसेम्बरमा गिरावट आएको हो । समग्रमा समेत यो महिना नेपाल आउने पर्यटकको सख्यामा करिब पाँच प्रतिशत गिरावट आएको छ । नेपालमा रजनीतिक अस्थिरता तथा संविधान सभाको निर्वाचन आसपासमा भएको पर्यटन विरोधी गतिविधीको कारण नेपाल आउने पर्यटक घटेको बताईएको छ । नेपालमा डलरमा आम्दानी हुने बाहेक भारतका पर्यटक समेत झिनो अंकले घटेका छन् ।  
नेपाल पर्यटन बोर्डले गत महिनादेखि नेपालमा हवाई मार्गबाट आउने पर्यटकको तथ्याङक सार्वजनिक गर्न सुरु गरेको  छ । बोर्डले दिएको जानकारी अनुसार गत महिना(डिसेम्बरमा) हवाई मार्गबाट नेपाल आउने पर्यटकको संख्यामा करिब ५ प्रतिशतले गिरावट आएको हो । नोभेम्बर तथा डिसेम्बर महिनालाई पर्यटन व्यवसायीहरुले भने पर्यटकीय सिजन नै मानेका छन् । बोर्डले दिएको जानकारी अनुसार गत वर्षको डिसेम्बर महिनाको तुलनामा यो वर्ष हवाई मार्गबाट नेपाल आउने पर्यटकको संख्यामा ४ दशमलव ९ प्रतिशत(२ हजार १ सय ७३)ले कमि आएको हो । यो वर्षको डिसेम्बरमा नेपालमा ४२ हजार ६ सय १ विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको यो महिनामा ४४ हजार ७ सय ७४ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
   यो महिनामा सार्क क्षेत्रबाट मात्रै १३ हजार ५ सय २१ पर्यटक हवाईमार्गबाट नेपाल भ्रमणमा आएका छन् । यो गत वर्षको तुलनामा १ दशमलव ६ प्रतिशतले बढी हो । गत वर्ष यो समयमा सार्कमा आवद्ध देशहरुबाट १३ हजार ३ सय २ जना विदेशी नेपाल घुम्न आएका थिए ।
सार्कबाट नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै बङ्गलादेशबाट ४० दशमलव ३ र श्रीलङकाबाट ४९ दशमलव ४ प्रतिशत बढेका छन् ।
उता डिसेम्बरमा युरोपियन मुलुकबाट नेपाल आउने पर्यटकको संख्या ८ दशमलव ७ प्रतिशतले घटेको छ । यो वर्ष ७ हजार ७ सय ६२ पर्यटक युरोपियन देशहरुबाट नेपाल आएका छन् । युरोपियन देशबाट नेपाल आउनेमा बेलायत, इजरायल, डेनमार्कबाट नेपाल आउने पर्यटक घटेका छन् भने बेल्जियम, नर्बे, स्वीडेनबाट आउने पर्यटक बढेका छन् । सर्कमै रहेको बंगलादेशबाट आउने पर्यटकको संख्या ४०.३ प्रतिशतले बढेको छ भने पाकिस्तानबाट आउने पर्यटकको संख्या ६७ प्रतिशतले घटेको छ । यो वर्ष सार्क क्षेत्रको भारतबाट हवाई मार्गको प्रयोग गरेर नेपाल आउने पर्यटक १ प्रतिशतले घटेका छन् । यो अवधीमा भारतबाट ११ हजार २ सय ४७ पर्यटक नेपाल आए । गत वर्ष ११ हजार ३ सय ६२ पर्यटक भारतबाट नेपाल आएका थिए । सार्कमा सबैभन्दा धेरै नेपाल आयने पर्यटक समेत भारत नै रहेको छ । बङ्गलादेशबाट १ हजार ८ सय ९७ पर्यटक मात्र नेपाल आएका छन् । यो भारतपछि सबैभन्दा धेरै हो । उता एसिया क्षेत्रमा रहेको चीनबाट सबैभन्दा धेरै नेपाली पर्यटक नेपाल भित्रिएका छन् । चीनबाट ४ हजार ५ सय २८ पर्यटक नेपाल आएका हुन् । यो गत वर्षको भन्दा ९ दशमलव ३ प्रतिशत कम हो तर संख्याको आधारमा अन्य देशको तुलनामा धेरै हो । चीनपछि एसिया क्षेत्रमा सबैभन्दा धेरै जापानबाट नेपालमा पर्यटक आएका छन् । यो देशबाट डिसेम्बरमा २ हजार ८ सय ७२ पर्यटक नेपाल आएका हुन् । गत वर्ष २ हजार ८ सय ७६ पर्यटक जापानबाट नेपाल आएका थिए ।
संयुक्त राज्य अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्यामा समेत यो वर्ष ५ दशमलव ७ प्रतिशतको गिरावट आएको छ । गत वर्ष २ हजार ९ सय ७ अमेरिकी पर्यटक डिसेम्बरमा नेपाल आएकोमा यो वर्ष २ हजार ७ सय ४१ पर्यटक नेपाल आएका छन् ।        

12/01/2013

नेपाल बैंक पनि मुछियो बोनस काण्डमा (हेर्नुहोस विवरणसहित)


 राष्ट्र बैंकका अधिकारीहरु पनि मुछिए

लामो समयदेखि सञ्चित घाटामा रहेको नेपाल बैंकले बितेका तीन आर्थिक वर्षमा नियम विपरित सुटुक्क बोनस बाँडेको फेला परेको छ । बैंकले पछिल्ला तीन आर्थिक वर्षको कारोबारमा नाफा कमाएको भन्दै आफ्ना कर्मचारीलाई बोनस बाँडेको भेटिएको हो । जुनसुकै आर्थिक वर्षमा नाफा गरे पनि सञ्चित नोक्सान पूर्ति नभएसम्म सरकारी स्वामित्वको संस्थानहरुलाई बोनस वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन नाघेर बैंकले बोनस बाँडेको हो । यसरी बोनस बाँड्दा अर्थ मन्त्रालयको समेत स्वीकृति लिइएको छैन ।

यसअघि नेपाल आयल निगमले पनि सरकारको सहमति बिना सञ्चालक समितिबाट निर्णय गरेर नाफा भएको वर्षको बोनस वितरण गर्दा सञ्चित नोक्सानमा रहेको संस्थानले बोनस वितरण गर्नु गैर कानुनी भन्दै अख्तियारले गत असोजमा निगमका उच्च अधिकारीलाई पक्राउ गरेको थियो । नेपाल बैंकमा पनि कारबाही थाल्न अख्तियारले छलफल थालिसकेको छ । ‘अर्थ मन्त्रालयसँग बोनसका बारेमा सोधेका छौ, त्यहाँबाट जवाफ आएपछि के गर्ने भन्ने बारेमा निर्णय गर्छौं’ अख्तियार स्रोतले भन्यो । सञ्चित नोक्सानमा रहेको नेपाल बैंकलाई के आधारमा बोनस वितरणको सहमति दिएको भनेर पनि अख्तियारले राष्ट्र बैंकलाई समेत सोधेको छ ।  अख्तियारले कारबाही अघि बढाए यो मुद्दामा नेपाल बैंकका अधिकारीका अतिरिक्त राष्ट्र बैंकका अधिकारीहरुसमेत तानिन सक्छन् ।

गत असार मसान्तसम्म बैंक ३ अर्ब ८८ करोड ९० लाख ९९ हजार सञ्चित नोक्सानमा छ । सरकारी स्वामित्वको यो बैंकमा विश्व बैंकअन्तर्गतको वित्तीय सुधार कार्यक्रम लागू भएर क्रमशः सुधार भइरहेको छ भने व्यवस्थापन अझै नेपाल राष्ट्र बैंकका अधिकारीले सम्हालिरहेका छन् । यद्यपि, यसको सञ्चित नोक्सानी बाँकी छ ।  अर्थ मन्त्रालय स्रोतका अनुसार नेपाल बैंकले अर्थ मन्त्रालयको सहमति बिना नै बोनस वितरण गरिएको छ भने यसको जानकारी नेपाल राष्ट्र बैंकले पनि अर्थ मन्त्रालयलाई दिएको छैन । नेपाल बैंकको सञ्चालक समितिले पास गरेको ब्यालेन्ससिटलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि मात्र बैंकले बोनस वितरण गर्छ । बैंकले भने बोनस ऐन, २०३० बमोजिम राष्ट्र बैंकबाट स्वीकृत गरेर मात्र बोनस वितरण गरेको बताउँछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको बोनस वितरणको बारेमा सहमति दिएको वा नदिएको भन्ने बारेमा अर्थ मन्त्रालयमासँग जवाफ माग गरिसकेको छ ।

व्यवस्थापनको कमजोरीको कारण सञ्चित नोक्सानी भएको भन्दै नेपाल राष्ट्र बैंकले नेपाल बैंकको व्यवस्थापनको नेतृत्व गरेको छ । बैंकले सञ्चित नोक्सानी पूर्ति नगर्दै बोनस वितरण गरेपछि अख्तियारले छानबिन सुरु गरेको हो । अख्तियार स्रोतका अनुसार नेपाल बैंकले आर्थिक वर्ष २०६६÷०६७, ०६७÷०६८ र ०६८÷०६९ मा बोनस वितरण गरेको हो । ती तीन आर्थिक वर्षमा नाफा गरेको कारण बैंकले बोनस वितरण गरेको हो ।

अख्तियारले कारबाही थालेपछि आयल निगमले भने वितरण गरिएको बोनस फिर्ता गरेको थियो । रकम फिर्ता भएपछि मात्र पक्राउ परेका कर्मचारीहरु रिहा भएका थिए । निगमले ट्रेड युनियनहरुको दबाबमा बोनस वितरण गरेको थियो । सार्वजनिक संस्थानहरु धरासायी हुँदै गएपछि अख्तियारले कारबाहीलाई केही कडा गर्न लागेको हो । आयल निगमले वार्षिक साधारणसभा र सञ्चालक समितिबाट पास गरेरै बोनस वितरण गरे पनि अख्तियारले कारबाही चलाएको थियो । निगमले आव ०६७÷०६८ को नाफाको समयको बोनस वितरण गरेको थियो । 
साभार ः व्यापार साप्ताहिक
थप विवरण हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस विज्ञापन छ भने पहिला यसलाई हटाउनुहोस । 

4/07/2013

सीमित सडक सुरक्षा(सडक समाचार)

वार्षिक ६० करोडको आर्थिक क्षति
उद्धार र राहतमै साढे ३ अर्ब बढीको खर्च
         विभिन्न क्षेत्रले सडक सुरक्षाका लागि विभिन्न योजना ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नेपालमा सडक सुरक्षामा हुने गरेका काम÷कारबाही प्रभावहीन हुने गरेका छन् । बेला(बेलामा सडक सुरक्षाका लागि देशको सरकारी तथा निजी क्षेत्रले विभिन्न कार्यक्रम ल्याउने गरेका भए पनि यसले सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणमा खासै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेपछि देशमा सडक सुरक्षाको क्षेत्र कार्य गर्न अधिकार सम्पन्न कार्यदल नै निर्माण गर्नुपर्ने आवाज उठेको छ ।
सरकारले सडक सुरक्षाका लागि संयुक्त राष्ट्रसंघले ल्याएको सडक सुरक्षा
दशकलाई कार्ययोजनाको रूपमा स्वीकृत गराएको भए पनि यसको कार्यान्वयनका लागि कुनै निकायसँग छलफल नगरेको भन्दै निजी क्षेत्र रुष्ट छन् । सरकारी निकाय भने कार्ययोजना आएपछि मात्रै सरोकारवाला निकायसँग छलफलको तयारीमा लागेको बुझिएको छ । तर, कार्ययोजना आउनुभन्दा अगाडिसमेत सडक निर्माण तथा प्रयोग सुरक्षाको मापदण्ड बनाइएको भए पनि प्रभावकारी कार्यान्वयनमा ल्याउन सकिएको छैन । भौतिक पूर्वाधार निर्माण तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला सरकारले राष्ट्रसंघको कार्ययोजना अनुमोदन गरेको र यसको कार्यान्वयनका लागि सबै निकायसँग छलफल हुने बताउनुहुन्छ, ‘हामीले सदस्य राष्ट्र भएको नाताले राष्ट्रसंघले ल्याएको कार्ययोजनालाई हाम्रो परिवेसअनुसार बनाएका छांैं ।’ उहाँले भन्नुभयो, ‘यसको कार्यान्वयनका लागि सबै क्षेत्रसँग छलफल तथा अन्तत्र्रिmया हुनेछ ।’ तर, सरकारले मन्त्रिपरिषद्बाट अनुमोदन गरेको कार्ययोजनाले समेत सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि स्पष्ट भूमिका खेल्न नसक्ने जानकारहरू बताउँछन् । कार्ययोजनामा विभिन्न पाँच पक्षलाई समावेश गरिएको छ । जसमा सडक प्रयोगकर्तादेखि दुर्घटनापछि पुग्ने अस्पतालसम्म समावेस गरिएको छ । यसमा सडक दुर्घटना न्यूनीकरणका लागि सडकको स्तरोन्नति तथा राष्ट्रसंघको मापदण्डअनुसारको बनाउनुपर्ने उल्लेख गरिएको छ, जसका लागि सरकारले कुनै बजेटको व्यवस्था गरिसकेको छैन । बिना बजेट कार्ययोजना ल्याउनुले कुनै औचित्य नहुने निजी क्षेत्रको भनाइ छ । तर, सचिव सिटौलाले सडक मापदण्डअनुसारको बनाउन धेरै बजेट नलाग्ने बताउँनुहुन्छ । ‘केही करोड रकम खर्च गरे अहिलेका सडक राष्ट्रसंघ मापदण्डअनुसारकै हुनेछ,’ उहाँले भन्नुभयो, ‘यसमा सडक लाइट तथा चिहृनहरूको प्रयोग बढाउनुपर्ने हो ।’
सडक र सवारी क्षेत्रको सुरक्षामा भएका पहलहरूले कुनै पनि योगदान पु¥याउन नसकेको विभिन्न समयमा हुने गरेको विभिन्न किसिमका सडक दुर्घटना तथा यसले निम्त्याएको क्षतिले देखाएको छ । विभिन्न निकायले समेत सडक सुरक्षाको विषयमा कार्ययोजना बनेका भए पनि यसको प्रभावकारी रूपमा कार्यान्वयनमा जोड दिन नसकेको स्वीकार गरेका छन् । सडक÷सवारी सुरक्षामा समस्या बढ्दै जानुमा सरकार र व्यावसायिक क्षेत्रबीच अन्तरसमन्वयको अभाव अहिले पनि कायमै छ भने यो क्षेत्रमा कार्यरत संघ÷संस्थाले पनि आफूलाई सडकसुरक्षा क्षेत्रमा केही मात्रामा भने पनि परिवर्तन गरेर यो क्षेत्रमा लगाव बढाउन सकेका देखिँदैन ।
सडक दुर्घटना घटाउने लक्ष्यसहित सरकारले बनाएको दश वर्षे सडक सुरक्षा कार्ययोजनामा सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक तथा आवागमन, सुरक्षित सवारीसाधन, सुरक्षित सवारी तथा सडक प्रयोगकर्ता, दुर्घटनापछिको उद्धार र उपचार, सचेतना शिक्षा, अनुगमन, मूल्यांकन, कानुन कार्यान्वयनलगायत विषय समावेस गरिएका छन् । यो क्षेत्रमा एउटामात्र निकायले गरेको पहल सफल नहुने भए पनि यो विषयमा सरोकार राख्ने सबै क्षेत्रमा सरकार पुग्न सकेको छैन ।
वार्षिक ६० करोडको क्षति
नेपालमा सडक दुर्घटनाले एक वर्षमा कति क्षति हुन्छ भन्ने वास्तविक तथ्य नभए पनि वार्षिक ६० करोडभन्दा बढी आर्थिक क्षति हुने र १ हजार ८ सयभन्दा बढी मानवीय क्षति हुने गरेको जनाइन्छ । स्वास्थ्य मन्त्रालयले केही समयअगाडि गरेको अध्ययनमा दुर्घटनामा घाइते भएकाको उपचार र यातायातका साधनको खर्चसमेत गरेर एक वर्षमा ६० करोड रुपैयाँबराबरको क्षति हुने गरेको जनाइएको छ ।
उता ट्राफिक प्रहरीको तथ्यांकमा सडक दुर्घटनामा वर्षमा ९ सयले ज्यान गुमाउने र १२ हजार घाइते हुने गरेको जनाइएको छ । औसतमा सडक दुर्घटनामा दैनिक तीनजनाको मृत्यु र १० जना घाइते हुने गरेका छन् । सडक दुर्घटनामा मृत्युदर वार्षिक ५ दशमलव ४१ प्रतिशत र घाइतेदर ६ प्रतिशतले वृद्धि भइरहेको विभिन्न समाचारमा जनाइएको छ ।
विश्वमा १३ लाखको मुत्यु
विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार, विश्वभर वार्षिक १३ लाख मानिसले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । तथ्यांकमा २ देखि ५ करोड हाराहारी मानिस गम्भीर घाइतेसहित अपांग हुन्छन् भनिएको छ भने सडक दुर्घटनाका कारण विश्वभर १८ करोड डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ) को आर्थिक क्षति हुने गरेको छ । यही तथ्यलाई आधार मान्दै संयुक्त राष्ट्रसंघले सडक सुरक्षाका लागि १० वर्षे कार्ययोजना नै बनाएर सदस्य राष्ट्रहरूलाई लागू गर्न अनुरोध गरेको थियो । राष्ट्रसंघले सन् २०१० देखि २० सम्मलाई सडक सुरक्षा दशकको रूपमा घोषणा गरेको छ । सोहीअनुसार नेपालले पनि सडक सुरक्षा कार्ययोजना तयार पारेको छ भने मन्त्रिपरिषद्को बैंठकले यसलाई स्वीकृतसमेत गरिसकेको छ ।

दुर्घटना न्यूनीकरणका लागि के गर्नुपर्छ ?

‘लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्छ’

सौरभ ज्योति

अध्यक्ष

नेपाल अटोमोवाइल्स डिलर्स एसोसिएसन

नेपालमा पछिल्लो समयमा सडक र सवारी सुरक्षामा धेरै समस्या देखिएकाले सरकारले गाडीहरूको जाँच गराउन तत्काल भेकल फिटनेश सेन्टर देशभर राख्नु पर्दछ । सरकारले लाइसेन्स दिने व्यवस्थालाई सुधार गर्दै व्यावसायिक क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नु पर्दछ । हाल सरकारले काठमाडौं उपत्यकामा सञ्चालन गरेको सडक विस्तार कार्य राम्रो संकेत भएको तर, बाटोको मर्मतसम्भार पनि छिटो गराउनु पर्दछ । नेपालमा सवारी धेरै भएर सुरक्षा खतरा बढेको नभएर सडकनै थोरै भएकाले सरकारले मुख्य गरी सडक विस्तारलाई प्राथमिता दिनुपर्ने देखिन्छ ।


‘कानुनलाई नमान्ने परिपाटीको अन्त्य गर्नुपर्छ’

उपेन्द्रकान्त मैनाली

ट्राफिक प्रहरी प्रमुख

नेपालमा नियम कानुन केही कुरामाबाहेक पर्याप्त रहेको भए पनि कानुनलाई नमान्ने परिपाटीले सडक सुरक्षाको खतार दिन प्रतिदिन बढिरहेको छ । आर्थिक वर्ष ०६७÷०६८ मा ४ हजार सडक दुर्घटना भएको तर, गत वर्ष उक्त संख्या बढेर ८ हजार ८ सय सडक दुर्घटना हुनु अत्यन्तै दुःखदायी हो । सडक दुर्घटना हुने प्रमुख कारण नेपालमा मानवीय कारण भएकाले त्यसलाई सुधार गर्नुपर्ने टड्कारो आवश्यकता छ । सडक दुर्घटना हुने अर्को कारण सडक र सवारीको पनि समस्या भएकाले सबै क्षेत्रको हातेमालो हुनु जरुरी छ ।

 १८ वर्षपछि मात्र लाइसेन्स दिए उपयुक्त हुन्छ

सरद अधिकारी

प्राविधिक निर्देशक

यातायात व्यवस्था विभाग

नेपालमा सडक र सवारी क्षेत्रमा एक संस्थाले अर्को संस्थालाई आरोप लगाउने गरेकाले पनि समस्या गहिरिँदै गएकाले त्यसतर्फ समन्य हुनुपर्ने आवश्यकता रहेको छ । नेपाल पहिलो कुरा यातायात व्यवसायी महांसघले सर्वाजनिक यातायातमा कुन ड्राइभर कस्तो हो भन्ने कुरा छुट्याउनुपर्ने देखिएको छ । त्यस्तै गरी नेपालमा लाइसेन्स दिने प्रक्रिया नै बदल्नुपर्नेमा सबैको ध्यान जानुपर्नेछ ।
नेपालमा १६ वर्षमा मोटरसाइकलको लाइसेन्स लिने १८ वर्षमा गाडीको लिने २० वर्षमा हेवी गाडीको लाइसेन्स लिने ट्रेन बस्दै गएकाले त्यसलाई रोकेर १८ वर्षमा दिने व्यवस्था गरिएमा ड्राभिङ लाइसेन्सको नाममा हुने धेरै खालका समस्या समाधान हुनेछन् । हालसम्म पनि नक्कली लाइसेन्स लिने प्रक्रिया रोक्न नसकिरहेको र अब विभागले तत्काल स्मार्टकार्ड सिस्टममा जाने तयारी गरेका छौं ।
‘एकै किसिमको नीतिले समस्या बनायो’

योगेन्द्रनाथ कर्मचार्य

अध्यक्ष

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ

नेपालमा १० हजार सवारी गाडी भएकाबेला ल्याइएको नियमन(नीतिलाई १२ लाख ८० हजार सवारी हुँदासम्म एउटै नीति हालसम्म लागू गरिएकाले समस्या आएको छ । नेपालमा सर्वाजनिक यातायात मा धेरै सुरक्षा खतारा हुनु लाइसेन्सका लागि के शिक्षा लिनुपर्ने भन्नेमा कसैको चासो गएको देखिँदैन । कम्तीमा मान्यता प्राप्त शैक्षिक संस्थाको स्थापना गरी प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गर्नु पर्दछ । नेपालमा खलासी गरेकाहरू नै पछि ड्राइभर हुने भएकाले शिक्षा प्रणाली लागू गर्नुपर्ने भनेर हामीले पटक(पटक माग गरेका छौं, तर मन्त्रालयले हालसम्म नसुनेको अवस्था छ । अन्य नियम पालनको कुरामा सरकारले उचित ठाउँमा उचित नियमको पालन गरेको खन्डमा आफूहरू मान्न तयार छौं । नेपाल सरकारले तत्काल गर्न सकिने गरी व्यावसायिक क्षेत्रसँग सहकार्य गर्दै पश्चिम रुटमा जाने गाडीका लागि थानकोटमा र पूर्वजाने गाडीलाई भक्तपुरमा बसपार्क बनाउने कार्य गरे काठमाडौं उपत्यकामा धेरै सवारी चाप कम हुन्छ ।
‘निकायहरूबीच समन्वय भए राम्रो हुन्छ’

केदार अधिकारी

सीईओ

महानगरपालिका

महानगरपालिकाको कुरा गर्दा कुन निकायले कुन काम गर्ने भन्ने प्रष्ट नहुँदा पनि समस्या आएको हो । रुट इजाजतको लागि विभागले महानगरपालिकालाई जिम्मा दिएमा अलिसजिलो हुने देखिन्छ । हाल हामीले रात्रिकालीन यातायात सेवा सुरु गराएका छांै । त्यस्तै गरी बसपार्कलाई व्यवस्थित बनाएर अन्य साना बसपार्क पनि बनाउनुपर्ने तथा पार्किङलाई व्यवस्थित बनाएर विस्तृत कार्ययोजना ल्याउन महानगरपालिका लागि परेको छ ।
‘जानसक्ने क्षेत्रमा मात्र गाडी चलाऔं’ं

कृष्णबहादुर थापा

इञ्जिनियर

सडक विभाग

सडक सुरक्षाको कुरा गर्दा सडक विभागको प्रमुख जिम्मेवारी हुन जान्छ । उपत्यकामा भन्दा पनि पछिल्लो समय बाहिरतिर बढी सडक दुर्घटना भएको तथ्यांकले देखाउँछ । खासगरी ग्रामीण इलाकामा हाल धेरै सडक विस्तार भएका तर, जानै नसक्ने स्थानमा पनि गाडी चलाइएकाले सडक दुर्घटना गराइरहेको देखाउँछ ।

उपत्यकाको हकमा सडक विभागले सडक विस्तार तथा मर्मत कार्यलाई प्राथमिकता दिएको छ । अब छिट्टै फ्लाइओभर, लेन विस्तार र तीनेकुनेदेखि माइतीघरसम्म साइकललेन निर्माण गर्न लागिरहेका छौं । सडक दुर्घटनाले विकराल समस्या सिर्जना गरिरहेकाले सबै सरोकारवाला निकायको समन्वयमा तत्काल सुरक्षा नीति सार्वजनिक गरेर कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

‘ट्राफिक प्रहरी बढी जिम्मेवार हुनुपर्छ’

दीपक थापा

महासचिव

नेपाल अटो मोवाइल्स डिलर्स एसोसिएसन

अहिले देशको मुख्य सहरमा ट्राफिक प्रहरीका कारण धेरै समस्या आउने गरेका छन् । सबैभन्दा पहिला यो क्षेत्र सहज हुनुप¥यो । सडकमा देखिएको ट्राफिक जामको समस्या तथा यस क्षेत्रमा हुने गरेका दुर्घटना न्यूनीकरणका लागि पहिला यो पक्ष नै जिम्मेवार बन्नुपर्दछ । यसपछि अन्य सरोकारवाला निकायको संलग्नतामा विस्तृत योजना बनाएर गएमा सडक दुर्घटना तथा यसबाट उत्पन्न हुने समस्या समाधान गर्न सहज हुन सक्छ ।

हिउँदमा मात्र सडक

देशमा हिउँदभन्दा वर्षा समयमा सडक दुर्घटना धेरै हुनेगरेको तथ्यांकमा देखाइएको छ । गत साउनको १९ दिनमा नै देशभर ५९ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । तीनवटा ठूलासहित १५ दुर्घटना भएका थिए साउन महिनामा । यसबाहेक देशका अधिकांश पहाडी तथा ग्रामीण सडक वर्षा समयमा बन्द हुनेगर्छन् । धेरै सडकमा जबरजस्ती सवारी गुडाउँदा दुर्घटना बढ्ने गरेको छ । नेपालमा बनेको प्रायः ग्रामीण सडक काम चलाउ सडकमात्र छन् जससले गर्दा विभिन्न दुर्घटना बढ्ने गरेको तथ्यांमा जनाइएको छ । कतिपय सडक भने वर्षात्को समयपछि कामै नलाग्ने हुनेगरेका छन् । नेपालमा निर्माण भएका करिब ३६ प्रतिशतमात्र ग्रामीण सडक सवारी सञ्चालन गर्न योग्य छन् ।

 २३ वर्षमा २२ हजार मरे
आर्थिक वर्ष २०४५÷०४६ देखि ०६९÷७० सम्ममा सडक दुर्घटनामा २२ हजार व्यक्तिले ज्यान गुमाएका छन् । एक समाचारमा जनाइएनुसार नेपाल कम्युनिस्ट पार्टी माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको समयमा मर्नेभन्दा सडक दुर्घटनाले मर्नेको संख्या बढी छ । यो अवधिमा १७ हजार ५ सय ४ जनाले द्वन्द्वमा ज्यान गुमाएका थिए भने सवारी दुर्घटनामा १७ हजार ७ सय ९६ जनाले ज्यान गुमाएका थिए । ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार देशमा सडक दुर्घटनाबाट मर्नेहरूभन्दा यसका कारण घाइते हुनेलाई पालन पोषणका लागि सरकारको तथा व्यक्तिको ठूलो रकम खर्च हुनेगरेको छ । सरकारले अघिल्लो एक वर्षमा मात्र दुर्घटना पीडितको उद्धार र राहतमा ३ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको थियो ।

के भन्छन् सरकारी निकाय ?

भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्रालयले सडक गुणस्तरीय निर्माणका लागि अध्ययन तथा निरीक्षणमा जोड दिइरहेको र गुणस्तरीय सडक निर्माण भएमात्र यस क्षेत्रमा देखिएको सडक दुर्घटनाको समस्या समाधान गर्न सकिने मन्त्रालयका प्रवक्ता हरिभक्त श्रेष्ठ बताउँनुहुन्छ । ‘सडक निर्माण स्थलमै गएर हामीले अनुगमन गर्ने व्यवस्था मिलाएका छौं । यसका लागि टोली बनेको छ,’ श्रेष्ठ भन्नुहुन्छ, ‘सडक निर्माण तथा आयोजनाहरूको अनुमगनले गुणस्तरीय निर्माण हुने देखिन्छ ।’ हवाई दुर्घटनामा १०(१२ जनाको मृत्यु हुँदा जाँचबुझ आयोगदेखि दुनिया गर्ने सरकार सडक दुर्घटनामा भने प्राय मौन बस्ने गरेको छ, तर मन्त्रालयका अधिकारीहरू भने ठूला दुर्घटनाको जुनसुकै भए पनि छानविन हुने बताउँछन् । ‘हामीले केही समयअघि कर्णालीमा भएको दुर्घटनाको छानविनका लागि आयोग बनाएका थियौं,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘आयोगको प्रतिवेदन आइसकेको छ ।ु दुर्घटनाको प्रकारअनुसार कारबाही प्रक्रिया अघि बढ्छ, तर प्रतिवेदन बने पनि सरकारको त्यसमा औल्याइएका सुझावको कार्यान्वयनमा जोड दिन सकेको पाइँदैन । सवारी दुर्घटनाको अनुसन्धान गर्ने जिम्मा लिएको ट्राफिक प्रहरीलेसमेत सडक दुर्घटना न्यूनीकरणका लागि पहल गरिरहेको तर, पर्याप्त नभएको स्वीकार गरेको छ ।

 अधिकांश दोष चालकमै

देशमा हवाई दुर्घटना तथा सडक दुर्घटना हुँदा त्यसको अधिकांश दोष चालक तथा पाइलटलाई दिने गरिएको छ । विश्व स्वास्थ्य संगठनलेसमेत चालक ७२ प्रतिशत दोषी हुने अध्ययन प्रतिवेदन तयार पारेको छ । लामो दूरीमा चालकमा थकाइ, निन्द्रा, मदिराको सेवनलगायतले पनि सवारी दुर्घटना बढ्ने गरेको देखाइएको छ । यसबाहेक सडक, सवारीसाधनको यान्त्रिक खराबी, सडकको अवस्था तथा पैदल यात्रु, चौपाया, बटुवाका कारण सडक दुर्घटना बढ्ने गरेको देखाइएको छ । नेपालको सन्दर्भमा १६ वर्षमै लाइसेन्स दिने परिपाटीले गर्दा धेरै युवा अकालमै सडक दुर्घटनाले मृत्युवरण गरिरहेको अवस्था छ ।
 तथ्यमा सवारी
विश्वभर सवारी दुर्घटनामा करिब १३ लाखको (प्रतिवर्ष) मृत्यु 
विश्वभर सवारी दुर्घटनामा ३ करोड घाइते 
विश्वभर दुर्घटनाका कारण क्षति १८ करोड डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ) 
अल्पविकसित राष्ट्रमा सवारी हिस्सा ९ प्रतिशत (करिब)
अल्पविकसित राष्ट्रमा सवारी दुर्घटनाबाट मृत्यु ४२ प्रतिशत
आर्थिक वर्ष २०५८÷०५९ मा नेपालमा रहेका सवारीमा ३ लाख ६२ हजार, 
आर्थिक वर्ष २०६८÷०६९ मा नेपालमा रहेका सवारी १३ लाख (करिब)
देशमा कुल सवारीमा मोटरसाइकलको हिस्सा ७५ प्रतिशत
पाँच वर्षको सडक दुर्घटना ३५ हजार २ सय ८९
दुर्घटनामा परेका सवारी ५५ हजार २ सय २१
(मोटरसाइकल २० हजार ४३, जिप, भ्यान १४ हजार १ सय २१, बस ८ हजार २४ र ट्रक ६ हजार २ सय ९३)
१५ देखि ६४ वर्ष उमेरका व्यक्तिको मृत्युको ७० प्रतिशत 
सवारी दुर्घटना मोटरसाइकल स्कुटर दुर्घटना मृत्यु हुने ४० प्रतिशत रहेको छ ।
के हुन्छ समाधान ?
सरकारले सवारी क्षेत्रमा हुनेगरेका दुर्घटना तथा यसको नियन्त्रणका लागि कुनै प्रभावकारी काम गरेको छैन । नियमनकारी सरकारी निकाय, चालक, यात्रु र अन्य सडक प्रयोगकर्तामाझ पुग्नेगरी योजना ल्याए पनि यसको वास्तविक क्षेत्रमा सरकार पुग्न सकेकै छैन । सडक दुर्घटना न्यूनीकरण तथा यसबाट हुने क्षतिको न्यूनीकरणका लागि न्यूनतम् सावधानी र सतर्कता अपनाउन सरकारले धेरै चासो दिनुपर्ने देखिएको छ । यसबाहेक ट्राफिक प्रहरी, व्यवसायी तथा सरकारी र सरोकारवाला अन्य निकायको संलग्नतामा सडक सुरक्षासम्बन्धी प्राधिकरणकै स्थापना र यसलाई जिम्मेवार बनाउन सकेमा सवारी दुर्घटना न्यूनीकरण र सुरक्षा क्षेत्रमा ठूलो योगदान पु¥याउन सक्ने सरोकारवाला निकायको भनाइ छ । देशको सडक सुरक्षाको क्षेत्रमा सरकारले स्पष्ट नीति ल्याएर कार्यान्वयन गरेमा यस क्षेत्रबाट हुने गरेको आर्थिक क्षति न्यूनीकरण गरी त्यसमा जाने रकम विकास निर्माणमा खर्च गर्न सकिने विज्ञहरू बताउँछन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ समेत समय सापक्ष देखिँदैन । यसको परिमार्जन गर्न सरकारले जोड दिनुपर्ने देखिएको छ । यसबाहेक सवारी शिक्षामा सरकारको विषेध ध्यान जानु जरुरी छ ।
patrakarshiva@gmail.com

एसएलसी पछि पत्रकारीता पढ्न चाहने विद्यार्थीहरुले यो पढ्नुहोस


पत्रकारिताका भिजिलान्तेहरु 
देशको कार्यपालिका,न्यापालिका,व्यवस्थापिकापछिको अंग पत्रकारिता रे ! अहिले त अझै व्यवस्थापिका नभएपछि पत्रकारिता देशको तेस्रो अंग हो भनेर भनिन्छ । कुनै समय थियो नेपालमा सेना, प्रहरी जस्तै गरी पत्रकारहरु पनि खटिन्थे । राति १२ बजे दिउँसो १२ बजे जे भएपनि पत्रकार सर्तक हुनुपर्ने बेला थियो,ईज्जतको पेसा थियो यो । तर अहिले पत्रकारिता पेसा निकै सस्तो छ । पत्रकारिताको नाममा एकातिर हल्लाकारिताको विकास भएको छ भने अर्कोतिर यसको व्यवसयीकता पनि नासिँदै गएको छ । यसको उदाहरण एक ः राससले राजधानीको तिन स्थानमा शंस्कास्पद वस्तु फेला परेको समाचार सार्वजनिक ग¥यो । यो समाचार अनलाईनमा यति फैलियो कि कसैले त्यसलाई बम भने कसैले बैद्य माओवादीले फेरी बम बारुद चलाउन थाल्योसम्म भन्न भ्याए पछि थाहा भयो त्यो केही होईन रहेछ । अर्को पारसको मृत्यूको हल्ला त्यसैगरी फैलियो । अब यो हल्लाकारिताका दुनिया बनेको छ ।
 पत्रकारिताको गौरवको पेसा आज संकटमा परेको छ कारण अनलाईनमाथि कुनै नियन्त्रण छैन र त्यसको आधारमा कोठामा बसेर समाचार लेख्ने कोठे पत्रकारहरुको विगविगी छ । आखिर विना नियन्त्रण फैल्याएको यो पेसा र व्यवसायको अस्थित्व के हो ? त्यो कसैले चासो राखेको छैन । चासो राख्नु जरुरी पनि ठानिदैन किनभने नेपालमा सबै किसिमको पत्रकारितालाई अंगको ट्याग लगाईएको छ । त्यो कुन अंग हो मिडिया अनुसार आफैंले विश्लेषण गर्नुपर्ने अवस्था आएको छ ।    
जिल्ला–जिल्लामा रहेका साथीहरुलाई त यो पेसा गौरवको पेसा भएको छ । काठमाडौंबाट निश्कने एक दैनिक पत्रिकामा जागिर पाए उहाँहरुलाई पुग्यो । तर राजधानीका केही सीमित मिडिया बाहेकका साथीहरुलाई यो पेसा बाध्यताको पेसा भईसकेको छ । विशेषगरी पत्रकारिता पेसामा लाग्ने पत्रकार तथा कर्मचारीहरु हिजोआज यो व्यवसाय गर्ने देखावटी साहुहरुको कठपुतली हुँदै छन् । कारण, पत्रकारिता व्यवसाय जसले जसरी पनि सञ्चालन गर्न पाउछ रे,यो हाम्रो लोकतन्त्रको उपलब्धि नै भएको छ । पत्रकारितामा लागेमा नेपाल जे गर्न पछि छुट छ रे ! त्यसैले अन्तबाट कालोमैलो भएकाहरु पनि सजिल्यै यो पेसामा आईरहेका छन् । यो हामीले यहाँ लेखिरहनु पर्दैन कि पत्रकारितामा कस्ता कस्ता साहुहरु आएका छन् र आफ्नो लगानी गरेको देखाएर समाचार र मिडियालाई कसरी कठपुतली बनाईरहेका छन् । त्यसभन्दा पिडित त्यसमा काम गर्ने पत्रकार र कर्मचारी भईरहेका छन् । केही समय अगाडिमात्र एक दैनिक पत्रिकाका उच्च कर्मचारी लेवलका एक व्यक्ति विवाद भएपछि त्यस पत्रिकाबाट बाहिरिए, अनि बडो फुर्तिका साथ अर्को एक दैनिक पत्रिका सञ्चालनतर्फ लागे,एक वर्ष वितेपछि विवादको कारण उनी त्यहाँबाट पनि बाहिरिए,उनी करिब देढ वर्ष वस्दा ९ महिनासम्म कर्मचारीले तलब खान पाएनन्, पत्रिका चल्यो र पावर चलेन,उनको बजार चलेन,नामले तलब खान दिएन, र अब फेरी अर्को दैनिका पत्रिका सञ्चालनमा लागेका छन् त्यसको पनि हविगतको विषयमा अहिले नै के होला भनेर लेखिरहनु पर्दैन । नेपालका नाम चलेका अरु दैनिक पत्रिकामा समेत यस्ता उदाहरणहरु निक्कै छन् । एक मिडियामा विवाद भएपछि अर्को मिडियामा लाग्ने चलन अलिहे नेपालमा निक्कै चलेको चलन हो । यो प्रथा टेलिभिजनमा अझै जिवित छ । नेपालमा कस्ता टेलिभिजन आउँछ र बजार कस्तो छ त्यो अवस्थाको विषयमा चासो राख्नु भन्दा अरुको सिको गरेर यो क्षेत्रमा सुरुमा पैसा खन्याउने र अरु समयमा हात बाधेर बस्ने अर्का लाईनका कथपुतली साहुहरु पनि प्रसस्तै छन् । मिडियामा जागिरको लागि प्रसस्तै पदहरु खुलेका हुन्छन् तर पदपूर्ति भएपछि त्यही पद आफूलाई घाँडो हुन्छ । यो अहिलेको पत्रकारहरुको हविगत हो ।    
हामीमा मिडिया भन्नेवित्तिकै जे कुराको पनि छुट छ राज्यमा,सरकार मिडिया सञ्चालकहरुको आर्थिक पृष्ठभूमि हेर्दैन र काम गर्ने पत्रकार कर्मचारीहरु पनि काम पाए मात्र ठूलो कुरा हो भन्दै जस्तो पायो त्यस्तै मिडियामा छिर्छन परिणाम स्वरुप आफूलाई यो पेसाबाटै पलायन गर्न बाध्य हुन्छन् । अब समय यस्तो आएको छ कुनै मिडियामा रोजगारी पाईयो भने ति मिडियाका सञ्चालकहरुको तिन पुस्ते विवरण हेर्नु पर्ने भएको छ । उनको घर हरेर उनको मिडियामा काम गर्नुपर्ने बेला आएको छ । यो क्षेत्रकै लागि नयाँ व्यवस्थाको रुपमा सञ्चालकको पृष्ठभूमिको आधारमा जागिरमा प्रवेश गर्नुपर्ने बेला आएको छ । हामी काठमाडौंका झोले सञ्चालकको पछि लाग्यौं भने हामीले न त राम्रो पत्रकारीता गर्न सक्छौं न त यो पेसाको मर्यादा नै कायम गर्न सक्छौं । पत्रकारितालाई जिवित पेसा मानेर यो विषयमा लाग्ने विद्यार्थीहरुले समेत यो विषयमा पहिला बुझ्नु जरुरी छ । विना पैसाको पेसा नेपालमा कतिदिन टिक्छ र त्यसमा आफूलाई कसरी टिकाउन सकिन्छ पहिला त्यो विश्लेषण गरौं । अहिले पत्रकारिता ईज्जतको पेसा हो तर यो बेईज्जतको पेसा पनि हो । संवेदनशलि क्षेत्र हो र यहाँ निक्कै समना गर्नु पनि छ । यो कुरालाई हामीले सुरुमा बुझौं । 
हामी अरु कम्पनीहरुमा कर्मचारीले एक महिना तलब नपाएको समाचार लेख्छौं तर आफैं महिनौंसम्म पिडित भएको कतै उकेल्दैनौं कारण त्यही हो हामीलाई तलब भन्दा जागिरको माया भयो । विना तलबको जागिर खानुभन्दा कृषि पेसामा लागे फाईदा छ भनेर केही साथीहरु त्यता तिर पनि लाग्नु भएको रहेछ । काभे्रमा गएपछि त्यो करा पनि थाहा भयो । पत्रकारितामा लाग्नेहरुलाई सुरुमा यो पेसा रहरको पेसा बन्छ तर यसमा निरन्तर लागेपछि आफूलार्ई यही पेसामा टिकाउन सक्छ कि सक्दैन भन्ने हुन्छ । त्यसैले कतिपयले यही पेसालाई गरिखाने भाडोको रुपमा विकास गरे जसले राम्रा पत्रकार र मिडियाको समेत बदनाम धेरै भयो । त्यसो नहुँदो हो त अहिले एक महिना काम गरेका टेलिभिजन पत्रकार अर्को महिना सो टेलिभिजनमा भेटिदैनन् । दैनिक पत्रिकामा पनि यही प्रथाको विकास भएको छ । हाली मुहाली गर्ने ठूला मिडियाहरुलाई हेरेर सरकारले नीति बनाउँछ तर साना मिडियामा के समस्या छ त्यो सरकार हेर्दैन । पत्रकारीताको हितको लागि स्थापना भएको भन्ने गरिएको पत्रकार महासंघ पनि राजनीतिक पत्रकारहरुको लागि एक थलोको रुपमा विकास भएको छ । पत्रकार महासंघले आफूलाई प्रमाणित गरेर भन्न सक्नुपथ्र्यो महासंघको स्थापना भएपछि पत्रकारको भन्दा सञ्चार क्षेत्रमा के परिवर्तन भयो ? आखिर के गर्न सक्यो नेपाल पत्रकार महासंघले यस्तो कठपुतली मिडिया र भिजिलान्ते मिडिया सञ्चालकहरुलाई ? 
पत्रकरिताको नाममा खुलेका यस्ता मिडियाहरु पनि छन् जो कुन समयमा कस्ता व्यपारी र व्यवसायीलाई प्रहार गर्ने हो भन्ने जानकारी हुँदैन । यस्ता मिडियाले प्रयोग गर्ने पत्रकार नै हुन । उनीहरुले पत्रकारको वास्तविक (पिआर–पब्लिक रिलेशन) जनसम्पर्कलाई यसरी विगारिदिन्छन् कि भोली आफू यो क्षेत्रमा नै विक्न गा–हो हुन्छ । समाचार नलेखे जागिर जोगिँदैन समाचार लेखे हाम्रो बजार जोगिँदैन । यस्ता निकै धेरै चूनौतीहरु यो क्षेत्रमा छन् । चूनौती मोल्न चाहनेहरुले समेत यो क्षेत्रमा प्रवेश गरेपछि मात्र आफू कस्तो चूनौतीमा छु भनेर जानकारी पाउँछन् । समाचार लेख्न पत्रकार नै हुनु पर्दैन । विचार व्यक्त गर्न पत्रकारिता नै पढ्नु पनि पर्दैन । हामी हाम्रो सिक्ने समयलाई अरु व्यवहारिक शिक्षामा लगाऔं । पत्रकारिता पृष्ठभूमिमा राखौं । तर,यो कुरा पनि विचार गरौं पत्रकारिता सबै नराम्रो पेसा होईन । यो क्षेत्रमा आउन चूनौती छ र चूनौतीको फल खान छुट्टै मज्जा पनि हुन्छ । हल्लाको भरमा यो क्षेत्रमा नआउनु नै बेस । अन्यथा बलमा काचेको हावा जस्तो यो क्षेत्रमा कोचिनु युवा अवस्थाको अर्को नमज्जा हुने छ । 

3/23/2013

सम्पत्ति बेच्दै नेपाल बैंक


पहिलो चरणमा दुई अर्बको सम्पत्ति र साँढे तीन अर्बको हकप्रद शेयर बेचिने
शिवहरि खतिवडा 
काठमाडौं, चैत ९ । चुक्ता पुँजी चार अर्ब पु¥याउने तयारीमा लागेको नेपाल बैंकले सम्पत्ति बिक्री गर्न थालेको छ । बैंकले पुरानो तथा निष्क्रिय गरी दुई अर्ब रुपैयाँबराबरको सम्पत्ति बिक्री गर्न थालेको हो । त्यसबाहेक केही जग्गा र भवनसमेत बिक्री गरिने बैंकले जनाएको छ । 
पुँजी वृद्धि योजनाअनुसार बैंकले गत मंसिरमा नेपाल स्टक एक्सचेन्जमा आफ्नो सेयर पुन सुचीकरण गरी कारोबार थालेको थियो । सोही योजना अनुसार बंैकले जारी गर्न लागेको हकप्रद सेयरको फाइल नेपाल धितोपत्र बोर्डमा पुगेको छ । बैंकले अब चाँडै आफ्नो योजनाअनुसारको पुँजी पु¥याउने गरी तयारी थालेको जनाएको छ । नेपालकै पहिलो यो बैंकले पहिलो चरणमा विभिन्न जिल्लामा रहेको सम्पत्ति बिक्री गर्ने जनाएको छ । 
‘बैंक तथा वित्तीय संस्थाहरूले जनताको निक्षेप परिचालन गर्ने भएकोले आफ्नो पुँजी पनि बलियो हुनुपर्दछ भन्ने भएर हामीले पुँजी योजना परिमार्जन गरेर बढाउन लागेका छौैं,’ बैंकको व्यवस्थापन समूहका संयोजक महेश्वरलाल श्रेष्ठले भने, ‘चार अर्ब पुँजी बनाउने योजना ल्याएका छौं, यसमा सम्पत्ति बिक्री सुरु भएको छ र हकप्रद सेयरको फाइलसमेत धितोपत्र बोर्डमा पुगेको छ ।’ बैंकले आफ्नो पुँजी वृद्धि योजनामा १ सेयर बराबर ९ दशमलव ५ हकप्रद सेयर जारी गर्ने अन्तिम तयारी गरेर बोर्डमा पठाएको श्रेष्ठले जानकारी दिए । 
बैंकले पहिलो चरणमा दुई अर्ब बराबरको सम्पत्ति बिक्री गर्न लागेको र ३ अर्ब ६२ करोड रुपैयाँ हकप्रद सेयर बिक्रीबाट रकम थप गर्न लागेको हो । ७६ वर्ष अगाडि स्थापना भएको यो बैंक १० वर्ष अगाडि धेरै घाटामा गएपछि विश्व बैंकको सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू गरेर सुधारको प्रयास गरिएको थियो । तर त्यो प्रयास सफल नभएपछि बैंकले नयाँ कार्यक्रम अनुसार पुँजी वृद्धिको योजना ल्याएको हो । 
गत वर्ष ल्याइएको यो योजना नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको स्वीकृतिपछि कार्यान्वयनमा आएको छ । बैंकको एक दशकअगाडि खराब कर्जा ६० प्रतिशतको हाराहारीमा थियो भने ऋणात्मक नेटवर्थ नै १२ अर्ब माथि थियो । तत्कालीन सरकारको पहलमा नेपालमा बैंक तथा राष्ट्रिय वाणिज्य बैंकसमेतलाई ध्यानमा राख्दै सन् २००२ जुनमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू गरिएको थियो । 
यो कार्यक्रम लागू भएपछि बैंकको अवस्थामा क्रमिक सुधार भएको श्रेष्ठले बताए । वित्तीय क्षेत्र सुधारको कार्यक्रम लागू भएपछिको व्यवस्थापन नेपाल राष्ट्र बैंकले सम्हाल्दै आइरहेको छ । अहिले बैंकको खराब कर्जा ५ प्रतिशत रहेको छ । शाखा कार्यलयहरू १ सय २० वटा छन् । माओवादी द्वन्द्वअगाडि बैंकका शाख २ सय ४३ वटा थिए । अहिले यो बैंकमा ५७ अर्ब निक्षेप, ३२ करोड लगानी तथा १० अर्ब सरकारी ऋणपत्रमा लगानी रहेको छ । सरकारको ४० दशमलव ४९ प्रतिशत सेयर स्वामित्व रहेको यो बैंकमा निजी लगानीकर्ताको ४९ दशमलव ९४ प्रतिशत स्वामित्व छ । अरू बैंक तथा वित्तीय संस्थाको बैंकमा ८ दशमलव ३४ प्रतिशत र बाँकी अन्य संस्थाहरूको सेयर स्वामित्व रहेको छ । 
बैंकको वित्तीय अवस्था 
१९९४ सालमा स्थापना भएको यो नेपालको पहिलो बैंक हो । राष्ट्र बैंकले सम्हालेको यो बैंकको व्यवस्थापन समिति संयोजक प्रा डा देवराज अधिकारी छन् । बैंकमा सर्वसाधारणको निक्षेप ५७ अर्ब १ करोड रहेको छ भने ३२ अर्ब ४२ करोड कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा लगानीको आधार दर १० दशमलव १४ प्रतिशतको हाराहारीमा छ । बैंकको खराब कर्जा ५ दशमलव ४० प्रतिशत, सिडी रेसियो ६० दशमलव १८ प्रतिशत, शाखा कार्यालय १ सय २०, एटिएम २९ वटा रहेको छ । बंैकले घरजग्गामा लगानी १ अर्ब ४८ करोड गरेको छ । बैंकमा करिब १० लाख जना खातावाला छन् । बैंकमा २७ सय ४० जना कर्मचारी छन् । कर्मचारीमा मात्र प्रतिमहिना १० करोड ८० लाख रुपैयाँ खर्च हुने गरेको छ । अपरिष्कृत विवरणअनुसार बैंकको नेटवर्थ २ अर्ब ६८ करोड ऋणात्मक रहेको छ ।

1/17/2013

वित्तीय क्षेत्रको विकास र चुनौती

पछिल्लो समयमा देशको वित्तीय क्षेत्रमा आएको विकासक्रमसँगै यो क्षेत्रमा समस्या र चुनौती पनि थपिँदै गएको छ । वित्तीय कारोबारमा आएका संस्थामा देखिने गरेको संस्थागत सुशासन तथा वित्तीय ठगीलगायतका समस्याको कारण यो क्षेत्रका सेवाग्राही समय–समयमा त्रसित बन्दै आएका छन् । नेपाल बैंकले कारोबार सुरु गरेपछि देशमा वित्तीय क्षेत्रको प्रवेश भएको थियो तर अहिले नेपालमा बंैकिङ कारोबारमा सुरु भएको समेत ७६ वर्ष पुगिसकेको छ । यो अवधिमा देशको वित्तीय क्षेत्र निकै माथि पुगेको छ तर जनताले अझै सहज बैंकिङको निकै अनुभुति गर्ने वातावरण भने बनेको छैन ।
सरकारी बैंकहरू नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको मात्र एकाधिकार रहेको स्थानमा अहिले निजी क्षेत्रका बैंकको बाक्लो उपस्थिति छ । यसले केही समयअघि बैंकिङ कारोबारका लागि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यताबाट अहिले नेपालीहरू फेरिएका छन् । केही वर्षको अवधिमा नेपालीले वित्तीय क्षेत्रमा आफ्नो पहुँचलाई पनि निकै बलियो पारेका छन् भने बैंक तथा वित्तीय संस्थाको संख्यामा पनि उल्लेख्य सुधार आएको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारीअनुसार अहिले ३२ वाणिज्य बैंक, ८० विकास बैंक र सोहीको आकारमा फाइनान्स कम्पनीको स्थापनापछि सञ्चालनमा छन् ।
साना कारोबारका लागि लघुवित्त विकास बैंक र सहकारी संस्थासमेत अहिले बलियो क्षेत्रको रूपमा स्थापित भएको छ । पहिला वित्तीय संस्था खोज्दै हिँड्ने ग्राहकको बानी अहिले फेरिएको छ । बैंकहरू ग्राहक खोज्दै गाउँ–गाउँमा पुगेका छन् । यो क्षेत्रमा समेत नयाँ–नयाँ प्रविधिको विकासका साथै नेपालीलाई सुहाउँदो कारोबार प्रणाली बैंकहरूले ल्याइसकेका छन् । मोबाइल बैंकिङ, शाखा रहित बैंकिङ, सामूहिक बचतलगायतका नाममा बैंक तथा वित्तीय संस्थाहरू स्थानीयको रकम खोज्दै गाउँ–गाउँमा पुगेका छन् । पछिल्लो समयमा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको सुधारका कारण स्थानीयमा समेत यो क्षेत्रबाटै कारोबारको विकास गरिसकेका छन् । बैकिङ कारोबार प्रथाको विकासले गर्दा समेत यो क्षेत्रमा आकर्षण बढेको बैंक तथा वित्तीय संस्था सञ्चालकहरूको अनुभव छ । बैकिङ क्षेत्रमा आएका संस्थाको बढ्दो प्रतिस्पर्धाले पछिल्लो समयमा नेपालीले सरल तथा सुरक्षित कारोबारका लागि सहज स्थान पनि पाएका छन् । सहर केन्द्रित भएका बैंकसमेत पछिल्लो समयमा गाउँ–गाउँमा जान थालेका तथ्यांक नेपाल राष्ट्र बैंकसँग छ । तर, सबै क्षेत्रमा समानुपातिक रूपमा भने अझै बैंक तथा वित्तीय संस्थाको विकास हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले दिएको जानकारीअनुसार पछिल्लो समयमा काठमाडौंमा मात्र वाणिज्य बैंक तथा विकास बैंक र वित्त कम्पनीको शाखा तथा कार्यालय संख्या ७ सय ८७ वटा पुगेका छन् । यो देशभर रहेका बैंक तथा वित्तीय संस्थाको कार्यालय संख्याको २९ दशमलव ३ प्रतिशत हो । यसले समेत बैंकहरू राजधानी तथा सहर केन्द्रित छन् भन्ने देखाएको छ । केही मात्रामा बैंकहरू बाहिर गए पनि सबै स्थानमा बैंक अझै पुग्न नसकेको तथ्यांक हामीसँग छ । सबैभन्दा थोरै धनगढी क्षेत्रमा एक सय १९ वटा बैंक तथा वित्तीय संस्थाको शाखा तथा कार्यालय सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाहरू नाफा र सुरक्षा हेर्ने भएकाले पनि सहर तथा नाफा आउने क्षेत्रमा मात्र केन्द्रित हुने गरेका भन्ने उक्तिमा सहमति जनाउने स्थान छ । बैंकहरू समेत नाफा नआउने स्थानमा जानका लागि केही सहुलियत तथा सुविधा खोजिरहेका छन् । नाफा नहुने क्षेत्रमा पुग्नका लागि बैंकहरूलाई केही सुविधा दिनुपर्छ । नत्र बैंकहरूको खर्चका कारण पनि यस्ता क्षेत्रमा जान सक्दैनन् यो उनीहरूको स्वभावै हो ।
नेपाल राष्ट्र बैंकले केही समयअघि देशको ७५ जिल्लामध्ये ४२ जिल्लामा गरेको अध्ययनको आधारमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपसमेत पछिल्लो समयमा २६ दशमलव ५ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब ७१ करोड पुगेको छ । गत वर्ष १० प्रतिशतले निक्षेप संकलनमा वृद्धि भएको थियो । बैकिङ सेवामा भएको विस्तार तथा बढ्दो रेमिट्यान्सका कारण बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा क्रमशः सुधार आउँदै गएको छ । बैंक तथा वित्तीय संस्थाको विकास र यो क्षेत्रमा स्थानीयको आकर्षणका साथै रेमिट्यान्स आउने क्रममा भएको सुधारले निक्षेप संकलनमा सुधार आएको छ । वित्तीय क्षेत्रको विकासको आधारमा आर्थिक क्षेत्रको समेत मापन हुने भएकाले यो क्षेत्रको विकासले समग्र देशको विकासलाई देखाउने गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढेसँगै यो क्षेत्रमा आउने समस्यासमेत बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको माध्यमबाट बेला–बेलामा हुने ठगी तथा अन्य झमेलाले सेवाग्राहीसमेत यो क्षेत्रबाट त्रसित हुने अवस्था भने जारी छ । नेपाल राष्ट्र बैंकले समेत विभिन्न समयमा बैंक तथा वित्तीय संस्थालाई गर्ने कारबाही रोकेको छैन । देशको बैकिङ इतिहासमा पहिलो नेपाल विकास बैंकदेखि सम्झना फाइनान्ससम्म समस्याको कारण खारेजीमा गइसकेका छन् भने गोर्खा विकास बैंक, नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स, पिपुल्स फाइनान्स, क्यापिटल मार्केट्सलगायतका संस्था गत साल राष्ट्र बैंकको कारबाहीमा परेका थिए । एचएण्डबि डेभलपमेन्ट बैंकको कुलेश्वर शाखाबाट गुड फर पेमेन्ट चेकबाट करोडौं ठगी गरेको घटना बाहिर आएको छ । बेला–बेलामा बाहिर आउने यस्ता घटनाले सर्वसाधारण अहिले पनि बैंक तथा वित्तीय संस्थामा ढुक्कसँग कारोबार गर्न डराइरहेका छन् । जसले सोझासिधा जनताको रकम बैंकभन्दा बाहिर जाने प्रचलनमा सुधार आएको देखिँदैन ।
नेपालमा कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरूको कार्यालय तथा शाखा संख्या अहिले बढेर दुई हजार ६ सयभन्दा माथि छ । जनताको पहुँचको आधारमा हेर्ने हो भने अझै पनि ६० प्रतिशत नेपाली जनता वित्तीय पहुँचभन्दा बाहिर गहेका तथ्यांक आउने गरेको छ । कारोबारका लागि स्थापना भएका बैंक तथा वित्तीय संस्थाको संख्या उच्च भएपछि यो क्षेत्रमा प्रतिस्पर्धासमेत बढेको छ । जसले स्वच्छ प्रतिस्पर्धालाई विस्थापन गर्ने खतरा छैन भन्न सकिन्न । गाउँ–गाउँमा जाने नाममा बैंकहरूबाट हुने राम्रो ग्राहकको तानातान तथा सहरमा रहेको वित्तीय संस्थाको बढ्दो उपस्थितिले आगामी दिनमा यो क्षेत्रको कारोबारमा थप असहज हुनेतर्फ समेत सचेत हुनुपर्ने देखिन्छ । यसको साथै सहकारी तथा हुण्डीजस्ता अनौपचारिक क्षेत्र मानिएका संस्थामा कारोबार फस्टाउनुले पनि यो क्षेत्रमा सरोकार राख्ने निकायले अझै चासो राख्नपर्ने देखिएको छ । अहिले बैंक तथा वित्तीय क्षेत्रले संकलन गरेको रकम लगानीमा समस्या तथा बजारबाट निक्षेप संकलनमा समेत तानातानको अवस्थाले गर्दा यो क्षेत्र नै प्रभावित हुनसक्ने खतरा बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमन तथा निरीक्षण गर्नका लागि स्थापना भएको एकमात्र निकाय नेपाल राष्ट्र बैंकले समेत आफ्नो भूमिका राम्ररी निर्वाह गर्न नसकेको विभिन्न समयमा आवाज उठ्ने गरेको छ । देशमा वित्तीय संस्थाहरूको बढ्दो प्रतिस्पर्धाको र संस्थागत सुशानमा देखिने गरेको समस्याको विषयमा राम्रो अनुगमन हुन नसक्दा यो क्षेत्रमा समस्या देखिँदै गएको विश्लेषकहरू बताउँछन् । नराम्रो संस्थाहरूको अनुगमन गरेर कारबाही गर्न नसक्दा राम्रा संस्थासमेत समस्यामा परेको देखिन्छ । केही कमजोर संस्थाका कारण राम्रा बैंकले समेत आफ्नो साख गिराउने अवस्था सिर्जना भएको छ । यसका लागि अनुगमन गर्ने निकाय नेपाल राष्ट्र बैंक सचेत हुनुपर्दछ । बैंक सञ्चालकहरू पारदर्शी भए वा नभएको हेर्ने कामसमेत राष्ट्र बैंककै हो । केही बैंकको विषयमा राष्ट्र बैंकले समयमा नियामक भूमिका निर्वाह नगरेकाले पछिल्लो समयमा स्थानीयमा समेत अन्यौल पैदा भएको छ । समस्याग्रस्त घोषणा गरेको ६ महिनामा निर्णय लिनुपर्ने गोर्खा विकास बैंकलगायतका संस्थाको विषयमा नेपाल राष्ट्र बैंकले डेढ वर्षसम्म कुनै निर्णय लिन सकेको छैन । यस्ता उदाहरणका कारण केन्द्रीय बैंकको अनुगमन प्रणालीको विषयमा समेत विश्वास गर्ने स्थानमा कमी आएको देखिएको छ ।
राजनीतिको चपेटामा आर्थिक क्षेत्र परेको विषय धेरै नै रटान भएको विषय हो । यसलाई फलाकेर घाँटी सुकाउनुभन्दा यही अवस्थामा अझै बलियो क्षेत्रको रूपमा स्थापित हुनसक्नु यो क्षेत्रका लागि थप चुनौती छ । राजनीतिक अस्थिरता देशको निकासहीन बाटोको रूपमा देखापरेको छ । यसैको आधारमा चुप लागेर बस्ने अवस्था पनि छैन । समस्या समाधानका लागि तयारी हुनु नै अहिलेको बुद्धिमानी हुनसक्छ । नत्र फेरि अघिल्ला वर्षहरूको समस्या आए यो क्षेत्र के हुने भन्ने विषयमा कसैले पनि अनुमान लगाउन सक्ने अवस्था रहँदैन । यदि त्यो समय फेरि फर्केर आएमा सहज समयमा असहज काम गर्ने वित्तीय संस्थाका सञ्चालकहरू फेरि जाकिनेछन् र सेवाग्राहीसमेत प्रभावित बन्ने खतरा बढ्नेछ ।
वित्तीय क्षेत्र संवेदनशील क्षेत्र भएकाले यो क्षेत्रलाई सरकारले हेर्ने नीतिमा पनि परिमार्जन गर्नु जरुरी देखिएको छ । वित्तीय अपराध तथा सम्पत्ति शुद्धीकरणलगायतका कार्यमा संलग्नहरूले यो क्षेत्रलाई अझै अशक्त बनाउन सक्छन् । पछिल्लो समयमा यो क्षेत्रमा देखिएको समस्यालाई समाधानका लागि पनि सरकारी नीतिहरू केही बलियो बनाउनुपर्ने देखिएको छ । वित्तीय क्षेत्रलाई कामचलाउ क्षेत्रको रूपमा मात्र हेर्नेभन्दा यो क्षेत्रको व्यावसायिक विकासका लागिसमेत अब जोड दिनुपर्ने बेला आएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो नीतिमा समेत परिमार्जन गरी बैंक र वित्तीय कारोबारमा आएका संस्थालाई आफ्नो अधिनमा ल्याउन जरुरी छ ।